• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

युभेन्टसको सानदार जित, रोनाल्डोको सहयोगमा अर्थरको गोल

क्यानाडानेपाल माघ १२ २०७७
  • 464
    SHARES
  • युभेन्टसको सानदार जित, रोनाल्डोको सहयोगमा अर्थरको गोल

    काठमाडौं - गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा साबिक विजेता युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको १५ औँ मिनेटमा युभेन्टसका अर्थर मेलोले गोल गरी टिमलाई अग्रता दिलाए । उनले क्रिष्टियानो रोनाल्डोको सहयोगमा गोल गरेका हुन् । 

    त्यसपछि खेलको ७१ औँ मिनेटमा युभेन्टसका वेस्टन म्याकेनिइले गोल गरी टिमलाई जित दिलाए। जितसँगै युभेन्टस १८ खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।  


    माघ १२, २०७७ सोमवार ०८:०१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए
  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    फ्रेन्च लिग वान : एमबाप्पेको दुई गोलमा पिएसजीको जित

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 148
    SHARES
  • फ्रेन्च लिग वान : एमबाप्पेको दुई गोलमा पिएसजीको जित

    काठमाडौं - गए राति फ्रेन्च लिग वान  अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले  डिजोनलाई ४-० गोलले पराजित गरेको हो । उक्त खेलको छैटौँ मिनेटमा पीएसजीका मोइस किनले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

    ambape.jpg

    त्यसपछि खेलको ३२औँ मिनेटमा एमबाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५१औँ मिनेटमा एमबाप्पेले अर्को गोल गरे । 

    त्यसपछि खेलको ८२औँ मिनेटमा डानिलो पेरेइराले गोल गरे ।  जितसँगै पिएसजी २७ खेलमा ५७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने पराजित टिम डिजोन १५ अंकसहित अन्तिममा छ । 

     


     


    फाल्गुण १६, २०७७ आइतवार ०९:४३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ए : युभेन्टस् बराबरीमा रोकियो

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 282
    SHARES
  • इटालियन सिरी ए : युभेन्टस् बराबरीमा रोकियो

    काठमाडौं – गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टस् बराबरीमा रोकिएको छ। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्टस् र वेरोना १–१ गोलको बराबरी खेलेका हुन् । 

    messi.jpg

    उक्त खेलको ४९ औं मिनेटमा युभेन्टस‍्का रोनाल्डोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा वेरोनाका एन्टोनिन बरकले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    बराबरीसँगै युभेन्टस् र वेरोनाले अंग बाँडेका छन् । बराबरीसँगै युभेन्टस शीर्षस्थानको इन्टर मिलानभन्दा सात अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको छ । 
     


    फाल्गुण १६, २०७७ आइतवार ०९:००:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ए
  • # युभेन्टस्

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : मेस्सीको गोलमा बार्सिलोनाको जित, उक्लियो दोस्रो स्थानमा

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 194
    SHARES
  • स्पेनिस ला लिगा : मेस्सीको गोलमा बार्सिलोनाको जित, उक्लियो दोस्रो स्थानमा

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले सेभियालाई २-० गोलले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । 

    messi.jpg

    खेलको २९औँ मिनेटमा बार्सिलोनाका ओसुमाने डेम्बेलेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८६औँ मिनेटमा मेस्सीले गोल गरी बार्सिलोनालाई अग्रता दिलाए । 

    जितसँगै बार्सिलोनाले २५ खेलमा ५३ अंक जोड्दै ला लिगाको दोस्रो स्थानमा रहेको छ । पराजित टिम सेभिया ४८ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।


    फाल्गुण १६, २०७७ आइतवार ०७:५८:२६ बजे : प्रकाशित

    पिएसएल : राशिद खानको ठाउँमा खेल्न पाकिस्तानतर्फ उडे सन्दीप लामिछाने

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 330
    SHARES
  • पिएसएल : राशिद खानको ठाउँमा खेल्न पाकिस्तानतर्फ उडे सन्दीप लामिछाने

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् । 

    लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो । 

    apaharad.jpg

    उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका छन्। यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए । 

    उक्त ड्राफ्टमा नेपालबाट उनीसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश भएका थिए । 

    लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए। सन्दीपले सात खेलमा ११ विकेट लिनुभएको थियो । सन् २०२० मा भने उहाँले पिएसएल खेल्न पाएनन् ।रासस


    फाल्गुण १५, २०७७ शनिवार १२:३६:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पिएसएल
  • # सन्दीप लामिछाने

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : लेभान्टे र बिल्वाओको बराबरीमा

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 288
    SHARES
  • स्पेनिस ला लिगा : लेभान्टे र बिल्वाओको बराबरीमा

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा लेभान्टे बराबरीमा रोकिएको हो । निकै रोमान्चक बनेको उक्त खेलमा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खलेका हुन् । बराबरी खेलेका दुवै टिमले अंक बाँडेका छन् ।

    उक्त खेलको ३३औं मिनेटमा लेभान्टेका रोजरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५६औं मिनेटमा एथलेटिको बिल्वाओका राहुल गार्सियाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    levante.jpg

    बराबरीसँगै लेभान्टे २५ खेलबाट ३२ अंक जोड्दै आठौं स्थानमा रहेको छ भने अर्को टिम बिल्वाओ २४ खेलबाट ३० अंक जोड्दै नवौं स्थानमा रहेको छ । 


    फाल्गुण १५, २०७७ शनिवार ०८:०७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडानेपाल डेस्क

    जित निकालेको नेपोली युरोपा लिगबाट बाहिरियो

    क्यानाडानेपाल

    फाल्गुण १४

  • 318
    SHARES
  • जित निकालेको नेपोली युरोपा लिगबाट बाहिरियो

    काठमाडौं - गए राति युरोपा लिग अन्तर्गतको खेलमा इटालियन क्लब नेपोलीले जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक उक्त खेलमा ग्रानडालाई २-१ गोलले पराजित गरे पनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली लिगबाट बाहिरियो । गए राति खेलको तेस्रो मिनेटमा नेपोलीका पिटर जिलेन्सकीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २५ औं मिनेटमा ग्रानडाका एन्जल मोन्टोरोले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ५९ औं मिनेटमा फाबियानले गोल गरे । 
     


    फाल्गुण १४, २०७७ शुक्रवार ०७:३८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडानेपाल डेस्क