• Mar 09 2021 | २०७७, फाल्गुण २५गते

२०७७, फाल्गुण २५गते

अझै हिउँदे वर्षा हुने सम्भावना देखिएन  : मौसमविद्

क्यानाडानेपाल माघ १२ २०७७
  • 482
    SHARES
  • अझै हिउँदे वर्षा हुने सम्भावना देखिएन  : मौसमविद्

    काठमाडौँ।  यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने भएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।  यस वर्ष एकपटक पनि पानी परेको छैन ।

    पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ”, उनले भने ।


    वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान  छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताए ।“

    माघ महिनाभित्र पानी परे केही राहत मिल्छ ।  धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ । रासस 


    माघ १२, २०७७ सोमवार १५:००:५० बजे : प्रकाशित

    अर्कोसमाचार

    तनहुँमा अनौठो प्रतियोगिता सम्पन्न, श्रीमतीले श्रीमान् बोकेर दौडिनुपर्ने

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 210
    SHARES
  • तनहुँमा अनौठो प्रतियोगिता सम्पन्न, श्रीमतीले श्रीमान् बोकेर दौडिनुपर्ने

    तनहुँ - तनहुँमा एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा रमाइलो प्रतियोगिता गरिएको छ । देवघाट गाउँपालिकाले  नारी दिवसको अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आज सम्पन्न गरेको छ । 

    sss.PNG

    उक्त प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । श्रीमतीले श्रीमान् बोकेर दौडिने उक्त प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

    bokne khel - Copy.jpg

    यस प्रतियोगिताबाट शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिन खोजिएको बताइएको छ । यस प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र दिइएको जनाइएको छ ।


    फाल्गुण २४, २०७७ सोमवार २१:५०:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो प्रतियोगिता

  • क्यानाडानेपाल डेस्क

    लामो समयपछि हुम्लामा निरन्तर हिमपात, हवाई उडान अवरुद्ध   

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 178
    SHARES
  • लामो समयपछि हुम्लामा निरन्तर हिमपात, हवाई उडान अवरुद्ध   

    सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ ।

    उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् ।    
        
     जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिनुभयो । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताउनुभयो । 

    बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।    
        
     अग्लो स्थानमा हिमपात धेरै भएको छ । मानिस हिउँमा खेल्नका लागि घरबाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसान भने खुशी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भएको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुने भएको छ ।    
        
     हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन ।    
        
    हवाइ उडान अवरुद्ध    
        
    आज बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन । उडान अवरुद्ध हुँदा सिमकोटमा व्यवसाय गर्ने पसलेका सामान, निर्माण व्यवसायीका सामग्री ढुवानी ढप्प रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन् ।रासस  


    फाल्गुण २४, २०७७ सोमवार २०:२८:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हुम्ला

  • क्यानाडानेपाल डेस्क

    चिहान उत्खनन् गर्न १६ वर्षपछि कालिकोटबाट बैतडी पुगे सहिद परिवार

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 492
    SHARES
  • चिहान उत्खनन् गर्न १६ वर्षपछि कालिकोटबाट बैतडी पुगे सहिद परिवार

    तस्बिरः सहिद विमलको चिहान उत्खनन गर्दै परिवारका सदस्य

    गोकर्ण दयाल । सशस्त्र विद्रोहमा मारिएका आफन्तको दाहसंस्कार गर्न सहिद परिवारले कालिकोटबाट बैतडी पुगेर १६ वर्षपछि चिहान उत्खनन् गरेका छन् ।तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र विद्रोहका क्रममा बैतडीको दोगडाकेदार गाउँपालिका–३, सिल्लेगडामा २०६१ साल असोज ४ गते मारिएका कालिकोटका तपराज शाही (विमल)को दाहसंस्कारका लागि उहाँका दाजु गोविन्दबहादुर शाहीलगायतका परिवार बैतडी पुग्नु भएको हो ।

    कालिकोटको त्रिवेणी गाउँपालिका–४, उजेल गाउँका तपराज शाही (विमल) माओवादीले सुरु गरेको सशस्त्र विद्रोहमा सरिक भएर बैतडीसम्म पुगेको परिवारले बताएका छन् । पार्टीमा आबद्ध भएकै बेला तत्कालीन राज्य पक्षबाट मारिएका विमलको दाहसंस्कार गर्न चिहान खोज्दै बैतडी आईपुगेको गोविन्दबहादुर शाहीले बताए ।

    मृत्युभएपछि घर परिवारले अहिलेसम्म दाहसंस्कार गर्न नपाएकाले चिहान खोज्दै घरपरिवार कालिकोटबाट बैतडी पुगेको विमलका भतिजा बावु ठकुरी शाहीले बताए । शाहीले भने, “हामी त सानै थियौं । २० वर्षको कलिलो उमेरमा विमल ‘अंकल’ माओवादीमा लाग्नुभएको हो । उहाँको मृत्युको खबर सुने पनि संकटकालमा बैतडी पुगेर शव लैजान पाएनौं । उहाँको अन्तिम संस्कार गर्न नपाएकाले घर परिवार चिहान खोज्दै बैतडी पुग्नु परेको हो ।”

    बृहत शान्ति सम्झौतापछि देशमा शान्ति आए पनि घर परिवारको सदस्यको दाहसंस्कार नगरुन्जेल आत्माले शान्ति नपाउने विश्वासमा कालिकोटबाट बैतडी पुगेको परिवारले बताएका छन् । बैतडीको दोगडाकेदारका स्थानीय धनबहादुर महराको सहयोगमा खाल्डोमा पुरिएको अवस्थामा हड्डी मात्र फेला परेको परिवारले जानकारी दिएका छन् । हड्डी मात्र भए पनि बैतडीबाट कालिकोट पु¥याएर रीतिरिवाज अनुसार दाहसंस्कार गर्ने विमलका दाजु गोविन्दबहादुर शाहीले बताए । गोरखापत्र अनलाइन 


    फाल्गुण २४, २०७७ सोमवार १८:४२:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालिकोट
  • # बैतडी
  • # सहिद परिवार

  • क्यानाडानेपाल

    ज्येष्ठ नागरिकलाई परिचयपत्र नभएका कारण खोप लगाउन वञ्चित नगर्न आग्रह

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 220
    SHARES
  • ज्येष्ठ नागरिकलाई परिचयपत्र नभएका कारण खोप लगाउन वञ्चित नगर्न आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिचयपत्र नभएका कारण ज्येष्ठ नागरिकलाई खोप लगाउनबाट वञ्चित नगर्न आग्रह गरेको छ । 

    मन्त्रालयको आजको प्रेस व्रिफ्रिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले उमेर खुल्ने परिचयपत्र साथमा नल्याएका ज्येष्ठ नागरिकलाई खोप केन्द्र रहेको सम्बन्धित वडा कार्यालयको सिफारिसमा खोप लगाउन आग्रह गरेका छन् । 

    प्रवक्ता गौतमले खोप केन्द्रसम्म पुगेका ज्येष्ठ नागरिकहरू परिचयपत्र साथ नहुँदा खोप नलगाई फर्किएको भन्ने गुनासोहरू आएकाले परिचयपत्र नबोकी खोप केन्द्र पुगेका ६५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई अनिवार्य खोप लगाउन सम्बन्धित सबैमा अनुरोध गरेका हुन् । 

    यस्तै, आज ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ३ सय ९९ वटा नमुनाको परिक्षण गर्दा ४९ पुरुष र ४० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । 

    आज ४२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ । कोरोना सङ्क्रमणका कारण आज १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ । रेडियो नेपाल अनलाइन 


    फाल्गुण २४, २०७७ सोमवार १८:१४:५८ बजे : प्रकाशित

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 210
    SHARES
  • भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    काठमाडौँ।  नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो ।

    प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनीमध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए  । 

    उनका अनुसार छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेश्नल, बेलायतको इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी असु¥यानसीटी एण्ड कन्सल्टिङ सर्भिस रहेका छन् । 

    प्राधिकरणले गत पुस २७ गते दिउँसो १२ः०० बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो । आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ ।

     चालिस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । 

    उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ । प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ ।

    सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

    अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । 

    दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

     


    फाल्गुण २४, २०७७ सोमवार १७:१४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भू–उपग्रह
  • # पाँच कम्पनी

  • क्यानाडानेपाल

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने   

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 172
    SHARES
  • बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने   

    काठमाडौँ।  नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।

    मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

    कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।

    गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।

    पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

    जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

    तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।

    कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

    पर्याप्त मौज्दात  
      
    धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ । कम्पनी र साल्टट्रेडिङ कर्पाेरेशनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ । कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ ।

    चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण शुरु हुने बताइएको छ । रासस


    फाल्गुण २४, २०७७ सोमवार १६:२५:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बङ्गलादेश
  • # रासायनिक मल

  • क्यानाडानेपाल