• Mar 09 2021 | २०७७, फाल्गुण २५गते

२०७७, फाल्गुण २५गते

धितोपत्र बजार : नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

क्यानाडानेपाल माघ १२ २०७७
  • 486
    SHARES
  • धितोपत्र बजार : नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    काठमाडौँ - हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ ।

    नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर रु आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल रु ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ ।

    आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६, सामूहिक लगानी कोष ०.०५ ले उकालो लाग्दा होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन ४९.६ र जीवन बीमा ८८.५८ बिन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६० करोड ३७ लाख ४० हजार ७१९ बराबरको कारोबार भयो । यसैगरी नबिल बैंक रु ३३ करोड १७ लाख तीन हजार ५७९, एनसीसि बैंक रु ३१ करोड ३५ लाख ६१ हजार ९७१, एनआइसी एशिया बैंक रु २९ करोड ७६ लाख ४१ हजार ५३३, नेपाल बैंक लिमिटेड रु २८ करोड ६० लाख ८९ हजार ७४६, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड सात लाख ५० हजार २८५, कुमारी बैंक रु २२ करोड ४३ लाख ९१ हजार ५४, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ४२ लाख ५४ हजार ७३१ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु १७ करोड ५५ लाख तीन हजार ६७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर उकालो लाग्दा १०७ कम्पनीको ओरालो लाग्यो भने पाँच कम्पनीको कुनै परिवर्तन भएन । कारोबारका आधारमा आज नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लाग्यो । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । गुराँस लघुवित्त ९.९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६, राष्ट्रिय बीमा कम्पनी ७.८१ र एनआरएन इन्फास्चरका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाए ।

    यसैगरी श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रागेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५, सपोर्ट माइक्रोफाइनान्स ४.४३, सबैको लघुवित्त ४.३९ र वेस्ट फाइनान्सका लगानीकर्ताले ३.८९ प्रतिशतले गमुाए ।रासस


    माघ १२, २०७७ सोमवार १८:५०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 612
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

    आइतबार प्रतितोला ८६ हजार १ रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेर १ हजार २६५ रुपैयामा कारोबार भइरहेको छ । 
     


    फाल्गुण २४, २०७७ सोमवार ११:३०:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    बढ्यो कुवेती, बहराईन दिनार र युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 448
    SHARES
  • बढ्यो कुवेती, बहराईन दिनार र युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युके पाउण्ड र बहराईन दिनारसहित अन्य केही देशको विनिमयदर बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ १४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८१ पैसा तोकिएको छ ।

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ६४ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकिएको छ ।


    फाल्गुण २४, २०७७ सोमवार ०९:३५:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 240
    SHARES
  • धितोपत्र बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ ।

    कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ । 

    कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ५०।१५ र जलविद्युत् १८.३४ ले उकालो लाग्दा बैंकिङ १२.४१, व्यापार १८१।४८, विकास बैंक ५.५६, वित्त ३.२६, निर्जीवन बीमा ८५.५१, उतपादन ८२.२९, अन्य १७.७१, लघुवित्त ५१.७९, जीवन बीमा ३०६.३२, सामूहकि लगानी कोष ०।०२ र लगानी १.७५ बिन्दुले ओरालो लागेको छ । 

    कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४२ करोड ७८ लाख ४० हजार ९२४ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक रु ३९ करोड ६९ लाख ९३ हजार ७८२, माथिल्लो तामकोशी जलविद्युत् कम्पनी रु २४ करोड २३ लाख ९९ हजार ६४२, ग्लोबल आइएमई बैंक रु १७ करोड १३ लाख ५३ हजार ८७०, नेपाल इन्स्योरेन्सक कम्पनी रु १५ करोड ७६ लाख ६८ हजार ५१४ र खिबर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७१ हजार ६० हजार ४६९ कारोबार भएको छ । त्यसैगरी नेपाल पुरनबीमा कम्पनी रु ११ करोड ३८ लाख ४३ हजार ९०५, नेको इन्स्योरेन्स रु ११ करोड १८ लाख ३१ हजार ८५२ , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ९६ लाख ९८ हजार ८४० र नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ४६ लाख ६४ हजार १०१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

    यस्तै कारोबारका आधारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९।९२ प्रतिशतले कमाउदा नेपाल हाइड्रो डेभलपर ९।८३, रैराङ हाइड्रोपावर ९।६९, एक्सेल डेभलपमेन्ट बैंक ७।१४, नेपाल इन्स्योरेन्स ६।५४, युनिभर्सल पावर कम्पनी ५।११, रिलायन्स फाइनान्स ४।४८, माथिल्लो तामाकोशी ४।१७, हिमालय पावर पार्टनर ३।८७ र एनआइबिएफ प्रगति फण्डका लगानीकर्ताले ३।८७ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ५।५२, साल्ट टे«डिङ कर्पोरेशन ५, बोटलर्स नेपाल तराई ३।९६, किसान लघुवित्त ३।७१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३।५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३।४५, सर्पोट माइक्रोफाइनान्स ३।४०, गुराँस लाइफ इन्स्योरेन्सक म्पनी ३।३९ र बैंक अफ काठमाडौंका लगानीकर्ताले ३।३७ प्रतिशतले गुमाए । रासस
     


    फाल्गुण २३, २०७७ आइतवार १९:०९:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    सेञ्चुरी कमर्सियल बैंकले सखुवा प्रसौनीमा सञ्चालनमा ल्यायो नयाँ शाखारहित बैंकिङ्ग सेवा 

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 272
    SHARES
  • सेञ्चुरी कमर्सियल बैंकले सखुवा प्रसौनीमा सञ्चालनमा ल्यायो नयाँ शाखारहित बैंकिङ्ग सेवा 

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ  शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

    यस बैकले हालै पर्साको सखुवा प्रसौनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले फाल्गुन २२ गतेबाट सखुवा प्रसौनी गाउँपालिका ४ देवरवानामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । 

    थप २ स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै अब बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३, ८८ एटिएम र १२० शाखा पुगेको छ ।


    फाल्गुण २३, २०७७ आइतवार १८:३५:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेञ्चुरी कमर्सियल बैंक

  • क्यानाडानेपाल डेस्क

    वसन्त यामको आरोहणका लागि धमाधम आउँदैछन् आरोही

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 214
    SHARES
  • वसन्त यामको आरोहणका लागि धमाधम आउँदैछन् आरोही

    काठमाडौँ।   वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् ।

    वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटन विभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

    कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्त याममा सर्वाेच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली चैत २ गते नेपाल आउने मनामास्थित बहराइन नेपाली राजदूतावासले यसअघि नै विज्ञप्तिमार्फत जनाएको छ ।

    बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

    कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

    विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ । व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

    हालै काठमाडौँमा भएको एक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्बाधरुपमा नेपाल भ्रमण गर्न दिने जनाउनुभएको थियो । अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ ।

    पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत बुकिङ चलिरहेको छ । सेभेन समिट ट्रेकको मात्रै वसन्त यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेको कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । अन्य कम्पनीमार्फत पनि आरोहीले धमाधम बुकिङ गरिरहेका छन् ।

    महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । महामारीबीच भएको सो आरोहण नै विदेशी टोली सम्मिलित पहिलो थियो । त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । 

    असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ । अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । रासस 


    फाल्गुण २३, २०७७ आइतवार १८:१४:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वसन्त याम
  • # धमाधम आउँदैछन् आरोही

  • क्यानाडानेपाल

    चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 404
    SHARES
  • चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

    बेइजिङ - कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ ।


    इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ ।

    प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो ।


    चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ ।

    चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ ।एएफपी 


    फाल्गुण २३, २०७७ आइतवार १४:१६:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • क्यानाडानेपाल डेस्क