• Mar 09 2021 | २०७७, फाल्गुण २५गते

२०७७, फाल्गुण २५गते

कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

क्यानाडानेपाल माघ १२ २०७७
  • 560
    SHARES
  • कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

    काठमाडौं - संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्नु भएको छ । अमेरिकामा यो उच्चस्तरमा पुगेको उहाँ नै पहिलो महिला पनि उहाँ बन्नुभएको छ । उहाँ पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल हुनुभएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ ।

    विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा सन् २०१६ को नोभेम्बरमा अमेरिकामा एउटा नयाँ विषयको ठूलो बहस चलेको थियो– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला ? महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठ पढाउने अमेरिकाले महिला राष्ट्रपति पाउन नसकेको चर्चा उक्त समयमा अमेरिकामा सुरु भएको थियो । विश्वका कैयौं अविकसित र दक्षिण एशियाली राष्ट्रहरुमा कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका अवस्थामा पनि अमेरिकामा महिला राष्ट्रपति नभएको नै उक्त बेलामा चर्चाको विषय थियो ।

    अमेरिकामा ४५ औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको थियो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहनु भएको थियो । विश्वको एक प्रमुख शक्तिराष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा एक जना पनि महिला आउन सकेका थिएनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल नेपातलगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरुमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ । अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा त्यसो त यसअघिका निर्वाचनहरुमा पनि राष्ट्रपतिका लागि महिलाहरुले उम्मेदवारी नदिएका भने होइनन् ।

    तर क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला हुनुहुन्थ्यो । निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचारप्रसारको सुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरु उत्रेका देखिए तापनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्यटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भएजस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्यो । प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए ।

    अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लाग्नुभएकी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु प¥यो । मत प्राप्तिका रुपमा अगाडि नै रहनुभएकी क्लिन्टन अमेरिकाको मतदानको पराम्पराअनुसार राज्यको हिसाबबाट पछि पर्दै हार्नुभएको थियो । विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको यथार्थमा फेरि एक पटक सेलायो । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५ औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । अमेरिकामा ४५ औं राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड एक पुरुष नै उदय भयो । महिलालाई अत्यन्त शक्तिशाली देशको राष्ट्रपतिको रुपमा हेर्ने चाहाना बोकेका विश्वका कैयौ महिलालाई नराम्रो अनुभव गरौं ।

    तर समयको पर्खाइपछि अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्नु भो । जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उहाँहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो । पितासँग अलग भएपछि कमला र उहाँकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गर्नुभएको थियो । पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताउनुभएको थियो । तर उहाँ गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनुभएको हो । क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुनुहुन्छ । उहाँकी आमा भारतमा जन्मिनुभएको र पिता जमैकामा जन्मेकाले उहाँलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरेको छ ।

    उहाँले हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो । उहाँले सधैँ आफूलाई आफूलाई “एक अमेरिकी“ भन्ने गर्नुहुन्थ्यो ।भारतीय–जमैकन मूलकी उहाँ क्यालिफोर्नियाकी सांसद हुनुहुन्थ्यो र कुनैबेला त उहाँले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिनुभएको चर्चा पनि व्यापक भएको थियो । पछि उहाँ राष्ट्रपतिको उम्मेदवारको दाबीबाट हटेपछि पनि उहाँको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसक्नुभएको थियो । उहाँले केही समयमात्र अघि अमेरिकामा देशव्यापीरूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राख्नुभएको थियो ।त्यस क्रममा पनि उहाँ चर्चामा आउनुभएको थियो । उहाँले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गर्नुभएको थियो ।

    कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुनुहुन्थ्यो । श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उहाँकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गर्नुभएको थियो । केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गर्नुभएको थियो ।

    कमला अमेरिकामा उच्च पदमा पुग्न सफल हुनु भो । अव अमेरिकी राष्ट्रपति पदमा महिला पुग्नको लागि एक पाइला मात्र बाँकी भएको छ । उहाँका यी दायित्वहरु बाँकी नै रहेको भएपनि अमेरिकाजस्तो विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई भने अवसरकै रुपमा प्राप्त गर्नेछ भन्ने अनुमान धेरैले गरिरहेका छन् ।रासस


    माघ १२, २०७७ सोमवार २०:१९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमला ह्यारिस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सिरियाका राष्ट्रपति दम्पती कोरोनाभाइरस सङ्क्रमित

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 198
    SHARES
  • सिरियाका राष्ट्रपति दम्पती कोरोनाभाइरस सङ्क्रमित

    दमास्कस - सिरियाका राष्ट्रपति बसर अल असद र उहाँकी श्रीमती अस्मा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

    कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उहाँहरूमा कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो ।

    उहाँहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।

    “सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

    उहाँहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।   
       
    सिरियामा कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।सिन्ह्वा


    फाल्गुण २४, २०७७ सोमवार २१:४२:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिरिया

  • क्यानाडानेपाल डेस्क

    यमनको एक आप्रवासी शिविरमा आगलागी, आठ जनाको मृत्यु

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 200
    SHARES
  • यमनको एक आप्रवासी शिविरमा आगलागी, आठ जनाको मृत्यु

    यमन - यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । 

    यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिनुभएको छ ।

    उहाँले सोमबार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । 

    त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । सिन्हवा


    फाल्गुण २४, २०७७ सोमवार १८:२९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यमन

  • क्यानाडानेपाल डेस्क

    सम्पत्ति शुद्धीकरण निगरानी गर्न युएईले संचालन गर्‍यो नयाँ कार्यालय

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 188
    SHARES
  • सम्पत्ति शुद्धीकरण निगरानी गर्न युएईले संचालन गर्‍यो नयाँ कार्यालय

    अबू धाबी । संयुक्त अरब एमिरेट्स (युएई) ले सम्पत्ति शुद्धीकरण, आतङ्कवाद सम्बन्धि आर्थिक क्रियाकलाप बिरुद्ध निगरानी गर्न कार्यकारी कार्यालय स्थापना गरेको छ ।

    कार्यालयले युएर्इमा राष्ट्रिय सम्पति शुद्धीकरण र आतंकवादलाई वित्तिय सहयोग गर्ने जस्ता वित्तिय अपराध बिरुद्धका अन्तर्राष्ट्रिय व्यबस्थाहरुको कार्यन्वयन भए–नभएको निगरानी गर्ने बताइएको छ । कार्यालयको महानिर्देशक हमिद अल जाबी  नियुत्तm भएका छन् ।

    उनले ससम्पत्ति शुद्धीकरण, र आतङ्कवादको वित्तिय गतिबिधिबारे माथिल्लो निकायहरुमा जानकारी दिनुपर्ने प्रावधान राखीएको छ। युएर्इले विश्व वित्तिय गतिबिधिलाई अत्यन्त गम्भिर रुपमा निगरानी र अनुशन्धान गर्ने कदम अघि सारेको महानिर्देशक अल जाबीले बताए। विश्वमा बढीरहेको अबैध वित्तिय गतिबिधि लाई रोक्न युएईले महत्वपूर्ण कदम चालेको उनले बताए ।

    यो कार्यालय युएर्इमा वित्तिय गतिबिधिको निगरानीका लागि उच्च राजनीतिक प्रतिबद्धताको रुप रहेको पनि उनले बताए । 


    फाल्गुण २४, २०७७ सोमवार १६:४५:१९ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    भारतमा एक करोड १२ लाख २९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 180
    SHARES
  • भारतमा एक करोड १२ लाख २९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    काठमाडौँ।   भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

    भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्।

    भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो ।  त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भइरहेको छ  ।

    त्यसैबीच दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु भएको छ  । गत जनवरी १६ यता भारतमा २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाईसकेका छन् ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २२ करोड १९ लाख ६८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा पाँच लाख ३७ हजार ७६४ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा


    फाल्गुण २४, २०७७ सोमवार १५:५४:०४ बजे : प्रकाशित

    म्यान्मारको आन्दोलनमा सहभागी एक नेपालीभाषीको मृत्यु

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 438
    SHARES
  • म्यान्मारको आन्दोलनमा सहभागी एक नेपालीभाषीको मृत्यु

    काठमाडौँ। म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन्।
    उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ। प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन्।

    विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन्। सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए। तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो।

    म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन्। गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्मारको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ।

    शवसँगै सुरक्षाकर्मीले विश्वकर्माको न्याश्नल लीग फर डिमोक्रसी (एनएलडी) को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको छ। आङ सान सू चीको दल एनएलडी बर्माको सबैभन्दा ठूलो राजनीतिक दल हो। उक्त दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत पाएको थियो। चुनावमा धाँधली भएको भन्दै सेनाले म्यान्मारमा सैनिक शासन लगाएको छ।

    सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन्। परिवारलाई बुझाइएको शवमा धेरै घाउचोट भएकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्। पत्रकार बगालेका अनुसार प्रहरीथानाभित्रै विश्वकर्माको मृत्यु भएको हुनुपर्छ। विश्वकर्माजस्तै म्यान्मारका विभिन्न स्थानमा पक्राउ परेका अन्य प्रदर्शनकारीको पनि प्रहरीले केही दिनपछि आफन्तलाई शव बुझाउने गरेको छ।

    यागुन पेबेडानमा एनएलडीका स्थानीय नेता खिन माङ लाटको त्यसरी नै प्रहरी हिरासतमा हत्या गरिएको आरोप एनएलडीले लगाएको छ। शनिवार राति पक्राउ गरिएको खिन माङ लाटको शव आइतवार उनको परिवारलाई बुझाइएको थियो।

    विश्वकर्माको जन्म मुसेनजिकै अवस्थित गाउँ नाम्टुमा भएको हो। त्यहाँ नेपालीभाषीको बाक्लो बस्ती छ। विगतमा फलाम खानीको लागि प्रख्यात नाम्टुमा काम गर्न नेपालीहरू १०० वर्षदेखि नै बर्मा आउने गर्थे।

    मुसेमा बसोबास गर्ने नेपालीभाषीले मृतक विश्वकर्माको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन्। उनको अन्त्येष्टिमा भएको खर्च मुसेस्थित गोर्खाली समाजले बेहोरेको पत्रकार बगालेले जानकारी दिए।

    म्यान्मारमा सैनिक कूपछि अहिलेसम्म सुरक्षाकर्मीको कारबाहीमा ५० जनाभन्दा धेरै मानिसको मृत्यु भएको म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ।

    देशभरिबाट स्तब्ध बनाउने तस्बिर र भिडिओ प्राप्त भइरहेको जानकारी म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन स्क्रानर बर्गनरले दिएकी छन्। प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दै आएका छन्।

    सैनिक सरकारले भने हिंसात्मक प्रदर्शनविरुद्ध सुरक्षाकर्मीले न्यूनतम बल प्रयोग गरेको बताउँदै आएको छ।

    सैनिक शासनविरुद्ध प्रदर्शन चर्किँदै जाँदा देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुने गरेको छ। दुई पक्षबीच झडप हुँदा सयौँको सङ्ख्यामा प्रदर्शनकारी र केही सुरक्षाकर्मी घाइते भएका छन्।

    झडपपछि अस्पताल पुर्‍याइएका घाइते तथा मृतकका तस्बिर र भिडिओ अस्पतालबाट बाहिरिन थालेपछि सुरक्षानिकायले आइतवारदेखि देशका विभिन्न भागका अस्पताल र अन्य स्वास्थ्यकेन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

    याङ्गुन मान्डलेसहितका ठूला सहरमा सुरक्षाकर्मीहरू पक्राउ गर्न आउन नसकून् भन्दै मूल सडकबाहेक भित्री सडकमा स्थानीयवासीले अनेक प्रकारका बार र पर्खाल लगाउने गरेका छन्।

    त्यस्तै हरेक राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यूका बेला सुरक्षाकर्मीको प्रतिकार गर्न प्रदर्शनकारीहरूले नागरिक सुरक्षा समूह तयार पारेका छन्। देशैभरि टोलटोलमा बनाइएका त्यस्ता समूहले रात्रिकालीन सुरक्षा दिने गर्छन्।

    माघ १९ यता आन्दोलनमा सहभागी १,७०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। उनीहरूमध्ये धेरैलाई कहाँ राखिएको छ भन्ने कुनै पत्तो नभएको तिनका नातेदार तथा आफन्तले बताउने गरेका छन्।

    दैनिक रूपमा भएका विरोधप्रदर्शनमा सैनिक शासनको अन्त्य र आङ सान सूचीसहित अन्य नेता र निर्वाचित जनप्रतिनिधिहरूलाई रिहा गर्न माग प्रदर्शनकारीहरूले गर्ने गरेका छन्।

    राष्ट्रसङ्घ, अमेरिका, यूके, युरोपेली युनियनसहितका अन्तर्राष्ट्रिय समुदायले सेनालाई दमन नगर्न दबाव दिँदै आएका छन्। तर सैन्य नेतृत्वले आफ्नो कदमको प्रतिरक्षा गर्दै आफू "वास्तविक अनुशासित प्रजातन्त्रको पक्षमा" भएको बताउने गरेको छ।

    बर्गनरले सेनाका उपप्रमुखसँगको संवादमा संयुक्त राष्ट्रसङ्घले कडा कदम चाल्ने चेतावनी दिँदा "हामीले हाम्रा मित्रहरूसँग मात्र हिँड्न जानेका छौँ" भन्ने प्रतिक्रिया पाएको बताइन् । सेनाले एक वर्षको सङ्कटकाल लगाएको छ र मंसिरमा भएको चुनावको परिणामलाई निष्क्रिय पारिदिएको छ। सङ्कटकालको अन्त्य भएपछि देशमा "स्वतन्त्र र निष्पक्ष" निर्वाचन गराइने सेनाले बताएको छ।

    झन्डै पाँच करोड ४० लाख जनसङ्ख्या भएको म्यान्मारमा एक लाख २५ हजारको हाराहारीमा नेपालीभाषी भएको नेपालीभाषीको साझा संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घले बताउँदै आएको छ।

    यस पटकको प्रजातान्त्रिक आन्दोलनमा नेपालीभाषीहरू पनि अग्रमोर्चामा देखिन्छन्। देशभरि प्रदर्शनकारीहरूको आह्वानमा नागरिक अवज्ञा आन्दोलन पनि भइरहेको छ । त्यस्तो अवज्ञा आन्दोलनमा केही सुरक्षाकर्मीसहित सरकारी कर्मचारी पनि आन्दोलनमा सहभागी भएका छन्। आन्दोलनमा संलग्न हुने सरकारी कर्मचारी र सुरक्षाकर्मीमध्ये गोर्खालीहरू पनि भएको जानकारी साहित्यकार तिलक पोख्रेलले जानकारी दिए। बीबीसी 


    फाल्गुण २४, २०७७ सोमवार १५:२४:३९ बजे : प्रकाशित

    दक्षिण कोरिया र अमेरिकाबीच सैनिक खर्चमा सहमति

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 206
    SHARES
  • दक्षिण कोरिया र अमेरिकाबीच सैनिक खर्चमा सहमति

    दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिएका थिए ।

    आणविक हतियारधारी उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षित राख्न अमेरिकाले हाल २८ हजार ५०० सैनिक तैनाथ राखेको छ । उत्तर कोरियाले सन् १९५० मा दक्षिण कोरियामाथि धावा बोल्नुका साथै केही समय नियन्त्रणमा लिएको थियो ।

    पूर्व राष्ट्रपति ट्रम्प प्रशासनले सैनिक बन्दोबस्तका लागि दक्षिण कोरियाले वार्षिक पाँच अर्ब डलर बुझाउनु पर्ने कडा शर्त राख्दै आएको थियो । यो रकमवृद्धि झण्डै पाँच गुणा बढी हो ।

    सन् २०१९ मा समाप्त भएको विगतकै सम्झौता बमोजिम दक्षिण कोरियाले वार्षिक ९२ करोड डलर भुक्तानी गरिरहेको छ । कोरियाली विदेश मन्त्रालयले दुबै मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको जनाएको छ, तर रकमका बारेमा केही उल्लेख छैन ।

    अमेरिकासँग भएको सम्झौतालाई दक्षिण कोरियाली संसदले अनुमोदन गर्नु पर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया, चीन, इरान र उत्तर कोरियाबाट सिर्जित चुनौतीसँग लड्न अमेरिकाका पूर्ववर्ती साझेदार मुलुकहरुसँगको सम्बन्ध पुनर्जीवित गर्ने यसअघि नै बताईसकेका छन् ।

    अमेरिकी विदेश मन्त्रालयबाट गरिएको ट्वीटमा पनि अमेरिकी गठबन्धनलाई अझ सुदृढ गरिने उल्लेख गरिएको छ । तर ट्वीटमा दक्षिण कोरियाले कति रकम अमेरिकालाई भुक्तानी गर्दैछ भन्ने उल्लेख गरिएको छैन ।

    सम्झौता भएलगत्तै सोमबारदेखि नै वार्षिक संयुक्त सैन्य अभ्यास शुरु भएको छ । तर कोरोनाभाइरस महामारीका कारण यस सैन्य अभ्यासलाई सानो बनाइएको छ, र व्यापक सैन्य उपस्थिति र भारी हातहतियार रहने छैनन् ।

    दक्षिण कोरियाका प्रधान सेनापतिले अमेरिका र कोरियाली सैन्यबीच कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अभ्यास हुन लागेको जानकारी दिए ।एएफपी


    फाल्गुण २४, २०७७ सोमवार १४:५३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडानेपाल डेस्क