• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

क्यानाडानेपाल माघ १२ २०७७
  • 826
    SHARES
  • अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

    काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् । 

    बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट समेत रहेकी जयश्री सोमबार दिउँसो बेंगलुरुमा वृद्धा आश्रमको कोठामा पासो लागेको अवस्थामा फेला परेको भारतिय मिडिया आजतकमा जनाइएको छ । 

    jaishree_6651243_835x547-m.jpg

    अहिले उनको शव पोस्टमार्टमको लागि नीलामंगला हस्पिटल लगिएको जनाइएको छ । अभिनेत्री जयश्री लामो समयदेखि डिप्रेसनको शिकार भएको र उनको बेंगुलरुमा उपचार भइरहेको थियो । 

    गएको साल जयश्रीले आफ्नो डिप्रेसनको बारेमा सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी थिइन् ।

      


    माघ १२, २०७७ सोमवार २१:००:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जयश्री रमैया

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    मलाइकाले चम्काइदिइन् दीपिकाको भाग्य

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 242
    SHARES
  • मलाइकाले चम्काइदिइन् दीपिकाको भाग्य

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । ओम शान्ति ओममार्फत १३ वर्ष अघि बलिउडमा डेब्यू गरेकी दीपिकाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । अहिले उनी व्यस्त अभिनेत्रीको रुपमा चिनिएकी छिन् । 

    भनिन्छ दीपिका यहाँसम्म आउन अभिनेत्री मलाइका अरोडाको ठुलो हात रहेको छ । भारतिय मिडियाका अनुसार मलाइकाले नै दीपिकालाई बलिउडमा प्रबेश गराएकी थिइन् ।

    फिल्म ‘ओम शान्ति ओम’ मा मलाइकाकै कारण दीपिकाले अभिनय गर्ने मौका पाएकी थिइन् । फिल्मकै लागि धेरै घुम्दा पनि नपाएकी उनको भाग्य मलाइकाले चम्काइदिइन् । 

    फिल्मको लागि मलाइकाले दीपिकालाई प्रस्ताव गरिदिएकी थिइन् । उनको पहिलो फिल्म नै हिक भएपछि चर्चामा आइन् । त्यस समय उनी फेसन डिजाइनरसँग काम गर्ने गर्थिन् । फेसन डिजाइनरले नै दीपिकाको लागि मलाइकासँग कुरा गरेका थिए । 

    यस फिल्ममा शाहरुखसँग नै मुख्य भूमिका निभाएकी थिइन् । फिल्ममा उनको नाम शान्तिप्रिया थियो । यसै फिल्मबाट उनले बेस्ट डेब्यू अभिनेत्रीको अवार्ड पनि पाएकी थिइन् । 
     


    फाल्गुण १७, २०७७ सोमवार १४:००:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दीपिका पादुकोण
  • # मलाइका अरोरा

  • क्यानाडानेपाल डेस्क

    अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरियो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 204
    SHARES
  • अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरियो


    काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ । भारतिय मिडियाका अनुसार अमिताभको आखाँमा समस्या भएपछि शल्यक्रिया गरिएको हो । 

    भारतिय मिडिया बलिउड हंगामाका अनुसार अमिताभ नजिकका साथिले आखाँको लेजर शल्यक्रिया भएको बताएका हुन् । आँखाको शल्यक्रिया बारे थाहाँ पाएपछि अहिताभका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत स्वास्थ्य लाभको कामना गरेका छन् । 

    शनिवार राति पनि अमिताभले ब्लगमार्फत आफ्नो स्वास्थ्यमा समस्या आएको र सर्जरीको तयारी भइरहेको बताएका थिए । उनले ब्लगमा स्वास्थ्यमा समस्या आएको र केही काटेपछि सुधार हुने कुरा गरेका थिए। उनले भनेका छन् - 'धेरै बढ्दै गयो, केही काटेपछि ठिक होला। जीवन मृत्यु भोली हो । भोली नै थाहा हुन्छ । '

     


    फाल्गुण १७, २०७७ सोमवार १२:४१:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडानेपाल डेस्क

    कट्रिनाकी बहिनी इसाबेलको फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा डेब्यू, ट्रेलर रिलिज

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 278
    SHARES
  • कट्रिनाकी बहिनी इसाबेलको फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा डेब्यू, ट्रेलर रिलिज

    काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफले बलिउडमा इन्ट्री गरेकी छिन् । उनले फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा प्रबेश गरेकी हुन् । 

    हालै इसाबेल अभिनित फिल्म ‘टाइम टु डान्स’को ट्रेलर पनि रिलिज भएको छ । ट्रेलरमा इसाबेलसँग सुरज पन्चोली देखिएका छन् । सुरज आदित्य पन्चोलीका छोरा हुन् । जसलाई अभिनेता सलमान खानले २०१५ मा फिल्म हिरो मा ल्याएका थिए । 

    time-to-dance.jpg

    लिगेल डिसुजाको निर्देशन रहेको फिल्म ‘टाइम टु डान्स’ २०२१ को मार्च १२ मा रिलिज हुँनेछ । एक रोमान्टिक प्रेमकथामा बनेको यस फिल्ममा वालुस्चा डिसुजा र राजपाल यादव पनि देखिनेछन् ।  


    फाल्गुण १७, २०७७ सोमवार ११:५८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टाइम टु डान्स
  • # इसाबेल कैफ

  • क्यानाडानेपाल डेस्क

    सामाजिक सञ्जालमा ऐश्वर्या रायकी डुप्लिकेटको चर्चा, फलो गर्ने बढे

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 454
    SHARES
  • सामाजिक सञ्जालमा ऐश्वर्या रायकी डुप्लिकेटको चर्चा, फलो गर्ने बढे

    काठमाडौं - भारतकी चर्चित अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन् ऐश्वर्या राय बच्चन।  अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४ मा विश्व सुन्दरीको ताज जितेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । 

    हामिहरुलाई थाहाँ नै छ, ऐश्वर्या रायका धेरै फ्यानहरु छन् । पछिल्लो समय ऐश्वर्या राय जस्तै देखिने एक युवती निकै भाइरल बनिरहेकी छिन् । 

    aswrya amana.PNG

    ऐश्वर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी ब्यूटी ब्लगर आमना इमरानलाई सामाजिक सञ्जालमा धेरैले फलो गर्न लागिसकेका छन् । सामाजिक सञ्जालमा सक्रिय आमनाले आफ्नो तस्बिर शेयर गरिरहने गर्छिन् । 

    धेरैले उनलाई ऐश्वर्याको डुप्लिकेट भनिरहेका छन् । यसअघि पनि ऐश्वर्याका अरु कपीहरु भाइरल भइसकेका छन् । यसअघि स्नेहा उलाल पनि ऐश्वर्या जस्तै देखिने भएपछि उनले फिल्ममा पनि मौका पाएकी थिइन् । उनले ‘लकीः नो टाइम फर लभ’बाट बलिउडमा डेब्यू गरेकी थ्यिन् ।   

    aishwarya aamna imran.jpg


    फाल्गुण १६, २०७७ आइतवार २०:०६:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ऐश्वर्या राय बच्चन

  • क्यानाडानेपाल डेस्क

    अमिताभको स्वास्थ्यमा समस्या आएपछि सर्जरीको तयारी गरिदै

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 492
    SHARES
  • अमिताभको स्वास्थ्यमा समस्या आएपछि सर्जरीको तयारी गरिदै

    काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ ।

    शनिवार राति अमिताभले ब्लगमार्फत आफ्नो स्वास्थ्यमा समस्या आएको बताएका छन् । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको र सर्जरीको तयारी भइरहेको बताएका छन् । 

    तर आफुले के समस्या भएको भन्ने जानकारी गराएका छैनन् । उनले ट्वीटरमा पनि स्वास्थ्यमा समस्या आएको र केही काटेपछि सुधार हुने कुरा गरेका छन् । उनले भनेका छन् धेरै बढ्दै गयो, केही काटेपछि ठिक होला। जीवन मृत्यु भोली हो । भोली नै थाहा हुन्छ । 

    Capture.PNG

     


    फाल्गुण १६, २०७७ आइतवार १२:००:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडानेपाल डेस्क

    एकपछि अर्को फिल्ममा शाहिद, छत्रपति शिवाजीको बायोपिकमा देखिदै

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 344
    SHARES
  • एकपछि अर्को फिल्ममा शाहिद, छत्रपति शिवाजीको बायोपिकमा देखिदै

    काठमाडौं - बलिउड अभिनेता शाहिद कपुर पछिल्लो समय निकै चर्चामा छन् । फिल्म ‘कबीर सिंह’ हिट भएपछि झन चर्चामा आएका शाहिद अहिले नयाँ फिल्ममा जोडिदै गइरहेका छन् । 

    sanchitaluitelphoto.jpg

    उनको नयाँ फिल्म  ‘जर्सी’को रिमेकको सुटिङ पनि सकिएको छ ।  यस फिल्ममा उनी एक क्रिकेटर बनेका छन् । 

    sanchitaluitelphoto.jpg

    भारतिय मिडियाका अनुसार शाहिद अब छत्रपति शिवाजीको बायोपिकमा देखिने भएका छन् । 

    छत्रपति शिवाजी महाराजमा आधारित रहने फिल्मको कथा पनि शाहिदले मन पराएका छन् । उनी फिल्ममा अनुबन्ध हुन सक्ने सम्भावना धेरै रहेको छ । 
      


    फाल्गुण १५, २०७७ शनिवार १७:१७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहिद कपूर

  • क्यानाडानेपाल डेस्क