दुर्गेश थापाले किन लुकाए श्रीमती ? छोरा भएपछी आँखाभरि आँशु बोकी खोले सबै वास्तविकता
क्यानाडानेपाल
माघ १२ २०७७
21.5K
SHARES
काठमाडौं । गायक दुर्गेश थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् । श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् ।
दुर्गेश थापाले किन श्रीमतीलाई आज सम्म लुकाएर राखे भन्ने प्रश्न अहिले उब्जिन थालेको छ । दुर्गेश थापाले अहिले सम्म श्रीमतीलाई कतै पनि खुलाएका छैनन् साथै न त कुनै तस्विर नै राखेका छन् । धेरैलाई दुर्गेश सिंगल भन्ने थियो तर अचानक छोरा सहितको तस्विर राख्दा धेरै चखित परेका छन् ।
आज एक गितको शुटिङ्गको क्रममा दुर्गेश थापाले मिडियासँग कुराकानी गर्दै आफूले श्रीमती लुकाउनुको रहस्य बारे बोलेका छन् । आफ्नो चाहना भन्दा पनि श्रीमती कै चाहनाले गर्दा यो कुरा लुकाएको उल्लेख गरेका छन् ।
दुर्गेशले भने, "खास मैले भन्दा श्रीमतीले यो कुरा नखुलाउन मलाई भनेकी हुन् । अहिले श्रीमतीको बारेमा खुलाउँदा फ्यानहरु घट्ने हुन् कि भनेर श्रीमतीले नै क्यारियरमा फोकस गर्नु भनेर यो कुरा गोप्य राखेका हौँ तर जब छोरालाई हातमा बोकें मेरो आँखाबाट आँशु झर्यो । अनि खुशी साथ मैले यो खुशी दर्शक सामू व्यक्त गरेको हुँ ।"
सुमन केसी र अस्मिता अधिकारीको स्वरमा रहेको नया गीत 'पिपलु' सार्वजनिक भएको छ । गीतमा अर्जुन थापाको शब्द तथा संगीत रहेको छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर भएका छन् । रोमान्टिक शैलीमा निर्माण भएको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
पुस्पन प्रधानको आवजमा रहेको नया गीत 'काली' रिलिज भएको छ। गीतमा पुष्पनको नै शब्द र संगीत रहेको छ। हरि हुमागाईको निर्देशनमा निर्माण भएको भिडियोमा नाजिर हुसैन र स्वस्तिमा खड्का फिचर रहेका छन्। निकै मनछुने हिसावले प्रस्तुत गरिएको भिडियोमा पुस्पनको नै कथा र कन्सेप्ट रहेको छ। उत्तम हुमागाईले खिचेको भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका छन्।
सफल चलचित्र निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र 'चिसो मान्छे' को सुटिङ्ग सुरु भएको छ। ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मुहूर्त गर्दै सोमबारबाट चलचित्रको सुटिङ्ग सुरु गरिएको हो। काठमाडौं देखि बाजुरासम्म खिचिने चलचित्रको पहिलो दृश्य अभिनेता अर्पण थापाको खिचिएको छ। चलचित्रमा स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। निर्माण टिमले बाजुरामा नै पुगेर चलचित्रको वर्कसप समेत गरेको थियो। स्वस्तिमा बाजुराको एक विवाहित महिलाको भूमिकामा देखिदैछिन्। चलचित्रलाई दिपेन्द्र के खानलले नै खिच्दैछन्। यसअगाडी पनि उनले दुइ चलचित्र खिचीसकेका छन्। लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा चलचित्रमा देखाईनेछ । शर्मिला पाण्डेको निर्माणमा तयार हुने चलचित्र भदौ ११ गतेबाट रिलिज हुनेछ।
पुष्प र सुधिरसंग सामारिका - स्मारिकाको 'दोहोरी डान्सिङ्ग व्याटल'
क्यानाडानेपाल
फाल्गुण १७
168
SHARES
'सेभेन ११ म्युजिक फ्याक्ट्री’ले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि अतिथि भूमिका रहेको छ ।
लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् । भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन् ।
पल शाह र मलिका महतको जोडी दर्शकले पछिल्लो समय सर्वाधिक खोजेको र रोजेको जोडी हो। 'फुलबुट्टे सारी' र 'टाढा भए पनि' दुई गीतको भिडियोमा साथ देखिएका पल र मलिकालाई दर्शकले 'पीएम' जोडीको उपमा दिएका छन्। दुवै गीतले दर्शकको बेजोड माया पाएको छ। 'फुलबुट्टे सारी' को फिमेल भर्सनले ३ करोड ६० लाख बढी दर्शकको साथ पाएको छ भने 'टाढा भए पनि' सर्वाधिक छिटो करोड भ्युज पाउन सफल भैसकेको छ। पल र मलिकाको जोडीलाई दर्शकले चलचित्रको पर्दामा हेर्न चासो देखाईरहेका छन्। यी दुवै पनि चलचित्रमा काम गर्न उत्साहित रहेको आफ्ना अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा बताउदै आएका छन्।
अव यो जोडीलाई चलचित्रको पर्दामा ल्याउने तयारी सुरु भएको छ। 'केन्द्रमोसन पिक्चर्स' ले यी दुवैलाई चलचित्रको पर्दामा ल्याउने तयारी सुरु गरेको हो। दुवै म्युजिक भिडियोपनि यहि कम्पनिले निर्माण गरेको थियो। यतिबेला चलचित्रको स्क्रिप्टको काम भैरहेको 'केन्द्रमोसन पिक्चर्स' प्रतिनिधिले हामीलाई जानकारी गराएका छन्। स्क्रिप्टको काम सम्पन्न भएपछि बाँकि घोषणा गर्ने तयारी सुरु हुनेछ। पल र मलिका चलचित्रमा तय भैसकेको हो ?, भन्ने हाम्रो प्रश्नमा 'केन्द्रमोसन पिक्चर्स' प्रतिनिधिले लगभग हो तर सवै कुराको जनाकारी स्क्रिप्ट तयार भएपछि गराउने जवाफ दिए। जे होस् दर्शकले सर्वाधिक चासो र प्रेम दिएको यो जोडी चलचित्रको पर्दामा कति सफल हुने हो त्यो भने भविष्यले बताउला।
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले शनिवार आफ्नो जन्मदिन माल्दिभ्समा बनाएकी छिन् ।
शनिवारबाट ३३ वर्ष भएकी प्रियंकाले यसपटकको जन्मदिन माल्दिभ्समा पति आयुष्मान देशराज जोशीसँग मनाइरहेकी छिन् । उनीहरुले आफ्नो म्यारिज एनिभर्सरी पनि उतै मनाएका छन् । उनीहरुले गएको बर्ष फागुन १६ गते लगनगाँठो कसेका थिए ।
शनिवार प्रियंकाले आफुहरुले माल्दिभ्समा मनाएको जन्मदिन र म्यारिज एनिभर्सरीको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा उनीहरु एकसाथ डिनर गरेका छन् । तस्बिरमा दुवैलाई रोमान्टिक मुडमा देखिएको छ । उनीहरुले चुम्बन पनि गरेका छन् ।
खासमा माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रुसलान् भोड्का नाम अंकित कपको एक तस्विर पनि राखेकी छिन् ।