• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

नेपालमा अमेरिकाको सक्रियता, एजेण्डामा एमसीसी ?

माघ १३ २०७७
  • 906
    SHARES
  • नेपालमा अमेरिकाको सक्रियता, एजेण्डामा एमसीसी ?

    काठमाडौं ।  नेपालको प्रतिनिधि सभा विघटनलाई कतिपयले एमसीसी पनि एक कारण मानिरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीको सक्रियता बढेको छ । 

    अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतालाई संसदबाट पारित गराउनु पर्ने अमेरिकाले बताइरहेका बेला प्रतिनिधि सभा विघटन भयो । एसमीसीलाई लिएर सत्तारुढ नेकपाभित्र नै मतभेद बढेको थियो । 

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली एमसीसीको पक्षमा देखिएका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल समूह विपक्षमा देखिएका थिए । 

    अमेरिकी राष्ट्रपति बाइडेनको प्रधानमन्त्री ओलीलाई सन्देश– मिलेर चुनौतीको सामना गरौँ अमेरिकी राष्ट्रपति बाइडेनको प्रधानमन्त्री ओलीलाई सन्देश– मिलेर चुनौतीको सामना गरौँ

    प्रचण्ड नेतृत्वको सरकारको पालामा सम्झौता भएको एमसीसी अहिले सदनबाट पारित गराउनु पर्ने भएको थियो । तर, सत्तारुढभित्रै विवादले एमसीसी पारित भएन, अन्ततः प्रतिनिधि सभा विघटन नै भयो । 

    यही बेला राजदूत बेरीको सक्रिया बढेको हो । कतिपयले उनको सक्रियताको कारण एमसीसी नै रहेको बताएका छन् । तर, राजदूत बेरीले भने अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछिको अवस्थामा दलका नेताहरुलाई भेटेका बताएका छन् ।

    गत बुधबार (२० जनवरी)मा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनले पद तथा गोपनीयताको सपथ लिँदै पदभार ग्रहण गरेका थिए । यसपछि राजदूत बेरीको राजनीतिक सक्रियता बढेको हो । 

    गत शुक्रबार राजदूत बेरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा राजदूत बेरीले राष्ट्रपति बाइडेनको सन्देशको रुपमा कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूको सम्बोधन गर्न नेपालसहित अन्य मुलुकसँग साझेदारी गर्न अमेरिकाले चाहेको प्रधानमन्त्री ओलीलाई सुनाएका छन् । 

    kpo.jpg

    प्रधानमन्त्री ओलीसँग भेटेको चौथो दिन राजदूत बेरीले पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्  । सोमबार राजदूत बेरीले देउवा र प्रचण्डलाई छुट्टाछुट्टै भेटेका हुन् । 

    deauwa rajdut1611622392.jpg

    देउवा र प्रचण्डसँगको भेटवार्तामा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्‍याएको दूतावासले जनाएको छ । 

    prachanda usa.jpg

    ‘नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसँगको आफ्नो भेटघाटको क्रममा राजदूत बेरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याउनुभएको थियो’, अमेरिकी दूतावासले भनेको छ । 


    माघ १३, २०७७ मंगलवार १२:४५:१७ बजे : प्रकाशित

    अर्कोसमाचार

    मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    आषाढ २

  • 260
    SHARES
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    काठमाडौं - अविरल बर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन भएका छन् । 

    सम्पर्कविहीन हुनेहरुमा ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपालीसहित ८ कामदार रहेका छन् । बेपत्ता भएको ८ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    आयोजनाका अनुसार निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको छ भने उद्धार भएका सबैको अवस्था सामान्य रहेको छ । 

    आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  


    आषाढ २, २०७८ बुधवार २०:३०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    आषाढ २

  • 214
    SHARES
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    बझाङ - नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । 

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

    पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । 

    उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।रासस

     
     


    आषाढ २, २०७८ बुधवार २०:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    आषाढ ३

  • 282
    SHARES
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

    देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ। 
     


    आषाढ ३, २०७८ बिहिवार ०७:३५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    आषाढ ३

  • 508
    SHARES
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    काठमाडौं - काठमाडौं उपत्यकामा अर्को सातादेखि स्मार्ट लकडाउन गरिने भएको छ । 

    बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड व्यवस्थापन निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो । 

    यस्तै बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणको सबैभन्दा अनिवार्य तत्व खोप नै भएको भन्दै ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए । 


      


    आषाढ ३, २०७८ बिहिवार ०७:५७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • सबै मिलेर महामारी र विपद्को न्यूनीकरण गर्ने तर्फ जिम्मेवार बनौं - पूर्वराजा ज्ञानेन्द्र शाह 

    आषाढ ३

  • 118
    SHARES
  • सबै मिलेर महामारी र विपद्को न्यूनीकरण गर्ने तर्फ जिम्मेवार बनौं - पूर्वराजा ज्ञानेन्द्र शाह 

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । बिहिबार एक प्रेस नोट जारी गर्दै पूर्वराजा शाहले महामारी र विपद्को समयमा सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् । 

    उनले नोटमा ग्रामीण र शहरी बस्तीका बासिन्दाको उठिवास भएको खवर सुन्दा दुःख लागेको बताएका छन् । 

    उनले भनेका छन् - 'कोरोनाको महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटानजस्ता प्राकृतिक विपत्ति हामिकहाँ आइपरेको छ ।' 

    उनले थपे - 'हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण र शहरी बस्तीका बासिन्दाहरुको उठिवास भएको दुखद खवर सुन्दा, देख्दा हामिलाई दुखित तुल्याएको छ ।' 

    नोटमा उनले यस बेला उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन्। 

    ra.jpg
     

     


    आषाढ ३, २०७८ बिहिवार ०९:४५:१७ बजे : प्रकाशित

    भक्तपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, २ जना घाइते

    आषाढ ३

  • 44
    SHARES
  • भक्तपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, २ जना घाइते

    काठमाडौं - भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सोलुखुम्बु चौलाखर्क ३ घर भएका २७ वर्षीय रमेश कुमार बस्नेत रहेका छन् । 

    बुधबार राति तीनजना सवार मोटरसाइकल दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते भएका बस्नेतको उपचारको क्रममा ज्यान गएको छ । 

    अन्य घाइते उदयपुरको ताप्ले गाउँपालिका -५ घर भएका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटन गाउँपालिका- ५ घर भएका २५ वर्षीय अमित जैरुको त्रिवि शिक्षण अस्पालमा उपचार भइरहेको जनाइएको छ । 

    प्रहरीका अनुसार  बा ७७ प ५६०५ नम्बर को मोटरसाइकल चारदोबाटोमा कोटेश्वरतिरबाट जाँदै गर्दा आफैँ अनियन्त्रित भई सडकबीचमा दुर्घटना भएको हो । 
     
     


    आषाढ ३, २०७८ बिहिवार १२:०२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • images
    images
    ताजा खबर