• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन - अर्थमन्त्री पौडेल

माघ १३ २०७७
  • 2.6K
    SHARES
  • images
    images
    प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन - अर्थमन्त्री पौडेल

    रुपन्देही - अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताउनुभएको छ । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले भन्नुभयो, “अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन ।”

    images

    प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रह गर्नुभयो ।

    सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गर्नुभयो । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उहाँले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा राख्नुभयो ।  

    प्रतिनिधसभाबाट जनताका अपेक्षा पूरा नहुने भएपछि ताजा जनादेशमा गएको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको प्राण हो । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जान सक्ने प्रष्ट व्यवस्था संविधानमा छ ।”
    अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमणका कारण पँुजीगत खर्च सन्तुलनको अवस्थामा रहेको जानकारी गराउँदै उल्लेख्य वृद्धिका लागि काम कारवाही अगाडि बढाएको बताउनुभयो ।

    उहाँले कोरोना विरुद्धको गुणस्तरीय खोप प्रदान गर्न सरकारले आवश्यक तयारी गरेको बताउँदै भोलि माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गर्ने बताउनुभयो । सरकार आवश्यकताअनुसार सबै नागरिकलाई खोप प्रदान गर्ने तयारीमा लागेको मन्त्री पौडेलको भनाइ छ । विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल आज गृह जिल्ला रुपन्देही आउनुभएको हो । रासस
     


    माघ १३, २०७७ मंगलवार २१:४७:१४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल
  • अर्कोसमाचार

    राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ, कमल थापा अनुपस्थित

  • 144
    SHARES
  • राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ,  कमल थापा  अनुपस्थित

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार अध्यक्ष लिङ्देनसहित निर्वाचित पदाधिकारीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    rpp-6-.jpg-2.jpg

    उनले लिएपछि बाँकी पदाधिकारीले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । यस्तै नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । कमल थापा भने अनुपस्थित थिए । 


    मंसिर १९, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडा नेपाल

    सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

  • 172
    SHARES
  • सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको बताएका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा गरेका हुन् । 

    उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाए ।  लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

    उनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताए । उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे । 

    नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको  उनले बताए । 


    मंसिर १९, २०७८ आइतवार १८:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • क्यानाडा नेपाल

    लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

  • 162
    SHARES
  • लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

    काठमाडौं - राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको तारिफ गरेका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा लोहनीले लिङ्देन पाको नेता भएको बताए । 

    उनले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताए । लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने -  ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    उनले सधै नयाँ नेतृत्वको साथमा रहने बताउदै भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

     


    मंसिर १९, २०७८ आइतवार १९:४८:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

  • 100
    SHARES
  • विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । 

    images

    आइतबार महोत्तरीको बर्दिवासमा : आयोजित दलित समुदायको वर्तमान अवस्था  समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटनमा यादवले सो कुरा गरेका हुन् । विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने उनको भनाई छ । 

    उनले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताए । 

    वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउदै यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व  रहेको बताए । 


    मंसिर १९, २०७८ आइतवार २१:४३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल

    बागमतीमा बानियाँ जीत नजिक

  • 62
    SHARES
  • बागमतीमा बानियाँ जीत नजिक

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ जित नजिक पुगेका छन् ।

    images

    २०२६ मत खसेकोमा १७१० मत गणना सम्पन्न भएको छ । १७१० मत गणना हुँदा बानियाँले ९१९ ​मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ७७९ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् । अब ३१६ मत गणना हुन मात्रै बाँकी छ ।


    मंसिर १९, २०७८ आइतवार २२:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • क्यानाडा नेपाल

    कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

  • 64
    SHARES
  • कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

    images

    २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । 

    शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।


    मंसिर १९, २०७८ आइतवार २२:१३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस वाग्मती अधिवेशन

  • क्यानाडा नेपाल