• Mar 09 2021 | २०७७, फाल्गुण २५गते

२०७७, फाल्गुण २५गते

कोपा इटालिया : सानदार जित निकाल्दै युभेन्टस सेमिफाइनलमा प्रबेश

क्यानाडानेपाल माघ १५ २०७७
  • 576
    SHARES
  • कोपा इटालिया : सानदार जित निकाल्दै युभेन्टस सेमिफाइनलमा प्रबेश

    काठमाडौं - गए राति कोपा इटालिया अन्तर्गत भएका खेलमा युभेन्टसले सानदार जित निकालेको छ ।

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले एसपाललाई ४–० गोलले पराजित गरेको हो । उक्त खेलको १६औं मिनेटमा युभेन्टसका अल्भारो मोराटाले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ३३औं मिनेटमा जियानलुका फ्राबोट्टाले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८औं मिनेटमा युभेन्टसका डिजान कुलुसेभ्स्कीले गोल गरे । 

    त्यसपछि खेलको ९०औ मिनेटमा फेडरिको चियसाले गोल गरी युभेन्टसलाई जित दिलाए । जितसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रबेश गरेको छ । अब युभेन्टसले सेमिफाइनलमा फेब्रअरी १० मा इन्टरमिलानसँग सामना गर्नेछ । 
     


    माघ १५, २०७७ बिहिवार ०८:२६:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोपा इटालिया
  • # युभेन्टस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    इंग्लिस प्रिमियर लिग : टोटनह्यामको शानदार जित

    क्यानाडानेपाल

    फाल्गुण २४

  • 226
    SHARES
  • इंग्लिस प्रिमियर लिग : टोटनह्यामको शानदार जित

    काठमाडौं । गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटनह्यामले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई ४–१ गोलले पराजित गरेको हो । 

    खेलमा टोटनह्यामको लागि ग्यारेथ बेलले खेलको २५ र ४९ औँ मिनेटमा गरे भने २५ र ४९ औँ मिनेटमा ह्यारी केनले गोल गरे । 

    त्यस्तै क्रिष्टल प्यालेसका लागि क्रिष्टियन बेन्टेकले गोल गरे । 

    जितसँगै छैटौँ स्थानको टोटनह्यामको २७ खेलबाट ४५ अंक भएको छ । भने क्रिष्टल प्यालेसले ३४ अंकसहित १३ औँ स्थानमा रहेको छ ।

     


    फाल्गुण २४, २०७७ सोमवार ०८:१०:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    टी२० क्रिकेट : न्यूजील्यान्ड सात विकेटले विजयी  

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 262
    SHARES
  • टी२० क्रिकेट : न्यूजील्यान्ड सात विकेटले विजयी  

    वेलिङ्टन । अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो ।


    पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो ।

    न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो । तर तीनै जना स्पिनरले राम्रो बलिङ प्रदर्शन गरेका थिए । स्पिनर इस सोढीले २४ रन दिएर ३ र मार्क च्यापम्यानले ९ रन दिएर १ विकेट लिएका थिए भने मिचेल सान्टनरले चार ओभरमा २१ रन मात्र दिएका थिए ।


    अस्ट्रेलियाले लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रेका मार्टिन गप्टिलले ७१ रन बनाएका थिए । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । कन्वेले पनि ३६ रन बनाए ।

    न्यूजील्यान्डका कप्तान केन विलियम्सन पहिलो बलमै आउट भएपछि न्यूजीन्यान्ड केही दबाबमा देखिए पनि ग्लेन फिलिप्सले पाँच चौका र दुई छक्का प्रहार गरेर टिमलाई सहज विजयतर्फ डोर्याएका थिए ।

    अस्ट्रेलियाका लागि म्याथ्यु वेडले ४४, आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २४ रनको योगदान दिएका थिए ।एएफपी 


    फाल्गुण २३, २०७७ आइतवार १३:२२:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टी२० क्रिकेट

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ‘ए’ : मोराटाको गोलमा युभेन्टसको जित

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 240
    SHARES
  • इटालियन सिरी ‘ए’ : मोराटाको गोलमा युभेन्टसको जित

    काठमाडौं - गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ ।

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले लाजियोलाई ३–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलको १४औं मिनेटमा लाजियोका जोओक्विन कोरेआले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३९ औं मिनेटमा एड्रियन राविओटले गोल गरी युभेन्टसलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको ५७औं मिनेटमा युभेन्टसका मोराटाले गोल गरे । त्यसपछि खेलको ६० औं मिनेटमा युभेन्टसका मोराटाले गोल गरी टिमलाई जित दिलाए । 

    जितसँगै तेस्रो स्थानमा रहेको युभेन्टसले २५ खेलबाट ५२ अंक जोडेको छ भने पराजित टिम लाजियोले ४३ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।


    फाल्गुण २३, २०७७ आइतवार ०८:४२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए’
  • # युभेन्टस्

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

    क्यानाडानेपाल

    फाल्गुण २३

  • 528
    SHARES
  • स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनालाई ओसासुनालाई २ ० गोलले पराजित गरेको हो । 

    messi.jpg

    उक्त खेलको ३०औं मिनेटमा बार्सिलोनाका जोडी अल्वाले गोल गरी टिमलाई अग्रता दिलाए । उनले लियोनेल मेस्सीको पासमा  गोल गरेका हुन् । त्यसपछि खेलको ८३औं मिनेटमा बार्सिलोनाका सव्सिच्युट मोरिवाले गोल गरी टिमलाई जित दिलाए । 

    जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ३ अंकले पछि छ । 


    फाल्गुण २३, २०७७ आइतवार ०८:१८:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै एथलेटिको बिल्वाओ फाइनलमा, बार्सिलोनासँग भीड्ने

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 430
    SHARES
  • सानदार जित निकाल्दै एथलेटिको बिल्वाओ फाइनलमा, बार्सिलोनासँग भीड्ने

    काठमाडौं - गए राति कोपा डेल रे अन्तर्गत भएको खेलमा एथलेटिको बिल्वाओले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा  एथलेटिको बिल्वाओले लेभान्टेलाई दोस्रो लेगमा २–१ गोल तथा समग्रमा ३–२गोलले पराजित गरेको हो । पहिलो लेगमा बरारबी खेलेका दुवै टिमले दोस्रो लेगमा एथलेटिको बिल्वाओले जित निकाल्यो । 

    खेलको १७औं मिनेटमा लेभान्टेका रोजरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३०औं मिनेटमा एथलेटिकोका राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गरी खेल बराबरी बनाए । 

    त्यसपछि खेलको ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गरि टिमलाई जित दिलाए । यससँगै एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रबेश गरेको छ । अब एथलेटिले बार्सिलोनाको सामना गर्नेछ ।  


    फाल्गुण २१, २०७७ शुक्रवार ०९:१९:२० बजे : प्रकाशित

    इटालियन सिरी ‘ए’: सान्चेजको दुई गोलमा इन्टरको जित

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 308
    SHARES
  • इटालियन सिरी ‘ए’: सान्चेजको दुई गोलमा इन्टरको जित

    काठमाडौं - गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले पार्मा काल्सियोलाई २–१ गोलले पराजित गरेको हो । उक्त खेलको ५४औं मिनेटमा इन्टरका एलेक्सिस सान्चेजले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६२औं मिनेटमा सान्चेजले अर्को गोल गरी इन्टरलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७१औं मिनेटमा पार्मा काल्सियोका हर्नानीले गोल गरे । 

    जितसँर्ग इन्टरले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ भने अब इन्टरको २५ खेलबाट ५९ अंक पुगेको छ । पराजित टिम पार्मा १५ अंकसहित १९औं स्थानमा रहेको छ ।


    फाल्गुण २१, २०७७ शुक्रवार ०८:५५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए’

  • क्यानाडानेपाल डेस्क