आज नेकपाको प्रचण्ड–नेपाल समूहले बुटवलमा विरोध सभा गर्दै
क्यानाडानेपाल
माघ १५ २०७७
486
SHARES
काठमाडौं । सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यस्तै आज नेकपाको प्रचण्ड–नेपाल समूहले बुटवलमा विरोध सभा गर्दैछ । आज आयोजित विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
गएको सोमबार सो समूहको नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
यस समूहले २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम गर्नेछ । आज १५ गते बुटवलमा सभा गर्नेछ भने १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्नेछ । त्यस्तै २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्नेछ ।
यसअघि पनि यस समूहले ९ गते काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।
काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनालले अदालतको फैसलाले आफुहरु प्रचण्डसँग छुट्टिनु परेको बताएका छन् ।
सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड नेपाल समुहको स्थायी कमिटिको बैठकपछि खनालले सो गुनासो गरेका हुन् । उनले अदालतले बाध्यात्मक परिस्थिति र्सिजना गरी प्रचण्डसगँ आफुहरुलाई छुट्टाएको बताएका हुन् ।
बैठकबाट बाहिरिने क्रममा खनालले मुलुकको विकास, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि आफूहरुले एकता चाहेको तर अदालतले पुर्व एमाले र माओवादी केन्द्र ब्युँताएपछि नचाहाँदा नचाहाँदै प्रचण्डलाई छोड्नु परेको बताएका हुन् । उनले भने - 'हामीले यस्तो चाहेका थिएनौं, बाध्यात्मक परिस्थितिमा हामी छुट्टिनेपरेको छ'
तीन वर्ष अघि पूर्वएमाले र पूर्वमाओवादी एकीकरण भएर नेकपा बनेको थियो । तर आइतबार ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि सोमबारको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको छ ।
मन्त्री ढकालले भने - नेकपा एमाले सबैलाई समेटेर अघि बढ्छ
क्यानाडानेपाल
फाल्गुण २४
206
SHARES
मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।
पुनः स्थापित नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको शुभारम्भ गर्दै उहाँले वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय तह र सङ्घीय निर्वाचनका लागि नयाँ जनादेशमा जान तयारी शुरु गरेको विचार व्यक्त गर्नुभयो ।
मन्त्री ढकालले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राख्नुभयो ।
उहाँले निर्वाचनका समयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विजयी भएकाले प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउन पहल गर्नु जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोपसमेत लगाउनुभयो ।
सोही अवसरमा मन्त्री ढकालले नेपाल विद्यार्थी सङ्घ परित्याग गरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गर्ने विद्यार्थीहरूलाई स्वागत गर्नुभयो । विराटनगर–११ स्थित पार्टीको पुराना कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमालेको कार्यालयको शुभारम्भ गरिएको हो । रासस
पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको निर्णय
क्यानाडानेपाल
फाल्गुण २४
690
SHARES
काठमाडौं - प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको छ ।
सोमबार पेरिसडाँडामा बसेको उक्त बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले बताए ।
तीन वर्ष अघि पूर्वएमाले र पूर्वमाओवादी एकीकरण भएर नेकपा बनेको थियो । तर आइतबार ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि सोमबारको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
सोमबार अदालतले फैसला सुनाउँदै कट्टेललाई नाम दिदै ओली समूह र प्रचण्ड-माधव समूहलाई पुनः एकीकरण गर्न सुझाएको थियो। अदालतको आदेशसँगै एमाले र माओवादी पार्टी ब्युँतिएका थिए ।
काठमाडौं । माधवकुमार नेपाल एमालेमै फर्कने भएका छन् । साविक नेकपाभित्रको विवाद बढिरहँदा पुष्पकमल दाहाल प्रचण्डको पक्षधर भएर केपी शर्मा ओलीविरुद्ध लागेका नेता नेपाल अन्ततः ओली अध्यक्ष रहेकै एमालेमा फर्कने भएका हुन् ।
आइतबार ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई सर्वाेच्च अदालतले आधिकारिकता प्रदान गरेपछि नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई अदालतले वैधता नदिएपछि दुवै दल आ–आफ्नो अस्तित्वमा आएका हुन् ।
अदालतको सो आदेश र फैसलापछि प्रचण्डको समूह रहेका नेता नेपाल अब ओली नेतृत्वकै एमालेमा आउने भएका उनीनिकट नेता विष्णु रिजालले जानकारी दिएका छन् । नेपाल समूहका नेताका रुपमा चिनिएका रिजालले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले ब्यूँतिएपछि आफूहरु सबै एमालेको भएको जानकारी दिएका छन् ।
‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन। एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ’, सोमबार अपरान्ह ४ः५१ बजे रिजालले ट्वीटमा लेखेका छन् ।
उनले सो ट्वीट लेखिरहँदा प्रचण्ड–नेपाल समूहको बैठक कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा चलिरहेको छ । यसअघि नेता नेपाल र झलनाथ खनाल एमालेमै रहेर ओली प्रवृत्तिको विरोध गर्ने निर्णयमा पुगेको समाचार सार्वजनिक भएका थिए ।
उता पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा नेताहरुले पूर्ववत् पार्टीमा फर्कनुभन्दा पार्टी एकतालाई जोगाएर जानुपर्ने नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी नेता रघुजी पन्तले जानकारी दिए ।
प्रचण्डलाई विप्लवको प्रश्न– माओवादी लडाकुको १९ अर्ब खोइ ?
क्यानाडानेपाल
फाल्गुण २४
838
SHARES
काठमाडौं । शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादीका ३१ हजार लडाकुलाई विभिन्न शिविरमा राख्दा आर्थिक हिनामिना भएको भन्ने विषयले चर्चा पाउँदै आएको छ ।
यस विवाद निरुपणका लागि तत्कालीन माओवादीले लडाकु राखिएको शिविरहरूमा भएको अनियमितता छानबिन गर्न तत्कालीन सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा हितराज पाण्डे र डोरप्रसाद उपाध्याय सदस्य रहेको समिति र नेताहरूको सम्पत्ति छानबिन गर्न अमिक शेरचनको नेतृत्वमा लोकेन्द्र विष्ट र नवराज सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।
तर, हालसम्म यसको निरुपण भइसकेको छैन । जस कारण बेलाबेलामा माओवादी लडाकु शिविरमा भएको भनिएको अनियमितताको प्रश्न राजनीतिक रुपमा उठिरहेको छ ।
सात मुख्य शिविर र २१ सहायक शिविरमा रहेका करिब ३१ हजार लडाकुबाट अनमिनले प्रमाणीकरण गर्दा लडाकुको संख्या १९ हजार ६ सय २ कायम भएको थियो । उनीहरुलाई शिविरमा राख्दा आर्थिक अनियमितता भएको भन्दै स्वयं माओवादीभित्र विवाद सृजना गराएको थियो ।
करिब चार अर्ब रुपैयाँ हिनामिना भएको भनिँदै आएका बेला गत शुक्रबार खुला राजनीतिमा आएका नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले १९ अर्ब रुपैयाँको हिसाब खोजेका छन् ।
सोमबार कपिलवस्तुको शिवगढीमा पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी लडाकु शिविरको १९ अर्ब रुपैयाँ कसले खाएको भनि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमा प्रश्न गरेका छन् ।
‘जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कसले खायो ? बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ । हामीले त्यसका विरुद्ध लड्यौं र उठ्यौं’, प्रचण्डको नाम नलिइ उनैतर्फ इंगित गर्दै विप्लवले प्रश्न गरेका हुन् ।
प्रचण्ड र डा. बाबुराम भट्टराईसहितका नेताहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो विप्लवको टिप्पणी छ ।
राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह
क्यानाडानेपाल
फाल्गुण २४
168
SHARES
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकर्षण गराएकी छिन् ।
१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता परेको बताइन।
उनले भनिन्, “महिला अधिकार स्थापित गर्न, महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्, हाम्रो देशमा संवैधानिक तथा कानूनी प्रावधान, नीति तथा कार्यक्रमसमेत निर्माण भएका छन, यी प्रावधानको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ ।”
राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मक रुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताएकी छिन् । लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीय रुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ ।
मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी हिसाबले शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने कुरामा आफू विश्वस्त रहेको उनले बताइन्।
राष्ट्रपति भण्डारीले सरकारले लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता नीति–२०७७ सार्वजनिक गरेकामा खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेकी छिन् । सरकार र संसद्मा प्रतिनिधित्व गर्ने दल र समाजको माथिल्लो तप्का लैङ्गिकमैत्री भएपनि त्यससम्बन्धी अङ्गीकार गरिएका नीति कार्यान्वयन गर्नमा समस्या र अवरोध देखिएकामा उनले चिन्ता व्यक्त गरिन ।
महिलालाई असमानताको दृष्टिबाट हेर्न नहुने बताउँदै उनले त्यसलाई परिर्वतन गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजको चेतना नै परिवर्तन गर्ने गरी सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन् । भएका ऐन-कानूनको प्रभावकारी कार्यान्वयन नभएका कारण छोरा र छोरीमा हुने विभेद कायमै रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
उनले भनिन्, “परिवार र समाजमा छोरा र छोरी दुवै सन्तान समान हुन् भन्ने दृष्टिकोणलाई आत्मसाथ गर्दै अघि बढेको अवस्थामा नै वास्तविक महिला समानता कायम हुने छ भन्ने लाग्दछ ।” महिला अधिकार तथा लैङ्गिक समानताका लागि पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको छ ।