शुक्रबार
२० मङ्सिर
२०७६

मेला सुरु हुन अघि नै गढिमाईको दर्शन गरे कलाकार दीपक–दीपाले

सोमबार कार्तिक २५, २०७६/ Monday 11-11-19

काठमाडौँ।  दिपक दीपासहित अन्य कलाकारहरुले यस हप्ता गढिमाईको दर्शन गरेका छन्। नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका दिपक दीपा तथा अन्य कलाकारहरुले गढिमाई दर्शन गरेका हुन्।  आउँदो मंसिरमा मेला पनि शुरु हुँदैछ। गढीमाई महोत्सव प्रत्येक ५ वर्षमा गढीमाई मन्दिरमा आयोजना गरिन्छ।

यो मन्दिर बरियापुरमा अवस्थित छ, जुन बारा जिल्लामा पर्दछ । काठमाण्डौ उपत्यकाबाट १६० किलोमिटर टाढा छ। कार्यक्रममा सहभागी हुन गएका दिपक दीपासहित गायक युवराज चौलागाईं, द्वन्द निर्देशक हिमाल के.सी. तथा चलचित्र निर्माता सुवास गिरीले उक्त मन्दिरको दर्शन गर्न पाउदा खुसी भएको बताएका थिए। यसैक्रममा गढिमाई दर्शन गर्न पाउँदा दीपाको धेरै वर्ष देखिको धोको पूरा भएको बताइन् ।  तस्बिरमा हेर्नुस दिपक दीपाले गढिमाइ दर्शन गरेका केहि झलकहरु 

तस्बिर: मिलन ढुंगाना /canadanepal.com