• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

कुवेतमा ७ नेपाली महिला पक्राउ

क्यानाडानेपाल माघ २९ २०७७
  • 788
    SHARES
  • कुवेतमा ७ नेपाली महिला पक्राउ

    दोहा - कुवेतमा ७ नेपाली महिला पक्राउ परेका छन् । उनीहरुलाई नक्कली कार्यालय खोलेर अबैधानिक रुपमा काम गरेको आरोपमा कुवेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोप छ ।

    अरब टाइम्सका अनुसार घरेलु महिला कामदारको रुपमा कुवेत पुगेका उनीहरु भागेर अबैधानिक भई बसेका थिए । उनीहरुलाई कुवेत प्रहरीले मानव बेचबिखनसम्बन्धी कानुन अनुसार कारबाही गर्ने बताइएको छ । 


    माघ २९, २०७७ बिहिवार १२:१५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कोरोना सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 236
    SHARES
  • कोरोना सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

    काठमाडौं ।  कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

    सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले  बताएका छन् । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।   

    यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा दुई लाख ७० हजार ३२५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।  

    खोप लगाएपछि के हुन्छ ?

    स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीले विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारे यकिनरूपमा बताउन नसकिने बताएका छन् ।   

    खोप लगाइसकेकामा विशेषतः तीन सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ । हाल  खोप कम्पनी एवं वैज्ञानिकका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई पाँचदेखि छ महिना वा एक वर्षैसम्म पनि एन्टिबडी रहिरहन्छ ।

    यद्यपि यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टिबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् ।  

    शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना सङ्क्रमण भइसकेका मानिसमा त्यसैले पनि सङ्क्रमणको सम्भावना कम हुनसक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टिबडी विकास भइसकेको हुन्छ तर कति समयसम्म सो एन्टिबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ । 

    त्यसैले स्वास्थ्य समितिले एकपटक सङ्क्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ । कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डीएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छलगायतका विभिन्न भ्रम फैलिएका छन् । 

    यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ ।  खोप लगाएकामध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।  

    पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकालाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक सापकोटाले बताउनुभयो । लामो परीक्षणपछि ल्याइएकाले पनि यी खोप सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।  रासस 

     

     


    फाल्गुण १६, २०७७ आइतवार १६:१६:४९ बजे : प्रकाशित

    वैदेशिक रोजगारहरूको उद्धारका लागि आएको रकम एनआरएनएद्वारा व्यापक हिनामिना

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 1.4K
    SHARES
  • वैदेशिक रोजगारहरूको उद्धारका लागि आएको रकम एनआरएनएद्वारा व्यापक हिनामिना

    क्यानडा नेपाल अन्तर्राष्ट्रिय संवाददाता। विश्वले भोगेको पेन्डामिक जसको मार नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूलाई धेरै पर्‍यो । जसमा मिडलइस्टका मुलुकहरूसहित मलेसिया पनि पर्छ । मुलुकको ३३ प्रतिशत जिडिपी धानेको रेमिटेन्स भित्राउने युवाहरू नै यसका मुख्य पीडित भए । 

    रोजगारी गुम्नु, कम्पनीहरूले जिम्मेवारी नलिनु, नेपाल सरकारको वैदेशिक रोजगारीमा जानेहरूले तिरेको वैदेशिक रोजगार आपतकालिन कोष रकम झन्डै एक खर्ब छ । न त्यसको एक पैसा उनीहरूको लागि प्रयोग भयो ।

     नेपाल भित्र नेपाल सरकार र नेपाल बाहिर एनआरएनए मुख्य साझेदार हुन्, वैदेशिक रोजगारीमा जानेहरूका लागि । यसै साझेदारीलाई हेरेर आइएलओ (अन्तर्राष्ट्रिय श्रम सङ्गठन) ले एनआरएनएको माध्यमबाट वैदेशिक रोजगारीमा अप्ठ्यारो भोगिरहेकालाई सघाउन पहिलो चरणमा ५ लाख अमेरिकी डलर दियो । जसको उद्देश्य वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेकाहरूलाई उद्धार गर्नु थियो । 

    1 blurred.png

    यस परियोजनाको नेतृत्व लिने एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी भए । उनले परियोजना जसरी बढाउँदै गए, सुरुवातका कुनै विवाद नभए पनि मध्यतिर आइपुग्दा व्यापक विवाद सुरु हुन थाल्यो । जसमा वर्तमान महासचिव र केही पत्रकारहरू पनि मुछिए । साउदी अरब र युएईमा पदाधिकारीहरू निलम्बित समेत भए । 

    विवाद यतिले मात्र टुङ्गिने थिएन । वैदेशिक रोजगारीको विषयलाई लिएर पत्रकारिता गर्ने पत्रकार, सञ्चार माध्यम अहिले विवादमा मौन छन् । यसले यो अर्थ लाउँछकी पत्रकारमाथि लागेको आरोप पनि पुष्टि हुन सक्छ । महासचिवको फेसबुक स्ट्याटस अझ रोचक छ । शङ्का गर्नेहरूलाई एउटा दह्रो आधार बनेको छ । दोस्रो चरणको ५ लाख डलरको प्रतीक्षामा रहेको एनआरएनए अहिले दोस्रो किस्ता लिनेकी नलिने दुई धारमा उभिएका छन् । उपाध्यक्ष बद्री केसी, महासचिव डा। हेमराज शर्मा दोस्रो किस्ता लिन हतारो गरिरहेका छन् । 

    यता अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, मन केसी, रबीना थापा, कोषाध्यक्ष महेश श्रेष्ठ लगायत बहुमत केन्द्रीय पदाधिकारीहरू पहिलो किस्ताको रकम निष्पक्ष छानबिन गरेर मात्रै लिनुपर्ने अडानमा छन् । 

    उपाध्यक्ष बद्री केसी र महासचिव डा हेमराज शर्मा भने आइएस (अन्तर्राष्ट्रिय सचिवालय)बाट छिटो भन्दा छिटो दोस्रो किस्ता अनुमोदन गराउनेमा जोडतोडका साथ लागिपरेका छन् ।  दुबई, साउदी, मलेसिया लगायतका देशबाट आएकाहरूलाई गरिएको उद्धार मा आगामी चुनावी रणनीतिलाई आफ्नो पक्षमा पार्ने गरी प्रयोग गरिएका केही प्रमाणहरू स्वयम अध्यक्ष पन्तको हातमा समेत पुगिसकेको जानकारी पाएका छौँ । 

    2 blurred .png

    यस परियोजनाको बारेमा भने कोषाध्यक्ष अनविज्ञ छन् । यसका बारेमा केही बोल्न सक्दैनन्। यस परियोजनालाई नेतृत्व गरेका उपाध्यक्ष केसीले तयार पारेका नयाँ परियोजनाका कर्मचारीहरू के गर्छन्, कसो गर्छन्, कसरी उद्धार भइरहेको छ । सो को केन्द्रीय कार्यालय काठमाडौँका कर्मचारीहरूलाई चिहाउन सम्म दिइएको छैन ।  मानौँ त्यो एनआरएनएको परियोजना नै हैन । वास्तवमा हेर्दा उपाध्यक्ष केसी र महासचिव डा शर्माको निजी परियोजना जस्तो छ । हामीले यस विषयमा अध्ययन गर्ने क्रम एयरपोर्टबाट सुरु गर्‍यौ ।

    पहिलो झट्का - दुबईबाट उद्धार गरिएका ८३ जना हरेकले सुनको बाला बोकेर ल्याएका थिए । त्यो सुन कसको हो र दुबईबाट नै एनसिसि (राष्ट्रिय परिषद्)बाट उद्धारका लागि सिफारिस लिएर आएका हुन् ।

    दोस्रो झट्का - एयरपोर्टमा उद्धारका लागि उभिएका कर्मचारीहरूले नै अन्धाधुन्ध आउनेहरूको जानकारी नै नलिई उनीहरूको सूचना सङ्कलन गरिरहेका थिए । जुन कुराको प्रमाण हामीलाई प्राप्त भएको एक्सेल रिपोर्टमा पनि प्रस्ट देखिन्छ । यसका साथै उद्धार गरिएकाहरू पनि बोल्न चाहँदैनन् । उनीहरूले उद्धार को रकम लिएको स्विकार्न पनि मान्दैनन् ।  

    blurred 3.png

    समग्रमा हाम्रो अध्ययनले यही भन्छ, वास्तविक उद्धार गर्नुपर्नेलाई भन्दा आफ्नाका लागि सहयोग गरिएको छ र सहयोग नगरिएका हजारौँको सूचना सङ्कलन गरी प्रस्तुत गरिएको छ । यो सूचना कुन आधार, परियोजन र कुन कानुनी प्रावधानमा सङ्कलन गरेका हुन्, अझै स्पष्ट भएको छैन। यस विषयमा थप प्रमाण सङ्कलन भइरहेको छ ।  हामी क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जानेछौँ । 

    गोपनियता कायम  राख्न तस्बिरहरुलाई ब्लर गरिएको छ।  


    फाल्गुण १६, २०७७ आइतवार १६:०५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगार
  • # एनआरएनए
  • # व्यापक हिनामिना

  • क्यानाडा नेपाल / संवाददाता

    विदेशमा थप ३ नेपालीले कोरोनाका कारण ज्यान गुमाए

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 208
    SHARES
  • विदेशमा थप ३ नेपालीले कोरोनाका कारण ज्यान गुमाए

    काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण यस सातामा थप ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा यूएईका २ जना र पोर्चुगलका १ जना रहेका छन् । 

    यससँगै विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ पुगेको छ । शनिवार साझँसम्म विदेशमा कोरोना संक्रमित हुनेको संख्या ६२  हजार ४ सय १ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । 

    यो संख्या विदेशका विभिन्न ५३ देशको हो । यस्तै हालसम्म विदेशमा संक्रमितमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमित नेपाली निको भइसकेका छन् । यस साता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । 

     


    फाल्गुण १६, २०७७ आइतवार १२:१२:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # विदेश

  • क्यानाडानेपाल डेस्क

    मलेसियामा एक नेपाली सुतेकै अवस्थामा मृत भेटिए

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 450
    SHARES
  • मलेसियामा एक नेपाली सुतेकै अवस्थामा मृत भेटिए

    काठमाडौं - मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा नवलपरासीका नुनबहादुर मगर रहेका छन् । 

    मलेसियाको टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नुनबहादुर सुतेकै स्थानमा मृत फेला परेका हुन् ।

    उनी ६ वर्ष अगाडि उक्त कम्पनीमा कार्यरत रहेका थिए । मृतकको थप विवरण भने प्राप्त भइसकेको छैन । 
     


    फाल्गुण १५, २०७७ शनिवार १२:१७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडानेपाल डेस्क

    कोरियामा रहेका नेपालीले भिषा परिर्वतन गर्न र वर्किङ भिषा थप गर्न पाउने

    क्यानाडानेपाल

    फाल्गुण ५

  • 610
    SHARES
  • कोरियामा रहेका नेपालीले भिषा परिर्वतन गर्न र वर्किङ भिषा थप गर्न पाउने

    काठमाडौँ।  दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ । 

    विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो ।  

    प्रवेशाज्ञा थप हुनेमा एफ–१ (भ्रमण तथा पारिवारिक भिसा), एफ–३ (डिपेन्डेन्ट भिसा), एच–२ (भ्रमण तथा काम गर्ने भिसा), ई–९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन् यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ । यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ ।

    अस्थायी प्रवेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण कोरियामा करीब एक वर्षदेखि विदेशी कामदार भित्रिएका छैनन् । 

    लामो समयदेखि विदेशी कामदार नभित्रिदा हुन गएका कामदारको अभावलाई पूर्ति गर्न पनि सो नियम ल्याइएको मन्त्रालयले बताएको छ । कोरियाले अस्थायी मौसमी कामदारको रुपमा गत वर्ष ७९ हजारको प्रवेशाज्ञा थप गर्ने तयारी गरेको छ ।

    त्यसैगरी मौसमी कामदारको रुपमा ९० दिनभन्दा धेरै प्रवेशाज्ञा प्राप्त गरेका कोरियाली मूलका विदेशी नागरिकले विभिन्न शुल्कमा छुट पाउने बताइएको छ । उनीहरूले प्रवेशाज्ञा परिवर्तन गर्न चाहेमा प्रवेशाज्ञा परिवर्तनको लागि पनि नियम खुकुलो पार्ने बताएको छ ।

    यसैगरी नेपालमा कोरियाको लागि श्रम सम्झौताको पर्खाइ गरी रोस्टरमा बसेकाको अवधि छ महिना थप हुने भएको छ । सो कुराको जानकारी कोरिया रोजगार तथा श्रम मन्त्रालयको प्रवासी श्रमिक विभागका सचिव ई ग्यांग सुनले दिएका हुन् ।

    रोजगार अनुमति प्रणाली  (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी कोरिया काम गर्न जानको लागि रोजगारदाताको र छनोटमा पर्न योग्य १६ देशको प्रवासी श्रमिकलाई रोस्टरमा राखिन्छ र दुई वर्षसम्म पनि उनीहरू छनोटमा नपरे स्वतः रद्द हुन्छन् । कोरोना महामारीका कारण दुई वर्षको अवधिभित्र श्रम सम्झौता पत्र नआएर २०२० नोभेम्बेर १ देखि रोस्टर अवधि सकिएकालाई पुनः छ महिना अवधि थपिएको हो । रासस 


    फाल्गुण ५, २०७७ बुधवार १५:५२:३२ बजे : प्रकाशित

    कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण २

  • 506
    SHARES
  • कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको ज्यान गयो

    काठमाडौं  - विदेशमा कोरोनाभाइरसको संक्रमणबाट यो साता थप दुईजना नेपालीको ज्यान गएको छ ।

    गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको संख्या ३३५ जना पुगेको छ ।   

    शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । 


    फाल्गुण २, २०७७ आइतवार १८:५३:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क