• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

पैसा हिनामिना गरेको प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती परिक्रमा गर्छु : श्वेता खड्का 

माघ ३० २०७७
  • 1.9K
    SHARES
  • पैसा हिनामिना गरेको प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती परिक्रमा गर्छु : श्वेता खड्का 

    काठमाडौं । नायिका श्वेता खड्काले माझी बस्ती निर्माणबाट श्वेताश्री फाउन्डेशन नबाहिरिउको दाबी गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फतले उनले आफू र आफ्नो संस्थाले माझी निर्माणबाट हात नझिकेको र आर्थिक हिनामिना नगरेको दाबी गरेकी हुन् । 

    सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी–१४ मा निर्माणाधीन माझी बस्तीबाट श्वेताले हात झिकेको समाचार सार्वजनिक भएपछि यसलाई खण्डन गर्दै उनले आफूले माझी बस्ती निर्माणका क्रममा आर्थिक हिनामिना पनि नगरेको बताएकी छन् ।

    ‘फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणीत गरे जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु’, नायिका श्वेताले भनेकी छन् । 

    चौतारा साँगाचोक नगरपालिकाका मेयर अमान सिंह तामाङलाई उद्धृत गर्दै नायिका श्वेताले माझी बस्ती निर्माणबाट हात झिकेको समाचार प्रकाशित भएपछि शुक्रबार नायिका श्वेताले उक्त समाचारलाई खण्डन गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

    माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्, मेयर भन्छन्– ऋणमा डुबेको छैन माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्, मेयर भन्छन्– ऋणमा डुबेको छैन

    सो समाचार खण्डन गर्दै माझी बस्ती निर्माणबारे नायिका श्वेताले सार्वजनिक गरेको धारणा : 

    अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । 'श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

    ३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धननै थियो । थियो त केवल आत्मविश्वास अनी शाहस । भुकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा,शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई । त्यस्कै परीणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिहरुसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ । भुकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर 'श्वेताले माझी बस्तीबाट हात उठाईन्' भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ । मैले यस्लाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु ।

    माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर "श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ" भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकोछु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकिक्रित बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यस्लाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन- नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

    मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरुपनी देखेकोछु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयारछु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनैछु ।
    हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन " तैले त्यो बस्तिमा के योगदान गरिस् ?" मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु । बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक सिहँदरवार धाएको छु । कैयौ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी हरेश नखाई जुधेकोछु । जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानिय उपभोक्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।

    यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्नेहुन्छ ।बस्ती निर्माण पुर्वनै ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासीनै हुन् । नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो । घर निर्माणको लागि प्राविधीकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समितिनै हो । सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्ठानिय उपभोक्ता समितिनै हो ।

    याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ । अत: यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो । घर बाहेकका नयाँ पुर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्ठानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकैछ । अत: घर निर्माणको पाटोमा ४ लाख रिण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तीले अहिले आएर आफुलाई " नयाँ घर घाँडो भएको" भन्नु कत्ती सम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी (Public-Private-Partnership ) मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिक्रित बस्ती बिकासको यो मोडल 'दिगो बिकास'को सफल मोडल पनि हो । 'एनजिओहरुले सबै कुरा गरिदिनु पर्छ' भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो ।

    ४ लाख रिण बोकेका माझी परिवारले रिण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । बस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेकोछ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरुछन् । त्यसो त, माझिहरुले बोकेको रिणको भारी तिर्नको लागि 'होम स्टे'को परीकल्पना गरिएको छ जस्ले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र रिण तिर्नको लागि सहजता आउनेछ । यस्को लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यस्को बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला ?

    यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पुर्वाधारहरु मात्र बनेका छैनन् । बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानियवासिहरुले आफुमा आएको मानसिक र बौद्दिक बिकासको मुल्याँकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किंदैन ।

    अत: बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन । 'माझी टोलबाट हात झिकी' भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु " जव सम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।" मेरो अतिम इक्ष्या "म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस्।"

    श्वेता खड्का


    माघ ३०, २०७७ शुक्रवार १७:११:५८ बजे : प्रकाशित

    अर्कोसमाचार

    गायक हेमन्त शर्मालाई असफल मायालुको जवाफ– सिरानी आँसुले भिजाउँछ

  • 814
    SHARES
  • गायक हेमन्त शर्मालाई असफल मायालुको जवाफ– सिरानी आँसुले भिजाउँछ

    काठमाडौं । गायक हेमन्त शर्माले नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । ‘ए मेरी असफल मायालु’ बोलको गीतमा गायक शर्माको स्वर रहेको छ भने उनलाई गायिका एलिना चौहानले साथ दिएकी छन् । 

    गीतमा आफ्नी असफल प्रमिकालाई गायक शर्माले प्रश्न गरेका छन्, ‘ए मेरी असफल मायालु तिमीलाई मेरो याद आउँछ कि आउँदैन् ?’

    जवाफ स्वरुपमा गायिका एलिनाले भनेकी छन्, ‘कसरी बताउँ कति याद आउँछ, सिरानी आँसुले सधैं भिजाउँछ ।’ उक्त गीतको भिडिओमा गायक शर्मा र गायिका एलिनाको अभिनय पनि रहेको छ । 

    उक्त गीतमा गायक शर्माकै शब्द सृजना र संगीत रहेको छ भने कृष्ण बिकेले संगीत संयोजन गरेका छन् । सो गीतका भिडिओलाई निकेश खड्काले निर्देशन गरेको हुन् । 


    जेठ ३१, २०७८ सोमवार १७:२५:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हेमन्त शर्मा

  • क्यानाडा नेपाल

    पुराना छायाँकार प्रधानको निधन

    जेठ ३१

  • 340
    SHARES
  • पुराना छायाँकार प्रधानको निधन

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका पुराना छायाँकार राम शंकर प्रधानको निधन भएको छ । उनको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो । 

    लामो समयदेखि डायलासिस गराउँदै आएका उनको वीर अस्पतालमा निधन भएको हो । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । 

    उनले सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो, लगनगाँठो लगायतका धेरै नेपाली चलचित्रको छयांकन गरेका थिए । उनको निधनप्रति नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । 

     


    जेठ ३१, २०७८ सोमवार १८:४४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

  • 354
    SHARES
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

    काठमाडौं । बेलायतमा बस्दै आएकी नेपाली मोडल अनिता लिम्बुले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएकी छन् । 

    सामाजिक सञ्जाल इन्ष्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई उक्त शोमा भाग लिन आग्रह गरेको थियो ।  आयोजकको आग्रहपछि उनी उक्त शोको यात्रा तय गरेकी थिइन् । 

    उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत गत हप्ता प्रसारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङमा जन्म भई इटहरीमा  हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

    नेपालमा कक्षा १२ अध्ययन सकेर अध्ययनको शिलशिलामा बेलायत पुुगेकी उनले त्यहाँ ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

    यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । 

    उनले धेरै नेपली म्युजिक भिडिओमा पनि अभिनय गरिसकेकी छिन ।नेपाली फिल्म अभिनयमा पनि आफ्नो रुचिको बिषय भएको बताउने उनी भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच रहेको बताउँछिन् ।


    आषाढ १, २०७८ मंगलवार ११:२४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिक्रेट क्रस

  • क्यानाडा नेपाल

    मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    आषाढ १

  • 470
    SHARES
  • मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    काठमाडौं - चर्चित हास्यकलाकार जितु नेपालको आज जन्मदिन परेको छ । उनी आजबाट ४६ वर्षमा लागेका छन्। उनको जन्मदिनको अवसरमा कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् । 

    दीपकराजले शुभकामना दिदै  घुमाउरो शैलीमा मतभेद स्वीकारेका छन् । टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब चलाउदै आएका जितुले ‘महानायक’ विवादपछि दीपाश्रीलाई अध्यक्षबाट हटाएर करिश्मा मानन्धरलाई राखेका थिए । 

    त्यस बेलादेखि दीपकराज गिरी र दीपाश्री निरौला समुहसँग जितुको सम्बन्ध चिसिएको थियो । जितुले यस समुहसँग फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म काम गर्दै आइरहेका छन् ।

    मंगलबार जन्मदिनको अवसरमा दीपकराजले मतभेद रहेको स्वीकार गर्दै आफूहरुको गति कहिले नरोकिने बताएका छन् । उनले कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि आफूहरुको गति कहिले नरोकिएको र नरोकिने बताएका छन् ।

    उनले भनेका छन् - 'तपाइ संग जे छ ,त्यो म संग छैन ! म संग भएका तपाइ संग नहुन सक्छ !! सायद यहि एक अर्को संग नभएका कुरा अैचो पैचो गर्दै  एउटै खोलामा मिसियौ  र बग्दै गयौ निरन्तर कहिलेकाहि हाम्रा मतभेदका छालहरू एक अर्को संग  ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिदैन पनि !!'

    'तपाइ लाइ इश्वरले सधै उस्तै उर्जाशील र शृजनशील बनाइ रहुन् तपाइ संग भएका सकारात्मकताले तपाइमा भएका कमि कमजोरीलाइ परास्त गर्न सकोस! घर परिवारमा सुख शान्ति रहि रहोस !! जय मित्रता!! जन्मदिनको लाखौ करौडौ शुभकामना!!!'


    आषाढ १, २०७८ मंगलवार १५:११:४६ बजे : प्रकाशित

    मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    आषाढ १

  • 262
    SHARES
  • मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    काठमाडौँ - मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता सिक्न भारतको देहरादुन गएकी २३ बर्षिय निशा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको थियो । 

    उनको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । 

    political leaders kotishwar niwas.jpg

    तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने भन्दै आवाज उठ्न थाल्यो । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक मेघा चौधरीले निशालाई अस्पतालमा निःशुल्क उपचार गराइरहेकी छिन् । 

    अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गइहरेको छ । अहिले देश तथा विदेशबाट उनलाई सहयोग गरिरहेका छन् । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए ।  


    आषाढ १, २०७८ मंगलवार १८:३१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निशा घिमिरे
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    आषाढ २

  • 218
    SHARES
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    काठमाडौँ । गायक केशव भावुकको नयाँ गीत सार्वजनिक भएको छ । गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको ‘म मजदुर मायाको’ बोलको गीतको भिडियो हालै युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा गायक भावुकको स्वर र नमिता दवाडीको शब्द शृजना  रहेको छ ।

    कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिताले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ ।

    गीतमा भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालको रहेको छ ।  यस्तै निर्देशन पनि अर्यालले नै गरेका हुन्  


    आषाढ २, २०७८ बुधवार १८:४३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केशव भावुक
  • images
    images
    ताजा खबर