• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

चुनाव कुनै पनि हालतमा नहुने  प्रचण्डको दाबी

क्यानाडानेपाल फाल्गुण ३ २०७७
  • 726
    SHARES
  • चुनाव कुनै पनि हालतमा नहुने  प्रचण्डको दाबी

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव कुनै पनि हालतमा नहुने दाबी गरेका छन् ।

    सोमबार भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन नहुने भन्दै भने चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।

    उनले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको पनि बताए । लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा परेको बताउदै उनले  संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए । 

    पत्रकारहरुसँगको कुराकानीमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मत र व्यवहार दुबैमा हारिसकेको पनि बताए । उनले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको पनि बताए । 

     


    फाल्गुण ३, २०७७ सोमवार १३:५०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरे - माधव नेपाल 

    क्यानाडानेपाल

    चैत्र ३०

  • 158
    SHARES
  • ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरे - माधव नेपाल 

    जनकपुरधाम - नेकपा (एमाले) का निलम्बित नेता माधवकुमार नेपालले पार्टीमा भेदभाव बढ्दै गएको बताएका छन् ।

    सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले सो कुरा बताएका हुन् । उनले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताए । 

    उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप पनि लगाए । उनले भने - 'पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ'
     
    उनले देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको बताए ।


    चैत्र ३०, २०७७ सोमवार १९:२७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधव नेपाल

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने

    क्यानाडानेपाल

    चैत्र ३०

  • 146
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ वैशाख ५ गते बस्ने भएको छ । आज चैत्र ३० गते बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई  गोविन्दराज पौडेलको निधन भएपछि स्थगीत गरिएको थियो ।

    अब आउँदो आइतबार बैठक बस्ने बारे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । विज्ञप्तिमा बैठक वैशाख ५ गते आइतबार दिनको २ बजे बस्ने जनाइएको छ । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । आजको बैठकमा महाधिवशेन केन्द्रीत रहेर छलफल हुने बताइएको थियो । 


    चैत्र ३०, २०७७ सोमवार १८:१९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

  • क्यानाडानेपाल डेस्क

    जनताले संघीयताको विकल्प खोजे

    क्यानाडानेपाल

    चैत्र ३०

  • 536
    SHARES
  • जनताले संघीयताको विकल्प खोजे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले संघीयताको विकल्प खोज्न थालेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताको विकल्प खोज्न थालेको बताएका हुन् । 

    संघीयताले काम गरेन भनेर जनताले विकल्प खोज्न थालेको बताएका प्रधानमन्त्री ओलीले भने, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्रीले भनेका छन् । सांसदले भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् ।’

    नेताहरुको कार्यशैलीले जनतामा संघीयताप्रति वितृष्णा बढेको बताएका उनले भने, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’

    एकअर्काे प्रसङ्गमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले आफूले पार्टीलाई एकताबद्ध गरेर लैजाने खोजेको भए पनि उल्टै आफूमाथि कारबाही गरेको नाटक गरेको टिप्पणी गरे । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘आफूले पार्टी एक गरेर लैजान खोजेको, भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोज्ने । मलाई नै पार्टीबाट हटाए । पार्टी अध्यक्ष, दलको नेता र सदस्यबाटै निष्काशन गरे । तमासा देखाइएको छ, केटाकेटीलाई दशैं आएझै भएको छ ।’


    चैत्र ३०, २०७७ सोमवार १६:२१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनता
  • # संघीयताको विकल्प

  • क्यानाडानेपाल

    संसदमा राष्ट्रिय सहमति सरकारको चर्चा

    क्यानाडानेपाल

    चैत्र ३०

  • 236
    SHARES
  • संसदमा राष्ट्रिय सहमति सरकारको चर्चा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद प्रदीप गिरीले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएका हुन् । 

    कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन छलफल थालेका बेला सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः संसद विघटन नगर्न आग्रह गरे । 

    विद्यमान राजनीतिक संकटको दोष प्रधानमन्त्री ओलीमाथि लगाएका उनले संसदमा भनाभन गरेर समस्याको समाधान ननिस्कने भएकाले राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका हुन् ।

    संविधानको रक्षा गर्दै सबैको भावना समेट्नु पर्ने भन्दै संसदमा उनले भने, ‘संविधानको रक्षा गर्छौं कि गर्दैनौं ? रक्षा गर्दा यही रुपमा गर्छौं वा यथोचित परिर्माजनका साथ गर्छौं ? त्यो परिमार्जन टालटुले हुन्छ वा मुलुकको सबै समुदाय, जातिको चित्त बुझाउने गर्छौं ? यो संविधानलाई बचाएर अगाडि बढ्ने हो वा २०४७ सालको जस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्साको जस्तो विजोगमा लैजाने हो ?’


    चैत्र ३०, २०७७ सोमवार १५:५५:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सरकार

  • क्यानाडानेपाल

    कोरिया जान नपाएका नेपाली कामदारकाबारेमा सरकारले बेवास्ता गर्‍यो - गगन थापा

    क्यानाडानेपाल

    चैत्र ३०

  • 192
    SHARES
  • कोरिया जान नपाएका नेपाली कामदारकाबारेमा सरकारले बेवास्ता गर्‍यो - गगन थापा

    काठमाडौं - नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरिया जान नपाएका नेपाली कामदारका बारेमा सरकारले वेवास्ता गरेको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै थापाले सो कुरा बताएका हुन् । उनले कोरियामा रोजगारीमा जान भाषा र सीप परीक्षणा उतीर्ण गरेकाहरूको रोजगारी सुनिश्‍चितता गर्न माग पनि गरेका छन् ।

    उनले भने - 'दक्षिण कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार २ हजार महिनौंदेखि काठमाडौंमा बसेका छन्। उनीहरूको बारेमा सरकारले वेवास्ता गरेको छ।'

    कोरोना प्रभावले लाखौंले राजगारी गुमाएको बताउदै उनले कोरियालगायत वैदेशिक रोजगारीबाट फर्केर आएका कामदारहरु जान नपाएको र यस बारेमा सरकारले केही नगरेको बताए।  

    उनले विदेशबाट फर्केर आएका कामदारहरुले रोजगारी पाउने बारेमा मन्त्रालयले ठोस कदम चलेर जानकारी गराउन माग गरेका छन् ।   


    चैत्र ३०, २०७७ सोमवार १४:२९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • क्यानाडानेपाल डेस्क

    केपी ओली र माधवकुमार नजिकिँदै !

    क्यानाडानेपाल

    चैत्र ३०

  • 372
    SHARES
  • केपी ओली र माधवकुमार नजिकिँदै !

    काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधान भइसकेको छैन ।

    अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

    नेपाल–खनाल समूहले मुलुकभर सामान्तर कमिटी गठन गर्न थालेको छ । तर, यस अवस्थामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले वैशाख ६ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

    पार्टीभित्रको विवाद छलफल र संवादबाट अन्त्य गर्न सकिने नेता नेपालको सार्वजनिक अभिव्यक्तिपछि अध्यक्ष ओलीले सो बैठक बोलाएका हुन् । संवाद र छलफलबाटै विवादको समाधान र 

    गुट उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेता नेपालले पार्टी भित्रको विवाद अन्त्य गर्न विधि र पद्धतिअनुसार बैठक र छलफल राख्नु पर्ने बताएका थिए । नेता नेपालको सो अभिव्यक्तिपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । यो संयोग हो वा दुई नेताबीचको आपसी कुराकानीबाट बैठक बोलाइएको हो, यसबारे केही खुलेको छैन ।

    माधवकुमार नेपालको लचकता माधवकुमार नेपालको लचकता

    तर, आइतबार पर्साको वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेपालले पार्टीभित्रको विवाद समाधान गर्न सकिने र यसका लागि बैठक र छलफल राख्नुपर्ने बताएका थिए । यसको भोलिपल्ट सोमबार अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आउँदो वैशाख ६ गतेका लागि बोलाएका हुन् । 

    सो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने नेताहरुको अपेक्षा छ । 


    चैत्र ३०, २०७७ सोमवार १४:१९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # माधवकुमार

  • क्यानाडानेपाल