बुधबार
२५ मङ्सिर
२०७६

वैदेशिक रोजगारका दलालहरुलाई तह लगाउन अब सरकारको यस्तो नयाँ नियम

सोमबार कार्तिक २५, २०७६/ Monday 11-11-19

२५ कात्तिक, काठमाडौं । हालै वैदेशिक रोजगारीमा जानका लागि नयाँ नियम आएको छ। हालै आएको नयाँ नियम अनुसार श्रम स्वीकृति लिँदा पासपोर्टमा अब भौतिक ‘स्टिकर’ नटाँसिने भएको छ । मंगलबारदेखि नै वैदेशिक रोजगार विभागले पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिने कार्यको सुरुवात गर्दैछ ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार अब नयाँ नियम पश्चात दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्‍याउने क्रम पनि घट्दै जाने आशा गरिएको बताउनुभयो । श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड पनि याद गर्नुपर्ने उनले बताए । नयाँ नियमले सरकारले स्टिकर छपाइमा गरिरहेको लाखौ रुपैयाँ पनि वचत हुने तथा कामदारले पनि जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको पि्रन्ट निकाल्न सक्ने सुविधा  प्राप्त हुने आशा गरिएको छ। 

मानव तस्करी रोक्न र वैदेशिक रोजगारीमा हुने ठगीलाई निरुत्साहित गर्न विभागले नयाँ सुचना तथा प्रविधिको ब्यापक प्रयोग गरिरहेको कुरा विभागले जनाएको छ ।