काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । ओम शान्ति ओममार्फत १३ वर्ष अघि बलिउडमा डेब्यू गरेकी दीपिकाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । अहिले उनी व्यस्त अभिनेत्रीको रुपमा चिनिएकी छिन् ।
भनिन्छ दीपिका यहाँसम्म आउन अभिनेत्री मलाइका अरोडाको ठुलो हात रहेको छ । भारतिय मिडियाका अनुसार मलाइकाले नै दीपिकालाई बलिउडमा प्रबेश गराएकी थिइन् ।
फिल्म ‘ओम शान्ति ओम’ मा मलाइकाकै कारण दीपिकाले अभिनय गर्ने मौका पाएकी थिइन् । फिल्मकै लागि धेरै घुम्दा पनि नपाएकी उनको भाग्य मलाइकाले चम्काइदिइन् ।
फिल्मको लागि मलाइकाले दीपिकालाई प्रस्ताव गरिदिएकी थिइन् । उनको पहिलो फिल्म नै हिक भएपछि चर्चामा आइन् । त्यस समय उनी फेसन डिजाइनरसँग काम गर्ने गर्थिन् । फेसन डिजाइनरले नै दीपिकाको लागि मलाइकासँग कुरा गरेका थिए ।
यस फिल्ममा शाहरुखसँग नै मुख्य भूमिका निभाएकी थिइन् । फिल्ममा उनको नाम शान्तिप्रिया थियो । यसै फिल्मबाट उनले बेस्ट डेब्यू अभिनेत्रीको अवार्ड पनि पाएकी थिइन् ।
फाल्गुण १७, २०७७ सोमवार
१४:००:११ बजे : प्रकाशित