• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७७ फाल्गुन १० गते सोमबारको राशिफल

क्यानाडानेपाल फाल्गुण १० २०७७
  • 572
    SHARES
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७७ फाल्गुन १० गते सोमबारको राशिफल

    मेष राशि – देशपरदेशको यात्राको उत्तम योग रहेकोछ । नयाँ कार्यको थालनिका निम्ती समय राम्रो रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु समेत सम्पादित रहनेछन । बल तथा पराक्रममा बृद्धि हुनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    बृष राशि – स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभा सम्मेलनमा सम्लग्न रहने योग रहेकोछ । बिश्वासिला ब्यत्तीहरु बाट धोका हुनाले कार्य क्षेत्रमा बिशेष सावधानी अपनाउनु पर्नेछ । वाणिका कारण आफन्तजनहरु सगँको सम्वन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मिथुन राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

    कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आकस्मीक खर्चको योगहरु बन्नेछन । सामान्य यात्राकारकसमय रहेकोछ । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

    सिंह राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

    कन्या राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

    तुला राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

    बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

    धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

    मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

    कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

    मिन राशि – आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।ज्यो.प.सरोज घिमिरे


    फाल्गुण १०, २०७७ सोमवार ०७:१४:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    शिवलिङ्ग पूजा पितृसत्तात्मक सोचको उपज हो,  लिङ्गकै पूजा किन ?

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 170
    SHARES
  • शिवलिङ्ग पूजा पितृसत्तात्मक सोचको उपज हो,  लिङ्गकै पूजा किन ?

    मनोज भण्डारी / गोरखापत्र अनलाइन

    काठमाडौँ।  जोगी, वियोगी, भोगी, नशाका रोगी र योगी सबैमा शिवरात्रि ‘फेमस’ छ । उत्तिकै ‘फेभरेट’ शिवजी पनि छन् । कोही जानेर, कोही मानेर, कोही कर्तव्य ठानेर शिवको आराधना गर्छन् । फाल्गुण कृष्ण चतुर्दशीको रात शिवरात्रि हो । 

    यसबारे जान्नु र यस दिनका आराध्य शिवलाई जान्नु पनि आवश्यक छ । कृष्ण जन्माष्टमी मोहरात्रिका नाउँमा प्रसिद्ध छ, नवदुर्गाको अष्टमीको रात कालरात्रिका रूपमा प्रसिद्ध छ भने फागुनको यो रात महारात्रिका रूपमा शास्त्रमा प्रसिद्ध छ । यी तीनवटै रात साधकका निम्ति विशेष मानिन्छन् । तीमध्ये शिवरात्रि विशेष छ ।

    कवीरले आफ्नो भजनमा लेखेका छन्, एउटा राम दशरथका घरमा थिए, अर्का राम घटघटमा । त्यसैगरी एउटा शिव सर्वव्यापक छन्, अर्को शिव कैलाशमा बस्छन्, अर्को शिव घटघटमा बस्छन् । तर तीनवटैमा फरक छैन, थुप्रै भाँडामा देखिएको एउटै चन्द्रमा जस्तै ।

     शिव शब्दको अर्थ कल्याण हो । त्यही कल्याण स्वरूप सत्य स्वरूप शिव पहिलो शिव हुन् । उनकै अर्को नाउँ परमात्मा हो । ज्ञानीका भाषामा ब्रह्म, भक्तको भाषामा भगवान्, योगीका भाषामा परमात्मा र संसार सिर्जना, पालन र विनाश गर्ने सामथ्र्य भएकाले दार्शनिकको भाषामा ईश्वर ।

    सबै त्यही पहिलो शिवको नाउँ हो । दोस्रो शिव नेपालपुत्री पार्वतीका पति, नेपाल आमाका ज्वाईं, नेपालीका भिनाजु हुन् । जसलाई विशेषतः सृष्टिको संहार जिम्मेवारी दिइएको थियो, तिनै शिव रुद्र हुन् । अर्काे शिव सबै–सबैका भित्र भएको जिनिसको नाउँ हो, जो शरीर मर्दा पनि मर्दैन, जुनी फेरिँदा पनि फेरिँदैन । शिवरात्रि त्यो महान् रात्रि हो, जहाँ तेस्रो शिव दोस्रो शिवको सहायताले पहिलो शिव बन्छ। 

    शिवलिङ्ग : ज्योतिर्लिङ्ग

    चितवनकी एकजना चर्चित कविले लेखिन्, शिवलिङ्ग पूजा पितृसत्तात्मक सोचको उपज हो । लिङ्गकै पूजा किन ?

    मलाई यो प्रश्नले झन्झनायो । झन्झनायो यस मानेमा कि नेपालमा बौद्धिक भनिएको वर्गले पनि लिङ्ग शब्दको अर्थ पुरुषको जननेन्द्रिय मात्रै बुझेको रहेछ । लिङ्ग शब्दको अर्थ पुरुष जननेन्द्रियमात्रै हुने भए स्त्रीलिङ्ग भन्ने शब्द कहाँबाट बन्थ्यो ?

    शिवलिङ्गमा लिङ्ग शब्दको अर्थ हो (चिह्न÷प्रतीक । शिवको लिङ्ग अर्थात् प्रतीक नै शिवलिङ्ग हो । शिवका सबै प्रतिमा शिवलिङ्ग हुन् । सबैका भित्र ज्योति स्वरूपले रहने शिवको प्रतीक शिवलिङ्ग हो । त्यही ज्योतिको प्रतीकलाई ज्योतिर्लिङ्ग पनि भनिन्छ । बल्दो दियोको दीपशिखाको जस्तो आकार हुन्छ, त्यस्तै आकार शिवलिङ्गको हुन्छ । 

    भगवान् शिव आफैँले प्रकट गरेका ती शिवलिङ्गहरू १२ वटा छन्, जसलाई द्वादश ज्योतिर्लिङ्ग भनिन्छ । वनारसमा विश्वनाथका नामले, गुजरातमा सोमनाथका नामले, हिमालयमा केदारनाथका नामले एवम् अन्यान्य ठाउँमा तत्तत् नामले प्रख्यात १२ शिवलिङ्ग शिवले नै उत्पन्न गराएको कुरा शिवपुराणमा उल्लेख छ । र, ती १२ वटै ज्योतिर्लिङ्गको शिर पशुपतिनाथ नामले नेपालमा हामीले चिन्दछौँ ।

    भारतको उत्तराखण्डमा केदारनाथको दर्शन गर्नेक्रममा त्यहीँका पुजारीले बताए कि केदारनाथको पछिल्लो भागमात्रै यो हो । यसको शिर नेपाल काठमाडौँमा छ । काठमाडौँस्थित डोलेश्वर मन्दिरबारेमा मलाई नेपालै नदेखेका भारतीय पण्डितले थाहा दिए । ती १२ ज्योतिर्लिङ्ग भारतमै पर्छन् भन्ने भारत र नेपाल सबैका जनमानसमा छ । 

    विद्वान्हरूको खोजले बताएअनुसार तीमध्ये एक वैद्यनाथको ज्योतिर्लिङ्ग अछाममा छ । आदि शङ्कराचार्यले वैद्यनाथको प्रार्थना गर्नेक्रममा ‘पूर्वोत्तरे प्रज्वलिकानिधाने’ शब्द प्रयोग गरेका छन् । यसको आसय वैद्यनाथको पूर्वोत्तर दिशामा ज्वालाको निधान छ । लेखक आफैँ पूर्वोत्तर दिशास्थित दैलेखको ज्वाला क्षेत्र र वैद्यनाथ मन्दिर पुगेका छन् । भारतको विहारमा ज्योतिर्लिङ्ग भनिने वैद्यनाथ मन्दिरमा पशुपति मन्दिरमा भन्दा बढी घुइँचो लाग्छ । अछामको वैद्यनाथमा मैले अनुभव गरेका १५ दिनमा १५ जना भक्त पनि उपस्थित भएनन् ।

    आफ्नो हातमा रहेको मणिको महŒव के हो जनताले जान्नु जरुरी छ । चन्द्रज्ञान आगममा लिङ्ग शब्दको सुन्दर वर्णन गरेको पाइन्छ । जसको उदरमा सृष्टिपूर्व सारा संसार लीन हुन्छ र संहारमा सारा संसार जसको उदरको गमन गर्छ, त्यो परमात्मा नै लिङ्ग शब्दको अर्थ हो । स्कन्द पुराणमा बताइएअनुसार आकाश स्वयम् लिङ्ग हो । धरती उसको पीठिका हो । यी सबै अनन्त शून्यबाट पैदा भएर उसैमा लीन भएका हुनाले यसलाई लिङ्ग भनिन्छ ।

    न्याय वैशेषिक दर्शनका विद्वान् विश्वनाथ भट्टाचार्यले आफ्नो मुक्तावली ग्रन्थमा हावाको लिङ्ग छोइनु हो भनेर बताएका छन् । हावा देखिँदैन, बरु स्पर्शले अनुभूत गर्न सकिन्छ भन्ने अर्थमा यो प्रयोग छ । यहाँ पनि लिङ्ग शब्दले जननेन्द्रियलाई बुझाएको छैन ।

    तर्कसङ्ग्रहका टीकाकारले ‘लीन (गुप्त) अर्थ गमन गराउने (बुझाउने) भएकाले लिङ्ग भनिएको भन्ने बताएका छन् । भगवान् शिवबारेमा र सृष्टिबारेमा जो गोप्य रहस्य छन्, त्यो बुझाउने हुनाले शिवलिङ्गमा लिङ्ग शब्द प्रयोग भएको हो । यतिविधि स्पष्ट हुँदाहुँदै पनि लिङ्ग माने जननेन्द्रिय नै बुझ्नुचाहिँ सत्यको अस्वीकारमात्र हो ।

    आदियोगी शिव

    योगेश्वर कृष्ण हुन् र योगीश्वर शिव हुन् । संसारका प्रथम योगी शिव हुन् । उनको योगको सर्वोच्च स्थिति समग्र मानवका लागि अनुकरणीय छ । उदाहरणका लागि हेरौँ– शिवजीको वाहन साँढे हो भने पार्वतीको वाहन सिंह हो । शिवको गलामा, हातमा सर्प रहन्छन् भने गणेशको वाहन मुसा हो । अझ कुमारको वाहन मुजुर हो । मुसालाई सर्पले खान्छ । सर्पलाई मुजुरले खान्छ । मुजुरलाई सिंहले खान्छ । साँढेलाई पनि सिंहले बाँकी राख्दैन । तर, यस्ता जन्मजात शत्रु एउटा घरमा मिलेर बसेका छन् ।

    यस्तो हुनुको पछाडिका कारण हामी महर्षि पतञ्जलिको योगसूत्रमा पाउँछौँ । योगसूत्रमा एउटा सूत्र छ– ‘अहिंसा प्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः’ । योगीले अवश्य पालन गर्नुपर्ने ‘यम’को पहिलो सर्त अहिंसा हो । अहिंसाको सिँढीबाट माथि उक्लेको महान् योगीका सामुन्नेमा कुनै पनि प्राणीले वैरभाव राख्दैनन्, जन्मजात भए पनि त्याग्छन् भन्नु सूत्रको आशय हो । योगशास्त्रका प्रथम उपदेशकर्ता शिव हुन् । ‘विज्ञान–भैरव–तन्त्र’मा शिवले पार्वतीलाई बताएका ११२ ध्यानसूत्र छन् । शैव र नाथ सम्प्रदायका आदिदेव र आदिनाथ पनि शिव नै हुन् । शिवकै अवतार मानिने शङ्कराचार्यले ज्ञानयोग र उनकै अवतार मानिने गोरक्षनाथले हठयोगको सन्देश विश्वलाई दिए। 

    शिवजी, गाँजा, भाङ, धतुरो

    देवता र राक्षसले मिलेर समुद्र मथे । अमृत निकाल्न समुद्र मथ्दा हलाहल विष निस्क्यो । सारा देवता एवम् राक्षस डरले थरथर भए । तीनै लोक नष्ट हुने डरले विषलाई कतै फाल्न पनि सकिएन । सबैले दयालु आशुतोषलाई सम्झे । शिवले त्यो विषलाई पिउनुभयो । घाँटीमा राख्नुभयो । त्यो विषले कपुरजस्ता गोरा शिवको घाँटी नीलै भयो । नामै नीलकण्ठ भयो । प्राणीमा करुणादृष्टि राखेर शिवले विष पिएको कुरा सर्वविदित छ ।
    एकजना मित्रले भन्नुभयो, ‘शिवले गाँजा पिउन हुने । हामी पनि पिउँछौँ, के हुन्छ ?’

    मैले भनेँ, ‘गाँजा पिएर गँजडी भइन्छ, शिव बन्न त अर्काका निम्ति विष पिउन सक्नुपर्छ ।’ शिव विषचिकित्साका आचार्य पनि हुन् । सर्प, बिच्छीजस्ता विषालु जन्तु उनका वरपर रहन्छन् । धतुरो आदि अन्य विषालु वस्तु उनकै आसपासमा रहन्छन् । ती सबै विषचिकित्साका साधन हुन सक्छन् । शिवजीले गाँजा, धतुरो खानेचाहिँ होइन ।

    शिवबारेमा बताउने शास्त्र शिवपुराण हो । शिवपुराणका चौबीस हजार श्लोकमध्ये कहीँ कतै पनि गाँजा, भाङ, धतुरो खाएको उल्लेख छैन । गाँजा, भाङ, धतुरो शिवजीले खाएको कुरा कुनै पनि शास्त्रमा छैन । खरानी घस्ने जोगीले गाँजा खाए भन्दैमा खरानी घस्ने शिवजीले पनि खान्छन् भनेर दुष्प्रचार गर्नु कहाँसम्मको बुद्धिमानी हो ? गाँजा यद्यपि अनेकौँ रोगको उपचारमा काम आउँछ भन्ने अनुसन्धान विश्वस्तरमा भइरहेका छन् । त्यसको आफ्नै पाटो छ तर शिवजीलाई गाँजासँग जोडेर मजाक बनाइनु उचित होइन ।

    प्रश्न उठ्न सक्छ । यतिविधि पात हल्लिनुमा हावा पनि लागेको हुनुपर्छ । शिवजीलाई गाँजा, भाङ, धतुरोसँग कसले जोड्यो त ?

    यो काम गँजडीले गरे, स्वस्थानी व्रतकथालाई माध्यम बनाएर । स्वस्थानीमा शिवजीले गाँजा, भाङ, धतुरो खान्छन् भनेर बताइएको छ । स्कन्दपुराण केदारखण्ड माघमाहात्म्यमा हुँदै नभएको गाँजा, भाङ, धतुरो त्यसको अनुवादमा कसरी आयो ? यो गल्ती कसले ग¥यो ? अनुसन्धान आवश्यक छ ।

    शिव रहस्य

    स्मसानको खरानी शिवको आभूषण हो । शिवको माला भन्नु नाग हुन् । शिवको शिरमा गङ्गा छ । शिवको हातमा त्रिशूल छ । शिवजीका आँखा तीनवटा छन् । चार दिशा नै शिवका कपडा हुन् । शिवको वाहन साँढे हो । शिवका सबै स्वरूप चालचलन अनौठा देखिन्छन् । जति अनौठा छन्, उति नै रहस्यमय छन् ।

    शिवको शरीरमा घसिएको खरानी वैराग्यको प्रतीक हो । स्मसानकै खरानी यस अर्थमा कि वैराग्यको उद्बोधक मृत्यु हो । हामी पनि कुनै दिन मर्नुपर्छ भन्ने भाव नआई वैराग्य मनमा जाग्दैन । मृत्युको डरले जन्माएको वैराग्यबाटै मृत्युुलाई जित्नु वेदान्तको सार पनि हो । 

    शिवको माला नाग हुन् । सर्पहरू ब्रह्माण्डका विषालु वायु आफू पिउँछन् र संसारलाई जीवित रहन दिन्छन् । शिवजीको स्वभाव त्यस्तै छ र साधकले पनि त्यस्तै बन्नुपर्छ । शिवको शिरमा चन्द्रमाको वास छ । चन्द्रमा मन हो । चन्द्रमालाई आयुर्वेदले समेत अमृतयुक्त भन्छ । 

    शिरको माथि रहेको चन्द्रमा निर्मल र शान्त मनले अमृतŒवको प्राप्तिको सङ्केत गर्छ । गङ्गा ज्ञान हो । शिवको मूर्धाबाट निस्केको गङ्गाजलले संसार तृप्त गर्छ । योगीले ब्रह्मरन्तबाट तप्केको अमृत पिउँछन् । ज्ञानीले मस्तिष्कको ज्ञानगङ्गाबाट संसार सिँच्छन् । तीनवटा शूल त्रिशूल हो । ती शूल आत्मिक, भौतिक र दैविक शूल हुन् । ती सबै शिवको हातमा पुगेर नियन्त्रणमा आउँछन् ।

    तेस्रो आँखा दुई चर्मचक्षुभन्दा अलग ज्ञानचक्षुको उद्घाटनको सङ्केत गर्छ । ज्ञानी आँखा चिम्लेर पनि सारा देख्छ, त्यसमा तेस्रो आँखा कारण हुन्छ । दिशा नै कपडा हुनु अपरिग्रहको सङ्केत हो । चराहरू गोदाम नबनाई पनि बाँच्छन् । कात्रो र भोटो दुवैको खल्ती हुँदैन । परिग्रहले सुख होइन, दुःख ल्याउँछ, अतः त्यागयोग्य छ । साँढेलाई संस्कृतमा वृषभ भनिन्छ । वृषभ शब्दको अर्थ धर्म हो । शिवझैँ धर्म र न्यायको आश्रयमा रहनु यसको सङ्केत हो ।

    शिव : समावेशी देवता

    शिवबाट वर मागेर शिव नै भष्म बनाउन तम्सने भष्मासुर होस् अथवा त्रिलोक विजयी रावण होस्, सबै शिवका कृपापात्र छन् । शिवको कृपा रामेश्वर शिवलिङ्ग पुज्ने राम र ताण्डवस्तोत्र रच्ने शिवभक्त रावण दुवैमा बराबर छ । अन्य देवताको तपस्या, यज्ञ, पूजनमा देवता, ऋषि आदि देखिन्छन् तर शिव सबैका आश्रयदाता हुन् । 

    भूतप्रेत आदिदेखि लिएर महर्षि शिवकै शरणमा छन् । शिवको पूजालाई धनको आवश्यकता पनि छैन । माटोको लिङ्ग र मूर्तिमा बेलका घाँसपातले पूजा गरेर पानी खन्याइदिए प्रसन्न हुने शिव आशुतोष हुन् । 

    शिवको दयालु स्वभावले नै पशुपति नाम रहन गएको हो। शैव दर्शनले पशुपति शब्दको स्पष्ट व्याख्या गर्छ । काम, क्रोध आदि मानवका पाश हुन्छन् । पाशले बाँधिएका जति सबै पशु हुन् । ती सबैलाई पालन गर्ने पति पशुपति हुन् । त्यसैले हिन्दु भनिने नभनिने सबैखाले शिवको पूजा गर्छन् । 

    किरात रूप धारण गर्ने किरातेश्वर महादेवको पूजा मुन्दुम पढ्नेले गर्छन् । सुम्निमा पारुहाङका कथा त हामीले सुन्दै आएका छौँ । लामाहरू महादेवलाई ल्हा छेन्पो भनेर समान आस्था राख्छन् । वेद मान्नेहरू बमबम बोलको जयकार साउनमा लगाउँछन् । 

    पोर्तुगाली देवताको हातमा रहने अस्त्र त्रिशूलसँग एकदम मिल्दोजुल्दो देखिन्छ । शिवकै योग सारा संसारले स्वीकार गरिरहेको छ । आचार्य पुष्पदन्त त शिवःमहिम्नः स्तोत्रमा भन्छन्, ‘जानी नजानी सबैले शिवकै पूजा गरिरहेका हुन्छन् । नाना नाम भएका नाना देउता पुज्नेहरू पनि नदीहरू समुद्रमा जसरी शिवमै पुग्छन् ।’

    शिव–पार्वती र नेपाल

    पुराणअनुसार दक्ष प्रजापतिकी पुत्री सती थिइन् । माइतमा बुवाले यज्ञ आयोजना गरेको हुँदा नबोलाई पनि गइन् । तर, त्यहाँ पुग्दा आफ्ना पति महादेवको भाग पनि नराखिएको र शिवको निन्दा एवम् अपमान भएको देखेपछि असह्य भएर यज्ञमण्डपमा उपस्थित देवताकै अगाडि योगबलले आफूभित्रको अग्नि उत्पन्न गरेर देह त्याग गरिन् । अपमान मृत्यु हो । पतिको ज्युँदै मृत्यु भएको देखेर सती आफू पनि अग्निमा जलिन् । सती अर्को जन्ममा मेनकाको गर्भबाट पार्वती बनेर जन्मिइन् । तपस्या गरेर शिवजीसँग पुनः विवाह भयो । कथानक यत्ति हो ।

    यसैबीचबाट कालान्तरमा पतिको मृत्युुपछि सती जाने प्रथा सुरु गर्ने काम भयो । शास्त्रहरू भने सतीप्रथाको समर्थन गर्दैनन् । सतीको चरित्र आफैँ पनि हामीले सुनेको सतीप्रथाको समर्थन गर्दैन । पार्वती पर्वतकी पुत्री थिइन् ।

     योगी नरहरिनाथका अनुसार पर्वत जिल्लाको पाङमा माता पार्वतीको प्राकट्य भएको हो । सीता जसरी नेपालकी छोरी हुन्, जगन्माता पार्वती पनि नेपाली माटोकी पुत्री हुन् । घरबाट भागेर पार्वतीले तपस्या गरेको दिन हरितालिका हो । तपस्याबाट प्रसन्न भई वरदान दिन शिव आएको ठाउँ अहिले गौरीशङ्कर हिमालयका नाउँमा प्रसिद्ध छ ।

    शिव–पार्वतीले मृग रूप धारण गरेर लीला गरेको ठाउँ मृगस्थली काठमाडौँ हो । मृत्युको डरले तपस्यामा लागेका मार्कण्डेयलाई चिरञ्जीवी बन्ने आशिष दिएर कालको पनि काल महाकाल भन्ने विशेषण शिवलाई नेपालले नै दिएको हो । कुनै समय राष्ट्रदेव पशुपतिनाथको पुनरुद्धार भगवान् शिवकै अवतार मानिने शङ्कराचार्यबाट भयो । शिवावतार गोरक्षनाथकै विर्ता गोरक्षा÷गोरखा÷गोर्खा नाउँ हो । महान् शिवभक्त नेमुनिले पालन गरेको नेपाल शिवकै छत्रछाँयामा 

    हुर्केका बढेको छ । माधव घिमिरेले लेखेकै छन् नि,
    यो पार्वतीको प्रिय फूलबारी ।
    एकान्त यो चिन्तनको छहारी ।।
    कैलाशवासी शिवको ससुराली, सर्वव्यापक शिवको सर्वप्रिय क्रीडाभूमि नेपालले शिवसँग जोडिएको लामो कपाल र गाँजामात्रै सम्झेर शिवलाई बिस्र्यो कि ? 


    फाल्गुण २२, २०७७ शनिवार ११:५१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिवलिङ्ग
  • # लिङ्गकै पूजा

  • क्यानाडानेपाल

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन २१ गते शुक्रबारको राशिफल

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 328
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन २१ गते शुक्रबारको राशिफल

    मेष राशि - अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

    बृष राशि - ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

    मीथुन राशि - अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

    कर्कट राशि - मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

    सिंह राशि - भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

    कन्या राशि - खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

    तुला राशि - मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

    बृश्चिक राशि - मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

    धनु राशि - बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

    मकर राशि - मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ ।

    कुम्भ राशि - कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

    मिन राशि - मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।ज्यो.प.सरोज घिमिरे


    फाल्गुण २१, २०७७ शुक्रवार ०७:५८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    सधै शंख बजाउनुहोस्, धार्मिक मात्र होइन स्वास्थ्यको दृष्टीले पनि छ फाइदाजनक    

    क्यानाडानेपाल

    फाल्गुण २०

  • 344
    SHARES
  • सधै शंख बजाउनुहोस्, धार्मिक मात्र होइन स्वास्थ्यको दृष्टीले पनि छ फाइदाजनक    

    काठमाडौं । हिन्दु धर्ममा पुजा गर्दा शंख बजाउने गरिन्छ । हामिले बिहान उठ्ने बित्तिकै घर तथा मन्दिरमा शंख बजाइरहेको सुन्छौं । 

    हिन्दु धर्म मान्नेहरुको धेरैजसो घरमा शंख राखिएकै हुन्छ । भजन किर्तनमा पनि शंख बजनाउने हिन्दु धर्ममा चलन पनि छ । शंख बजाउदा जति धार्मिक महत्व छ, त्यति नै वैज्ञानिक प्रभाव पनि छ । हामिले नियमित शंख बजाउदा मन मनमा शान्त हुन्छ ।

    शंख बजाउदा स्वास्थ्यको दृष्टीले पनि फाइदाजनक छ । शंखको ध्वनीबाट वातावरणमा भएका जीवाणुहरु नष्ट हुन्छन् । शंख बजाउदा श्वास भर्दै छोड्दै गर्दा स्वास्थ्य ठिक हुन्छ । शंख बजाउने गरेमा कहिल्यै हृदयघात पनि हुँदैन ।  

    राती शंखमा पानी भरेर राख्नुहोस् र त्यहि पानीले बिहान छालामा लगाएमा छालासम्बन्धी रोग लाग्दैन । शंख बजाउदा लामखुट्टे भाग्ने पनि वैज्ञानिकले आफ्नो प्रयोगबाट सावित गेका छन् । 

    शंखमा राखिएको पानी पिएमा पेट सम्बन्धी समस्या पनि हुदैन । शंख बजाउदा दिमागमा भएका नकारात्मक विचारहरु हटेर जान्छन् । कुनै तनाव भएमा शंख बजाएमा मनमा शान्ति हुन्छ । 


    फाल्गुण २०, २०७७ बिहिवार २१:४९:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शंख बजाउनु

  • क्यानाडानेपाल डेस्क

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन २० गते बिहिबारको राशिफल

    क्यानाडानेपाल

    फाल्गुण २०

  • 396
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन २० गते बिहिबारको राशिफल

    मेष : नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ।

    बृष : राशि प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

    मीथुन : रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

    कर्कट : स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

    सिंह : बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    कन्या राशि : स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

    तुला राशि : गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

    बृश्चिक राशि : स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

    धनु राशि: बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

    मकर राशि : सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    कुम्भ राशि : मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    मिन राशि  : खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।


    फाल्गुण २०, २०७७ बिहिवार ०८:२४:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल

    पशुपतिनाथ मन्दिरमा कोरोनाका कारण रोकिएको विशेष पूजा शुरु हुने

    क्यानाडानेपाल

    फाल्गुण १९

  • 400
    SHARES
  • पशुपतिनाथ मन्दिरमा कोरोनाका कारण रोकिएको विशेष पूजा शुरु हुने

    काठमाडौं - पशुपतिनाथ मन्दिरमा कोरोनामहामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

    कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

    कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

    महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

    कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताउनुभयो ।रासस
     


    फाल्गुण १९, २०७७ बुधवार १२:५२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर

  • क्यानाडानेपाल डेस्क

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १९ गते बुधबारको राशिफल

    क्यानाडानेपाल

    फाल्गुण १९

  • 430
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १९ गते बुधबारको राशिफल

    मेष राशि - पारीवारिक सम्वन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । साजेदारीकार्यमा समेत सावधानी अपनाउनु उत्तम रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । ब्यपार ब्यवसायका क्षेत्रमा दिन मध्यम रहनेछ । सामान्य कार्य सम्पादनका निम्ती अधिक समय खर्चनु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा समेत आच आउन सक्नेछ ।

    बृष राशि - आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ ।

    मीथुन राशि - सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

    कर्कट राशि - परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।

    सिंह राशि - भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    कन्या राशि - कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

    बृश्चिक राशि - खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

    धनु राशि - मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

    मकर राशि - सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

    कुम्भ राशि - अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

    मिन राशि - मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    फाल्गुण १९, २०७७ बुधवार ०७:१४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क