काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई एक-शुन्य गोलले पराजित गरेको हो ।
उक्त खेलमा सिटीका रहिम स्टर्लिङले निर्णायक गोल गरे । उनले खेलको खेलको दोस्रो मिनेटमा नै रियाद महारेजको पासमा गोल गरे । त्यसपछि खेल अवधिभर कुनै गोल हुन सकेन ।
जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भने पराजित भएको टिम आर्सनल ३४ अंकसहित १०औं स्थानमा छ ।
काठमाडौं - गए राति कोपा डेल रे अन्तर्गत भएको खेलमा एथलेटिको बिल्वाओले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा एथलेटिको बिल्वाओले लेभान्टेलाई दोस्रो लेगमा २–१ गोल तथा समग्रमा ३–२गोलले पराजित गरेको हो । पहिलो लेगमा बरारबी खेलेका दुवै टिमले दोस्रो लेगमा एथलेटिको बिल्वाओले जित निकाल्यो ।
खेलको १७औं मिनेटमा लेभान्टेका रोजरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३०औं मिनेटमा एथलेटिकोका राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गरी खेल बराबरी बनाए ।
त्यसपछि खेलको ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गरि टिमलाई जित दिलाए । यससँगै एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रबेश गरेको छ । अब एथलेटिले बार्सिलोनाको सामना गर्नेछ ।
काठमाडौं - गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले पार्मा काल्सियोलाई २–१ गोलले पराजित गरेको हो । उक्त खेलको ५४औं मिनेटमा इन्टरका एलेक्सिस सान्चेजले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ६२औं मिनेटमा सान्चेजले अर्को गोल गरी इन्टरलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७१औं मिनेटमा पार्मा काल्सियोका हर्नानीले गोल गरे ।
जितसँर्ग इन्टरले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ भने अब इन्टरको २५ खेलबाट ५९ अंक पुगेको छ । पराजित टिम पार्मा १५ अंकसहित १९औं स्थानमा रहेको छ ।
काठमाडौं । गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई ४–१ गोलले पराजित गरेको हो । उक्त खेलको सिटीका लागि गाब्रियल जिससले दुई गोल र रियाद महरेजले एक गोल गरे भने एक गोल उपहार पायो ।
उल्भ्सको तर्फबाट कोर्नर कोएडीले एक गोल फर्काए । जितसँगै सिटीले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । यसले २७ खेलमा ६५ अंक जोडेको छ ।
काठमाडौं – गए राति जर्मन कप अन्तर्गत भएको खेलमा बोरुसिया डर्टमन्डले जित निकालेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा डर्टमन्डले मोन्छेनग्लाडबाखलाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा डर्टमन्डका लागि जाडन साञ्चेले निर्णायक गोल गरे।
उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् । जितसँगै डर्टमन्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
इटालियन सिरी ए : रोनाल्डो र मोराटाको गोलमा युभेन्ट्सको जित
क्यानाडानेपाल
फाल्गुण १९
288
SHARES
काठमाडौं । गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्ट्सले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्ट्सले सेपेजियालाई ३–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो, आल्भारो मोराटा र फेडेरिको चइसाले एक–एक गोल गरे । खेलको ६२ औं मिनेटमा युभेन्ट्सका मोराटाले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा युभेन्ट्सका फेडेरिकोले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डोले गोल गरी टिमलाई जित दिलाए ।
जितसँगै युभेन्ट्सले २४ खेल खेलमा ४९ अंक जोड्दै लिगको शीर्ष तीनमारहेको छ भने पराजित टिम सेपेजिया २५ खेलमा २५ अंक जोडेको छ ।
बार्सिलोनाका पूर्व प्रमुख न्यायाधीशसमक्ष पेश भएपछि रिहा
क्यानाडानेपाल
फाल्गुण १८
308
SHARES
बार्सिलोना - बार्सिलोनाका पूर्व राष्ट्रपति जोसेप मारिया बार्टोमेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।
बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, “सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।
न्यायाधीशले प्रशासन र व्यापारिक भ्रष्टाचारको संदिग्ध अपराधको बारेमा २०२० को मेमा थालिएको अनुसन्धानको एक भागको रूपमा उनीहरूलाई प्रश्न सोध्ने प्रयास गरेको बताइएको छ ।
बार्सिलोनाको स्टेडियमको खोजीमा संलग्न क्लबका अन्य दुई अधिकारी पनि पक्राउ परेका थिए । क्लबका वर्तमान प्रमुख कार्यकारी ओस्कर जिराउ र कानूनी सेवा प्रमुख रोमा गोमेज पोन्तीलाई सोमबार ढिलो रिहा गरिएको थियो ।एएफपी