काठमाडौं - भारतकै चर्चित रियालिटी शो बिग बोसको १४ औं सिजनको विजेता रुबिना दिलाइक बनेकी छिन् । भारतिय टिभि सिरियल ‘छोटी बहु’ बाट पनि चर्चामा आएकी रुबिना बिग बोसको बिजेता बनेसँगै ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् ।
फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । यस्तै बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् ।

उनी यसअघि इण्डियन आइडलको फर्स्ट रनर अप पनि बनेका थिए । बिग बोसमा रुबीनाले १४० दिनसम्मको बहस, झगडा र ड्रामपछि यस सिजन जित्न सफल भएकी हुन् ।
सलमान खानले आउँदो आठ महिनाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस सबैभन्दा ठूलो रियालिटी शो हो । इस शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए ।
फाल्गुण १०, २०७७ सोमवार
११:१७:४१ बजे : प्रकाशित