• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

विपिन र नम्रतापछि 'प्रसाद २' मा निश्चलको प्रवेश

क्यानाडानेपाल फाल्गुण १० २०७७
  • 618
    SHARES
  • विपिन र नम्रतापछि 'प्रसाद २' मा निश्चलको प्रवेश


    दर्शक र समिक्षकको राम्रो प्रतिक्रिया पाएको चलचित्र 'प्रसाद' को सिक्वेल निर्माणको तयारीमा रहेको छ।  दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रको सिक्वेल निर्माण तयारीमा रहेको छ।  'प्रसाद २' लाई सौरभ चौधरीले निर्देशन गर्ने तयारी  गरेका छन्।  चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र नम्रता श्रेष्ठ फाइनल भैसकेका छन्।  यी दुई पछि चलचित्रमा निश्चल बस्नेतको प्रवेश भएको छ।  निर्माण टिमले निश्चल संग औपचारी सम्झौता गरिसकेको छ । यो संगै चलचित्रमा प्रसादकै लिड कलाकार रहने पक्का भएको छ।  सुशील पौडेलको लेख्न रहेको चलचित्रलाई सुवास थापाले निर्माण गर्नेछन्।  प्रसादको प्रिक्वेल र सिक्वेलको रुपमा निर्माण हुन लागेको चलचित्र चैत्र बाट फ्लोरमा जाने तयारीमा रहेको छ।  


    फाल्गुण १०, २०७७ सोमवार १७:५१:३१ बजे : प्रकाशित

    अर्कोसमाचार

    फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल आउदो दसैँमा रिलिज हुने

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 284
    SHARES
  • फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल आउदो दसैँमा रिलिज हुने

    काठमाडौं - फिल्म ‘कबड्डी’को चौँथो सिक्वेलको प्रदर्शन मिति सार्वजनिक भएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने  ‘कबड्डी ४’ आउदो दसैँमा (असोज १५) मा रिलिज गरिने जनाइएको छ । फिल्ममा केही पुराना र नयाँ कलाकार हुने बताइएको छ । 

    dd.PNG

    यसअघिका फिल्म कबड्डी, कबड्डी कबड्डी, कबड्डी कबड्डी कबड्डी लाई दर्शकले निकै रुचाएका थिए । बाँसुरी फिल्मको प्रस्तुती रहने ‘कबड्डी ४’ पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।  
     


    फाल्गुण २१, २०७७ शुक्रवार १९:२६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कबड्डी

  • क्यानाडानेपाल डेस्क

    सन्दीपले ल्याएको 'सान्बाबु' मा स्मारिका र समारिकाको लोभलाग्दो अभिनय

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 442
    SHARES
  • सन्दीपले ल्याएको 'सान्बाबु' मा स्मारिका र समारिकाको लोभलाग्दो अभिनय

    काठमाडौँ । लोकप्रिय गायक  सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत 'सान्बाबु'को भिडियो सार्वजनिक गरेका छन् । 

    जसमा सन्दखीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ । जसमा संगीत संयोजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ ।

    प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा  टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ । 

    नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन  विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल काली भन्न मिलेन, लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा कमाएका छन् ।


    फाल्गुण २१, २०७७ शुक्रवार १८:०८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सान्बाबु

  • क्यानाडानेपाल डेस्क

    लामोसमयपछि हलमा नयाँ फिल्म ‘गोर्खे’ प्रदर्शनमा 

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 298
    SHARES
  • लामोसमयपछि हलमा नयाँ फिल्म ‘गोर्खे’ प्रदर्शनमा 

    काठमाडौँ - कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका फिल्महल सञ्चालनमा आएका छन् । पुष १० गतेबाट फिल्म हल खुलेपनि दर्शक नहुँदा हल सञ्चालकहरु पुराना फिल्म चलाउन बाध्य रहेका छन् ।

    शुक्रबारबाट भने हलमा नयाँ फिल्म प्रदर्शनमा आएको छ । किस्मत गौतमको निर्देशन रहेको  फिल्म गोर्खे शुक्रबारबाट हलमा प्रदर्शनमा आएको छ ।

    युवाको गोर्खे बन्ने सपनालाई लिएर बनाइएको यस फिल्ममा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।   

    तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको यस फिल्म दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्ममा पाल्पा, पोखरा लगायतका विभिन्न स्थानको दुश्य देखाइएको छ ।  

      


    फाल्गुण २१, २०७७ शुक्रवार १४:२१:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोर्खे

  • क्यानाडानेपाल डेस्क

    कमेडी च्याम्पियनको दोस्रो सिजन आजबाट टेलिभिजनमा प्रसारण हुँदै

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 498
    SHARES
  • कमेडी च्याम्पियनको दोस्रो सिजन आजबाट टेलिभिजनमा प्रसारण हुँदै

    काठमाडौं । चर्चित रियालिटी सो कमेडी च्याम्पियन को दोस्रो सिजन आजदेखि टेलिभिजनमा प्रशारण हुने भएको छ । आजदेखि कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको हो। 

    विशाल भण्डारीले  निर्देशन गरेको कमेडी च्याम्पियनको पहिलो सिजन पनि दर्शकले रुचाएका थिए । पहिलो सिजनमा हिमेश पन्त कमेडी च्याम्पियन बनेका थिए । अब दोस्रो सिजन पनि टेलिभिजनमा प्रसारण हुने तयारीमा छ । 

    भदौ १५ गतेबाट सुरु भएको डिजिटल अडिसनमा ६ हजार भन्दा बढी सहभागी भएको थिए । जसमा २४ जनालाई फिजिकल अडिसनबाट छनोट गरिसकिएको छ । 

    कमेडी च्याम्पियनको विजेता हुनेले २५ लाख नगद र कार पुरस्कार पाउनेछ । कमेडी च्याम्पियन कार्यक्रमका निर्माता विशाल भण्डारी तथा जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।


     


    फाल्गुण २१, २०७७ शुक्रवार ११:३४:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमेडी च्याम्पियन

  • क्यानाडानेपाल डेस्क

    फिल्म ‘आँधी तुफान २’ बन्ने, ३ युवतीको धमाकेदार एक्सन रहने

    क्यानाडानेपाल

    फाल्गुण २०

  • 320
    SHARES
  • फिल्म ‘आँधी तुफान २’ बन्ने, ३ युवतीको धमाकेदार एक्सन रहने

    काठमाडौं - मदन घिमिरेको निर्देशनमा फिल्म आँधी तुफान २ बन्ने भएको छ । एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा बन्ने यस फिल्ममा लेखकमा मौनता श्रेष्ठ रहेका छन् । 

    फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्ममा युवतीको धमाकेदार एक्सन रहनेछ । 

    फिल्ममा रामशरण उप्रेतीको छायांकन  र संगीत रहनेछ । फिल्म ‘आँधी तुफान’मा ऋचा घिमिरे, पूजना प्रधान र रञ्जु लामिछानेको मुख्य अभिनय रहेको छ । यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए । 


    फाल्गुण २०, २०७७ बिहिवार १८:५९:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँधी तुफान २

  • क्यानाडानेपाल डेस्क

     ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ चैत ६ देखि टेलिभिजनमा प्रशारण हुने  

    क्यानाडानेपाल

    फाल्गुण २०

  • 380
    SHARES
  •  ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ चैत ६ देखि टेलिभिजनमा प्रशारण हुने   

    काठमाडौं - चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ ।  ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ हिमालय टेलिभिजन बाट चैतको ६ गतेदेखि नै प्रशारणमा आउने भएको हो ।  

     लक्ष्मण पौडेलले निर्देशन गरेको यस रियालिटी शो चैत ६ गतेदेखि हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे यस कार्यक्रम आउनेछ । यस सिजनमा अब गायिका आस्था राउतलाई देख्न नपाइने भएको छ । उनको स्थानमा गायिका त्रिश्ना गुरुङ आएकी छिन्। 

    आस्था विबादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नदोहोरइएको बताइएको छ । यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा अभया सुब्बाको स्थानमा आस्था राउत आएकी थिइन् । 

    अब तेस्रो सिजनमा आस्थाको स्थानमा तृष्णा गुरुङ आएकी छिन् । त्यस्तै कोचमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा पनि छन्।‘ द भ्वाइस अफ नेपाल’ मा पहिलो सिजनमा सिडी बिजे अधिकारी र दोस्रो सिजनमा राम लिम्बु विजेता बनेका थिए ।  


    फाल्गुण २०, २०७७ बिहिवार १४:२०:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # द भ्वाइस अफ नेपाल

  • क्यानाडानेपाल डेस्क