• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

भलिबलमा भविष्य खोज्दै सुदूरपश्चिमका कान्छा खेलाडी विशाल

क्यानाडानेपाल फाल्गुण १० २०७७
  • 534
    SHARES
  • भलिबलमा भविष्य खोज्दै सुदूरपश्चिमका कान्छा खेलाडी विशाल

    भजनी - भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र हुनुभयो । कम उमेरमा क्षेत्रीय स्तरमा पुग्नुभएका उहाँ सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गर्नुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उहाँ अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थाल्नुभएको छ । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित हुनुभएका उहाँ लाटाभूमुराज युवा क्लबबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदै आउनुभएको छ ।

    “मैले भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ । छ महिना क्रिकेट खेल पनि सिकें”, उहाँले भन्नुभयो, “मलाई क्रिकेटभन्दा भलिबलमा रुचि बढ्यो । त्यही भएर भलिबल खेल्दै आएको छु ।”

    कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत उहाँले खेलसँगै अध्ययनलाई पनि सँगै निरन्तरता दिनुपर्दा समस्या हुने गरेको बताउनुहुन्छ । “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ । त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ ।” उहाँले भन्नुभयो, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ । त्यति मैदानमा पुगे सजिलो छैन । तर ममा विश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु ।”

    उहाँ अहिलेसम्म सहभागी भएका प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको र भलिबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाउने धोको रहेको बताउनुहुन्छ । उहाँले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधिसमेत पाउँदै आउनुभएको छ । “महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिबल सिक्दै आएको छु । गुरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पु¥याउने मेरो लक्ष्य छ”, उहाँले भन्नुभयो, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन । आफ्नो कर्ममा निरन्तरता दिनसके व्यावसायिक खेलाडी बन्न सकिन्छ । म बनेर देखाउने छु ।”

    उहाँलाई खेलाडीकैरुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा शुल्क लिएको छैन । अहिले अन्तिममा केही शिक्षकले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको उहाँले बताउनुभयो ।

    “परिवारमा कमाउने कोही छैन । बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “माध्यामिक शिक्षा परीक्षा पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने जनाउँदै मेरो भर्ना गराएको थियो । अहिले शुल्क माग्न थालेको छ । यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ ।” उहाँले महेन्द्रनगर कभर्डहलमा भलिबल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट प्रशिक्षित हुँदै आउनुभएको छ । कोरोना महामारीको सङ्क्रमणका कारण राष्ट्रिय खेलाडी टिममा जाने आफ्नो सपना अधुरो भएको बताउनुभयो ।

    “कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो”, उहाँले भन्नुभयो, “त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन ।” उचाइ कम भएका कारण उहाँले लिब्रो खेल्दै आउनुभएको छ ।

    भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताउनुभएको छ । “खेलाडीमा हुनुपर्ने सबै गुण विशालमा छ । उहाँमा राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियस्तरसम्म पुग्ने गुण छन्”, उहाँले भन्नुभयो, “सानैमा खेलमा लागेकाले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ । यस्तो गुण खेलाडीमा प्रायः कमैमा हुन्छ ।” उहाँले जुनसुकै खेलम पनि सुदूरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउँदै खेलाडीका लागि चाँहिने वातावरण सुदूरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताउनुभयो । उहाँले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने र खेलाडीका लागि खेलमैत्री वातावरणको खाँचो रहेको बताउनुभयो ।

    खेलकूदले युवालाई सही बाटोमा डो¥याउन सकिने जनाउँदै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदूरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकूद बन्नसक्ने बताउनुभयो । “हामी अन्य प्रदेशभन्दा अगाडि छाँै भने त्यो खेलकुदमा छौँ । खेलकूदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन”, उहाँले भन्नुभयो, “प्रदेशको खेलकूदमा लगानी शुन्य देखिएको छ र स्थानीय तहले पनि अन्य खेलकूद विधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।”रासस


    फाल्गुण १०, २०७७ सोमवार १८:३३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विशाल भण्डारी

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सानदार जित निकाल्दै एथलेटिको बिल्वाओ फाइनलमा, बार्सिलोनासँग भीड्ने

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 370
    SHARES
  • सानदार जित निकाल्दै एथलेटिको बिल्वाओ फाइनलमा, बार्सिलोनासँग भीड्ने

    काठमाडौं - गए राति कोपा डेल रे अन्तर्गत भएको खेलमा एथलेटिको बिल्वाओले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा  एथलेटिको बिल्वाओले लेभान्टेलाई दोस्रो लेगमा २–१ गोल तथा समग्रमा ३–२गोलले पराजित गरेको हो । पहिलो लेगमा बरारबी खेलेका दुवै टिमले दोस्रो लेगमा एथलेटिको बिल्वाओले जित निकाल्यो । 

    खेलको १७औं मिनेटमा लेभान्टेका रोजरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३०औं मिनेटमा एथलेटिकोका राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गरी खेल बराबरी बनाए । 

    त्यसपछि खेलको ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गरि टिमलाई जित दिलाए । यससँगै एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रबेश गरेको छ । अब एथलेटिले बार्सिलोनाको सामना गर्नेछ ।  


    फाल्गुण २१, २०७७ शुक्रवार ०९:१९:२० बजे : प्रकाशित

    इटालियन सिरी ‘ए’: सान्चेजको दुई गोलमा इन्टरको जित

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 238
    SHARES
  • इटालियन सिरी ‘ए’: सान्चेजको दुई गोलमा इन्टरको जित

    काठमाडौं - गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले पार्मा काल्सियोलाई २–१ गोलले पराजित गरेको हो । उक्त खेलको ५४औं मिनेटमा इन्टरका एलेक्सिस सान्चेजले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६२औं मिनेटमा सान्चेजले अर्को गोल गरी इन्टरलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७१औं मिनेटमा पार्मा काल्सियोका हर्नानीले गोल गरे । 

    जितसँर्ग इन्टरले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ भने अब इन्टरको २५ खेलबाट ५९ अंक पुगेको छ । पराजित टिम पार्मा १५ अंकसहित १९औं स्थानमा रहेको छ ।


    फाल्गुण २१, २०७७ शुक्रवार ०८:५५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए’

  • क्यानाडानेपाल डेस्क

    सिटीको सानदार जित, १५ अंकको अग्रता 

    क्यानाडानेपाल

    फाल्गुण १९

  • 282
    SHARES
  • सिटीको सानदार जित, १५ अंकको अग्रता 

    काठमाडौं । गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई ४–१ गोलले पराजित गरेको हो । उक्त खेलको सिटीका लागि गाब्रियल जिससले दुई गोल र रियाद महरेजले एक गोल गरे भने एक गोल उपहार पायो । 

    उल्भ्सको तर्फबाट कोर्नर कोएडीले एक गोल फर्काए । जितसँगै सिटीले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । यसले २७ खेलमा ६५ अंक जोडेको छ । 
     


    फाल्गुण १९, २०७७ बुधवार ०८:५०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर सिटी
  • # प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै डर्टमन्ड सेमिफाइनलमा

    क्यानाडानेपाल

    फाल्गुण १९

  • 308
    SHARES
  • सानदार जित निकाल्दै डर्टमन्ड सेमिफाइनलमा

    काठमाडौं – गए राति जर्मन कप अन्तर्गत भएको खेलमा बोरुसिया डर्टमन्डले जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा डर्टमन्डले मोन्छेनग्लाडबाखलाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा डर्टमन्डका लागि जाडन साञ्चेले निर्णायक गोल गरे। 

    उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् । जितसँगै डर्टमन्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
     


    फाल्गुण १९, २०७७ बुधवार ०८:२०:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डर्टमन्ड
  • # जर्मन कप

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ए : रोनाल्डो र मोराटाको गोलमा युभेन्ट्सको जित 

    क्यानाडानेपाल

    फाल्गुण १९

  • 288
    SHARES
  • इटालियन सिरी ए : रोनाल्डो  र मोराटाको गोलमा युभेन्ट्सको जित 

    काठमाडौं । गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्ट्सले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्ट्सले सेपेजियालाई ३–० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो, आल्भारो मोराटा र फेडेरिको चइसाले एक–एक गोल गरे । खेलको ६२ औं मिनेटमा युभेन्ट्सका मोराटाले गोल गरी टिमलाई अग्रता दिलाए । 

    ronal.jpg

    त्यसपछि खेलको ७१ औं मिनेटमा युभेन्ट्सका फेडेरिकोले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डोले गोल गरी टिमलाई जित दिलाए । 

    जितसँगै युभेन्ट्सले २४ खेल खेलमा ४९ अंक जोड्दै लिगको शीर्ष तीनमारहेको छ भने पराजित टिम सेपेजिया २५ खेलमा २५ अंक जोडेको छ । 


    फाल्गुण १९, २०७७ बुधवार ०७:५८:५७ बजे : प्रकाशित

    बार्सिलोनाका पूर्व प्रमुख न्यायाधीशसमक्ष पेश भएपछि रिहा

    क्यानाडानेपाल

    फाल्गुण १८

  • 308
    SHARES
  • बार्सिलोनाका पूर्व प्रमुख न्यायाधीशसमक्ष पेश भएपछि रिहा

    बार्सिलोना - बार्सिलोनाका पूर्व राष्ट्रपति जोसेप मारिया बार्टोमेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।

    बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, “सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।

    न्यायाधीशले प्रशासन र व्यापारिक भ्रष्टाचारको संदिग्ध अपराधको बारेमा २०२० को मेमा थालिएको अनुसन्धानको एक भागको रूपमा उनीहरूलाई प्रश्न सोध्ने प्रयास गरेको बताइएको छ । 

    बार्सिलोनाको स्टेडियमको खोजीमा संलग्न क्लबका अन्य दुई अधिकारी पनि पक्राउ परेका थिए । क्लबका वर्तमान प्रमुख कार्यकारी ओस्कर जिराउ र कानूनी सेवा प्रमुख रोमा गोमेज पोन्तीलाई सोमबार ढिलो रिहा गरिएको थियो ।एएफपी


    फाल्गुण १८, २०७७ मंगलवार १९:५१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बार्सिलोना

  • क्यानाडानेपाल डेस्क