• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

फिल्म 'पुष्पा' मा एक्सन अवतारमा देखिदै अल्लू अर्जुन, ब्वाँसोसँग भिड्ने

क्यानाडानेपाल फाल्गुण १० २०७७
  • 684
    SHARES
  • फिल्म 'पुष्पा' मा एक्सन अवतारमा देखिदै अल्लू अर्जुन, ब्वाँसोसँग भिड्ने

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता अल्लू अर्जुन पछिल्लो समय निकै चर्चामा छन् । उनी अहिले एकपछि अर्को फिल्ममा व्यस्त हुदै गइरहेका छन् । 

    भारतिय मिडियाका अनुसार उनी अहिले फिल्म 'पुष्पा' का कारण चर्चामा छन् । अल्लू अर्जुनको मूख्य भूमिका रहेको फिल्म 'पुष्प' अगस्ट  १३ मा प्रदर्शनमा आउदैछ । 

    allu arj.jpg

    सुकुमार गुरुले निर्देशन गर्ने यस फिल्ममा अल्लू अर्जुनसहित रश्मिका मन्दानाको पनि अभिनय रहनेछ । अल्लू अर्जुनको नयाँ फिल्म आउने भएपछि दर्शहरु निकै उत्साहित भएका छन् । 

     यस फिल्ममा अल्लू अर्जुन एक्सन अवतारमा देखिनेछन् । उनी फिल्ममा ब्वाँसोहरुसँग भिड्दै गरेको देखिनेछन् । 


    फाल्गुण १०, २०७७ सोमवार २१:२८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पा
  • # अल्लू अर्जुन

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ‘बाहुबली’ का भल्लालदेवको नयाँ फिल्म ‘हाथी मेरे साथी’ को ट्रेलर सार्वजनिक 

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 436
    SHARES
  • ‘बाहुबली’ का भल्लालदेवको नयाँ फिल्म ‘हाथी मेरे साथी’ को ट्रेलर सार्वजनिक 

    काठमाडौं - अभिनेता राणा दग्गुबाती अभिनित फिल्म ‘हाथी मेरे साथी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राणाको धमाकेदार अभिनय देखिएको छ । ट्रेलरमा जंगली हात्तिलाई बचाउन एक व्यक्तिले गरेको संघर्ष देखाइएको छ ।

    राणा फिल्म ‘बाहुबली’ का भल्लालदेव भनेर पनि चिनिन्छन् । २६ मार्चमा  प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई प्रभु सोलोमनले निर्देशन गरेका छन् । फिल्ममा राणा दग्गुबाती बनदेव नामक एक जंगल म्यानको भूमिकामा छन् । 
     
    हिन्दी, तमिल र तेलुगू भाषामा बनेको यस फिल्ममा पुलकित सम्राट, श्रिया पिलगांवकर, जोया हुसेन लगायतका कलाकारको अभिनय रहेको छ । 


    फाल्गुण २१, २०७७ शुक्रवार १३:१७:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भल्लालदेव
  • # हाथी मेरे साथी
  • # ट्रेलर

  • क्यानाडानेपाल डेस्क

    यस्तो बन्यो कार्तिक आर्यनको फिल्म ‘धमाका’को टिजर

    क्यानाडानेपाल

    फाल्गुण १८

  • 484
    SHARES
  • यस्तो बन्यो कार्तिक आर्यनको फिल्म ‘धमाका’को टिजर

    काठमाडौं । बलिउडका चर्चित अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘धमाका’को टिजर रिलिज भएको छ ।

    राम मधवानीको निर्देशनमा बनेको फिल्म ‘धमाका’को टिजर मंगलबार युट्युबमा रिलिज गरिएको हो । टिजरमा कार्तिकलाई आफ्नो रिपोर्ट पुरा गर्न भनिएको छ । फिल्ममा कार्तिकले पत्रकारको भूमिका निभाएका छन् ।  

    फिल्म ‘धमाका’ कोरियन फिल्म ‘द टेरर लिभ’को हिन्दी रिमेक हो । फिल्मलाई रोनी स्क्रुवाला, अमिता मधवानी र राम मधवानीले निर्माण गरेका छन् । 


    फाल्गुण १८, २०७७ मंगलवार २१:२४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर

  • क्यानाडानेपाल डेस्क

    १ सय करोड पारिश्रमिक लिएको फिल्म छोडे अक्षय कुमारले

    क्यानाडानेपाल

    फाल्गुण १८

  • 694
    SHARES
  • १ सय करोड पारिश्रमिक लिएको फिल्म छोडे अक्षय कुमारले

    काठमाडौं - बलिउडका चर्चित अभिनेता अक्षय कुमार पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका छन् । हरेक फिल्ममा महँगो पारिश्रमिक लिएर काम गरिरहेका अक्षय पछिल्लो समयका नम्बर वान अभिनेता हुन् । 

    कोरोना महामारी अघि उनका हरेक फिल्मले १०० करोड भन्दा बढीको ब्यापार गरेर रेकर्ड पनि राखेको थिए। कमेडी र हरर जनरामा आधारित फिल्महरु हिट हुन थालेपछि उनको भाउ पनि बढिरहेको छ । 

    mah.PNG

    अहिले उनलाई फिल्म निर्माण टिमले माग गरिरहेका छन् । हालै अक्षयका एक नयाँ खबर आएको छ । अक्षयले निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् ।

    mah.PNG

    उनले यस फिल्मका लागि एक सय करोड पारिश्रमिक लिएका थिए । ज्याकी भगनानीले निर्माण गर्ने यस फिल्ममा उनले हात झिकेपछि अभिनेता राजकुमार राव फिल्ममा अनुबन्ध भएका छन् । खासमा समय नपुग्ने भएपछि अक्षयले यो फिल्म छोडेका हुन् । 


    फाल्गुण १८, २०७७ मंगलवार ११:५२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार

  • क्यानाडानेपाल डेस्क

    मलाइकाले चम्काइदिइन् दीपिकाको भाग्य

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 728
    SHARES
  • मलाइकाले चम्काइदिइन् दीपिकाको भाग्य

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । ओम शान्ति ओममार्फत १३ वर्ष अघि बलिउडमा डेब्यू गरेकी दीपिकाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । अहिले उनी व्यस्त अभिनेत्रीको रुपमा चिनिएकी छिन् । 

    भनिन्छ दीपिका यहाँसम्म आउन अभिनेत्री मलाइका अरोडाको ठुलो हात रहेको छ । भारतिय मिडियाका अनुसार मलाइकाले नै दीपिकालाई बलिउडमा प्रबेश गराएकी थिइन् ।

    फिल्म ‘ओम शान्ति ओम’ मा मलाइकाकै कारण दीपिकाले अभिनय गर्ने मौका पाएकी थिइन् । फिल्मकै लागि धेरै घुम्दा पनि नपाएकी उनको भाग्य मलाइकाले चम्काइदिइन् । 

    फिल्मको लागि मलाइकाले दीपिकालाई प्रस्ताव गरिदिएकी थिइन् । उनको पहिलो फिल्म नै हिक भएपछि चर्चामा आइन् । त्यस समय उनी फेसन डिजाइनरसँग काम गर्ने गर्थिन् । फेसन डिजाइनरले नै दीपिकाको लागि मलाइकासँग कुरा गरेका थिए । 

    यस फिल्ममा शाहरुखसँग नै मुख्य भूमिका निभाएकी थिइन् । फिल्ममा उनको नाम शान्तिप्रिया थियो । यसै फिल्मबाट उनले बेस्ट डेब्यू अभिनेत्रीको अवार्ड पनि पाएकी थिइन् । 
     


    फाल्गुण १७, २०७७ सोमवार १४:००:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दीपिका पादुकोण
  • # मलाइका अरोरा

  • क्यानाडानेपाल डेस्क

    अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरियो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 426
    SHARES
  • अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरियो


    काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ । भारतिय मिडियाका अनुसार अमिताभको आखाँमा समस्या भएपछि शल्यक्रिया गरिएको हो । 

    भारतिय मिडिया बलिउड हंगामाका अनुसार अमिताभ नजिकका साथिले आखाँको लेजर शल्यक्रिया भएको बताएका हुन् । आँखाको शल्यक्रिया बारे थाहाँ पाएपछि अहिताभका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत स्वास्थ्य लाभको कामना गरेका छन् । 

    शनिवार राति पनि अमिताभले ब्लगमार्फत आफ्नो स्वास्थ्यमा समस्या आएको र सर्जरीको तयारी भइरहेको बताएका थिए । उनले ब्लगमा स्वास्थ्यमा समस्या आएको र केही काटेपछि सुधार हुने कुरा गरेका थिए। उनले भनेका छन् - 'धेरै बढ्दै गयो, केही काटेपछि ठिक होला। जीवन मृत्यु भोली हो । भोली नै थाहा हुन्छ । '

     


    फाल्गुण १७, २०७७ सोमवार १२:४१:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडानेपाल डेस्क

    कट्रिनाकी बहिनी इसाबेलको फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा डेब्यू, ट्रेलर रिलिज

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 500
    SHARES
  • कट्रिनाकी बहिनी इसाबेलको फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा डेब्यू, ट्रेलर रिलिज

    काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफले बलिउडमा इन्ट्री गरेकी छिन् । उनले फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा प्रबेश गरेकी हुन् । 

    हालै इसाबेल अभिनित फिल्म ‘टाइम टु डान्स’को ट्रेलर पनि रिलिज भएको छ । ट्रेलरमा इसाबेलसँग सुरज पन्चोली देखिएका छन् । सुरज आदित्य पन्चोलीका छोरा हुन् । जसलाई अभिनेता सलमान खानले २०१५ मा फिल्म हिरो मा ल्याएका थिए । 

    time-to-dance.jpg

    लिगेल डिसुजाको निर्देशन रहेको फिल्म ‘टाइम टु डान्स’ २०२१ को मार्च १२ मा रिलिज हुँनेछ । एक रोमान्टिक प्रेमकथामा बनेको यस फिल्ममा वालुस्चा डिसुजा र राजपाल यादव पनि देखिनेछन् ।  


    फाल्गुण १७, २०७७ सोमवार ११:५८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टाइम टु डान्स
  • # इसाबेल कैफ
  • # ट्रेलर

  • क्यानाडानेपाल डेस्क