• Mar 07 2021 | २०७७, फाल्गुण २३गते

२०७७, फाल्गुण २३गते

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

क्यानाडानेपाल फाल्गुण ११ २०७७
  • 620
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा स्थिर रहेको सुनको मूल्य आज तोलामा ११ सय रुपैयाले बढेको हो । 

    सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ११ सय रुपैयाले बढेर तोलाको ९० हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १३ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     


    फाल्गुण ११, २०७७ मंगलवार ११:१०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्कियो 

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 202
    SHARES
  • तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्कियो 

    काठमाडौँ।  प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । 

    विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो ।  तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बन्दाबन्दी हुनुअघिकै सङ्ख्यामा पाहुना स्नानका लागि आउन थालेका बताए ।

     “दश महिना बन्द भएको तातोपानी कुण्ड अहिले पुरानै अवस्थामा फर्किएको छ”, उनले भने, “कोरोनापछि यति धेरै मानिस आउँछन् जस्तो लागेको थिएन ।”

    समितिको तथ्याङ्कअनुसार हाल तातोपानी कुण्डमा दैनिक एक हजार ५०० जनाले स्नान गरेका छन् । चाप बढेकाले तीन समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । 

    म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत देशका सबैजसो जिल्लाबाट स्नान गर्न आउने गरेका छन् । तातोपानी बजारका होटल र घरबास पाहुनाले भरिभराउ भएका होटल व्यवसायी कुमार केसीले बताए  । दुई सय घरधुरी भएको तातोपानीमा १० होटल छन् । सबैजसो घरमा घरबास सुविधा छ । होटलसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको व्यवसायी केसीले बताए ।   

    ज्वरो, रुघाखोकी लागेको हुननपर्ने र मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको छ । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बिरेनूनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । 

    ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने भएकाले तातोपानीमा स्नान गर्न आएको बागलुङको निसीखोला गाउँपालिका–४ की कली विकले बताए । 

    ग्यास्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस जस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामी बताउँछन् ।  

    यस स्थानमा बिरेनून र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफैँमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने अध्यक्ष शाक्यले बताए । 

    एक दिनमा दुईपटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङ्केट, प्लास्टिक, काम्लो आदि न्यानो कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । 

    तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरकफरक समय तालिका बनाइएको छ । गत आर्थिक वर्षमा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोग गरेर समितिलाई कूल रु एक करोड २१ लाख आम्दानी भएको थियो । 

    तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसको घुइँचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराइएको कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए । 


    फाल्गुण २२, २०७७ शनिवार १४:३३:२४ बजे : प्रकाशित

    रसुवागढी नाका आजबाट सुचारु, सामान आउने क्रम शुरु

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 274
    SHARES
  • रसुवागढी नाका आजबाट सुचारु, सामान आउने क्रम शुरु

    काठमाडौँ।  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि संचालनमा आएको छ । चिनिया भन्सार कार्यालयले आजै ७ वटा मालबाहक गाडीमा सामान नेपाल पठाउने तयारी गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

    ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजबाट पुनः संचालनमा आउन लागेको हो । सीमास्तरका दुबै देशका अधिकारीबीच यसअघि भएको बैठकमा सामान आयात बढाउने सहमति भए पनि कोटा प्रणाली नै कायम रहेको छ ।

    गएको भदौ २४ मा दुई देशका सीमाका अधिकारी बीच सहमति भएको थियो । चीनले रसुवागढी नाका एकतर्फी रुपमा संचालन गर्दै आएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ तयारी पोसाक, विद्युतीय सामग्री लगायतका सामाग्रीहरु भित्रिने गरेको छ । समाचार : नेपाल टेलिभिजन अनलाइन 


    फाल्गुण २१, २०७७ शुक्रवार १३:४९:१७ बजे : प्रकाशित

    नेपाल बैंकमा रोजगारी खाने सूवर्ण अवसर 

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 466
    SHARES
  • नेपाल बैंकमा रोजगारी खाने सूवर्ण अवसर 

    काठमाडौं - नेपाल बैंक लिमिटेडमा करिब २ सय जनाका लागि जागिर खुलेको छ । बैंकले शुक्रवार एक सुचना जारी गर्दै सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म पदमा कर्मचारी माग गरेको हो ।

    दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म रहेको छ । तह ६ सहायक प्रबन्धक पदका लागि ३५ बर्ष ननाघेका रहेको छ भने तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ बर्ष देखि ३५ बर्ष ननाघेका रहेको छ । 

    यस बैंक जागिर खान इच्छुक योग्यता पुगेका नेपाली नागरिकले अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । थप जानकारीको लागि तलको सुचना हेर्नुहोस्

    156037719_3690053804365458_3786781354387234358_o.jpg


    फाल्गुण २१, २०७७ शुक्रवार १३:४५:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक

  • क्यानाडानेपाल डेस्क

    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 1.9K
    SHARES
  • ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।   

    बिहिबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाले घटेर तोलाको १ हजार २५० रुपैयामा कारोबार भइरहेको छ । 

     

     


    फाल्गुण २१, २०७७ शुक्रवार ११:४९:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    आजदेखि ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 278
    SHARES
  • आजदेखि ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

    काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपिओ) आजदेखि खुला गरिएको छ । 

    यसअघि कम्पनीले फागुन २३  गते आइपिओ निष्काशन गर्ने भनेको थियो । तर कम्पनीले निष्कासनको मिति परिवर्तन गरेर २ दिनअघि ल्याएको हो । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । 
     


    फाल्गुण २१, २०७७ शुक्रवार ११:२३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्योति लाइफ इन्स्योरेन्स

  • क्यानाडानेपाल डेस्क

    ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो 

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 222
    SHARES
  • ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो 

    काठमाडौं । आउँदो आइतबारबाट खुला गर्ने भनिएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज शुक्रबारबाटै खुला गरिएको छ । सिडिएस एण्ड क्लियरिङको आग्रहपछि शुक्रबारदेखि नै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ खुला गरिएको हो । 

    कम्पनीले अंकित मूल्य १ सयका दरले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको जनाएको छ । जसमा ६६ लाख कित्ता सेयर जारी हुनेछ। 

    आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। 

    फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। 


    फाल्गुण २१, २०७७ शुक्रवार ११:२०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्योति लाइफ इन्स्योरेन्स
  • # आइपिओ

  • क्यानाडानेपाल