• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

प्रधानमन्त्री ओली र विप्लवको आज एकैदिन जन्मदिन, यस्तो हुँदैछ तयारी

क्यानाडानेपाल फाल्गुण ११ २०७७
  • 452
    SHARES
  • प्रधानमन्त्री ओली र विप्लवको आज एकैदिन जन्मदिन, यस्तो हुँदैछ तयारी

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र  विप्लव समूहका नेत्रविक्रम चन्द विप्लवको जन्मदिन आज एकैदिन परेको छ । तेह्रथुमको ईवा गाविसमा २००८ साल फागुन ११ गते जन्मिएका प्रधानमन्त्री ओली आजबाट ७० बर्षमा प्रबेश गरेका छन् भने  विप्लव ५३ वर्षमा प्रवेश गरेका छन् ।

    विप्लव रोल्पाको केवरीमा २०२४ साल फागुन ११ गते जन्मिएका थिए । आज दुवैको जन्मदिनमा  समर्थक र सुभेच्क्षुकले शुभकामना दिइरहेका छन् । 

    गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ । पार्टी विभाजनपछि ओली समूह निर्वाचनको तयारीमा लाग्नु पर्ने बताउदै आइरहेको छ भने प्रचण्ड समूह र कांग्रेसले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सडकमा आन्दोलनको कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    यसैबीच नेकपा दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओलीले विप्लव समूहसँग वार्ताको तयारी गरिरहेका छन् । आज नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

    उक्त बैठकमा विप्लव समूहलाई लगाईएको प्रतिवन्ध फुकुवा गर्न हुने नहुने बारे छलफल भएको स्रोतले जनाएको छ । सुरक्षा परिषदको बैठकपछि अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकमा विप्लब समूह माथि लागेको प्रतिवन्ध फुकुवा हुन सक्ने अनुमान गरिएको छ ।

    निवार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफुहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका थिए । उनले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्‍न‍ अवस्थामा पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए ।

    विप्लव वार्ताको लागि तयार भएपछि सरकारले प्रतिबन्ध फुकुवाको तयारी गरेको स्रोतले जनाएको छ । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले विप्लवले राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको बताउदै प्रतिबन्ध लगाएको थियो । 


    फाल्गुण ११, २०७७ मंगलवार १४:०५:०३ बजे : प्रकाशित

    अर्कोसमाचार

    मेलम्ची खानेपानीको काम सम्पन्न नगर्न धेरै कोशिस भए तर म डगमगाईन :प्रधानमन्त्री ओली

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 262
    SHARES
  • मेलम्ची खानेपानीको काम सम्पन्न नगर्न धेरै कोशिस भए तर म डगमगाईन :प्रधानमन्त्री ओली

    काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको छ । 

    शनिबार काठमाडौंको सुन्दरीजलमा आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दरीजलमा पानी खसालिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।

    कार्यक्रममा  प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन्। लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने प्रधानमन्त्री ओलीको विश्‍वास थियो ।

    पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए । सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भन्दै ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिएका छन् ।

    त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले लोकप्रिय काम गर्न थालेपछि आफ्नै पार्टीका साथीहरुले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप लगाएका छन्। २३ सिट जितेको कांग्रेससँग प्रधानमन्त्री बन्दिनुपर्यो भनेर एक हल बुढानिलकण्ठतिर लागेको उनको भनाइ छ ।

    गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।


    फाल्गुण २२, २०७७ शनिवार १९:३७:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # मेलम्ची खानेपानी

  • क्यानाडानेपाल डेस्क

    प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 226
    SHARES
  • प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम  जानकारी दिए।

    सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । 


    फाल्गुण २२, २०७७ शनिवार १७:०१:४४ बजे : प्रकाशित

    नेकपा संसदीय दलको बैठक सम्पन्न, ११५ सांसदको उपस्थिति

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 642
    SHARES
  • नेकपा संसदीय दलको बैठक सम्पन्न, ११५ सांसदको उपस्थिति

    काठमाडौँ।  पाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ ।
     
    नेकपाका सांसद खिमलाल भट्टराईकाअनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागीता रहेपनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलीसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको जानकारी दिए। 
     
    संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गरे।  आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको भन्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकतावद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देश गरेको सांसद भट्टराईलाई  बताए 
     
    दिउँसो ३ बजेबाट शुरुभएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भएको थियो । भोली आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने सांसद भट्टराईले जानकारी दिए। 


    फाल्गुण २२, २०७७ शनिवार १६:५२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सदीय दलको बैठक सम्पन्न

  • क्यानाडानेपाल

    देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 180
    SHARES
  • देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

    काठमाडौँ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

    उनले भने, “हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन ।”

    सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन शुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरे ।

    विदेशी पर्यटक आगमन सहज बनाइने

    पर्यटनमन्त्री ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।

    उनले विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताएका छन्  ।

    पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताए । पाटा नेपालले प्यासिफिक क्षेत्रका पर्यटन आदन प्रदान गर्ने कार्यक्रम तथा पर्यटकीय गतिविधि बढाउन भूमिका खेलेको भन्दै सचिव कोइरालाले दूरदराजका गन्तव्य प्रवद्र्धनका लागि पनि पाटाले पहल गर्नुपर्ने र त्यसको सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिए ।

    उनले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

    नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर विदेशी पर्यटक भित्र्याउन प्रमुख पहलकदमी गर्ने संस्थाका रुपमा रहेको पाटाले सरकार र निजी क्षेत्रको समन्वयमा विदेशी पर्यटक ल्याउन उदाहरणीय काम गरिरहेको छ । पाटा नेपाल च्याप्टरले प्यासिफिक क्षेत्रका धेरै व्यक्तिलाई ल्याएर नेपालमा प्रवद्र्धन गरेको र विवादरहित संस्थाका रुपमा आफूलाई स्थापित गरेकामा सचिव कोइरालाले विशेष धन्यवाद ज्ञापन गरे।  

    बिबिसी मास्टर सेफ सन्तोष शाहले नेपालको पर्यटनलाई गुणस्तरीय बनाउन नेपाली रैधाने खानाको प्याकेजिङ ब्राण्डिङ गरी अन्तरराष्ट्रियकरण गर्नेतर्फ सबै क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘फुड टुरिज्म’ लाई प्राथमिकता दिइ त्यसलाई चाहिने कृषिउपार्जनका विषयमा विशेष प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव थियो ।

    पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले कोभिडपछिको पर्यटनका गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी प्रवद्र्धनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका छन्  ।

    सो अवसरमा पाटाले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाइफ टाइम अचिभमेन्ट अर्वाड’ ‘पाटा पर्सनालिटी अफ दी इयर अवार्ड’ सेफ सन्तोष साहलाई प्रदान गरियो । यी दुवै पुरस्कार पर्यटनमन्त्री ढकालले वितरण गरे ।

    त्यस्तै जाडो याममा पाकिस्तानको माउन्ट केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही दलका सदस्यलाई पाटाकोतर्फबाट पर्यटन सचिव कोइरालाले कदरपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा सुरसुधाको साङ्गीतिक समूहले विशेष साङगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो । रासस 


    फाल्गुण २२, २०७७ शनिवार १४:२२:५० बजे : प्रकाशित

    हिउँदे अधिवेशन भोलि सुरु हुँदै

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 216
    SHARES
  • हिउँदे अधिवेशन भोलि सुरु हुँदै

    काठमाडौँ।  सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ । कोरोना भाइरस कहरका कारण यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा सङ्घीय संसद्मा विधेयकको चाप छ ।

    सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् । दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् । दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन रहेका छन् । विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन् ।

    दुवै सभाका समितिहरूमा १०, १० वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा सन्देशसहित पठाएका विधेयक सङ्ख्या दुई छ । सन्देश भने पेस हुन बाँकी रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्यसम्बन्धी विधेयक वितरण मात्र भएका छन् । यस्तै राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक पनि वितरण मात्र गरिएको अवस्थामा छ ।

    त्यसैगरी कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्तापछि वितरण मात्र भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि वितरण मात्र भएको छ ।

    सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक समितिमा विचाराधीन छन् । यस्तै सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी विधेयक, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, धितोपत्रसम्बन्धी ऐन संशोधन विधेयक पनि समितिमा विचाराधीन छन् । बीमा विधेयक, नेपाल इन्जिनियरिङ परिषद् विधेयक पनि विचाराधीन छ ।

    कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि समितिमा विचाराधीन छन् ।

    खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक समितिको प्रतिवेदन पेस भइसकेको छ । बिरुवा संरक्षण र बीउबिजन ऐन संशोधन गर्न बनेको विधेयक पनि समितिको प्रतिवेदन पेस भई सदनमै विचाराधीन छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पनि समितिको प्रतिवेदन तयार भई सदनमा पेस भएको अवस्थामा छ ।

    सैनिक ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत भएको अवस्थामा छ । निकासी पैठारीसम्बन्धी कानुनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि सभामा प्रस्तुत भएको छ । सार्वजनिक खरिद ऐन संशोधन विधेयक र भन्सार विधेयक सभामा प्रस्तुत भएका छन् ।

    गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता मात्र भएको छ । यस्तै नेपालको संविधानलाई संशोधन गर्न बनेका चारवटा गैरसरकारी विधेयक पनि वितरण मात्र भएको अवस्थामा छ ।

    राष्ट्रिय सभामा सदस्यहरूलाई वितरण गरिएका विधेयक पाँचवटा छन् । यस्तै सभामा विचाराधीन रहेका तीन, समितिमा विचाराधीन रहेका १० विधेयक छन् । प्रतिनिधि सभाबाट प्राप्त सन्देश पेस हुन बाँकी विधेयक सङ्ख्या एक मात्र छ ।

    सङ्घीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन् । सङ्घीय संसदले हालसम्म छवटा सन्धि तथा सम्झौता पारित गरिसकेको छ । विचाराधीन सम्झौतामा नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीबीच भएको सम्झौता पनि छ । दुई वर्षभन्दा लामो समयदेखि सम्झौता विचाराधीन छ ।

    यस्तै विश्व पर्यटन सङ्गठनको विधानको धारा ३८ संशोधन प्रस्ताव, सुक्खा बन्दरगाहसम्बन्धी अन्तरसरकारी सम्झौता, क्योटो अभिसन्धिको दोहा संशोधन पनि विचाराधीन छन् । नेपाल र चीनबीच भएको फौजदारी विषयको कानुन सहायतासम्बन्धी सम्झौता पनि विचाराधीन छ । दृष्टिविहीन, दृष्टि क्षमता न्यून भएका वा मुद्रित वस्तु हेर्न असमर्थहरूका लागि प्रकाशित रचनासम्मको पहुँचलाई सहजीकरण गर्ने माराकेश सन्धि पनि विचाराधीन छ । नारायण काफ्ले/ गोरखापत्र अनलाइन 

     


    फाल्गुण २२, २०७७ शनिवार १०:४६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिउँदे अधिवेशन

  • क्यानाडानेपाल

    राष्ट्रिय सङ्कटको घडिमा पार्टीभित्रको एकता आवश्यक - रामचन्द्र पौडेल

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 318
    SHARES
  • राष्ट्रिय सङ्कटको घडिमा पार्टीभित्रको एकता आवश्यक - रामचन्द्र पौडेल

    गण्डकी - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सङ्कटको घडिमा पार्टीभित्रको एकता आवश्यक भएको बताएका छन् । शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् । 

    उनले भने - 'न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ ।'

    पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताउदै उनले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताए । 

    आँफैभित्र पनि बेलाबेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको  बताउदै पौडेलले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने  बताए । 


    फाल्गुण २१, २०७७ शुक्रवार २१:२०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडानेपाल डेस्क