• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

पछिल्लो २४ घण्टामा मुलुकभर थप ११० जनामा कोरोना संक्रमण, ४ जनाले ज्यान गुमाए

क्यानाडानेपाल फाल्गुण ११ २०७७
  • 554
    SHARES
  • पछिल्लो २४ घण्टामा मुलुकभर थप ११० जनामा कोरोना संक्रमण, ४ जनाले ज्यान गुमाए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार २ सय १८ वटा पीसीआर परिक्षण गर्दा ११० जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३९ महिला र ७१ पुरुष रहेका छन् । 

    यससँगै कूल संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार ६८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ४ रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०६५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
     


    फाल्गुण ११, २०७७ मंगलवार १८:११:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हल्का वर्षा र हिमपातको सम्भावना

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 184
    SHARES
  • हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ।  देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नं एक, वाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    हाल देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–ूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।  नेपाल टेलिभिजन अनलाइन 

     


    फाल्गुण २२, २०७७ शनिवार १४:४४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वर्षा र हिमपात

  • क्यानाडानेपाल

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 206
    SHARES
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन् । 

    राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी छन् । 


    फाल्गुण २२, २०७७ शनिवार १४:०८:१५ बजे : प्रकाशित

    सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    क्यानाडानेपाल

    फाल्गुण २२

  • 218
    SHARES
  • सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    काठमाडौँ।  सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ । भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताए ।

    बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालन रहेको भने बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ । 

    यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका–१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ । ती जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ । 

    यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको सो कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न केन्द्रको निर्देशनअनुसार प्रदेशभरी सिसिटिभी क्यामरा जडान गर्न लागिएको हो । कतिपय ठाउँमा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अन्य ठाउँमा जडान हुन् बाँकी रहेको छ ।


    फाल्गुण २२, २०७७ शनिवार ११:०९:१५ बजे : प्रकाशित

    आइतबारदेखि नारायणगढ–मुग्लिन सडक दैनिक साढे ४ घण्टा बन्द हुने

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 390
    SHARES
  • आइतबारदेखि नारायणगढ–मुग्लिन सडक दैनिक साढे ४ घण्टा बन्द हुने

    चितवन – आइतबार नारायणगढ-मुग्लिङ सडक साढे ४ घण्टा बन्द हुने भएको छ । चारकिलो क्षेत्रमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आइतबारदेखि  सडक बन्द गरिने भएको हो ।

    सडक आइतबारदेखि २९ गतेसम्म  बिहान १०।३० देखि ३ बजेसम्म सडक दुइतर्फी नै बन्द हुने जनाइएको छ । 

    पहिरो रोकथामको लागि गरिने काम सकेपछि फेरि नियमित सञ्चालन गरिने जनाइएको छ । साढे ४ घण्टाको समयमा नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरेमा रोकिनेछ भने मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक रोकिनेछ । 
     


    फाल्गुण २१, २०७७ शुक्रवार १८:२७:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक

  • क्यानाडानेपाल डेस्क

    विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार  

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 382
    SHARES
  • विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार  

    बुटवल । रुपन्देहीमा अर्थमन्त्री विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको  शिलान्यास गर्न पुगेका पौडेलमाथि ढुंगा प्रहार भएको हो ।  

    कार्यक्रम स्थलमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै बीच पौडेलले औद्योगिक क्षेत्रको  शिलान्यास गरेका छन् । 

    बिहिबार शिलान्यासका लागि तयार पारिएको मञ्च स्थानीयले भत्काइदिएका थिए । त्यहाँका स्थानीयले आफ्नो जग्गामा औद्योगिक क्षेत्र बनाउन नदिने भन्दै विरोध गरेका हुन् । उनीहरुले आफ्नो समस्या समाधान गरेर मात्र औद्योगिक क्षेत्र बनाउन माग गर्दै आएका छन् ।  


    फाल्गुण २१, २०७७ शुक्रवार १४:३३:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल

  • क्यानाडानेपाल डेस्क

    बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

    क्यानाडानेपाल

    फाल्गुण २१

  • 266
    SHARES
  • बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

    काठमाडौँ।  सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ । 

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । 

    टोली विशेष विमानबाट नेपाल आउने छ । सगरमाथा आरोहरणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टे«कस प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । रासस 


    फाल्गुण २१, २०७७ शुक्रवार १४:२२:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बहराइन
  • # राजपरिवार

  • क्यानाडानेपाल