• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

धितोपत्र बजार : शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

क्यानाडानेपाल फाल्गुण ११ २०७७
  • 568
    SHARES
  • धितोपत्र बजार : शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

    काठमाडौं - लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै २१.१६ बिन्दुले गिरावट आई दुई जार ५८६.५१ मा ओर्लेको छ ।

    यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ ले घटेर ४६७.९४ मा ओर्लेको छ । कूल २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर रु आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ बराबरको कारोवार भयो । 

    नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरणसमेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ । व्यापार २६.७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत् १२.४७, वित्त ७.०१, निर्जीवन बीमा ५२.०४, उत्पादन ९५.९९, अन्य ५१.११, लघुवित्त ६.३२, जीवन बीमा २०.२ र सामूहिक लगानी कोष ०.१६ ले ओरालो लागेको छ । 

    केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । 

    यस्तै माथिल्लो तामाकोशी रु ४३ करोड ३९ लाख एक हजार ७७, नबिल बैंक रु ३७ करोड ३५ लाख ५८ हजार ९६७, एनआइसी एशिया बैंक रु ३२ करोड ८० लाख ५० हजार ३८१, ग्लोबल आइएमई बैंक रु २९ करोड ६२ लाख ९२ हजार ५८, नेको इन्स्योरेन्स रु २७ करोड ४९ लाख ६२ हजार ४५९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड ५६ लाख सात हजार ८४५, नेपाल पुनरबीमा कम्पनी रु २५ करोड ५६ लाख दुई हजार २३२, नेपाल बैंक रु २४ करोड ६९ लाख ६७ हजार ८०५ र अपि पावर कम्पनी रु २३ करोड ४८ लाख १२ हजार ८०१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

    कारोवारका आधारमा आज नेपाल फाइनान्स ९.९३, अपि पावरक म्पनी ९.६७, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२, चन्द्रागिरि हिल्स ५.७६, उन्नति सहकार्य लघुवित्त ५.०७, अरुण भ्याली हाइड्रोपावर ४.९४, रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । 

    त्यस्तै, पूर्वाधार बैंक १०, आँखु खोला जलविद्युत् कम्पनी ६.६७, युनिलिभर नेपाल ५.२८, एनएमबी ५० का लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४.६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९८, खानीखोला हाइड्रोपावर ३.९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८३ प्रतिशतले गुमाए ।रासस


    फाल्गुण ११, २०७७ मंगलवार २१:०१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सानिमा बैंकले सञ्चालनमा ल्यायो कीर्तिपुरमा नयाँ शाखा

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 156
    SHARES
  • सानिमा बैंकले सञ्चालनमा ल्यायो कीर्तिपुरमा नयाँ शाखा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न सानिमा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    यस बैकले कीर्तिपुरको पाङ्गा दोबाटोमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन सोमबार ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । यससँगै बैंको शाखाँ संख्या ८६ वटा पुगेको छ भने एटीएम ९३ वटा रहेका छन् । 


    फाल्गुण १७, २०७७ सोमवार २१:०५:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सानिमा बैंक

  • क्यानाडानेपाल डेस्क

    फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, कुनको कति ?

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 460
    SHARES
  • फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, कुनको कति ?

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सोमबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँ बढाएको हो । 

    भारतीय आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पठायो नयाँ मूल्यसूची भारतीय आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पठायो नयाँ मूल्यसूची

    अब पेट्रोल लिटरको १ सय १६ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ ।  

    यो मूल्य सोमबार राती १२ बजेबाट लागू हुनेछ।  यसअघि पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मूल्य पनि बढेको थियो।

    p.jpg

     


    फाल्गुण १७, २०७७ सोमवार २०:५३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ

  • क्यानाडानेपाल डेस्क

    भारतीय आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पठायो नयाँ मूल्यसूची

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 250
    SHARES
  • भारतीय आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पठायो नयाँ मूल्यसूची

    काठमाडौँ - भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
     
    आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।
     
    फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको छ ।
     
    उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा रु एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।
     
    नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर रु १०.०६, डिजेलमा रु  ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ ।रासस
     


    फाल्गुण १७, २०७७ सोमवार २०:२८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ

  • क्यानाडानेपाल डेस्क

    बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 304
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको हो । 

    आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८८ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाल बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १३ सय ३० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 


    फाल्गुण १७, २०७७ सोमवार ११:४६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    बढ्यो कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?  

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 332
    SHARES
  • बढ्यो कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?  

    काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २२ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर ११ रुपैयाँ  तोकिएको छ भने बिक्रिदर ११ रुपैया ६ पैसा तोकिएको छ ।

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५८ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ७ पैसा तोकिएको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २९ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

    1614567195-FgtFj.jpg


    फाल्गुण १७, २०७७ सोमवार ०९:३८:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्सेमा पहिरो, ७९.७४ बिन्दुले घट्यो

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 270
    SHARES
  • धितोपत्र बजार : नेप्सेमा पहिरो, ७९.७४ बिन्दुले घट्यो

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ । 

    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आज नेप्से तीन प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कूल २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर रु आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ मूल्यमा खरीद बिक्री भए । 

    लगातार बजार ओरालो लाग्दा कूल बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । झण्डै एक सातामा रु दुई खर्ब बढीले बजार पूँजीकरण ओर्लिएको छ । नेप्सेको आजको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख १० हजार बराबर पुगेको छ । 

    नेप्सेले आजदेखि १३ उपसमूह कायम गरेर कारोवार गरेको छ । तीमध्ये आज होटल एण्ड टुरिज्म उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल एण्ड टुरिज्ममा ११.०८ विन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ । 

    कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ बराबरको कारोवार भयो । यस्तै, पूर्वाधार बैंक रु ६३ करोड ४९ लाख ५५ हजार ४६०, ग्लोबल आइएमई बैंक रु ३४ करोड ७५ हजार २४५, नेपाल पुनरबीमा कम्पनी रु २८ करोड ६१ लाख ३९ हजार ७९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ७२ लाख ७१ हजार १७४, एनआइसी एशिया बैंक रु २४ करोड ६० लाख नौ हजार ५४५, नबिल बैंक रु २२ करोड ९४ लाख ५८ हजार ६६६, नेपाल बैंक रु २२ करोड ८५ लाख ७४ हजार ६३९, नेको इन्स्योरेन्स रु २२ करोड ६९ लाख ९४ हजार ३०२ र प्रभु बैंक रु १९ करोड ८१ लाख ९४ हजार ७५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

    कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । यस्तै सिटिजन म्युचुअल फण्ड २.८४, शिखर इन्स्योरेन्स २.८०, एनआइसी एशिया डिवेञ्चर १.७१, एनआइसी एशिया विडेञ्चर २०८१÷८२ का लगानीकर्ताले १.५० प्रतिशतले आर्जन गर्दा एनएलजी इन्स्योरेन्स ०.९९ र प्रभु बैंकको डिवेञ्चरमा लगानी गर्नेले ०.९५ प्रतिशतले कमाए । 

    त्यस्तै, गणपति माइक्रोफाइनान्स ७, नेपाल फाइनान्स ६.७४, पूर्वाधार बैंक ६.४५, नेपाल हाइड्रो डेभलपर ६.१३, अपि पावर कम्पनी ६.११, बरुण हाइड्रोपावर ५.९६, लिवर्टी इनर्जी ५.९३, रिडी हाइड्रोपावर ५.८८, नेशनल हाइड्रोपावर ५.७० र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले ५.६७ प्रतिशतले गुमाएका छन् ।रासस


    फाल्गुण १६, २०७७ आइतवार १८:४८:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क