• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १२ गते बुधबारको राशिफल

क्यानाडानेपाल फाल्गुण १२ २०७७
  • 420
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १२ गते बुधबारको राशिफल

    मेष राशि – सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन ।भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

    बृष राशि – आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

    मिथुन राशि – भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

    कर्कट राशि – मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

    सिंह राशि – कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

    कन्या राशि – आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

    तुला राशि – सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

    बृश्चिक राशि – यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

    धनु राशि – स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

    मकर राशि – शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

    कुम्भ राशि – तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

    मीन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । ज्यो.प.सरोज घिमिरे 


    फाल्गुण १२, २०७७ बुधवार ०७:१४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ११ महिनाअघि नै प्रचण्डलाई ओलीबाट खतरा छ भन्दै सचेत गराएका थिए यी ज्योतिषीले

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 392
    SHARES
  • ११ महिनाअघि नै प्रचण्डलाई ओलीबाट खतरा छ भन्दै सचेत गराएका थिए यी ज्योतिषीले

    काठमाडौं । आजभन्दा ११ महिना अघि नै पुष्पकमल दाहाल 'प्रचण्ड'लाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलिबाट धोका हुने योग बनेको भन्दै ज्योतिषी सुरेश चन्द्र रिजालले सावधानी हुन आग्रह गरेका थिए । 

    २०७७ सालमा अचानक राजनीति परिवर्तनको योग हुने संकेत देखेपछि नयाँ वर्षको सुरुवाती समयदेखि नै जानकारी गराउदै आएका थिए । 

    पछिल्लो राजनीति घटना बढेसंगै पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई सात पटक सम्म प्रधानमन्त्री बन्ने योग रहेको छ भनेर २०७४ सालमा गरेको भविष्यवाणीले पनि यतिबेला रिजालको निक्कै चर्चा छ र सामाजिक सञ्जालमा उनको अत्याधिक खोजि भैरहेको छ । शासन सत्ता सम्हाल्ने हरेक राजनेताले यस्ता भविष्यवाणीलाई गम्भीरतापूर्वक लिन नसक्दा यस्तो समस्याको सामना गर्नुपरेको उनको भनाई छ । 

    वर्ष २०७७मा कुन नेताको कस्तो भाग्य ? देउवालाई आकस्मिक लाभ, प्रचण्ड सचेत रहुनु पर्ने वर्ष २०७७मा कुन नेताको कस्तो भाग्य ? देउवालाई आकस्मिक लाभ, प्रचण्ड सचेत रहुनु पर्ने

    ज्योतिषलाई वेदको तेस्रो आँखा भनेर परिभाषित गरिएको छ । सफल शासकहरु प्रचिन काल देखिनै ज्योतिष तथा खगोल शास्त्रको निर्देशनमा आफ्ना योजना तय गर्ने गर्दथे। 

    महाप्रतापी त्रिलोकपति राजा रावण जसले चार वेद कण्ठस्थ बनाएका थिए । उनी ज्योतिषका सिद्ध ज्ञाता पनि हुन् । जसले रावण संहिता जुन ज्योतिषको सिद्ध ग्रन्थको नै रचना गरेका थिए । जसको बलबाट उनले शनि र यमराजलाई आफ्नो वसमा पार्न सफल भएका थिए  ।

    देउवाको भविष्यबाणी गर्ने ज्योतिषीको सामाजिक सञ्जालमा चर्चा,  को हुन भविष्यबाणी गर्ने ज्योतिषी ? देउवाको भविष्यबाणी गर्ने ज्योतिषीको सामाजिक सञ्जालमा चर्चा,  को हुन भविष्यबाणी गर्ने ज्योतिषी ?

    प्राचीन समयमा पनि शक्तिशाली राजा तथा वीर योद्धाहरुले शुभ मुहुर्त बिचार गरेर मात्रै महत्त्वपूर्ण निर्णयहरु लिने गरेको प्रशस्त उदाहरण पाइन्छ । राज्य सत्ता सञ्चालन गर्नका लागि सामूहिक शक्ति मात्रै भएर हुँदैन त्यसका लागि धार्मिक तथा आध्यात्मिक शक्ति हुनु पनि नितान्त आवश्यक छ ।

    देवर्षी नारद  भगवान् श्रीकृष्ण, भीष्मपितामह, कर्ण आदिले पनि ज्योतिषमा राम्रो ज्ञान हासिल गरेकै कारणले अहिलेसम्म उनीहरूको पूजा तथा आदर गरिरहेको पाइन्छ । यसरी देशका प्रतिष्ठित व्यक्तिहरूको भविष्यवाणी गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलिबाट प्रचण्डलाई अफ्ट्यारो परिस्थितिको सामना गर्नुपर्ने भन्दै सचेत गराएका थिए । 

    ग्रह,राशि तथा नक्षत्र अध्ययन गरेर पुष्पकमल दाहलको राशिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राशि षडाष्टक योग बन्ने भएकाले लामो समयसम्म गठबन्धन टिक्न नसक्ने भन्दै आग्रह गरेका थिए । 

    प्रचण्डको कार्तिक २९ गतेबाट शनिको अढैया दशा सुरुभएको छ भने प्रधानमन्त्री ओलिको मध्य साढेसाती शनिको दशा चलिरहेको छ । दुवैको राशि एक आपसमा सत्रुतापूर्ण योगमा रहेकाले अहिले देशमा यस्तो अवस्था आएको ज्योतिषी रिजालले जानकारी गराए ।


    फाल्गुण १६, २०७७ आइतवार ०८:३४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुरेश चन्द्र रिजाल

  • क्यानाडानेपाल डेस्क

    बिक्रमबाबाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १६ गते आईतबारको राशिफल

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 220
    SHARES
  • बिक्रमबाबाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १६ गते आईतबारको राशिफल

    मेष राशि - आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

    बृष राशि - आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

    मिथुन राशि - नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

    कर्कट राशि - सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

    सिंह राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

    कन्या राशि - एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

    तुला राशि - पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

    बृश्चिक राशि - नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

    धनु राशि - साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

    मकर राशि - मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

    कुम्भ राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

    मीन राशि - बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    फाल्गुण १६, २०७७ आइतवार ०७:१९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

     एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 404
    SHARES
  •  एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

    काठमाडौं - पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । 

    विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ ।

    सय रोटी ब्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।

    यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनःमिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो ।

    शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताउनुभयो ।  

    उपत्यकाको पूर्वीभेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण ब्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । 

    महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक ब्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण ब्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।रासस


    फाल्गुण १५, २०७७ शनिवार ०७:५१:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी व्रत

  • क्यानाडानेपाल डेस्क

    माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल फाल्गुन १५ गते शनिबारको राशिफल

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 358
    SHARES
  • माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल फाल्गुन १५ गते शनिबारको राशिफल

    मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

    बृष राशि – आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

    मिथुन राशि – नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

    कर्कट राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

    सिंह राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

    कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

    तुला राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

    बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

    धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

    मकर राशि – मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

    कुम्भ राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

    मीन राशि - बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    फाल्गुण १५, २०७७ शनिवार ०७:३२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

    क्यानाडानेपाल

    फाल्गुण १४

  • 356
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

    मेष राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

    बृष राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

    मिथुन राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

    कर्कट राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    सिंह राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    कन्या राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

    तुला राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।

    बृश्चिक राशि – गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

    धनु राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

    मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

    कुम्भ राशि – नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

    मीन राशि – अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    फाल्गुण १४, २०७७ शुक्रवार ०७:०२:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    जीवनमा उन्नति चाहनु  हुन्छ भने, दिशा वा रंगका हिसाबले लगाउनुहोस् फूल

    क्यानाडानेपाल

    फाल्गुण १३

  • 400
    SHARES
  • जीवनमा उन्नति चाहनु  हुन्छ भने, दिशा वा रंगका हिसाबले लगाउनुहोस् फूल

    वास्तुशास्त्रमा फूल र रुखको निकै महत्व रहेको छ । यदि घर र अफिसमा रुख छ भने सकारात्मक ऊर्जाको विकास हुन्छ । तर, त्यस्तो रुख वा फूल सही दिशामा लगाउनुपर्छ । त्यसमा पनि रंगको धेरै महत्व हुन्छ । 

    यश प्राप्तिका लागि रातो फूल

    आधुनिक वास्तु विज्ञानुअनुसार रातो फूलले जीवनमा उत्साह र उमंग ल्याउँछ । यस्तो रंगको फूललाई बगैंचा या घरको दक्षिण क्षेत्रमा लगाउनुपर्छ । यो दिशामा लगाएमा प्रसिद्धि र यश प्राप्ति हुन्छ । यसबाट श्रीमान् श्रीमतीबीच प्रेम बढ्छ ।

    शान्ति प्राप्तिका लागि सेतो फूल

    यदि तपाई मन शान्ति राख्न चाहनु हुन्छ भने बगैंचा या अफिसको पश्चिम दिशामा चाँदनी, मोगरा, चमेली जस्ता फूल लगाउनुहोस् । यस्तो फूल पश्चिम दिशामा लगाउनाले बच्चाका लागि फाइदा हुन्छ ।

    उन्नतिका लागि नीलो फूल

    बगैंचाको उत्तर क्षेत्रमा नीलो रंगको फूल लगाउनाले व्यक्तिको जीवनमा स्थिरता र स्वच्छता कायम रहन्छ । नीलकमल, पटसन, असोनिया जस्ता नीलो रंगको फूल लगाउन सकिन्छ । यसले तपाईको व्यावसायिक प्रगति दिलाउँछ । जीवनमा आइपर्ने दुःख र कष्ट निवारण हुन्छ ।

    पारिवारिक सुख शान्तिका लागि हरियो रुख

    बगैंचाको पूर्व दिशामा हरियो रंगको रुख रोप्नुहोस् । यसले परिवारका सबै सदस्य स्वस्थ रहन्छन् । साथै एकता कायम रहन्छ । यसका लागि पुदिना र खसखसको रुख लगाउन सकिन्छ ।


    फाल्गुण १३, २०७७ बिहिवार १६:३८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीवनमा उन्नति
  • # दिशा वा रंग
  • # फूल

  • क्यानाडानेपाल