• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

आज देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

क्यानाडानेपाल फाल्गुण १२ २०७७
  • 518
    SHARES
  • आज देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं - बुधबार देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको प्रभाव देखिएको छ।  

    आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

    त्यस्तै प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित पानी पर्ने सम्भावना रहेको छ । 

    त्यस्तै आज राति देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  
     
    प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 
     
     


    फाल्गुण १२, २०७७ बुधवार ०७:२२:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    भूमिहीन तथा सुकुम्बासीलाई चितवनमा सुरु भयो जग्गाधनी पुर्जा दिने प्रक्रिया

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 70
    SHARES
  • भूमिहीन तथा सुकुम्बासीलाई चितवनमा सुरु भयो जग्गाधनी पुर्जा दिने प्रक्रिया

    काठमाडौँ।  जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । 

    सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै काम शुरु भएको बताइएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७०० भूमिहीन तथा सुकुम्बासी छन् ।

    महानगर प्रमुख रेनु दाहालले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया शुरु भइसकेको बताइन् । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको उनको भनाइ छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।

    रत्ननगर नगरपालिकामा भूमिहीन तथा सुकुम्बासी लगत सङ्कलन समितिका संयोजक अर्जुन पङ्गेनीले छ महिनाभित्रै भूमिहीनलाई पुर्जा दिने गरी काम शुरु भएको बताए । उनले वडावाट प्रमाणित गराएर नापनक्शा निकाल्ने काम गरिरहेको बताए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास परिवारको सङ्ख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडावडामा पुगेर लगत लिने काम भइरहेको बताए । माडीको बाँदरझुलामा मात्रै झण्डै ७०० सुकुम्बासी छन् । तीस वर्षदेखि सुकुम्बासीका रूपमा बस्दै आएका सुकुम्बासीको समस्या समाधान सबैभन्दा जटिल रहेको उनको भनाइ छ । यस नगरपालिकामा चार हजार सुकुम्बासी रहेको ढकालले जानकारी दिए । 

    कालिका नगरपालिकामा चार हजार २३२ परिवार, राप्ती नगरपालिकामा छ हजार परिवार र इच्छाकामना गाउँपालिकामा चार हजार ५०० भूमिहीन तथा सुकुम्बासी रहेका छन् । यस्तै खैरहानी नगरपालिकामा दुई हजार ५०० भूमिहीन तथा सकुम्बासी रहेका सम्बन्धित नगरपालिकाले जनाएको छ । सबै स्थानीय तहले पनि अहिले भूमिहीन समस्या समाधानमा प्रक्रिया शुरु गरिसकेको जनाएका छन् । रासस 

     

     


    फाल्गुण १६, २०७७ आइतवार ११:४५:०८ बजे : प्रकाशित

    आज दिनभरको मौसम कस्तो रहला ?

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 196
    SHARES
  • आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं - आइतबार देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।  

    तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।  

    आज दिउँसो प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

    त्यस्तै प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    त्यस्तै आज राति प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  
     
    प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 
     
     


    फाल्गुण १६, २०७७ आइतवार ०७:२९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्ता पक्राउ 

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 320
    SHARES
  • विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्ता पक्राउ 

    सप्तरी – नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहा÷सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।

    उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चार थान मोबाइल बरामद गरेको बताइएको छ ।

    सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धा कधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रासस 


    फाल्गुण १५, २०७७ शनिवार १९:३४:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विप्लव समूह
  • # पक्राउ

  • क्यानाडानेपाल डेस्क

    पछिल्लो २४ घण्टामा मुलुकभर थप ८१ जनामा कोरोना संक्रमण, २ जनाले ज्यान गुमाए

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 310
    SHARES
  • पछिल्लो २४ घण्टामा मुलुकभर थप ८१ जनामा कोरोना संक्रमण, २ जनाले ज्यान गुमाए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार ८ सय २४ वटा पीसीआर परिक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३५ महिला र ५६ पुरुष रहेका छन् । 

    यससँगै कूल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ४८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २ रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ सय ७३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    154067414_3075552226012934_7693009426490421535_n.jpg
     


    फाल्गुण १५, २०७७ शनिवार १६:४९:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    छाउप्रथा कायमै रहनुमा 'मनोवैज्ञानिक' कारण, 'बार्न त मन छैन तर देउताको डर छ'

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 270
    SHARES
  • छाउप्रथा कायमै रहनुमा 'मनोवैज्ञानिक' कारण, 'बार्न त मन छैन तर देउताको डर छ'

    गतवर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेपछि अहिलेसम्म ९,२१० वटा छाउगोठहरू भत्काइएको गृह मन्त्रालयले जनाएको छ।

    महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो।अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए।

    पुनः छाउगोठमै
    स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए तापनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेको बताउँछन्।

    घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन नसकेको उनीहरूको गुनासो पाइन्छ।

    पुनः छाउगोठमै बस्न थालेकी पश्चिम सुर्खेतकी एकजना महिला भन्छिन्, "घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु-ससुरा)ले बस्नै दिँदैनन्। त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै बस्ने गर्छु।"

    उनले घरभित्र बस्न नपाउँदा धेरै पीडा हुने गरेको पनि बताइन्।

    प्रहरी-प्रशासनको डरले नयाँ छाउगोठ बनाउन भने छाडेका छन्।

    तर अहिले गाउँका धेरै महिला दिदीबहिनी गाईभैँसीको गोठ, बाख्राखोर, स्नानघर र ओडारमा बस्ने गरेको समेत ती महिला बताउँछिन् ।

    'तोड्न र छोड्न सकिएन'

    कर्णाली र सुदुरपश्चिममा देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा महिलाहरू महिनावारी हुँदा घरबाहिर (छाउगोठ) बस्न बाध्य हुँदै आएको बताइने गरेको छ।

    पञ्चपुरी नगरपालिका डाबकी रत्न विकले देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा आफूहरूले बर्षौँदेखि हैरानी खेप्नु परेको बताउँछिन्।

    उनी भन्छिन्, "छाउबार्न मन छैन तर देवी-देवताको डरले कुसंस्कारलाई तोड्न र छोड्न सकिएको छैन।" छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको धेरैको अनुभव छ।

    मनोवैज्ञानिक भय
    देउता रिसाउने भएकै कारण महिनावारी भएका महिलाहरु स्वयंसमेत पानी पधेँरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुन्छन्।

    महिनावारी भएका महिलाले भुलबस फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने गरिएको गाउँलेहरूको अनुभव छ।

    गृह मन्त्रालयको तथ्याङ्कमा ९,२१० मध्ये ६,१४६ वटा छाउगोठ सुदुरपश्चिमको अछाम जिल्लामा मात्र भत्काइएको थियो।

    तर गतवर्ष सम्पूर्ण छाउगोठहरू भत्काइए पनि अहिले झण्डै २० प्रतिशत छाउगोठहरू फेरि बनाइएको अछामको कमलबजार नगरपालिकाकी उपप्रमुख भूमिशरण ढकाल बजगाईले बताइन्।

    उनी भन्छिन्, "घरबाहिर नबसे आफैलाई नै देवी-देउता लाग्ने हो कि भन्ने मनोवैज्ञानिक भयले गर्दा महिनावारी हुँदा महिलाहरू छाउगोठमा बस्न बाध्य छन्।"

    'न देउता रिसाए, न अनिष्ट भयो'

    महिनावारी हुँदा घरभित्रै छुट्टै कोठमा बस्दै आएका महिलाहरू भने छाउगोठमा नबस्न र अन्धविश्वास तोडेर अघि बढन सुझाव दिन्छन्।

    महिनावारी हुँदा घरमै बस्ने गरेकी बिश्ना विष्टले सुनाइन्, "घरभित्रै बस्दा मलाई केही पनि समस्या भाको छैन, अहिलेसम्म न देउता नै रिसाएका छन्, न कुनै अनिष्ट नै भएको छ।"

    विगतमा छाउगोठ न्यानो राख्न बालिएको आगोले निस्सासिएर, पहिरो खसेर, अत्यधिक जाडो, सर्पको टोकाइजस्ता कारणले महिनावारी हुँदा घरबाहिर बसेका कतिपय महिला र किशोरीले ज्यान गुमाएका घटना छन् ।

    महिनावारी भएको समयमा घरबाहिर एक्लै बस्नु पर्दा असुरक्षा समेत महसुस हुने गरेको महिलाहरू बताउँछन् ।उनीहरूमध्ये कतिपय बलात्कृत पनि भएको घटना छ।

    छाउगोठ भत्काउने अभियानपछि भने महिनावारीको समयमा छाउगोठमा बस्दा कुनैपनि महिलाको मृत्यु नभएको गृह मन्त्रालयले जनाएको छ।

    छाउगोठ भत्काएपनि परिवर्तन नभएपछि अब कसरी अघि बढ्ने भनेर रणनीति बनाउन लागिएको जनप्रतिनिधिहरू बताउँछन्।

    बराहताल गाउँपालिका सुर्खेतका अध्यक्ष तेजबहादुर बस्नेत भन्छन्, "छाउगोठहरू भत्काएपछि कतिपय घरको दैलोभित्र बस्न थालेका छन्, बाँकीलाई पनि घरभित्र बसाल्नको लागि विभिन्न विकल्प छन् । तीमध्ये कुनै विकल्प अघि सार्छौँ।"

    महिनावारी हुँदा घरबाहिर र छाउगोठमा बस्नेहरूलाई सरकारी सेवा सुविधा रोक्नेदेखि धामीलाई आश्वस्त गर्ने विकल्पहरू आफूसँग रहेको स्थानीय सरकारका अधिकारीहरूले बताएका छन्।

    महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न, कुनै किसिमको भेदभाव, छुवाछुत, अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।
     


    फाल्गुण १५, २०७७ शनिवार १५:२०:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # छाउप्रथा

  • क्यानाडानेपाल डेस्क

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना, स्वास्थ्यमा सुधार

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 554
    SHARES
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना, स्वास्थ्यमा सुधार

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन् । 

    राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल  शनिवार बिहान जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ 

    बिहिबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । पछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    टाउकामा रगत जमेकाले उनको शुक्रबार नै शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सामान्य सुधार आएको जनाइएको छ । 


    फाल्गुण १५, २०७७ शनिवार १४:०४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नवीन्द्रराज जोशी

  • क्यानाडानेपाल डेस्क