• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : विमलेन्द्र निधि  

फाल्गुण १३ २०७७
  • 2.4K
    SHARES
  • images
    images
    संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : विमलेन्द्र निधि  

    काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्भित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन्। कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसदमा भूमिका खेल्ने बताए।

    images

    ‘अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ’, उनले भने। उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए।

    कांग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने  निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताए। कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी काम गर्न र  आफ्नो सेवालाई देशव्यापी बनाउन अस्पताललाई सुझाव दिए।

    पं दीनबन्धु पोखरेलले राजनीतिमा सेवाको भावनालाई जोड्ने निधि गान्धीवादी नेता भएको उल्लेख गरे। उक्त भवन निर्माणका लागि लगाइएको महायज्ञमा पण्डित पोखरेलले भागवत् पाठ गरेका थिए।

    पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, सांसद जिपछिरिङ लामा र उमेश श्रेष्ठ, गणेशमानसिंह स्मृति अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, बिपी स्मृति अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसी, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाललगायतले महेन्द्रनारायणका नाममा स्थापित अस्पतालले मधेश र पहाडलाई जोड्ने काम गरेको बताए।

    नाफाभन्दा सेवालाई ध्यान दिएर स्थापित उक्त अस्पताल १०० श्ययाको छ। आफ्नो सेवालाई आगामी दिनमा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालका अध्यक्ष कृष्णबहादुर थापा मगरले जानकारी दिए।रासस


    फाल्गुण १३, २०७७ बिहिवार २१:३३:४४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # विमलेन्द्र निधि
  • अर्कोसमाचार

    चुनावबारे टुंगो लगाउन भोलि सत्ता गठबन्धनको बैठक बस्ने

    चुनावबारे टुंगो लगाउन भोलि सत्ता गठबन्धनको बैठक बस्ने

    काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ । चुनावको बिषयमा छलफल गर्न शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो । 

    images

    बिहिबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा छलफल भएको थियो । 

    देउवा, प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता देउवा, प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता

    ती दलका प्रमुख नेताहरुबीच स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिले गर्ने भन्ने बारे छलफल भएको थियो । उनीहरुबीच सहमती नभएपछि शुक्रबार बस्ने बैठकमा टुँगो लगाउने निर्णय भएको जनाइएको छ । 
     


    माघ ६, २०७८ बिहिवार २०:४२:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा निर्वाचन : निर्वाचन आयोगले जारी गर्‍यो स्वास्थ्य सुरक्षा मापदण्ड

    राष्ट्रिय सभा निर्वाचन : निर्वाचन आयोगले जारी गर्‍यो स्वास्थ्य सुरक्षा मापदण्ड

    काठमाडौं - निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ ।

    images

    आयोगले बिहीबार विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन यही १२ माघमा हुँदै छ । 

    जारी विज्ञप्ति 
    निर्वाचन आयोगले कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड स्वीकृत गरी निम्नानुसार निर्देशनहरू जारी गरेको छ ।   

    १. राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने छ । 

    २. मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नु पर्नेछ ।

    ३. मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था हुनेछ । हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ । 

    ४. मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवम् मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नु पर्नेछ । 

    ५. पूर्ण खोप लगायतका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइनेछ । मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक लगायत सबैले अनिवार्य रूपमा Face Shield पञ्जा र मास्क लगाउनु पर्नेछ । 

    ६. मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । 

    ७. मतदान अधिकृतले समय समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरूको अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

    ८. मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसङ्क्रमण गर्ने र गणनाको लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्नु पर्नेछ । 

    ९. मतगणनाको लागि तयार गरिएको मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था गर्नु पर्नेछ । 

    १०. मतदान स्थल र मतगणना स्थलमा अनावश्यक भिडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

    ११. मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नु पर्नेछ। एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ ।

    १२. राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्बन्धित प्रदेशभित्रका प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचक मण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनु भन्दा ७२ घण्टा अघि निज मतदाताहरू उअच परीक्षणको लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।

    १३. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकता अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था गर्न सक्नेछ । 

    १४.  मतदान केन्द्रमा अनिवार्य रूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुन पानी तथा फोहोर राख्ने टोकरीको व्यवस्था गर्नुपर्नेछ । 

    १५ . प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नु अघि तापक्रम जाँच गर्नुपर्नेछ । तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिन यता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ/छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  

    १६. मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्नेछ । यदि उक्त मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहोर टोकरीमा हाल्नुपर्नेछ र हातलाई स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्नुपर्नेछ । 

    १७. बुँदा नं. १५ र १६ बमोजिमका मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूबाट व्यवस्थापन गर्ने गरी निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटीकाको व्यवस्था गरी मतदान गराउन सक्ने छन् । यसरी मतपेटिकाको व्यवस्था गरिएकोमा उक्त मतपेटिका छुट्टै राखी निसङ्क्रमण गरी अन्य मतपेटीकाको मतपत्रसँग मिसाई मतदानको गोपनियता अक्षुण राखी गणना गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  

    १८. मतगणना स्थलमा सामाजिक दुरी कायम हुने गरी मतगणना कार्य गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै अनावश्यक भिडभाड हुन नदिन अनावश्यक प्रवेशमा रोक लगाउनु पर्नेछ ।  

    १९. जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने ब्यवस्था मिलाउने ।

    २०. कोभिड सङ्क्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगित गरी हातमा पन्जा मास्क Face Shield लगाई मतदान गर्न लगाई निजहरूले प्रयोग गरेका मतदान स्थलमा सामाग्रीहरू निसङ्क्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारू गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    २१. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था अनुसार थप स्वास्थ्य सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सक्नेछ ।

    २२. राष्ट्रियसभा सदस्य निर्वाचनमा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा पालना गरी गराई आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थित रुपमा सम्पन्न गर्न गराउन आवश्यक सहयोगको लागि निर्वाचन आयोग सबै सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछ । राष्ट्रियसभा सदस्य निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ आयोगको वेब साईट धधध।भभिअतष्यल।नयख।लउ मा पनि हेर्न सकिने छ । 

    कोमल प्रसाद धमला
    सहायक प्रवक्ता


    माघ ६, २०७८ बिहिवार २०:५५:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ - विष्णु रिमाल

    बैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ - विष्णु रिमाल

    काठमाडौं - नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेता रिमालले सो कुरा गरेका हुन् । 
     
    नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा संघीय संसद्को निर्वाचन गर्नुपर्ने बताएका थिए । 

    images

    एमालेले भने स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुलाई मान्य नहुने बताउदै आइरहेको छ । यसैबीच रिमालले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । 

    उनले लेखेका छन् - 'बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने! उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव-पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने!'


    माघ ६, २०७८ बिहिवार २१:३९:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णु रिमाल

  • क्यानाडा नेपाल

    मोहन बैद्य 'नेतृत्व' को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज 

    मोहन बैद्य 'नेतृत्व' को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज 
    काठमाडौ, ७ माघ -निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन । 


    आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन ।यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो । ३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।  

    images


    माघ ७, २०७८ शुक्रवार ०७:५१:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहन बैद्य

  • क्यानाडा नेपाल

    सत्तारुढ गठबन्धनको बैठक आज ४ बजे बस्ने

    सत्तारुढ गठबन्धनको बैठक आज ४ बजे बस्ने

    काठमाडौं, ७ माघ -सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।स्थानिय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।  

    माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता कोरोना संक्रमण् मुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाईएको हो ।  


    माघ ७, २०७८ शुक्रवार ०७:५४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन

  • क्यानाडा नेपाल

    प्रचण्डको प्रस्तावले राजनीतिमा तरंग, चुनाव जित्न चलाखी !

    प्रचण्डको प्रस्तावले राजनीतिमा तरंग, चुनाव जित्न चलाखी !

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा उनले राजनीतिक भेटघाट बन्द गरेका थिए ।

    images

    तर उनी कोरोनामुक्त भए राजनीतिमा छुट्टै तरंग ल्याइदिए । निर्वाचनसम्बन्धी प्रचण्डको नयाँ प्रस्तावका कारण राजनीतिक माहोल नै फरक भयो । प्रचण्डले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव ल्याए । स्थानीय तहको निर्वाचन पछि गर्ने कुरामा कांग्रेसका शीर्ष नेताहरु पनि सहमत रहेको स्रोतको भनाई छ । तर कांग्रेसका संस्थापनइतर नेताहरु भने प्रचण्डको प्रस्ताव नरुचाएको बताइन्छ । 

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने यसको विरोध गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुले नमान्ने बताउदै आइरहेको छ । 

    एमालेका नेताहरु संविधानको बाटोमै हिड्नु पर्ने भन्दै दबाब दिदै आइरहेका छन् । यसबारे छलफल गर्न बिहिबार कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा छलफलमा जुटेका थिए । उनीहरुबीच स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिले गर्ने भन्ने बारे सहमती नभएपछि गठबन्धनको बैठकबाट सहमती खोज्ने प्रयास गरिएको छ।  

    अहिले काँग्रेससँग पनि चुनावी गठबन्धन गर्ने प्रयासमा रहेका प्रचण्ड शक्तिसाली पनि देखिएका छन् । उनी गठबन्धन गरेर चुनाव जित्ने दाउमा देखिन्छन् । यता, केपी शर्मा ओली नेतृत्वको एमालेमा माधव कुमार नेपाल छुट्टिएपछि एमालेमा पहिरो गइरहेको छ । ओलीको कार्यबाट भीम रावल पक्ष पनि सन्तुष्ट छैन । 

     


    माघ ७, २०७८ शुक्रवार ११:२२:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडा नेपाल