• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

नेपालमा चालु आर्थिक वर्षभित्रै फाइभजी परीक्षण कति छ सम्भव ?

क्यानाडानेपाल फाल्गुण १४ २०७७
  • 520
    SHARES
  • नेपालमा चालु आर्थिक वर्षभित्रै फाइभजी परीक्षण कति छ सम्भव ?

    काठमाडौँ।  सरकारले चालु आर्थिक वर्ष भित्रै फाइभजी सेवा सञ्चालनका लागि परीक्षण सुरु गर्ने बताए पनि त्यस्तो सम्भावना निकै कम देखिएको छ। तुलनात्मक रूपमा नयाँ प्रविधिको परीक्षण गर्ने सम्झौता गरेको नेपाल टेलिकम फाइभजी सेवा सञ्चालनका सरकारले लागि फ्रिक्वेन्सी निर्धारण गर्न नसक्दा अघि बढ्न नसकेको अधिकारीहरू बताउँछन्।

    नेपाल दूरसञ्चार प्राधिकरणले भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गर्न सकिने फ्रिक्वेन्सीहरू सिफारिस गरिसेको जनाएको छ। तर सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले यस विषयमा निर्णय गर्न सकेको छैन।

    "यो विषयलाई विविध पाटोबाट हेर्न जरुरी छ। दूरसञ्चार प्राधिकरणले पनि यसको अध्ययन गरिरहेको छ र हामीले पनि यस विषयमा छलफल गरिनै रहेका छौँ,," मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माले बीबीसीसँग भने।

    पछिल्लो अवस्था के छ ?

    फाइभजी सेवा परीक्षण गर्ने तयारीमा रहेको नेपाल टेलिकम फोरजी सेवा विस्तारकै चरणमा छ। हालसम्म ६५४ स्थानीय तहमा फोरजी पहुँच स्थापित गरिसकेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

    "त्यो भनेको साइटका हिसाबले करिब ८० प्रतिशत हो। उच्च हिमाली क्षेत्र र काठमाण्डूका केही स्थानमा हामीले यो नेटवर्क विस्तार गर्न बाँकी छ। अबको दुईदेखि तीन महिनाभित्र हामी त्यो काम सक्ने छौँ," अधिकारीले भने।

    "त्यसपछि हामीले चार सहरमा फाइभजी परीक्षण सुरु गर्ने छौँ। हाम्रो एन्टेनाले सपोर्ट गर्ने ७००, ८०० वा १८०० जस्ता ब्यान्डमा फ्रिक्वेन्सी प्राप्त भए परीक्षण अघि बढाउन त्यति धेरै समय नलाग्ला। तर २६०० देखि ३४०० वा हामीले प्रयोग नगरेको अन्य ब्यान्ड पाए नयाँ उपकरण खरिद गर्नुपर्ने हुन्छ।"

    नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० ब्यान्डमै फाइभजी परीक्षण गर्ने गरी अघि बढाएको थियो। टेलिकमले काठमाण्डू, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी प्रविधि परीक्षण गर्ने जनाएको छ। प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले अन्तर्राष्ट्रिय नेटवर्कसँग 'हार्मोनाइज' गर्न सहज हुने अनि लागत जस्ता विषयलाई समेत ध्यानमा राखेर आफूहरूले फ्रिक्वेन्सी सिफारिस गरेको बताए।

    "अहिले सञ्चालनमा रहेका ब्यान्डमै फाइभजी सञ्चालन गर्छु भने पनि त्यसो गर्न मिल्ने हिसाबले हामीले सिफारिस गरेका छौँ," अर्यालले भने। कुन ब्यान्डमा फाइभजी चलाउने भन्ने कुराभन्दा महत्त्वपूर्ण यो प्रविधिको लागत र त्यसका आधारमा बजार दीर्घकालीन रूपमा टिक्न सक्ने विषय महत्त्वपूर्ण रहेको अधिकारीहरू बताउँछन्।

    फोरजीमा अर्बौँ रुपैयाँ लगानी भइसकेको अवस्थामा प्रतिफल पनि हेर्नुपर्ने हुँदा परीक्षण गरिए पनि यो प्रविधि प्रयोगको व्यापकताका विषयमा भने हतारिन जरुरी नरहेको उनीहरूको भनाई छ।

    के हो फाइभजी ?

    थ्रीजी, फोरजी र फाइभजी इन्टरनेटको गतिसँग सम्बन्धित रहेको जानकारहरू बताउँछन्। नयाँ प्रविधिको प्रयोग सुरु भएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ताहरूले हाल उपलब्ध टुजी, थ्रीजी वा फोरजीभन्दा सजिलो तरिकाले डेटा चलाउन पाउने छन्।

    मोबाइल इन्टरनेटको गति र गुणस्तर फाइभजी नेटवर्कमा तुलनात्मक रूपमा राम्रो हुने अधिकारीहरू बताउँछन्। नेपालमा फाइभजी नेटवर्क प्रयोग गर्न सकिने उपकरणहरूको अवस्था बारे पनि प्राधिकरणले हाल अध्ययन गरिरहेको छ। नेपाली बजारमा हाल उपलब्ध सबै फोन फोरजीमैत्री नरहेको उनीहरू बताउँछन्।गत डिसेम्बर महिनासम्ममा नेपालमा करिब ८० लाख सर्वसाधारणहरू फोरजी नेटवर्कमा जोडिएको अनुमान प्राधिकरणको छ। बीबीसी 


    फाल्गुण १४, २०७७ शुक्रवार १५:५९:५० बजे : प्रकाशित

    अर्कोसमाचार

    कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपिल 

    क्यानाडानेपाल

    चैत्र २८

  • 176
    SHARES
  • कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपिल 

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा पनि संक्रमण बढ्न थालेको छ । 

    यस्तो अवस्थामा सीसीएमसीको शनिबार बसेको बैठकले सबैलाई सतर्कता अपनाउन अपिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालमा पनि संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेकोले सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने आजको बैठकले निर्णय गरेको हो । 

    बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भएको र आम रुपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए ।
     
    यस्तै बैठकमा सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोरोनाको लक्षण देखिएका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय गरिएको बरालले बताए । 


    चैत्र २८, २०७७ शनिवार २०:५५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # सीसीएमसी

  • क्यानाडानेपाल डेस्क

    यस्तो छ पत्रकार महासङ्घको नवनिर्वाचित समितिको मतपरिणाम, कसले कहाँ जिते ?

    क्यानाडानेपाल

    चैत्र २८

  • 192
    SHARES
  • यस्तो छ पत्रकार महासङ्घको नवनिर्वाचित समितिको मतपरिणाम, कसले कहाँ जिते ?

    काठमाडौं - नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (महिला)का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (समावेशी)मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गर्नुभएको छ ।

    महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले तीन हजार ८६० मत र सुबोध गौतमले ८९९ मत प्राप्त गर्नुभएको छ । सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी हुँदा रामकृष्ण ज्ञवालीले तीन हजार २१ मत, जन्मदेव जैशीले एक हजार १२७ र यम विरहीले ७५७ मत प्राप्त गर्नुभएको छ । सचिव (महिला)मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त गर्दा शाहीमान राईले तीन हजार २८९ र रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गर्नुभयो ।

    सचिव (मधेशी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गर्नुभयो । सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित हुनुभयो । सचिव एशोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गर्नुभयो ।

    कोषाध्यक्षमा कलेन्द्र सेजुवालले पाँच हजार ६७८ मत पाउँदा कृष्ण गिरीले तीन हजार २७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाउनुभयो । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाउनुभयो । 

    सदस्य खुलामा छविलाल तिवारीले चार हजार ९०० मत र वासुदेव शर्माले पाँच हजार ९१ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै माधव पौडेल पाँच हजार ९४, रमेश खतिवडा चार हजार ६५९ र शिवराज खत्रीले चार हजार ३५९ मत प्राप्त गरी खुला सदस्यमा जित निकाल्न सफल हुनुभयो । सदस्य (महिला) खस–आर्यमा सरिता तिम्सिनाले चार हजार ८९१, सदस्य (महिला) मधेशीमा ललिताकुमारी साहले पाँच हजार ७८६, सदस्य (महिला) आदिवासी जनजातिमा शान्ता आङबुहाङले पाँच हजार ५८८, सदस्य आदिवासी जनजातिमा भिसन राईले चार हजार ८६८ मत प्राप्त गर्दा आदिवासी जनजाति महिला सदस्यमा सन्चकुमारी लामा तामाङले पाँच हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभयो ।

    निर्वाचन समितिले प्रकाशित गरेको विवरणअनुसार दलित सदस्यमा प्रकाश धौलाकोटीले छ हजार ८२, दलित महिला सदस्यमा राधा नेपालीले पाँच हजार ७३४, मधेशी सदस्यमा सुभाषप्रसाद साहले चार हजार ६७८, मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्रले पाँच हजार ६६३, अपाङ्गता सदस्यमा नवीन रिजालले पाँच हजार १९२ मत प्राप्त गरी विजयी हुनुभयो । 

    त्यस्तै अल्पसङ्ख्यक सदस्यमा इफ्तार हसनले पाँच हजार १३९, प्रदेश नं १ को सदस्यमा अमर खड्का ८५९ र दीपेन्द्र रुम्दाली राईले ५०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश नं २ मा केसी लामिछाने २७१ र शिव पुरीले ३१९ मत प्राप्त गरी जित निकाल्दा, वाग्मती प्रदेशमा ध्रवकुमार रावलले ६२५ र सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी हुनुभयो । गण्डकी प्रदेशको सदस्यमा त्रिभुवन पौडेलले ६३८ र प्रदीप काफ्लेले ५५३ मत प्राप्त गरी विजयी हुनुभयो ।

    लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे ७९२ र सुशील पोखरेलले ६३६ मत प्राप्त गरी विजयी हुनुभयो । कर्णाली प्रदेश सदस्यमा दीपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंह ३३३ मत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तरसिंह विष्ट ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी विजयी हुनुभयो । उपत्यका सदस्यमा शन्तराम बिडारीले एक हजार २०८ र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गर्दा, प्रतिष्ठान सदस्यमा मणि दाहाल ४९१ र रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

    एशोसिएट सदस्यमा कृति भट्टराई २७४ र विकास कार्कीले ३०१ मत प्राप्त गरी जित निकाल्नुभयो । यस्तै लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी पाँच हजार ५३७ र देवी सापकोटाले पाँच हजार ४४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

    अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।

    विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पत्रकारको साझा संस्थाका रूपमा रहेको महासङ्घको मर्यादालाई थप विस्तारित गर्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहाललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । महासङ्घको निर्वाचन यही चैत २५ गते भएको थियो ।रासस
     


    चैत्र २८, २०७७ शनिवार २०:१७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ

  • क्यानाडानेपाल डेस्क

    राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

    क्यानाडानेपाल

    चैत्र २८

  • 194
    SHARES
  • राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् । 

    सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेकी छिन् ।

    सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएकी छिन् ।रासस


    चैत्र २८, २०७७ शनिवार १७:५१:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फिलिप

  • क्यानाडानेपाल डेस्क

    नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना संक्रमण 

    क्यानाडानेपाल

    चैत्र २८

  • 174
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना संक्रमण 

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३५ सय ३२ वटा पीसीआर परिक्षण गर्दा ३ सय ३७जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या एक रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    चैत्र २८, २०७७ शनिवार १६:२४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    क्यानाडानेपाल

    चैत्र २८

  • 376
    SHARES
  • नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।  बुधबार भएको २६ औं महाधिवेशनबाट प्रतिस्पर्धी निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल विजयी भएका हुन् ।

    महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित भएका हुन् । विजयी भएपछि  पोखरेल प्यानलले विजय जुलुस निकाल्न थालेका छन् ।

    मतदानको मतगणना सकिए पनि केही जिल्लाको मत भने आउन बाकीँ रहेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएको महासङ्घले जनाएको छ ।  
     
    त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।

     त्यस्तै खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । 
     


    चैत्र २८, २०७७ शनिवार १५:५२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ
  • # विपुल पोखरेल

  • क्यानाडानेपाल डेस्क

    बागलुङमा भेटियो १२ फिट लामो विषालु सर्प किङ कोब्रा

    क्यानाडानेपाल

    चैत्र २८

  • 270
    SHARES
  • बागलुङमा भेटियो १२ फिट लामो विषालु सर्प किङ कोब्रा

    बागलुङ - बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।

    कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र पाँच किलोग्रामको भएको बताउनुभयो ।
     
    सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताउनुभयो । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उहाँले बताउनुभयो । “यो सर्पले चाहेका बेला मात्र विष बमन गर्छ”, उहाँले भन्नुभयो, “विष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृ त्यु हुन्छ ।”

    सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ । रासस


    चैत्र २८, २०७७ शनिवार १४:३४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागलुङ

  • क्यानाडानेपाल डेस्क