• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

आज देशभर ९४ जनामा कोरोना संक्रमण

क्यानाडानेपाल फाल्गुण १४ २०७७
  • 678
    SHARES
  • आज देशभर ९४ जनामा कोरोना संक्रमण

    काठमाडौँ।  सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ११२ सहित कूल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,७७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    फाल्गुण १४, २०७७ शुक्रवार १६:२६:१३ बजे : प्रकाशित

    अर्कोसमाचार

    आज देशभर २८८ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    चैत्र २७

  • 196
    SHARES
  • आज देशभर २८८ जनामा कोरोना संक्रमण

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका २८८ सहित कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा १२७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोहि पनि संक्रमितले ज्यान गुमाउनु नपरेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,०३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

     


    चैत्र २७, २०७७ शुक्रवार १६:२३:२८ बजे : प्रकाशित

    आज देशभर ३३२ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    चैत्र २६

  • 230
    SHARES
  • आज देशभर ३३२ जनामा कोरोना संक्रमण

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ३३२ सहित कूल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा ७९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ३ सय ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोहि पनि संक्रमितले ज्यान गुमाउनु नपरेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,०३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    चैत्र २६, २०७७ बिहिवार १७:१९:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल

    नेपालमा फैलिरहेको भनिएको 'यूके भेरिअन्ट' बारे पाँच प्रश्न 

    क्यानाडानेपाल

    चैत्र २६

  • 350
    SHARES
  • नेपालमा फैलिरहेको भनिएको 'यूके भेरिअन्ट' बारे पाँच प्रश्न 

    काठमाडौँ।  केही सातायता नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहरको खतरा टड्कारो देखा परेको छ। प्रत्येक दिन पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ। बुधवार २४ घण्टाभित्र साढे तीन सय सङ्क्रमित फेला परेका छन् भने सघन उपचारमा ६५ अनि भेन्टिलेटरमा १३ जना रहेको जानकारी सरकारले दिएको छ।

    लगातार सङ्क्रमण बढ्नुको एउटा कारण चाहिँ चाँडै सर्ने "यूके भेरिअन्ट" भनिने सार्स-कोभ-२ को नयाँ प्रकार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताएका छन्।

    "विगत केही हप्तामा यूके भेरिअन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिन थालेको छ। भारतबाट फर्किनेहरूमा एन्टिजन परीक्षण गर्दा पोजिटिभ पाइएकाहरूमध्ये नमुना परीक्षण गर्दा पनि यो भेरिअन्टसँग मिल्दोजुल्दो प्रकार भेटिएको छ," उनले भने।

    "यसले छिटो सङ्क्रमण फैलिन्छ अनि कम उमेरका व्यक्तिहरूमा पनि बढी जटिलता हुन सक्ने, अस्पताल भर्ना हुनुपर्ने तथा सघन उपचार आवश्यक पर्न सक्ने दर बढी हुने देखिएको छ।" राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा गत छ सातायता उक्त प्रवृत्ति बढेको देखिएको उनले बताए।

    नयाँ प्रकारको कोरोनाभाइरस फैलिरहेकाले फेरि सर्वसाधारण मानिसहरू सजग हुनुपर्ने विज्ञहरूले बताएका छन्। नयाँ प्रकारको कोरोनाभाइरसका फैलिँदा सर्वसाधारणमा मानिसको मनमा केही प्रश्नहरू उत्पन्न भएका छन्। विज्ञहरूको सहायतामा तिनको उत्तर खोज्ने प्रयास यहाँ गरिएको छ।

    पुन: सङ्क्रमणको सम्भावना कति ?

    नेपालमा अहिलेसम्म पौने तीन लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। एकचोटि सङ्क्रमण भएपछि केही समयसम्म अर्को सङ्क्रमण नहुने बताइँदै आएको छ। तर नयाँ प्रकारको भाइरस फैलियो भने चाहिँ के होला भन्ने प्रश्नको उत्तर सजिलो छैन।

    पहिले सङ्क्रमित भएकालाई नयाँ भेरिअन्टले पुन: सङ्क्रमण गर्ला कि नगर्ला भन्नेबारे स्पष्ट तथ्याङ्क उपलब्ध नभएको जनस्वास्थ्यका जानकार तथा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितले बताए।

    यो प्रश्नको उत्तर दिनका निम्ति पहिले देशमा के कति प्रकारका भाइरसहरू फैलिरहेका छन् भनेर जान्न जरुरी हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

    "जुन हिसाबले यहाँ सङ्क्रमण उकालो लागेको छ पक्कै पनि अन्य भेरिअन्टहरू आएकैले यसो भएको हुनुपर्छ। तर कति खालका भेरिअन्ट आएका छन् भन्ने हामीलाई थाहा छैन। खालि यूके भेरिअन्ट मात्रै हो भने एक पटक कोभिड भएको छ-सात महिनासम्म फेरि सङ्क्रमण हुने सम्भावना एकदमै कम हुन्छ," उनले भने।

    खोपले काम गर्छ ?

    नेपालले हालसम्म झन्डै छ प्रतिशत जनसङ्ख्यालाई अक्सफर्ड आस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइसकेको छ भने यसै सातादेखि चीनले उपलब्ध गराएको खोप पनि लगाउन थालेको छ।

    चिनियाँ खोपबारे धेरै जानकारी प्राप्त नभए पनि आस्ट्राजेनेका खोपबारे हालसम्म यूके, अमेरिका तथा युरोपबाट प्राप्त जानकारीले यूके भेरिअन्टमा पनि यसले काम गर्ने जनाइएको छ। "नयाँ भेरिअन्टमा यसले काम गर्दैन भन्ने चाहिँ देखिएको छैन। आस्ट्राजेनेका कम्पनीले पनि उसको खोप यसमा काम गर्छ भनेको छ," डा. दीक्षितले बताए।

    डा. सुवेदीका अनुसार पनि यूके भेरिअन्ट मात्रैको हकमा खोपले काम गर्ने तर अन्य दक्षिण अफ्रिकी वा ब्रजिल भेरिअन्ट वा भारतकै अन्य उत्परिवर्तित भाइरस फैलिएको हो भने ठ्याक्कै भन्न गाह्रो हुन्छ। अहिले नेपालमा केवल एक मात्रा खोप मात्रै दिइएको छ।

    "एक मात्रा मात्रै खोप लिएकोहरूलाई रोग सर्ने जोखिम ६५-७० प्रतिशत कम हुन्छ भनिएको छ, तर त्यो केवल तीन महिनाका लागि मात्र हुनसक्ने ठानिन्छ। तीन महिनापछि के हुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन," डा. सुवेदीले बताए।

    परीक्षण कहाँ गर्ने ?

    कोरोनाभाइरसको कुन प्रकार हो भनेर निर्क्योल गर्न जीन सीक्वन्सिङ। त्यो विधि जटिल र महँगो हुन्छ। यस किसिमको विस्तृत परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि आवश्यक उपकरण तथा रसायन हालै नेपाल ल्याइसकिएको बताइएको छ।

    यूके भेरिअन्ट हो कि भनेर सङ्केत दिन अहिलेकै पीसीआरको विशेषीकृत प्रणालीबाट नमुनामा एस जीन नभएको पाइएमा त्यसमा उक्त भेरिअन्ट हुन सक्ने बलियो आधार ठान्ने गरिन्छ।

    यस्ता परीक्षण सीमित ठाउँमा मात्र उपलब्ध हुन्छन्। तर के सर्वसाधारण मानिसले कोरोनाभाइरसको प्रकार जान्न आवश्यक हुन्छ त? विज्ञहरूका अनुसार कुन प्रकारको भाइरस फैलिएको छ भनेर जान्न विशेषगरी सरकार तथा नीतिनिर्माताहरूलाई जरुरी हुन्छ।

    जनस्वास्थ्यको योजना बनाउन, तदनुरूप तयारी गर्न अनि कुन खोप लगाउने भनेर निर्णय गर्न समुदायको कस्तो प्रकारको भाइरस फैलिएको छ भनेर व्यापक रूपमा अनुगमन भइरहनुपर्ने उनीहरूको सुझाव छ।

    "व्यक्तिगत हकमा कुन प्रकारको भाइरस भनेर जान्न उति जरुरी नभए पनि नीतिनिर्माणको निम्ति यो एकदमै जरुरी हुन्छ। साथै स्पष्ट नतिजाका निम्ति पूर्ण जीन सीक्वन्सिङनै गरिनुपर्छ," डा. दीक्षितले बताए।

    उपचार तथा निदानका निम्ति पनि प्रकारबारे जान्न आवश्यक पर्ने डा. सुवेदी बताउँछन्। "पहिले सङ्क्रमित भएकालाई पनि फेरि देखिए नयाँ भेरिअन्ट हो कि भनेर जाँच्नुपर्ने हुनसक्छ। ती बिरामीलाई फरक तरिकाले उपचार गर्नुपर्ने हुनसक्छ। कस्तो प्रकारको फैलिएको छ भन्ने थाहा हुन सके त्यसले कति विकराल रूप लेला भनेर पनि अनुमान गर्न सकिन्छ," उनले भने।

    कसरी जोगिने ?

    जुनसुकै प्रकारको भए पनि जोगिने उपाय एकै किसिमको भएको विज्ञहरूले बताएका छन्। दूरी कायम गर्ने, मास्क लगाउने, हातको सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गरे जुनसुकै प्रकारको कोरोनाभाइरसबाट पनि जोगिन सकिने उनीहरूले सुझाएका छन्। 

    "थप सुझाव के हो भने नयाँ भेरिअन्ट झनै धेरै सङ्क्रामक भएकाले हामीले यी मापदण्ड दुईगुना गम्भीरताका साथ पालना गर्नुपर्छ," डा. सुवेदीले बताए। खोपको व्यापक उपलब्धता निकट भविष्यमै हुने कमै सम्भावना भएकाले पनि यी मापदण्ड नेपालका निम्ति अझ महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।

    बालबालिकामा कति जोखिम?

    नयाँ भेरिअन्ट फैलिएको हुन सक्ने विवरणका माझ सरकारी अधिकारीहरूले कम उमेरका मानिसहरूलाई पनि सङ्क्रमण धेरै हुन थालेको बताएका छन्। डा. दीक्षितका अनुसार छिटो सर्ने हुनाले धेरै जनामा सङ्क्रमण फैलिँदा स्वाभाविक रूपले धेरै सङ्ख्यामा बालबालिकाहरूलाई सरेको हुनसक्छ।

    साथै पोहोरजस्तो लकडाउन तथा स्कूल बन्द नभएकाले धेरै बालबालिका यसै पनि सङ्क्रमणको बढी जोखिममा परेको हुनसक्ने डा. सुवेदीले बताए। "म कार्यरत अस्पतालमा पनि २०/२१ वर्षका बिरामीहरू आएका छन्। तर त्यतिको भरमा देशभरिको स्थिति भन्न कठिन छ," उनले भने। यूके भेरिअन्टको हकमा छिटो सर्ने भएपनि त्यो पुरानो कोरोनाभाइरसभन्दा ज्यादा घातक भएका तथ्याङ्क नआएको डा. दीक्षितले बताए। बीबीसी 


    चैत्र २६, २०७७ बिहिवार १६:०८:४९ बजे : प्रकाशित

    कोरोना प्रकोपले उजागर गरेको नेपालका ५ कमजोरी

    क्यानाडानेपाल

    चैत्र २५

  • 264
    SHARES
  • कोरोना प्रकोपले उजागर गरेको नेपालका ५ कमजोरी

    काठमाडौँ।  कोरोनाभाइरस महामारीका कारण नेपालमा गत एक वर्षमा पौने तीन लाख सङ्क्रमित भए अनि झण्डै तीन हजारभन्दा बढीले ज्यान गुमाए। वर्षैभरि महामारीको त्रास कायमै रह्यो। लामो लकडाउनले स्वास्थ्यका साथै जनजीविकामाथि नै असर पर्‍यो।

    विश्वले स्वास्थ्य दिवस मनाउँदै गरेको एप्रिल ७ का दिन स्वास्थ्य क्षेत्रका जानकारहरूले गएको एक वर्षमा नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका निम्न कमजोरीहरू औँल्याएका छन्।

    १. प्रकोपको पूर्वतयारी

    चाहे प्राकृतिक होस् वा मानवसिर्जित हरकिसिमको सङ्कटसँग जुझ्ने प्रमुख हतियार भनेको पूर्वतयारीलाई मानिन्छ। महामारीको हकमा देशहरूको पूर्वतयारीको परीक्षण भयो।

    त्यसमा नेपाल कत्तिको खरो उत्रन सक्यो त? "प्रकोपको पूर्वतयारीको हकमा हामी जहिले पनि कमजोर रह्यौँ। जति काम भएका छन् ती स्वाभाविक थिए, हुनैपर्ने किसिमका थिए," जनस्वास्थ्यविद् डा शरदराज वन्तले बताए।

    गत वर्ष अरू देशमा महामारी सल्किँदापनि नेपालले तयारीका निम्ति केही समय र अरूको अनुभव हेर्ने मौका पाएको थियो। तर त्यसको फाइदा उठाउन नसकिएको विज्ञहरू बताउँछन्। सीमाक्षेत्रमा स्वास्थ्य चेकजाँच अनि क्वारन्टीनका विषयमा पूर्वतयारीका प्रशस्त मौका खेर गएको उनीहरूको भनाइ छ।

    "अहिलेपनि जब हामी महामारीको दोस्रो लहरको खतराको कुरा गर्छौँ हामीले सीमाक्षेत्रमा व्यवस्थित किसिमका होल्डिङ, सेन्टर चेकजाँच प्रणाली अनि क्वारन्टीन प्रणाली भएको पाउँदैनौँ," स्वास्थ्यमन्त्रालयमा प्रमुख विज्ञ तथा निमित्त सचिव भएर काम गरिसकेका जनस्वास्थ्य जानकार डा सुशील प्याकुरेलले बताए।

    २. सिक्न नसक्ने प्रवृत्ति

    मानिसजस्तै संस्था तथा प्रणालीले पनि या त अरूको भोगाइबाट जान्ने या त आफ्नै गल्तीबाट सिक्ने मौका पाउँछन्। "तर हाम्रो स्वास्थ्य प्रणालीको अवस्था हेर्दा भोगाइबाट सिक्ने प्रवृत्ति देखिँदैन। अर्थात् कमजोरीहरू दोहोरीरहन्छन्," जनस्वास्थ्यविद् वन्तले बताए।

    आवश्यक सामग्री खरिद, जनशक्तिको व्यवस्थापन, परीक्षण तथा सम्पर्क पहिचान अनि उपचार प्रबन्धजस्ता विषयमा नेपालले बितेको एक वर्षमा प्रशस्त अनुभव हासिल गरिसकेको छ। ती अनुभवको सदुपयोग गर्न सकेमात्रै पनि आगामी दोस्रो वा तेस्रो लहरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूको सुझाव छ।

    ३. समन्वयको कमी

    जब कोभिड महामारी फैलियो संजोगवश नेपालले सङ्घीयताअनुरूपको तीन तहको शासकीय ढाँचा अपनाइसकेको थियो। तर सो ढाँचा बमोजिमको समन्वय भने नदेखिएको विज्ञहरूले औँल्याएका छन्।

    केन्द्रमा स्वास्थ्यमन्त्रालयको अगुवाइ रह्यो भने सम्पर्क पहिचानदेखि नाकामा चेकजाँच, क्वारन्टीनका अनेक व्यवस्थापन प्रदेश तथा खासगरि स्थानीय तहको काँधमा आइपर्‍यो। अचानक ठूलो विपत्ति पर्दा कसले के भूमिका खेल्ने र कसरी स्रोत परिचालन गर्ने भन्ने बारे सुरुको समयमा निकै अन्योल देखा परेको थियो।

    "महामारीको बेला समन्वयको दह्रो संयन्त्र आवश्यक पर्ने रहेछ नत्र त उसले उसलाई पन्छाउने जस्ता काम हुनसक्दा रहेछन्। त्यसैले स्वास्थ्यको हकमा त्यस्तो दह्रो संयन्त्रको खाँचो टड्कारो देखा परेको एउटा पाठ सिक्न सकिन्छ," विगतमा महामारी तथा रोग नियन्त्रण महाशाखाका जिम्मेदारी समेत बहन गरिसकेका स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले बताए।

    डा प्याकुरेलले पनि समन्वयको महत्त्व बुझ्नुपर्ने बताए। "अहिले स्वास्थ्य क्षेत्रमा ३३ हजार सरकारी कर्मचारी छन् अनि ५६ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविकाहरू छन्। यी सबैलाई तीनै तहमा समन्वयात्मक ढङ्गले परिचालन गर्न सक्ने अनुभवी नेतृत्वपनि चाहिन्छ," उनले भने।

    साथै समन्वय भनेको केवल सरकारी तहमा मात्र नभइ निजी क्षेत्रसँग पनि हुनुपर्ने डा वन्तले औँल्याए। महामारीको बेला निजी अस्पताल तथा स्वास्थ्यसंस्थाको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले उनीहरूसँग बेलैदेखि उपचार प्रबन्धबारे समन्वय गर्नुपर्ने उनले बताए।

    ४. कमजोर संरचना र स्रोतको अभाव

    महामारीभन्दा पहिलेकै अवस्थादेखि नेपालका स्वास्थ्य संरचना तथा स्रोतको अवस्थामा प्रश्न उठ्दै आएका थिए। महामारीले ती संरचना कति कमजोर रहेछन् भन्ने देखाएको विज्ञहरू बताउँछन्।

    अन्य देशले जति धेरै सङ्क्रमण नबेहोर्दा पनि स्वास्थ्य संरचनाले निकै चुनौती बेहोरे। न्यूनतम सुविधा सहितका शैय्या भएका अस्पतालहरूको अभाव खट्कियो भने सघन उपचार धेरैलाई आवश्यक परे के गर्ने भन्ने त्रासपनि उत्पन्न भए।

    हालै सरकारले तीन सयभन्दा धेरै स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको घोषणा गरेकोलाई विज्ञहरूले स्वागत गरेका छन्। तर भौतिक संरचनाका अतिरिक्त जनशक्ति तथा स्रोतको वितरण हुन नसके त्यसले फाइदा नदिने भन्दै उनीहरूले सचेत गराएका छन्। जनशक्तिमा पनि दक्ष चिकित्सकका अतिरिक्त दक्ष नर्स तथा अन्य दक्ष प्यारामेडिकको महत्त्व थप देखिएको उनीहरूले बताए।

    ५. व्यवस्थापन कौशलमा पछि
    संरचना र स्रोत भएपनि तिनको उचित व्यवस्थापन हुन नसके बेकामे हुनसक्छन् भन्ने उदाहरण अन्य देशको अनुभवबाट देख्न सकिने डा वन्तले बताए।

    "हामीले धनी तथा शक्तिशाली देशले स्रोत व्यवस्थापन गर्न नसकेका उदाहरण पनि देख्यौँ। त्यसैले स्रोतमात्रै सबथोक होइन, व्यवस्थापन पनि जान्नुपर्छ भन्ने गतिलो सन्देश यो महामारीले दिएको छ," उनले भने।

    "हामीकहाँ नीतिगत निर्णय गर्नुपर्‍यो भने जहिले पनि अलमल र ढिलासुस्ती हुन्छ। निर्णय प्रक्रिया चुस्त छैन। अनि कार्यान्वयन अझ फितलो छ," उनले बताए।

    'चाँदीको घेरा'

    गत एक वर्षको अनुभव नियाल्दा नेपालको स्वास्थ्य प्रणालीमा कतिपय आशलाग्दो पक्षपनि देखिएको विज्ञहरूले बताएका छन्। "हाम्रो प्रणाली कतिपयको तुलनामा बेसी उत्तरदायी देखियो। ज्येष्ठ नागरिकले बेलैमा खोप पाए अनि धेरैको मृत्यु भएन। जनस्वास्थ्य प्रणाली सोचेजत्ति खराब रहेनछ भन्ने देखायो," डा उप्रेती बताउँछन्।

    अस्पताल तथा प्रयोगशालाहरूमा भएका विस्तार तथा विकास, जनचेतनामा आएको अभिवृद्धिजस्ता विषय सकारात्मक पाटो भएको डा वन्तले औँल्याए। यी सकारात्मक पक्षहरूमा टेकेर पूर्वतयारी अनि समन्वयमा ध्यान दिन सके आगामी दिनमा आउनसक्ने कोभिड महामारीको थप लहर वा अरू महामारीबाट पनि निकै हदसम्म जोगिन सकिने जानकारहरूले बताएका छन्। बीबीसी 


    चैत्र २५, २०७७ बुधवार १९:०९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना प्रकोप
  • # नेपाल
  • # नेपालका ५ कमजोरी

  • क्यानाडानेपाल डेस्क

    अब मास्क नलगाए सरकारले कारबाही गर्ने, रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द हुने

    क्यानाडानेपाल

    चैत्र २५

  • 942
    SHARES
  • अब मास्क नलगाए सरकारले कारबाही गर्ने, रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द हुने

    काठमाडौं । सरकारले कोरोनाभाइरसको बेलायत भेरियन्टको बढ्दो संक्रमण दरलाई ध्यानमा राखेर कडाइ गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार रेष्टुरेन्टसहित रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

    भारतमा नयाँ प्रकारको भाइरसको संक्रमण बढिरहेका बेला नेपालमा जनस्वास्थ्य मापदण्ड पालना नभएको गुनासो आइरहेका बेला सरकारले फेरि कडाइ गर्न थालेको हो । 

    जनस्वास्थ्यको मापदण्डको उल्लंघन र नयाँ प्रकारको कोरोनाको संक्रमण बढ्न थालेपछि बुधबार मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना जारी गर्दै ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा सो क्षेत्रमा हुने आवागमनमा कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    घर बाहिर तथा सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्न पनि सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।  

    मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि निर्देशन दिएको छ । 

    यस्तै मन्त्रालयले  शैक्षिक संस्था, सपिङ मल,स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा पनि उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

    notice health 1.jpg

    notice health 2.jpg


    चैत्र २५, २०७७ बुधवार १८:२०:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेष्टुरेन्ट
  • # मास्क

  • क्यानाडानेपाल

    चीनले सहयोग गरेको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै

    क्यानाडानेपाल

    चैत्र २५

  • 376
    SHARES
  • चीनले सहयोग गरेको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै

    काठमाडौँ - चीन सरकारले सहयोग गरेको कोरोनाभाइरसविरुद्धको खोप 'भेरोसेल' आजदेखि लगाइने भएको छ । सरकारले यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लामा लगाउने भएको छ । 

    यो खोप यसअघि प्रथामिकतामा परेर लगाउन नपाएका, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई लगाइने जनाइएको छ । 

    खोप काठमाडौं उपत्यकाकामा १४ वटा स्वास्थ्य संस्थामार्फत लगाइनेछ । खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी,  परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र , नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायत अस्पतालमा लगाउने व्यवस्था गरिएको छ । 

    चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोनाविरुद्धको खोप चैत १६ गते नेपाल आइपुगेको थियो । 
     
     


    चैत्र २५, २०७७ बुधवार ०८:००:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप

  • क्यानाडानेपाल डेस्क