काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा लेभान्टे बराबरीमा रोकिएको हो । निकै रोमान्चक बनेको उक्त खेलमा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खलेका हुन् । बराबरी खेलेका दुवै टिमले अंक बाँडेका छन् ।
उक्त खेलको ३३औं मिनेटमा लेभान्टेका रोजरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५६औं मिनेटमा एथलेटिको बिल्वाओका राहुल गार्सियाले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।
बराबरीसँगै लेभान्टे २५ खेलबाट ३२ अंक जोड्दै आठौं स्थानमा रहेको छ भने अर्को टिम बिल्वाओ २४ खेलबाट ३० अंक जोड्दै नवौं स्थानमा रहेको छ ।
काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा वल्भ्सले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा वल्भ्सले फुलहमलाई १–० गोलले पराजित गरेको हो ।
उक्त खेलको अन्तिम समयको थप गरिएको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड एडमा ट्राओरेले गोल गरी वल्भ्सलाई जित दिलाए । शुरुवातमा खेलको २८औं मिनेटमा रुवेन लफट चिकले र ७७औं मिनेटमा लिन्डर डेन्डनकरले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो ।
त्यसपछि खेलको अन्तिम समयमा ट्राओरेले गोल गरी टिमलाई जित दिलाए । जितसँगै वल्भ्स ३१ खेलबाट ३८ अंक जोड्दै १२औं स्थानमा रहेको छ भने फुलहम ३२ खेलबाट २६ अंकसहित १८औं स्थानमा रहेको छ ।
काठमाडौँ । गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले पोर्टोलाई २-० गोलले पराजित गरेको हो ।
उक्त खेलमा चेल्सीका लागि मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । उक्त खेलको ३२औ मिनेटमा चेल्सीका माउन्टले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ८५औ मिनेटमा चिलवेलले गोल गरी टिमलाई जित दिलाए । जितसँगैक्वाटरफाइनलको पहिलो लिगमा २-० को अग्रता पाएको छ ।
च्याम्पियन्स लिग : एम्बाप्पेको दुई गोलमा पिएसजीको जित
क्यानाडानेपाल
चैत्र २६
224
SHARES
काठमाडौं - गए राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजीले बायर्न म्युनिकलाई ३–२ गोलले पराजित गरेको हो । उक्त खेलको तेस्रो मिनेटमा पिएसजीका कलियन एमबाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको २८ औं मिनेटमा पिएसजीका माक्युइन्होसले गोल रे । त्यसपछि खेलको ३७ औं मिनेटमा बायर्नका एरिक म्याक्सिम मोटिङले गोल गरे।
त्यसपछि खेलको ६० औं मिनेटमा बायर्नका थोमस मुलरले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ६८ औं मिनेटमा पिएसजीका केलियन एमबाप्पेले गोल गरी टिमलाई जित दिलाए ।
इटालियन सिरी ए : रोनाल्डो र डिबालाको गोलमा यभेन्टसको जित
क्यानाडानेपाल
चैत्र २६
218
SHARES
काठमाडौ - गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।
उक्त खेलको १३औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरी युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि खेलको ७३औँ मिनेटमा युभेन्टसका पाउलो डिबालाले गोल गरे ।
त्यसपछि खेलको ९०औँ मिनेटमा नापोलीका लोरेन्जो इनसाइनले एक गोल फर्काए । जितसँगै युभेन्टस २९ खेलमा ५९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने २९ खेलमा ५९ अंकसहित ५ औं स्थानमा रहेको छ ।
काठमाडौं - गए राति युरोपियन च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो ।
उक्त खेलको २७ औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३६औं मिनेटमा रियलका मार्को एसेन्सियोले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ५१औं मिनेटमा लिभरपुलका मोहमद सालाहले गोल गरे । त्यसपछि खेलको ६५औं मिनेटमा भिनिसियसले गोल गरी टिमलाई जित दिलाए ।
काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा वेस्टह्याम युनाइटेडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा वेस्टह्याम युनाइटेडले वुल्भ्सलाई ३–२ गोलले पराजित गरेको हो ।
उक्त खेलको छैटौं मिनेटमा वेस्टह्यामका जेसस लिंगार्डले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको १४ औं मिनेटमा वेस्टह्यामका पाब्लो फोर्नाल्डले गोल गरे ।
त्यसपछि खेलको ३८ औं मिनेटमा वेस्टह्यामका जेरोड बोइनले गोल गरी टिमलाई अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ४४ औं मिनेटमा बुल्भसका लेन्डर डेनडोकरले गोल गरे ।
जितसँगै वेस्टह्यामले ३० खेलबाट ५२ अंक जोडेको छ । त्यस्तै पराजित टिम वुल्भ्सले समान खेलबाट ३५ अंक जोडेको छ ।