• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

फ्रेन्च लिग वान : एमबाप्पेको दुई गोलमा पिएसजीको जित

क्यानाडानेपाल फाल्गुण १६ २०७७
  • 596
    SHARES
  • फ्रेन्च लिग वान : एमबाप्पेको दुई गोलमा पिएसजीको जित

    काठमाडौं - गए राति फ्रेन्च लिग वान  अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले  डिजोनलाई ४-० गोलले पराजित गरेको हो । उक्त खेलको छैटौँ मिनेटमा पीएसजीका मोइस किनले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

    ambape.jpg

    त्यसपछि खेलको ३२औँ मिनेटमा एमबाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५१औँ मिनेटमा एमबाप्पेले अर्को गोल गरे । 

    त्यसपछि खेलको ८२औँ मिनेटमा डानिलो पेरेइराले गोल गरे ।  जितसँगै पिएसजी २७ खेलमा ५७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने पराजित टिम डिजोन १५ अंकसहित अन्तिममा छ । 

     


     


    फाल्गुण १६, २०७७ आइतवार ०९:४३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    एमबाप्पेको पिएसजीसँगको सम्झौता सकिदै, उनीमाथि गयो सबै क्लबको आखाँ

    क्यानाडानेपाल

    चैत्र ३०

  • 208
    SHARES
  • एमबाप्पेको पिएसजीसँगको सम्झौता सकिदै, उनीमाथि गयो सबै क्लबको आखाँ

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा पिएसजीका स्ट्राइकर किलियन एम्बाप्पेमाथि अहिले धेरै क्लबको आखाँ गइरहेको छ । 

    उनको र पिएसजीबीचको सम्झौता २०२२ मा सकिदैछ । पिएसजीसँगको सम्झौता सकिनै लाग्दा उनलाई आफ्नो क्लबमा ल्याउन युरोपका धेरै फुटबल क्लबले सोच बनाइरहेका छन् । 

    gajendra.PNG

    रियल म्याड्रिड र लिभरपुलले पनि उनलाई ल्याउने सोच बनाइरहेको छ । उनले सम्झौता अवधिभर आफ्नो प्रदर्शनले पिएसजीको मन जितिरहेका छन् । 

    gajendra.PNG

    आफुसँगको सम्झौता सकिएपछि पिएसजीले फेरि दीर्घकालीन रुपमा सम्झौता गर्न चाहेको पनि देखिएको छ । तर उनले पीएसजीमा नै बस्नेकी अरु क्लबमा नै बस्ने भन्ने निर्णय गर्न सकिरहेका छैनन् । 
     


    चैत्र ३०, २०७७ सोमवार १५:०६:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमबाप्पे
  • # पिएसजी

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : बराबरीमा रोकियो एट्लेटिको मड्रिड 

    क्यानाडानेपाल

    चैत्र ३०

  • 218
    SHARES
  • स्पेनिस ला लिगा : बराबरीमा रोकियो एट्लेटिको मड्रिड 

    काठमाडौँ - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग १-१ गोलको बराबरी खेलेका छन् । उक्त खेलको पाँचौ मिनेटमा एट्लेटिकोका यान्निक कारस्कोले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २०औँ मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरी टिमलाई बराबरीमा पुर्याए । बराबरीसँगै एट्लेटिको  ३० खेलमा ६७ अंकसहित शीर्ष स्थानमा र रियल बेटिसले ४७ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।


    चैत्र ३०, २०७७ सोमवार ०८:५७:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग टोटेनहम पराजित

    क्यानाडानेपाल

    चैत्र ३०

  • 308
    SHARES
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग टोटेनहम पराजित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले टोटेनहमलाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलको ४०औं मिनेटमा टोटेनहमका ह्युङ मिन सनले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ५७औं मिनेटमा म्यानचेस्टर सिटीका फ्रेडले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ७९औं मिनेटमा म्यानचेस्टर सिटीका इडिन्सन काभानीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको अन्तिम समयको थप समयमा मासन ग्रीनवुडले गोल गरी म्यानचेस्टर सिटीलाई जित दिलाए । जितसँगै युनाइटेडको शीर्ष चारको सम्भावना बलियो बनेको छ । युनाइटेडको ३१ खेलमा ६३ अंक पुगेको छ । 


    चैत्र ३०, २०७७ सोमवार ०८:२९:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ‘ए’ : सानदार जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा 

    क्यानाडानेपाल

    चैत्र ३०

  • 160
    SHARES
  • इटालियन सिरी ‘ए’ : सानदार जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा 

    काठमाडौं - आइतबार इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले जिनोआलाई ३–१ गोलले पराजित गरेको हो । खेलको चौथो मिनेटमा युभेन्टसका डिजान कुलुसेभ्स्कीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २२औं मिनेटमा अल्भारो मोराटाले गोल गरी युभेन्टसलार्य अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४९औं मिनेटमा जिनोआका जियान लुकाले गोल गरे । 

    त्यसपछि खेलको ७०औं मिनेटमा वेस्टन म्याकिन्नीले गोल गरी युभेन्टसलाई जित दिलाए । जितसँगै युभेन्टसले ३० खेलमा ६२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । 


    चैत्र ३०, २०७७ सोमवार ०७:४७:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए’

  • क्यानाडानेपाल डेस्क

    पहिलो खेलमै धोनीलाई १२ लाख जरिवाना

    क्यानाडानेपाल

    चैत्र २९

  • 354
    SHARES
  • पहिलो खेलमै धोनीलाई १२ लाख जरिवाना

    काठमाडौं। भारतका चर्चित खेलाडी तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले जरिवाना तिर्नुपर्ने भएको छ । 

    उनलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले खेलमा ‘स्लो ओभर रेट’ का कारण जरिवाना लगाएको हो। आईपीएल अन्तर्गत भएको दोस्रो खेलमा शनिवार चेन्नईले दिल्लीसँग खेलेको थियो । 

    उक्त खेलमा बलिङ ओभर गती सुस्त गरेको भन्दै धोनीलाई बीसीसीआईले जरिवाना तिराएको हो । उनलाई बीसीसीआईले १२ लाख भारतीय रुपैयाँ जरिवाना तोकेको छ । शनिवारको उक्त खेलमा चेन्नई सात विकेटले पराजित भएको थियो। 


    चैत्र २९, २०७७ आइतवार १८:३७:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेन्द्र सिंह धोनी

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : सलाहको गोलमा लिभरपुलको जित

    क्यानाडानेपाल

    चैत्र २९

  • 224
    SHARES
  • इंग्लिस प्रिमियर लिग : सलाहको गोलमा लिभरपुलको जित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा मर्सिसाइड क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलको ४३औं मिनेटमा एस्टन भिल्लाका ओले वाट्किन्सले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५७औं मिनेटमा मोहम्मद सलाहले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    liverp.jpg

    त्यसपछि खेलको अन्तिमा समयमा लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्डले गोल गरी टिमलाई जित दिलाए । 

    जितसँगै लिभरपुल ३१ खेलमा ५२ अंकसहित पाँचौ स्थानमा र भिल्ला ४४ अंकसहित १०औं स्थानमा रहेको छ ।


    चैत्र २९, २०७७ आइतवार ०८:५०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • # मोहम्मद सलाह

  • क्यानाडानेपाल डेस्क