• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गरेको छ : मन्त्री त्रिपाठी

फाल्गुण १६ २०७७
  • 948
    SHARES
  • सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गरेको छ : मन्त्री त्रिपाठी

    काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेस त्रिपाठीले आगामी फाल्गुण २३ गतेदेखि सुरु हुने कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियानलाई प्रभावकारी बनाउन तीनै तहको सरकारले संयुक्त प्रयास अघि बढाएको बताएका छन्  ।

    मन्त्रालयले आज काठमाडौँमा गरेको प्रधान सम्पादकहरुसँंगको अन्तर्क्रियामा मन्त्री त्रिपाठीले ५५ वर्षदेखि माथि उमेर समूहका व्यक्तिहरू संवेदनशील र बढी जोखिमको क्षेत्र पनि भएकाले सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गर्न थालेको जानकारी दिए ।

    उनले हालसम्म ४ लाख २९ हजारभन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाएका मध्ये कसैलाई पनि जटिल समस्या नदेखिएको र नेपालले प्रयोग गरेको खोप विश्वका ५७ देशले प्रयोग गरिरहेकाले कोभिशिल्ड खोपको सुरक्षालाई लिएर सरकार पूर्णतः विश्वस्त रहेको बताएका छन्।  

    विश्वका एक सयभन्दा बढी देशले अझै खोप कार्यक्रम सुरु गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारले खोपको आवश्यक बन्दोबस्त गरी अभियान सञ्चालनमा ल्याएको र क्रमशः सबैलाई खोप कार्यक्रममा समावेश गरिने भएकाले ढुक्क भएर यो अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्। 

    मन्त्री त्रिपाठीले आफ्नो उमेर पनि ५५ वर्षमाथिको भएकाले नियम मिचेर पहिलो चरणमा खोप नलगाएको बताउँदै अबको कार्यक्रममा आफूले पनि खोप लगाउने जानकारी दिएका छन् । मन्त्री त्रिपाठीले खोप खरिददेखि लगाउनेसम्मका सबै प्रक्रिया पारदर्शी, न्यायसङ्गत र कानुनबमोजिम हुने पनि स्पष्ट पारेका छन्।

    उनले अब निरन्तर रुपमा खोप अभियान अघि बढाउने सरकारको योजना रहेको बताउँदै प्राथमिकता प्राप्त समुदायलाई सरकारका तर्फबाट निःशुल्क खोप लगाइसकेपछि निजी क्षेत्रलाई खोप आयात र खोप कार्यक्रम सञ्चालन गर्न दिइने बताएका छन्  ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले २० लाख मात्रा खोप खरिद गरिएको मध्ये १० लाख मात्रा आइसकेको, १० लाख मात्रा आउने क्रममा रहेको र थप ५० लाख मात्रा खरिदको तयारी करिब अन्तिममा पुगेको जानकारी दिएका छन् ।

    उनले फाल्गुण २३ देखि सुरु हुने अभियान देशका ६ हजार खोप केन्द्रमा सञ्चालन हुने, उमेरका कारणले खोप केन्द्र जान नसक्नेहरूका लागि विशेष व्यवस्था गरिने र त्यसका लागि खोप, जनशक्तिलगायतका सबै बन्दोबस्त भइसकेको बताएका छन्  । समाचार : रेडियो नेपाल अनलाइन 


    फाल्गुण १६, २०७७ आइतवार १७:५१:३३ बजे : प्रकाशित

    अर्कोसमाचार

    आज १० लाख डोज खोप आयो, भोलि पनि १० लाख डोज नै आउने 

  • 1.1K
    SHARES
  • आज १० लाख डोज खोप आयो, भोलि पनि १० लाख डोज नै आउने 

    काठमाडौं । नेपाल सरकारले खरिद गरेको ४० लाख र अनुदानवापतको १६ लाख डोज कोरोनाविरुद्धको खोप ल्याउन थालेको छ । ४० लाख डोज खरिद गरिएको मध्ये यसअघि ८ लाख डोज ल्याइसकेको नेपालले आज बिहीबार थप १० लाख डोज खोप काठमाडौं उतारेको छ । 

    चीनको बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज शुक्रबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    बिहीबार राति ११ बजे थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दैछ । उक्त जहाजले भोलि शनिबार दिउँसो २ बजे १० लाख डोज खोप काठमाडौं ल्याउने बताइएको छ । 

    नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको छ भने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा थप १६ लाख डोज खोप अनुदानमा दिने जानकारी गराएकी थिइन् । अब सबै खोप केही दिनभित्रैमा काठमाडौँ ल्याइसकिने नेपाल सरकारले बताएको छ । 


    श्रावण ७, २०७८ बिहिवार १६:२२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # काेराेना खाेप

  • क्यानाडा नेपाल

    २४ घण्टामा २४ जनाको मृत्यु, कहाँ कति संक्रमित थपिए ?

  • 512
    SHARES
  • २४ घण्टामा २४ जनाको मृत्यु, कहाँ कति संक्रमित थपिए ?

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १२ हजार ८२९ परीक्षण गर्दा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा ९ हजार १२२ पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    स्वास्थ्य मन्त्रालयकाअनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३६, मोरङमा २४५, सुनसरीमा १४९, ललितपुरमा १३०, झापामा १०८, कास्कीमा १०२, नवलपरासी पूर्वमा ९३, भक्तपुरमा ८५, मकवानपुरमा ४७, गोरखामा ३९, धादिङमा ३३, नुवाकोटमा २८, काभ्रेमा २५, बागलुङमा १६, स्याङजामा १४, चितवनमा १३, दाङ, रुपन्देही र सुर्खेतमा १२÷१२ जना र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण देखिएको हो । 

    बिहीबार थपिएकासँगै कूल संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको हो । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कूल  संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पनि ९ हजार ६६१ पुगेको छ । 


    श्रावण ७, २०७८ बिहिवार १७:५३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    स्वास्थ्य मन्त्रालयले भन्यो - 'कोरोना संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ'

    श्रावण ७

  • 202
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो - 'कोरोना संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ'

    काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर आउनसक्ने जनाएको छ । बिहिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो । 

    विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बढ्दै गएको देखिएकोले तेस्रो लहर आउनसक्ने बताए । तेस्रो लहर आएर भयाभह नहोस् भन्नको लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन अधिकारीले अनुरोध गरेका छन् । 

    "सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ" उनले भने - "तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।" नेपालमा गत चैत दोस्रो सातादेखि कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण रहेको छ । 

    h.jpg


    श्रावण ७, २०७८ बिहिवार १८:१४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य मन्त्रालय
  • धादिङमा कोरोना खोप लगाएको केही समयमै एक वृद्धको मृत्यु, कारण खुल्न बाँकी

  • 468
    SHARES
  • धादिङमा कोरोना खोप लगाएको केही समयमै एक वृद्धको मृत्यु, कारण खुल्न बाँकी

    धादिङ । धादिङमा कोरोनाभाइरसविरुद्धको खोप लगाएको केही समयमै एक वृद्धको मृत्यु भएको छ ।

    धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको करिब ३ घण्टामै मृत्यु भएको र मृत्युको कारण भने खुलिनसकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

    उनले शुक्रबार अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप लगाएका थिए । शुक्रबार बिहान सुनौला बजार स्वास्थ्य केन्द्रमा खोप लगाएर केहीबेर आराम गरेपछि घर पुगेका उनलाई बेहोस भएसँगै स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । 

    त्यसपछि थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनी क्रोनिक डाइबेटिजका बिरामी रहेको बताइएको छ । 

    ती वृद्धको मृत्युको कारण खुलिसकेको छैन । यसबारे जनस्वास्थ्य कार्यालयले स्वास्थ्य मन्त्रालयलाईसमेत जानकारी गराइसकेको छ । 


    श्रावण ८, २०७८ शुक्रवार १६:४३:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    २४ घण्टामा १८ जनाको मृत्यु र २९७७ जनामा संक्रमण, कुन जिल्लामा कति ?

  • 934
    SHARES
  • २४ घण्टामा १८ जनाको मृत्यु र २९७७ जनामा संक्रमण, कुन जिल्लामा कति ?

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १७ हजार ३०८ परीक्षण गर्दा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४, सुनसरीमा १०५, मोरङमा ९५, भक्तपुरमा ६९, नवलपरासी पूर्वमा ६६, मकवानपुरमा ४२, रुपन्देहीमा ३४, नुवाकोटमा ३३, गोरखामा ३०, दाङमा २९,   बागलुङमा २६, धनकुटा र म्याग्दीमा १६÷१६ जना, इलाममा १३, काभ्रेपलाञ्चोमा १२, रामेछाप र तनहुँमा ११÷११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६७८  कोरोना संक्रमणमुक्त हुँदा सोही अवधिमा १८ जना संक्रमितको मृत्यु भएको छ ।


    श्रावण ८, २०७८ शुक्रवार १७:०६:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?  

    श्रावण ९

  • 466
    SHARES
  • अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?  

    काठमाडौं - नेपालमा पछिल्लो समय चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको एक डोज लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप लगाइदैछ । नेपाल सरकारले अहिले चीनबाट कोरोनाविरुद्धको भेरोसेल ल्याइरहेको छ । 

    सरकारले खरिद गरेको ४० लाख र अनुदानवापतको १६ लाख डोज कोरोनाविरुद्धको खोप ल्याउन थालेको हो ।  ४० लाख डोज खरिद गरिएको मध्ये यसअघि ८ लाख डोज ल्याइसकेको नेपालले बिहीबार र शुक्रबार थप १० १० लाख डोज खोप ल्याएको छ । 

    यसैबीच डा. रवीन्द्र पाण्डेले अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपको फरक बारे बताएका छन् ।

    - जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

    - जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ । - जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ ।

    - जोनसन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन ।

    - जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ  भने भेरोसेल खोप संक्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ ।

    - जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ | खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भएपनि केहि समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ ।

    - दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् । - ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३-४ दिनमा ठिक हुन्छ ।

    - रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।- तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।

    - दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अबधि थाहा हुन्छ। - आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरुको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भएपनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन् ।

    - डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन् । - दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर बिकास भएका हुन् । - हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यहि लगाउनु बुद्धिमानी हुन्छ ।


    श्रावण ९, २०७८ शनिवार १०:४५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images
    ताजा खबर