• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

 जन्मदिन र म्यारिज एनिभर्सरी माल्दिभ्समा मनाइन् प्रियंकाले, आयुष्मानसँग रोमान्टिक मुडमा देखिइन् (तस्बिरसहित)

क्यानाडानेपाल फाल्गुण १६ २०७७
  • 1.1K
    SHARES
  •  जन्मदिन र म्यारिज एनिभर्सरी माल्दिभ्समा मनाइन् प्रियंकाले, आयुष्मानसँग रोमान्टिक मुडमा देखिइन् (तस्बिरसहित)

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले शनिवार आफ्नो जन्मदिन माल्दिभ्समा बनाएकी छिन् । 

    शनिवारबाट ३३ वर्ष भएकी प्रियंकाले यसपटकको जन्मदिन माल्दिभ्समा पति आयुष्मान देशराज जोशीसँग मनाइरहेकी छिन् । उनीहरुले आफ्नो म्यारिज एनिभर्सरी पनि उतै मनाएका छन् । उनीहरुले गएको बर्ष फागुन १६ गते लगनगाँठो कसेका थिए । 

    priyanka karki.jpg

    शनिवार प्रियंकाले आफुहरुले माल्दिभ्समा मनाएको जन्मदिन र म्यारिज एनिभर्सरीको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा उनीहरु एकसाथ डिनर गरेका छन् । तस्बिरमा दुवैलाई रोमान्टिक मुडमा देखिएको छ । उनीहरुले चुम्बन पनि गरेका छन् । 

    priyenka 1.PNG

    खासमा माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो ।  प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रुसलान् भोड्का नाम अंकित कपको एक तस्विर पनि राखेकी छिन् । 

    priyenka 2.PNG

    priyen.PNG

     


    फाल्गुण १६, २०७७ आइतवार १८:३१:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका कार्की

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    मेयर तामाङको श्वेतालाई चुनौती– माझी बस्तीमै खर्च विवरण सार्वजनिक गर्न माग

    क्यानाडानेपाल

    चैत्र ३०

  • 140
    SHARES
  • मेयर तामाङको श्वेतालाई चुनौती– माझी बस्तीमै खर्च विवरण सार्वजनिक गर्न माग

    काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीका विषयलाई लिएर मेयर अमानसिंह तामाङ र नायिका श्वेता खड्काबीच तिक्तता देखिएको छ । 

    पछिल्लो समय चर्चामा रहेको माझी बस्ती निर्माणलाई लिएर यसका परिकल्पनाकार श्वेता खड्का र स्थानीय जनप्रतिनिधिबीच तिक्तता देखिएको हो । 
    २०७४ जेठ १५ श्वेताश्री फाउण्डेसनको अगुवाइमा माझी बस्तीका  ५३ घर निर्माणको सुरुवात गरिएको थियो । तर, हालसम्म पनि निर्माणले पूर्णता पाउन सकेको छैन । सो बस्ती निर्माणका क्रममा स्थानीय माझीहरुलाई ऋण बोकाइएको र संकलन रकमका सम्बन्धमा पनि पारदर्शीता नपनाइएपछि श्वेताश्री फाउन्डेशन र स्थानीय तहबीच मनमुटाव देखिएको हो । 

    बस्ती निर्माणमा संकलन रकम र खर्चको विवरण पारदर्शीताबारे प्रश्न उब्जिएपछि स्पष्ट पार्न श्वेतामाथि दबाब बढेको छ । अहिले बस्ती निर्माणमा श्वेताले नेतृत्व लिएको देखिँदैन । 

    हाल बस्ती निर्माणको नेतृत्व स्थानीय पूर्वाधारले गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले जानकारी दिए । मेयर तामाङकाअनुसार माझी बस्ती निर्माणको भिजन श्वेताको हो । तर, अहिले श्वेताले आफूले बताएजस्तो माझी बस्ती निर्माणको जिम्मेवारीमा नरहेको मेयर तामाङ बताउँछन् । श्वेताले केही प्राविधिक खटाएको बताए पनि त्यस्तो आफूले नपाएको मेयर तामाङ भन्छन् । 

    माझीलाई ऋण बोकाएर झिकिएको पैसा, संकलन रकम र यसको खर्च विवरण सार्वजनिक गर्न मेयर तामाङले श्वेतालाई चुनौती दिएका छन् । निर्माणाधीन माझी बस्तीमै सार्वजनिक सुनुवाइमार्फत खर्च विवरण सार्वजनिक गर्न श्वेतालाई मेयर तामाङले चुनौती दिएका हुन् ।

    यता श्वेता पत्रकार सम्मेलन वा मिडियामार्फत यस विषयमा बहस गर्न रुचाएकी छैनन् । उनी जतिसक्दो चाँडो माझी बस्ती निर्माण सम्पन्न गरेर कामले देखाउने बताउँछन् । 

    माझी बस्ती निर्माणका क्रममा संकलन रकम पारदर्शी रहेको दाबी गरेकी श्वेताले कसैलाई शंका लागेमा अडिट रिपोर्ट हेर्न सुझाव दिन्छिन् । भिडिओमा बोल्न नचाहेकी श्वेताले आफूले पारदर्शी रुपमा काम गरेको दाबी गरेकी छन् । तर, पारदर्शी रुपमा काम गरेको हो भने सार्वजनिक सुनुवाइमार्फत नै खर्च विवरण सार्वजनिक गर्न मेयर तामाङ बताउँछन् । 

    बस्ती निर्माणका क्रममा लागेको ऋण तिर्न स्थानीय माझी समुदायलाई धौ धौ परेका बेला श्वेतामाथि खर्च विवरण सार्वजनिक गर्न स्थानीय तहले दबाब सृजना गरेको हो । 

    श्वेता फाउन्डेशनले खर्चको विवरण स्पष्ट राखेको देखिँदैन । फाउन्डेशनले उपलब्ध गराएको खर्च विवरणमा स्पष्ट नदेखिएको हो । माझी बस्ती निर्माणका लागि रकम संकलन गर्न भन्दै श्वेताले पाँचतारे होटेल अन्नपूर्णमा गरेको ‘कान्छी म्युजिकल नाइट’मा जम्मा एक हजार सात सय १० रुपैयाँ संकलन भएको विवरणमा देखिन्छ । 

    पाँचतारे होटेलमा गरिएको भव्य कार्यक्रममा संकलन भएको भनिएको सो रकमबारे जिज्ञासा राख्दा उक्त रकम ‘सहयोग बक्स’को रहेको श्वेताले बताइन् । सो कार्यक्रममा आर्थिकभन्दा बढी भौतिक सामग्री संकलन भएको श्वेताले बताए पनि फाउन्डेशनले उपलब्ध गराएको विवरणमा उल्लेख गरेको भेटिएन । 

    शंकास्पद देखिएपछि मेयर तामाङले माझी बस्तीमै सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर खर्च विवरण सार्वजनिक गर्न श्वेतालाई चुनौती दिएका हुन् । खर्च विवरण सार्वजनिक गर्न माग गरेका मेयर तामाङ माझी बस्ती भने नजाने गरेको श्वेताको आरोपलाई खण्डन गरेका छन् ।

    राजनीतिक कार्यक्रम हुँदा मात्रै मेयर तामाङ माझी बस्ती आउने गरेको श्वेताको आरोपलाई मेयरले खण्डन गरेका हुन् । उनी आफू माझी बस्तीमा गइरहने गरेको बताउँछन् । 

    माझी बस्ती निर्माण विषयलाई लिएर मेयर तामाङ र श्वेता खड्काबीच देखिएको विवादभित्र कमिकमजोरी रहेको आंकलन गर्न सकिन्छ । तर, उनीहरु एकअर्काबीच राम्रो सम्बन्ध रहेको दाबी गर्छन् ।


    चैत्र ३०, २०७७ सोमवार २२:०६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्वेता खड्का
  • # माझी बस्ती

  • क्यानाडानेपाल डेस्क

    रचना रिमाल र भूषण खतिवडाको  ‘ह्याप्पी न्यू ईयर’ 

    क्यानाडानेपाल

    चैत्र ३०

  • 166
    SHARES
  • रचना रिमाल र भूषण खतिवडाको  ‘ह्याप्पी न्यू ईयर’ 

    काठमाडौं । गायिका रचना रिमाल र गायक भूषण खतिवडाले नयाँ वर्ष लक्षित आफ्ना दर्शक र स्रोतामाझ नयाँ म्युजिक भिडिओ ल्याएका छन् ।

    नयाँ वर्ष २०७८ नजिकिँदै गर्दा उनीहरुको स्वर रहेको ’ह्याप्पी न्यू ईयर’ म्युजिक भिडिओ सार्वजनिक गरिएको हो । उक्त गीतमा बसन्त लम्सालको शब्द, संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।

    निकेश खड्काको निर्देशन रहेको सो गीतको भिडिओमा   लुस बराइली, रन्जित पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकीको अभिनय रहेको छ  ।

     


    चैत्र ३०, २०७७ सोमवार १६:४९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रचना रिमाल
  • # ‘ह्याप्पी न्यू ईयर’

  • क्यानाडानेपाल

    कमेडी फिल्म 'चुरीफुरी' को पोष्टर सार्वजनिक, असोज १ रिलिज हुने

    क्यानाडानेपाल

    चैत्र ३०

  • 232
    SHARES
  • कमेडी फिल्म 'चुरीफुरी' को पोष्टर सार्वजनिक, असोज १ रिलिज हुने

    काठमाडौं - फिल्म 'चुरीफुरी'को पहिलो पोष्टर सार्वजनिक भएको छ । ऋषिराज आचार्यको निर्देशनमा बन्ने फिल्म चुरीफुरीको सार्वजनिक पोष्टरमा सबै कलाकारहरु देखिएका छन् । 

    पोष्टरमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य लागयतका कलाकारहरु देखिएका छन् ।

    कमेडी जनरामा निर्माण भएको यस फिल्म आगामी असोज १ गते रिलिज हुने पोष्टरमा जनाइएको छ । यसै फिल्ममार्फत पूजा पन्तले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । 

    आरबी मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्म कमेडी जनरामा बन्ने भएकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्ममा रिना ढकाल र निर्देशक आचार्यले संयुक्त रुपमा लगानी  रहेको छ । 

     


    चैत्र ३०, २०७७ सोमवार १२:२७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चुरीफुरी

  • क्यानाडानेपाल डेस्क

    सिल्क फेसनको वार्षिकोत्सवमा कोमलले गरिन् आफ्नै तारिफ

    क्यानाडानेपाल

    चैत्र ३०

  • 128
    SHARES
  • सिल्क फेसनको वार्षिकोत्सवमा कोमलले गरिन् आफ्नै तारिफ

    काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं संचारकर्मी कोमल ओली प्रमूख अतिथीको रुपमा उपस्थित थिईन् ।

    कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना कालदेखी नै आफु श्रृजना पोखरेलले संचालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताईन् । 'म शुरुदेखी नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु । म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छु', कोमलले भनिन् । ओलीले आफ्नो सुन्दरताको तारिफ आँफैले गरिन् । अन्य महिलाहरुलाई प्रेरणा प्रदान गर्ने उद्देश्य सहित उनको भनाई थियो, 'मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु', उनले थपिन्, 'आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ' ।

    नेपाली डिजाईनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताईन् । 'अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाईनका कस्ट्युमहरु निर्यात भईरहेको छ । यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठुलो योगदान हो । म हरेक महिला उद्यमीको साथमा छु । केहि पर्‍यो भने सिधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ', कोमलले बताईन् ।

    कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताईन् ।

    गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, 'यहाँमा हरेक डिजाईन र गुणस्तर तारिफयोग्य छन् । आज यहिँ सम्मानित हुन पाउँदा खुशी लागेको छ' ।

    कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन् । गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायि सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायि शैलजा अधिकारीलाई सातौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ तथा मोडल खुश्बु खड्काको पनि उपस्थिती थियो ।


    चैत्र ३०, २०७७ सोमवार ०९:५२:४३ बजे : प्रकाशित


    क्यानाडानेपाल

    सलोन बस्नेत र शिशिर राणाको अभिनयमा फिल्म 'हामी तीन भाई' बन्ने

    क्यानाडानेपाल

    चैत्र २९

  • 264
    SHARES
  • सलोन बस्नेत र शिशिर राणाको अभिनयमा फिल्म 'हामी तीन भाई' बन्ने

    काठमाडौं - फिल्म 'हामी तीन भाइ' बन्ने भएको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म 'हामी तीन भाई'मा सलोन बस्नेत र शिशिर राणा लागायतका कलाकारको अभिनय रहने भएको छ । यस फिल्मलाई साजित महतले निर्माण गर्ने बताइएको छ ।  

    प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुने यस फिल्म स्व शिव रेग्मीको  लेखन तथा निर्देशनमा बनेको फिल्म होइन । डेढ दशक अगाडीको फिल्म हामी तीन भाइ मा राजेश हमाल ,नन्दिता केसी ,निखिल उप्रेती ,झरना थापा लगायतका कलाकारको अभिनय रहेको थियो । 

    पारिवारिक कथामा अब बन्ने फिल्ममा भने फरक कलाकारको अभिनय रहनेछ । फिल्ममा सलोन र शिशिर बाहेक विकास चापागाईँ , सदिक्षा पाण्डे, नरेन्द्र केसी लागयतका कलाकार रहनेछ । 


    चैत्र २९, २०७७ आइतवार १३:५७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हामी तीन भाई

  • क्यानाडानेपाल डेस्क

    सम्राट्को फिल्म 'लाल मोहन जी' मा विपिन कार्की

    क्यानाडानेपाल

    चैत्र २९

  • 308
    SHARES
  • सम्राट्को फिल्म 'लाल मोहन जी' मा विपिन कार्की

    काठमाडौं - अभिनेता विपिन कार्कीले फिल्म 'लाल मोहन जी' मा अभिनय गर्ने भएका छन् । सम्राट् बस्नेतको निर्देशनमा बन्ने यस फिल्ममा हालै विपिन अनुबन्धित भएका हुन् । सुगन तण्डुकार निर्माता रहेका यस फिल्म आर. रोसफी फिल्मस्को ब्यानरमा बन्न लागेको हो । 

    सस्पेन्स कमेडीमा निर्माण हुने यस फिल्ममा विपिन, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुस्मा कार्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको हिरोइनको भने अहिले खोजी भइरहेको निर्माण टिमले जनाएको छ । 

    फिल्मको छायाङकन विदेशमा पनि हुने बताइएको छ । फिल्ममा प्रवेश पौडेलको कथा तथा पटकथा रहेको छ । फिल्म आउँदो वर्षको तिहारमा रिलिज गर्ने तयारी गरिएको छ । 


    चैत्र २९, २०७७ आइतवार १२:०१:४५ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क