• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

कट्रिनाकी बहिनी इसाबेलको फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा डेब्यू, ट्रेलर रिलिज

क्यानाडानेपाल फाल्गुण १७ २०७७
  • 766
    SHARES
  • कट्रिनाकी बहिनी इसाबेलको फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा डेब्यू, ट्रेलर रिलिज

    काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफले बलिउडमा इन्ट्री गरेकी छिन् । उनले फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा प्रबेश गरेकी हुन् । 

    हालै इसाबेल अभिनित फिल्म ‘टाइम टु डान्स’को ट्रेलर पनि रिलिज भएको छ । ट्रेलरमा इसाबेलसँग सुरज पन्चोली देखिएका छन् । सुरज आदित्य पन्चोलीका छोरा हुन् । जसलाई अभिनेता सलमान खानले २०१५ मा फिल्म हिरो मा ल्याएका थिए । 

    time-to-dance.jpg

    लिगेल डिसुजाको निर्देशन रहेको फिल्म ‘टाइम टु डान्स’ २०२१ को मार्च १२ मा रिलिज हुँनेछ । एक रोमान्टिक प्रेमकथामा बनेको यस फिल्ममा वालुस्चा डिसुजा र राजपाल यादव पनि देखिनेछन् ।  


    फाल्गुण १७, २०७७ सोमवार ११:५८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टाइम टु डान्स
  • # इसाबेल कैफ
  • # ट्रेलर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ‘महाभारत’ मा इन्द्र बनेका अभिनेता कौलको कोरोनाका कारण ज्यान गयो

    क्यानाडानेपाल

    चैत्र २८

  • 286
    SHARES
  • ‘महाभारत’ मा इन्द्र बनेका अभिनेता कौलको कोरोनाका कारण ज्यान गयो

    काठमाडौं - भारतका चर्चित अभिनेता सतिश कौलको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो । 

    उनले बीआर चोपडाको टिभी कार्यक्रम ‘महाभारत’ मा इन्द्र देवको भूमिका निधाएका थिए । कोरोना संक्रमित रहेका कौलको निधन भएको बारे उनकी बहिनी सुष्माले पुष्टि गरेकी हुन् । उनको निधनमा भारतका कलाकारहरुले शोक व्यक्त गरेका छन् । 

    केही दिनदेखि बिरामी रहेका उनी कोरोनाको डरले स्वास्थ्य परिक्षण गराएका थिएनन् । स्वास्थ्य स्थिती खराब हुँदै गएपछिट उनलाई अस्पताल भर्ना गरिएको थियो ।  अस्पतालमा परिक्षण गर्दा उनका कोरोना पोजेटिभ देखिएको थियो । 

    कोरोना पोजेटिभ देखिएपनि उनको स्थीती सुधारोन्मुख रहेको थियो । तर उनको एक्कासी आज बिहान निधन भएको हो । उनले ३ सय भन्दा बढी पञ्जाबी र हिन्दी फिल्ममा काम गरेका थिए । 
     


    चैत्र २८, २०७७ शनिवार १८:०२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # महाभारत
  • # सतिश कौल

  • क्यानाडानेपाल डेस्क

    २० वर्षपछि बलिउडमा कमब्याक गर्दै शंकर, रणवीर र कियारालाई लिएर फिल्म बनाउदै

    क्यानाडानेपाल

    चैत्र २८

  • 724
    SHARES
  • २० वर्षपछि बलिउडमा कमब्याक गर्दै शंकर, रणवीर र कियारालाई लिएर फिल्म बनाउदै

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री कियारा आडवाणीको पछिल्लो समय फिल्म क्षेत्रमा बढी माग हुन थालेको छ । 

    फिल्म  ‘कविर सिंह’ बाट चर्चामा आएकी कियारा हालै एक नयाँ फिल्ममा जोडिएकी छिन् । उनले साउथ फिल्मका निर्देशक शंकरसँग ‘अन्नियन’ को हिन्दी रिमेकमा काम गर्ने भएकी छिन् । 

    kiyara.jpg

    भारतिय मिडियाका अनुसार यस फिल्ममा कियारासँगै अभिनेता रणवीर सिंहले पनि अभिनय गर्ने भएका छन् । २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘अन्नियन’मा कामको लागि शंकरले रणवीरसँग कुरा गरिरहेको बताइएको छ । एउटा वकिलको कथामा बन्ने यस फिल्म दर्शकले रुचाउने अनुमान गरिएको छ । 

    kiyara.PNG

    शंकर २० वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्ने भएका हुन् । यसअघि उनले धेरै बर्ष पहिले फिल्म नायक बनाएका थिए । जसमा अभिनेता अनिल कपुरको मूख्य अभिनय रहेको थियो । 


    चैत्र २८, २०७७ शनिवार १४:१३:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड
  • # रणवीर सिंह
  • # कियारा आडवाणी

  • क्यानाडानेपाल डेस्क

    दीपिकाको फिल्म ‘दि इन्टर्न’मा अमिताभ बच्चन

    क्यानाडानेपाल

    चैत्र २८

  • 210
    SHARES
  • दीपिकाको फिल्म ‘दि इन्टर्न’मा अमिताभ बच्चन

    काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन फिल्म ‘दि इन्टर्न’मा देखिने भएका छन् । गएको बर्षको जनवरीमा घोषणा गरिएको यस फिल्मलाई दीपिका पादुकोणले निर्माण गर्दैछिन् । 

    अभिनेता ऋषि कपुरको निधनपछि यो फिल्म बन्नेमा अन्योल रहेको थियो । तर अब यो फिल्म बन्ने र अमिताभको अभिनय रहने पक्का भइसकेको भारतिय मिडियामा जनाइएको छ ।

    हिन्दी रिमेक ‘दि इन्टर्न’ बारे दीपिकाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले फिल्म निर्माण प्रक्रिया अघि बढेको बताएकी छिन् ।

    उनले विशेष सहकर्मीसँग दोस्रो पटकसँगै काम गर्ने मौका मिलेको बताउदै अमिताभलाई स्वागत गरेकी छिन् । यसअघि फिल्म पिकुमा अमिताभ र दीपिकाले बाबुछोरीको भूमिका निभाएका थिए। 
     


    चैत्र २८, २०७७ शनिवार ११:३२:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन
  • # दीपिका पादुकोण
  • # दि इन्टर्न

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री कैट्रिना कैफलाई कोरोना संक्रमण 

    क्यानाडानेपाल

    चैत्र २४

  • 494
    SHARES
  • अभिनेत्री कैट्रिना कैफलाई कोरोना संक्रमण 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा बलिउडका कलाकारमा पनि संक्रमण देखिएको छ । 

    यस्तै बलिउड अभिनेत्री कैट्रिना कैफलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई संक्रमण भएको बारे कैट्रिनाले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत जानकारी गराएकी छिन् । 

    बलिउडमा कोरोनाको कहर : अक्षय, भूमि र विक्की लगायत एक दर्जनबढी कलाकारमा संक्रमण बलिउडमा कोरोनाको कहर : अक्षय, भूमि र विक्की लगायत एक दर्जनबढी कलाकारमा संक्रमण

    उनले भनेकी छिन् - 'मलाई कोरोना पोजेटिभ देखिएको छ । म अहिले होम क्वारेन्टाइनमा बसेको छु । डाक्टरको सल्लाह बमोजिम मैले सुरक्षा अपनाइरहेको छु । मेरो सम्पर्कमा आउने सबैलाई तुरुन्तै आफ्नो जाँच गराउन अनुरोध गर्दछु ।'  

    यसअघि अक्षयकुमार, गोबिन्दा, आमिर खान, आलिया भट्ट, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी, इण्डियन आइडलका एंकर आदित्य नारायण र उनी पत्नी श्वेता अग्रवाल लगायतका कलाकारमा पनि संक्रमण देखि सकेको छ । अक्षय भने अहिले अस्पतालमा भर्ना भएका छन् । 

    अक्षयको फिल्म 'रामसेतु' का ४५ कलाकारमा देखियो कोरोना संक्रमण, रोकियो शुंटिङको काम अक्षयको फिल्म 'रामसेतु' का ४५ कलाकारमा देखियो कोरोना संक्रमण, रोकियो शुंटिङको काम


    चैत्र २४, २०७७ मंगलवार १९:२७:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कैट्रिना कैफ

  • क्यानाडानेपाल डेस्क

    अक्षयको फिल्म 'रामसेतु' का ४५ कलाकारमा देखियो कोरोना संक्रमण, रोकियो शुंटिङको काम

    क्यानाडानेपाल

    चैत्र २४

  • 484
    SHARES
  • अक्षयको फिल्म 'रामसेतु' का ४५ कलाकारमा देखियो कोरोना संक्रमण, रोकियो शुंटिङको काम

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा बलिउडका कलाकारमा पनि संक्रमण देखिएको छ । 

    बलिउड अभिनेता अक्षयकुमार पनि अहिले अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् । उनले केही दिनअघि आफुलाई कोरोना संक्रमण भएको जानकारी दएका थिए । 

     

    उनको अहिले मुम्बईको पवई इलाकामा रहेको डा. एल हिरानन्दानी अस्पतालमा उपचार भइरहेको छ । यस्तै उनको फिल्म 'राम सेतु' का ४५  कलाकारमा पनि कोरोना संक्रमण देखिएको छ । 

    भारतिय मिडियाका अनुसार 'राम सेतु' का ४५ जुनियर कलाकारमा संक्रमण देखिएको छ । सेटका धेरै कलाकारमा संक्रमण देखिएपछि फिल्मको सुटिङ पनि रोकिएको छ । 

    अक्षयलाई संक्रमण देखिएपछि परिक्षण गरिएका ७५ जनामा ४५ जना कलाकारमा संक्रमण देखिएको हो । हालसम्म बलिउडका दर्जनौ कलाकारमा कोरोना संक्रमण देखि सकिएको छ । 
     

     

     

     

     


    चैत्र २४, २०७७ मंगलवार १३:३७:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार
  • # रामसेतु
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    बलिउडमा कोरोनाको प्रभाव : अक्षयको फिल्म ‘सूर्यवंशी’ को रिलिज मिति सर्‍यो  

    क्यानाडानेपाल

    चैत्र २४

  • 292
    SHARES
  • बलिउडमा कोरोनाको प्रभाव : अक्षयको फिल्म ‘सूर्यवंशी’ को रिलिज मिति सर्‍यो  

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाकै कारण बलिउडका फिल्मी कामहरु पनि प्रभावित बनेका छन् । 

    भारतमा कोरोना बढ्दै जाँदा रिलिजको तयारीमा रहेका फिल्महरु फेरि सर्ने तयारी गरिरहेका छन् । यस्तै कोरोनाले अभिनेता अक्षयकुमारको फिल्म ‘सूर्यवंशी’ लाई पनि प्रभाव पारेको छ । 

    uthbahth.png

    यस फिल्मको रिलिज मिति दोस्रो पटक पनि सरेको छ । यसअघि अप्रिल ३० बाट रिलिज गर्ने तयारी गरिएको यस फिल्म फेरि पनि सरेको हो । 

    रोहित सेट्टीको निर्देशनमा बनेको यस फिल्ममा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन, रणवीर सिंहको मूख्य अभिनय रहेको छ । यस्तै सलमान खानको फिल्म राधे को रिलिज मिति पनि सार्ने तयारी गरिएको भारतिय मिडियामा बताइएको छ । 

     


    चैत्र २४, २०७७ मंगलवार १२:३९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड
  • # अक्षय कुमार
  • # सूर्यवंशी

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर