• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

नेकपाका दुवै समूहको नजर 'पर्ख र हेर'को रणनीतिमा रहेका कांग्रेस र जसपातिर

क्यानाडानेपाल फाल्गुण १७ २०७७
  • 596
    SHARES
  • नेकपाका दुवै समूहको नजर 'पर्ख र हेर'को रणनीतिमा रहेका कांग्रेस र जसपातिर

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेसँगै छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने कतिपयले आशा गरे पनि अवस्था त्यति सहज नरहेको प्रतीत हुन थालेको छ।

    नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले 'नैतिकता'का आधारमा राजीनामा दिनुपर्ने बताइरहँदा प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिएका छन्।

    आइतवार झापामा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन सार्वजनिक रूपमा चुनौती पनि दिए।

    हिमालय टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले अहिले राजीनामा दिए स्थिति झन् बिग्रन सक्ने दाबी गरेका छन्।

    कांग्रेस र जसपाको साथ पाउने आशा
    यसबीचमा नेकपाका दुवै समूहले प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव पेश हुने र त्यसमाथि मतदान हुने अवस्था आएमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको साथ पाउने आशा व्यक्त गर्दै आएका छन्।

    तर के उनीहरूले आशा गरेझैँ कांग्रेस र जसपा कुनै समूहको पक्षमा उभिन तयार छन् त?

    ती दुवै दलका नेताका कुरा सुन्दा उनीहरू तत्काल कसैको पक्षमा खुल्न चाहेका छैनन् अर्थात्‌ उनीहरूले 'पर्ख र हेर' को नीति अवलम्बन गरेको देखिन्छ। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल कुनै पार्टी विशेषको आन्तरिक विवादमा कांग्रेस नफस्ने तर्क गर्छन्।

    नेकपा आधिकारिक रूपमै विभाजित भए कांग्रेसले प्रधानमन्त्री ओलीको पार्टी अथवा प्रचण्ड-नेपालको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँछ भन्ने जिज्ञासमा रिजालले कम्युनिस्ट पार्टीकै एक जनाको विकल्पमा अर्कालाई कांग्रेसले नसघाउने दाबी गरे।

    "अंशबण्डा गर्ने हो भने उहाँहरूले अहिले प्रस्ट रूपमा के बुझ्नुपर्‍यो भने ओलीको विकल्पमा अर्का कम्युनिस्ट नेता प्रधानमन्त्री हुने अवस्था हुँदैन," सोमवार बीबीसी न्यूज नेपालीसित उनले भने।

    "त्यस्तो अवस्थामा उहाँहरूले कांग्रेसबाटै प्रधानमन्त्री बनाउने मानसिकता राख्नुपर्छ।" गत साता नेकपाका नेताद्वय प्रचण्ड र माधवकुमार नेपालले 'मिलेर जान' प्रस्ताव गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे पार्टीभित्र छलफल गर्ने जबाफ दिएका थिए।

    "हामीले जनताको भावना, संविधानको मर्म, पार्टी र लोकतन्त्रको बृहत्तर हितलाई हेरेर मात्रै निर्णय गर्छौँ। प्रक्रिया [अविश्वास प्रस्ताव] मा नगई हामी निर्णय गर्दैनौँ," कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

    सहकार्यबारे केही दिनअघि नेकपाका नेताद्वय प्रचण्ड र नेपालले जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग पनि पेरिसडाँडामा छलफल गरेका थिए।

    'जसपा आफ्नै मुद्दासँग'
    सो क्रममा महतोले तपाईँको पार्टी कुन हो भन्ने प्रश्न प्रचण्डतर्फ तेर्स्याएको बताएका थिए।

    नेता महतोले लोकप्रियताका लागि त्यो अभिव्यक्ति दिएको भन्ने कतिपयले टिप्पणी गरिरहँदा सहकार्यबारे जसपा पनि नेपाली कांग्रेसजस्तै समयको पर्खाइमा रहेको देखिन्छ।

    "हामी कोहीसँग हुँदैनौँ, हामी हाम्रो मुद्दासँग हुन्छौँ। हाम्रो मुद्दासँग को आउँछ त्यो हामीले हेर्ने हो," महतोले सोमवार बीबीसी न्यूज नेपालीसित भने।यसो हेर्दा तपाईँहरूका मुद्दासँग नजिक कुन समूह देखिन्छ भन्ने जिज्ञासामा उनले थपे, "अनुमानको भरमा भन्न मिल्दैन। संविधान जारी गरे बेला उहाँहरू सबैले हामीलाई धोका दिएकै हुन्।"

    जसपाका अर्का नेता अनिलकुमार झा आफूहरूको नजरमा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल एउटै पार्टीका नेता भएको बताउँछन्।

    "हाम्रो कामना छ कि उहाँहरूको पार्टी नफुटोस्। यदि फुट्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। तर त्यो अवस्था आयो भने हामीले केही न केही निर्णय गर्नुपर्ने हुन्छ।" यद्यपि त्यो बेला जसपाको निर्णय के हुन्छ भन्नेबारे नेता झाले केही बताउन चाहेनन्।

    सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्दै त्यसको १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो।

    यस अनुसार राष्ट्रपतिले सोमवार नै मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते आइतवार दिउँसो ४ बजेलाई प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    फाल्गुण १७, २०७७ सोमवार १४:४३:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरे - माधव नेपाल 

    क्यानाडानेपाल

    चैत्र ३०

  • 158
    SHARES
  • ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरे - माधव नेपाल 

    जनकपुरधाम - नेकपा (एमाले) का निलम्बित नेता माधवकुमार नेपालले पार्टीमा भेदभाव बढ्दै गएको बताएका छन् ।

    सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले सो कुरा बताएका हुन् । उनले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताए । 

    उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप पनि लगाए । उनले भने - 'पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ'
     
    उनले देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको बताए ।


    चैत्र ३०, २०७७ सोमवार १९:२७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधव नेपाल

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने

    क्यानाडानेपाल

    चैत्र ३०

  • 146
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ वैशाख ५ गते बस्ने भएको छ । आज चैत्र ३० गते बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई  गोविन्दराज पौडेलको निधन भएपछि स्थगीत गरिएको थियो ।

    अब आउँदो आइतबार बैठक बस्ने बारे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । विज्ञप्तिमा बैठक वैशाख ५ गते आइतबार दिनको २ बजे बस्ने जनाइएको छ । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । आजको बैठकमा महाधिवशेन केन्द्रीत रहेर छलफल हुने बताइएको थियो । 


    चैत्र ३०, २०७७ सोमवार १८:१९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

  • क्यानाडानेपाल डेस्क

    जनताले संघीयताको विकल्प खोजे

    क्यानाडानेपाल

    चैत्र ३०

  • 536
    SHARES
  • जनताले संघीयताको विकल्प खोजे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले संघीयताको विकल्प खोज्न थालेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताको विकल्प खोज्न थालेको बताएका हुन् । 

    संघीयताले काम गरेन भनेर जनताले विकल्प खोज्न थालेको बताएका प्रधानमन्त्री ओलीले भने, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्रीले भनेका छन् । सांसदले भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् ।’

    नेताहरुको कार्यशैलीले जनतामा संघीयताप्रति वितृष्णा बढेको बताएका उनले भने, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’

    एकअर्काे प्रसङ्गमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले आफूले पार्टीलाई एकताबद्ध गरेर लैजाने खोजेको भए पनि उल्टै आफूमाथि कारबाही गरेको नाटक गरेको टिप्पणी गरे । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘आफूले पार्टी एक गरेर लैजान खोजेको, भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोज्ने । मलाई नै पार्टीबाट हटाए । पार्टी अध्यक्ष, दलको नेता र सदस्यबाटै निष्काशन गरे । तमासा देखाइएको छ, केटाकेटीलाई दशैं आएझै भएको छ ।’


    चैत्र ३०, २०७७ सोमवार १६:२१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनता
  • # संघीयताको विकल्प

  • क्यानाडानेपाल

    संसदमा राष्ट्रिय सहमति सरकारको चर्चा

    क्यानाडानेपाल

    चैत्र ३०

  • 236
    SHARES
  • संसदमा राष्ट्रिय सहमति सरकारको चर्चा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद प्रदीप गिरीले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएका हुन् । 

    कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन छलफल थालेका बेला सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः संसद विघटन नगर्न आग्रह गरे । 

    विद्यमान राजनीतिक संकटको दोष प्रधानमन्त्री ओलीमाथि लगाएका उनले संसदमा भनाभन गरेर समस्याको समाधान ननिस्कने भएकाले राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका हुन् ।

    संविधानको रक्षा गर्दै सबैको भावना समेट्नु पर्ने भन्दै संसदमा उनले भने, ‘संविधानको रक्षा गर्छौं कि गर्दैनौं ? रक्षा गर्दा यही रुपमा गर्छौं वा यथोचित परिर्माजनका साथ गर्छौं ? त्यो परिमार्जन टालटुले हुन्छ वा मुलुकको सबै समुदाय, जातिको चित्त बुझाउने गर्छौं ? यो संविधानलाई बचाएर अगाडि बढ्ने हो वा २०४७ सालको जस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्साको जस्तो विजोगमा लैजाने हो ?’


    चैत्र ३०, २०७७ सोमवार १५:५५:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सरकार

  • क्यानाडानेपाल

    कोरिया जान नपाएका नेपाली कामदारकाबारेमा सरकारले बेवास्ता गर्‍यो - गगन थापा

    क्यानाडानेपाल

    चैत्र ३०

  • 192
    SHARES
  • कोरिया जान नपाएका नेपाली कामदारकाबारेमा सरकारले बेवास्ता गर्‍यो - गगन थापा

    काठमाडौं - नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरिया जान नपाएका नेपाली कामदारका बारेमा सरकारले वेवास्ता गरेको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै थापाले सो कुरा बताएका हुन् । उनले कोरियामा रोजगारीमा जान भाषा र सीप परीक्षणा उतीर्ण गरेकाहरूको रोजगारी सुनिश्‍चितता गर्न माग पनि गरेका छन् ।

    उनले भने - 'दक्षिण कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार २ हजार महिनौंदेखि काठमाडौंमा बसेका छन्। उनीहरूको बारेमा सरकारले वेवास्ता गरेको छ।'

    कोरोना प्रभावले लाखौंले राजगारी गुमाएको बताउदै उनले कोरियालगायत वैदेशिक रोजगारीबाट फर्केर आएका कामदारहरु जान नपाएको र यस बारेमा सरकारले केही नगरेको बताए।  

    उनले विदेशबाट फर्केर आएका कामदारहरुले रोजगारी पाउने बारेमा मन्त्रालयले ठोस कदम चलेर जानकारी गराउन माग गरेका छन् ।   


    चैत्र ३०, २०७७ सोमवार १४:२९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • क्यानाडानेपाल डेस्क

    केपी ओली र माधवकुमार नजिकिँदै !

    क्यानाडानेपाल

    चैत्र ३०

  • 372
    SHARES
  • केपी ओली र माधवकुमार नजिकिँदै !

    काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधान भइसकेको छैन ।

    अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

    नेपाल–खनाल समूहले मुलुकभर सामान्तर कमिटी गठन गर्न थालेको छ । तर, यस अवस्थामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले वैशाख ६ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

    पार्टीभित्रको विवाद छलफल र संवादबाट अन्त्य गर्न सकिने नेता नेपालको सार्वजनिक अभिव्यक्तिपछि अध्यक्ष ओलीले सो बैठक बोलाएका हुन् । संवाद र छलफलबाटै विवादको समाधान र 

    गुट उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेता नेपालले पार्टी भित्रको विवाद अन्त्य गर्न विधि र पद्धतिअनुसार बैठक र छलफल राख्नु पर्ने बताएका थिए । नेता नेपालको सो अभिव्यक्तिपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । यो संयोग हो वा दुई नेताबीचको आपसी कुराकानीबाट बैठक बोलाइएको हो, यसबारे केही खुलेको छैन ।

    माधवकुमार नेपालको लचकता माधवकुमार नेपालको लचकता

    तर, आइतबार पर्साको वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेपालले पार्टीभित्रको विवाद समाधान गर्न सकिने र यसका लागि बैठक र छलफल राख्नुपर्ने बताएका थिए । यसको भोलिपल्ट सोमबार अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आउँदो वैशाख ६ गतेका लागि बोलाएका हुन् । 

    सो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने नेताहरुको अपेक्षा छ । 


    चैत्र ३०, २०७७ सोमवार १४:१९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # माधवकुमार

  • क्यानाडानेपाल