• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

पार्वत गुरुङले भने - प्रधानमन्त्री ओलीले राजीनामा दिन मिल्दैन  

फाल्गुण १७ २०७७
  • 576
    SHARES
  • पार्वत गुरुङले भने - प्रधानमन्त्री ओलीले राजीनामा दिन मिल्दैन  

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमिल्ने बताएका छन् ।

    सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री ओलीलाई राजीनामा दिनबाट रोकेको बताए । 

    अदालतले नै राजीनामा दिनबाट रोकेकाले दिन नमिल्ने बताउदै उनले भने - 'निर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’

    उनले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने पक्रियामा रहेको बताए । कुनै पनि हिंसात्मक गतिविधि नगरौ भन्ने सरकार रहेको बताउदै उनले भने - 'विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ।'

     
     


    फाल्गुण १७, २०७७ सोमवार १८:२४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पार्वत गुरुङ
  • अर्कोसमाचार

    विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

    बैशाख २६

  • 144
    SHARES
  • विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

    काठमाडौँ - विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढेकाले आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको हो । 

    तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

    कोरोनाका कारण ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने बतायएको छ । 

    प्रवक्ता शरदराज पाठकका अनुसार परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिनेछ ।  


    बैशाख २६, २०७८ आइतवार १८:५२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विवेकशील साझा पार्टी
  • प्रधानमन्त्री ओलीले भने - सरकारलाई ढालि छाड्ने घातक प्रवृत्ति पार्टीमा देखा पर्‍यो 

    बैशाख २६

  • 284
    SHARES
  • प्रधानमन्त्री ओलीले भने - सरकारलाई ढालि छाड्ने घातक प्रवृत्ति पार्टीमा देखा पर्‍यो 

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने घातक प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । आइतबार एक प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

    संसदमा विश्वासको मत लिने पूर्वसन्ध्यामा प्रेस वक्तव्यमा उनले पार्टीलाई पछारी छाड्ने हानीकारक प्रयास भएको बताए । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै उनले यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने बताए । 

    वक्तव्यमा उनले मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान पनि गरेका छन् । उनले भने - 'के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?  सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं रु तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र अनुरोध गर्दछु ।'

    kp.jpg
     


    बैशाख २६, २०७८ आइतवार १९:३२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • राजनीतिमा नयाँ ट्वीस्ट, प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने 

  • 1.7K
    SHARES
  • राजनीतिमा नयाँ ट्वीस्ट, प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने 

    काठमाडौं । नेपालको राजनीतिमा आइतबार अपरान्ह नयाँ ट्वीस्ट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउने सम्भावनालाई आइतबार अपरान्हबाट आशामात्रै जगाएन, लभभग निश्चित जस्तै देखिएको छ । 

    १२१ सांसद रहेको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई संसदबाट विश्वासको मत पाउन थप १५ मतको आवश्यकता पर्छ ।

    संसदबाट विश्वासको मत पाउने ढोका आइतबार अपरान्ह जनता समाजवादी पार्टी नेपालले खोलिदिएको छ । सोमबार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदैछन् ।

    यसका लागि सोमबार संसदको अधिवेशन डाकिएको छ । तर, यसको अघिल्लो दिन आइतबार दिउँसो आफूहरु तटस्थ रहने प्रधानमन्त्री ओलीलाई जानकारी गराएको अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहसहित सहभागी जसपाको बैठकले मत विभाजनमा सहभागी हुने निर्णय गरेको छ ।

    सोमबार हुने मतविभाजनमा सहभागी हुने सांसदहरुलाई जसपाले ह्वीप जारी गरेको छैन भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत मागिने प्रस्ताव पक्ष वा विपक्षमा सांसदहरुले मत दिनसक्ने निर्णय पनि गरेको छ । 

    जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेको हो । उपेन्द्र यादव, बाबुराम भट्टराईसहितको पार्टी पदाधिकारीहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाउने नपाउनेमा निर्णायक देखिएको जसपाको उपेन्द्र र भट्टराई समूहले भने विपक्षमा मत दिने भएको छ । तर, १५ मत आवश्यक पर्ने प्रधानमन्त्री ओलीलाई महन्थ–राजेन्द्र महतोसहितका केही सांसदले मत दिँदा बहुमत पुुग्नेछ । 

    यसलाई सहजता बनाउँदै जसपाले निर्णय गरेको हो । महन्थ र राजेन्द्र समूह सुरु देखि नै ओली सरकारप्रति सकारात्मक बन्दै आएको छ । 

    जसपाले खुलेर निर्णय नगरेको भए पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने आन्तरिक तयारी देखिन्छ । जस कारण सांसदहरुलाई स्वविवेक प्रयोग पाउने गरी निर्णय गरेको हो । 

    आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने जानकारी गराएका थिए । 

    यता एमालेकै माधवकुमार नेपाल समूहका सांसदहरुले आइतबार दिने सामूहिक राजीनामा दिने कार्यक्रम भोलि सोमबार बिहानसम्म स्थगित गरेर सहमतिको सम्भावनालाई जीवितै राखेको छ ।

    नेपाल–खनाल समूहको आइतबार साँझसम्म चलेको बैठकले प्रधानमन्त्री ओलीलाई सहमति आउन भोलि बिहानसम्मको समय दिएको सो समूहका नेता योगेश भट्टराईले जानकारी दिए । 

    प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कसैलाई काखा पाखा नगर्ने प्रतिबद्धता जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् भने एमालेले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । 

    kp.jpg

    यी विकसित राजनीतिक घटनाक्रमले प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाउने सम्भावनालाई बलियो बनाएको छ । एमालेकै १२१ सांसद र जपसाका १५ सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएमा बहुमत पुग्ने छ ।

    press note UML.jpg

    यसैलाई मध्यनजर गर्दै आइतबार दलहरुले औपचारिक र अनौपचारिक निर्णय र सहमति गरेको राजनीतिक घटनाक्रमले देखाएको छ । 

    आइतबार दिउँसोसम्म प्रधानमन्त्री ओलीको कुर्सी धरापमा परेको र सोमबार सम्भवतः राजीनामा दिनुपर्ने अवस्थालाई एकाएक परिवर्तन गर्दै आइतबार अपरान्हबाट राजनीतिक समीकरणमा परिवर्तन आएको हो । 


    बैशाख २६, २०७८ आइतवार १९:५६:२३ बजे : प्रकाशित

    केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्छ - नारायणकाजी श्रेष्ठ

    बैशाख २६

  • 130
    SHARES
  • केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्छ - नारायणकाजी श्रेष्ठ

    गोरखा - नेकपा माओवादी केन्द्र का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । आइतबार सदरमुकाममा पत्रकारसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् । 

    ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको बताउदै उनले छिट्ट्रै बहुमतको नयाँ सरकार बन्ने बताए ।

    उनले सरकारले कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न नसकेको आरोप पनि लगाए । 

    उनले भने अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ उनले थपे  ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छाँै ।’ 


    बैशाख २६, २०७८ आइतवार २०:०९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • ओली सरकारलाई विदा गरी देशलाई अग्रगामी निकास दिउँ - बाबुराम भट्टराई   

    बैशाख २६

  • 168
    SHARES
  • ओली सरकारलाई विदा गरी देशलाई अग्रगामी निकास दिउँ - बाबुराम भट्टराई   

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकता कायम राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन् । 

    आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले जसपाको पदाधिकारी बैठकले सो निर्णय गरेको बताए । सबैले आआफ्नो विवेक प्रयोग गरेर ओली सरकारलाई विदाई गरी देशलाई अग्रगामी निकास दिनुपर्ने उनले बताएका छन् । 

    यस्तै उनले जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गर्नुपर्ने पनि बताएका छन् । 

    उनले भनेका छन् - 'जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास  दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!'

    ss.PNG


       


    बैशाख २६, २०७८ आइतवार २०:४४:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • विश्वासको मत : नेपालको संविधानको पहिलो अभ्यास

    बैशाख २६

  • 192
    SHARES
  • विश्वासको मत : नेपालको संविधानको पहिलो अभ्यास

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि  वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको थियो ।
      
    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यव्यवस्था परामर्श समितिमा सोमबार प्रधानमन्त्रीले आफूमाथि राखेको विश्वासको मतका सम्बन्धमा दलका नेताबाट संक्षिप्त छलफल र धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइने निर्णय भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाउने, पिसिआर  नभएकालाई ल्याउन लगाउने तथा  पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइने भएको छ ।”

    सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको सम्भावित कार्यसूची तय गरेको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा९एमाले०भित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद्को यो अधिवेशन हुन लागेको हो ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्शबाट कोभिड–१९ संक्रमित सांसदलाई सुरक्षित वातावरणमा मतदान प्रक्रियामा सहभागी गराइने निर्णय भएको बताउनुभयो । हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित हुनुहुन्छ । उहाँले भन्नुभयो, “कोभिड लागेका सांसदलाई सुरक्षित तरिकाले मतदानमा सहभागी गराउन वातावरण बनाउने र दलका नेताको मन्तव्य  पनि संक्षिप्त र छोटो गर्ने भन्ने कुरा भएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुनेछ ।  पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई भने बोल्नका लागि समयसीमा नतोक्ने प्रचलन छ ।”

    प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वसभामुखबाहेक अरुका हकमा भने  छलफलका लागि करीब एक घण्टाको समय निर्धारण गरिएको बताइएको छ । मतदानपछि अधिवेशन सोमबार नै अन्त्य हुनेछ । नेपालको संविधान जारी भएपछि विश्वासको मतको प्रयोजनका लागि प्रथम पटक बस्न लागेको यो अधिवेशन सकिएलगत्तै सरकारले बर्खे अधिवेशन बोलाउनेछ ।

    कार्यसूची
    अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रस्ताब टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्न्त्री ओलीले जवाफ दिनुहुने छ ।

    हुन्छ, हुन्न र दिन्न 
    प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा  हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ ।
     
    समयको प्रतिकूलता र  धेरै लामो समयसम्म सभा बस्न हुन्न भन्ने विशेषज्ञको मत भएकाले बैठकलाई धेरै लामो नबनाउने भन्ने नै समझदारी बनेको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो ।
      
    संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम  छ । दल त्यागसम्बन्धी व्यवस्थानुसार नेकपा ९माओवादी केन्द्र०ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा हुनुहुन्छ, उहाँहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

    प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय दिन पाउनु हुनेछ, अन्यथा सोमबारको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नुहुनेछ ।
     
    प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतक प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार छ ।

    सुरक्षा मापदण्डमा कडाइ
    कोभिड–१९ संक्रमणलाई हेक्का  गर्दै सोमबार हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरिएको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक  र अर्को सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसँगको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिने छ  ।

    विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा दुई मिटरको  दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेनागृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कन फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो ।
     
    बैठक कक्षका झ्यालढोका पूर्णरुपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मीसहिको हेल्थ डेस्क राखिनेछ । राज्यको सर्वभौम जनताको आवाज मुखरित गर्ने ठाउँ प्रतिनिधिसभाको अधिवेशन कोभिड–१९ को महामारीबीच सरकारले आवश्यकता महसूस गरी आह्वान गरेको हो । कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष लिइरहेका बेला  हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।रासस


    बैशाख २६, २०७८ आइतवार २१:३१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली