• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

फाल्गुण १७ २०७७
  • 1.0K
    SHARES
  • जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    सोल - दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताउनुभएको छ । 

    राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । 

    ‘‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरु यो वार्ताबाट हट्न सक्नेछ’’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भन्नुभयो । 

    दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँले राष्ट्रिय टेलिभिजनबाट गर्नुभएको सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो । 

    राष्ट्रपति मुन जाय–इनले भन्नुभयो– मलाई यति विश्वास छ कि हामी दुवै देशले वार्ताको टेबलमा बसेर हाम्रा अनेक समस्याको समाधानमा प्रयास गर्यौँ भने आपसका हाम्रा असमझदारीहरु हट्नेछन् र हामी हरेक समस्याको समाधानका लागि तयार हुनेछौँ । 

    दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरुका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौ नदाशीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मु द्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरु बढ्दै आएको छ । 

    यी विषयहरुमा समय समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानका प्रयास गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । 

    पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूट नीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसैले दक्षिण कोरियाली राष्ट्रपति मुनले यो आह्वान गर्नुभएको हो । सिन्ह्वा 


    फाल्गुण १७, २०७७ सोमवार १९:२४:१६ बजे : प्रकाशित

    अर्कोसमाचार

    मध्यरातिदेखि इजरायली सेनाले गर्‍यो सिरियामाथि मिसाइल हमला

    श्रावण ७

  • 408
    SHARES
  • मध्यरातिदेखि इजरायली सेनाले गर्‍यो सिरियामाथि मिसाइल हमला

    दमासकस – बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।

    सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ । सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो ।उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।

    त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ । केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ ।

    गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो ।यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरुका कारण नागरिकको ज्यान जाने क्रम जारी छ ।सिन्ह्वा


    श्रावण ७, २०७८ बिहिवार १३:५७:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इजरायल
  • नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

    श्रावण ७

  • 292
    SHARES
  • नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

    हेग - नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् ।नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चा तथाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।

    “टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,” डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।“यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्याङक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,” डीपीएका अधिकारीले भनेका छन् ।

    तथ्याङ्क संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत बर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।

    एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।“डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।एएफपी


    श्रावण ७, २०७८ बिहिवार २२:२४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेदरल्याण्ड
  • # टिकटक
  • भारतमा एकैदिन थपिए ३९ हजार कोरोना संक्रमित, ३५ हजार निको

    श्रावण ९

  • 126
    SHARES
  • भारतमा एकैदिन थपिए ३९ हजार कोरोना संक्रमित, ३५ हजार निको

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ३६ जनाको मृत्यु भएको छ । यसअघि भारतमा एकैदिन ५ सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ३९ हजार ४४१ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ४१ हजार ६९७ जना कोरोना संक्रमित थपिएका थिए ।

    यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १३ लाख ३१ हजार १४५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा यहाँ ३५ हजार ३८ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड ४ लाख ९५ हजार ३ सय ५२ कोरोना संक्रमित निको भइसकेका छन् । 
     


    श्रावण ९, २०७८ शनिवार ०७:४०:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • विश्वभर १७ करोड ६१ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    श्रावण ९

  • 174
    SHARES
  • विश्वभर १७ करोड ६१ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ४० लाख ५४ हजार १ सय ४६ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४१ लाख ६० हजार २ सय १७ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वभर १७ करोड ६१ लाख ३७ हजार ८ सय ६२ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख २६ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ५२ लाख ८३ हजार ७५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ९४ लाख ९७ हजार ८ सय ७५ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ४८ हजार ४ सय २० पुगेको छ भने संक्रमितको संख्या १ करोड ९६ लाख ३२ हजार ४ सय ४३ पुगेको छ ।

    dd.PNG


    श्रावण ९, २०७८ शनिवार १०:११:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति

    श्रावण ९

  • 138
    SHARES
  • असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति

    वाशिङ्टन - अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्ताबलाई अनुमोदन गरिएको हो ।

    अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको हो । त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिएका खामा प्रेसले जनाएको छ ।

    ह्वाइट हाउसल भर्जिनियाको फोर्ट ली सैन्य अड्डामा सुरक्षा जाँच पूरा गरिसकेको ७५० एसआईभी आवेदक र उनीहरूका परिवारका सदस्यहरूलाई शरण दिने योजना बनाएको छ भने अन्य चार हजार आवेदकहरूलाई उनीहरूको कागजपत्र पुनःरावलोकन गरी सुरक्षित तेस्रो देशमा बसाइने बताइएको छ ।

    हालै अमेरिकी सेनाका लागि काम गर्ने एक अफगान दुभाषी सोहेल पारडिसलाई तालिवानले टाउको काटी हत्या गरेका थिए । पारडिस हजारौं अफगान दोभाषेमध्ये एक थिए जसले अमेरिकी सेनाका लागि काम गरे र अहिले तालिवानको कारबाही भोग्नु प¥्यो । तालिवान समूहले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयसँगै अफगानी तालिवान लक्षित कारबाहीलाई रोकेको छ । यसैबीच तालिवान समूहले अफगानिस्तानका सीमा क्षेत्रका कतिपय जिल्ला आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।एएनआई


    श्रावण ९, २०७८ शनिवार ११:५३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

    श्रावण ९

  • 114
    SHARES
  • सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

    संयुक्त राष्ट्रसंघ – सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिं साको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो ।उहाँका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

    यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसको निन्दा पनि गर्नुभएको छ ।

    संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराउनुभएको हो सिन्ह्वा


    श्रावण ९, २०७८ शनिवार १४:५६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिरिया
  • images
    ताजा खबर