• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

भारतीय आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पठायो नयाँ मूल्यसूची

फाल्गुण १७ २०७७
  • 646
    SHARES
  • भारतीय आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पठायो नयाँ मूल्यसूची

    काठमाडौँ - भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
     
    आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।
     
    फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको छ ।
     
    उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा रु एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।
     
    नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर रु १०.०६, डिजेलमा रु  ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ ।रासस
     


    फाल्गुण १७, २०७७ सोमवार २०:२८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • अर्कोसमाचार

    बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

    बैशाख २३

  • 392
    SHARES
  • बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

    काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर  बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ ५९ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ३४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ७५ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८४ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ४८ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ३५ पैसा तोकिएको छ। 


    बैशाख २३, २०७८ बिहिवार ०९:४४:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • बढ्यो सुनको मूल्य, तोलाको कति ? 

    बैशाख २३

  • 342
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको कति ? 

    काठमाडौं ( बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    बुधबार तोलाको ९० हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     


    बैशाख २३, २०७८ बिहिवार ११:५१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

    बैशाख २३

  • 266
    SHARES
  • मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

    काठमाडौँ - कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ ।

    नेपाल धितोपत्र बोर्डको यही वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले यही वैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका लागि कूल ६० लाख कित्ता शेयर बिक्री थालेको थियो ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको बुधबारको आग्रहअनुसार आजदेखि शेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तथा अन्य विभिन्न छ कम्पनीलाई सहनिष्काशन तथा बिक्री प्रबन्धक तोकेको थियो ।

    कूल ६० लाख कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५र ६ का बासिन्दाका लागि कूल १८ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    निशेधाज्ञा जारी रहेको अवस्थामा शेयर बिक्री गर्नु मनासिव नभएकाले तत्कालका लागि स्थगित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र बिक्री प्रबन्धकका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले आज संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधारण शेयर बिक्री गरिसकेको छ । तेस्रो चरणमा भने आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो ।रासस 


    बैशाख २३, २०७८ बिहिवार २०:०२:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेयर कारोबार
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    बैशाख २४

  • 288
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५२ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ६५ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८४ पैसा तोकिएको छ ।  


    बैशाख २४, २०७८ शुक्रवार ०८:३६:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    बैशाख २५

  • 342
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । शनिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९२ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ४८ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ १७ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८४ पैसा तोकिएको छ ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८१ पैसा तोकिएको छ । 

    एक बहराइन दिनारको खरिददर ३ सय ११ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ७८ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ४४ पैसा तोकिएको छ। 


    बैशाख २५, २०७८ शनिवार ०८:३८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • बढ्यो सुनको मूल्य, तोलाको कति ?

    बैशाख २६

  • 232
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

    शुक्रबार तोलाको ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेर ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     


    बैशाख २६, २०७८ आइतवार ११:४६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य