• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

शुक्रबारदेखि आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

फाल्गुण १९ २०७७
  • 670
    SHARES
  • शुक्रबारदेखि आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

    काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २१ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

    यसअघि कम्पनीले फागुन २३  गते आइपिओ निष्काशन गर्ने भनेको थियो । तर कम्पनीले निष्कासनको मिति परिवर्तन गरेर २ दिनअघि ल्याएको हो । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । 
     


    फाल्गुण १९, २०७७ बुधवार ०९:११:२० बजे : प्रकाशित

    अर्कोसमाचार

    बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

    बैशाख ३०

  • 1.4K
    SHARES
  • बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

    काठमाडौं - निषेधाज्ञाको अवधिमा बैंकको खातामा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । 

    बिहिबार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले सबै बैंकलाई खातामा न्यूनतम ५० हजारभन्दा कम जम्मा नगर्न निर्देशन दिएको हो । 

    बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको छ । 

    यस्तै सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । 

    यस्तै यस अवधिमा बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

    bank.jpg

     


    बैशाख ३०, २०७८ बिहिवार २०:५३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बैंक
  • सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    जेठ १

  • 292
    SHARES
  • सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    काठमाडौँ - सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो ।

    कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक सनराइज क्यापिटकले जनाएको छ ।

    आवेदन दिएकामध्ये चार हजार ४४२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै कूल आवेदकमध्ये १४ लाख तीन हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएको छ । सोह« लाख ८५ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले शेयर १० कित्ताका दरले पाएका छन् । दुई लाख ३४ हजार १९५ जनामध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

    कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरका २५ लाख १८ हजार २३० कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । त्यसमा दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरिएको थियो ।

    आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।रासस


    जेठ १, २०७८ शनिवार ०८:१५:१८ बजे : प्रकाशित

    तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    जेठ १

  • 284
    SHARES
  • तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    काठमाडौं - मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । 

    केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् । 

    बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो । 

    ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ । 

    यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।रासस  


    जेठ १, २०७८ शनिवार १७:०८:३१ बजे : प्रकाशित

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    जेठ २

  • 188
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । आइतबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ ।

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २० पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।  

    एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ८३ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ४६ पैसा तोकिएको छ। 


    जेठ २, २०७८ आइतवार १०:०१:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

    जेठ २

  • 382
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    शुक्रबार तोलाको ९१ हजार ६ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    जेठ २, २०७८ आइतवार ११:३५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • बढ्यो पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य, कुनको कति ? हेर्नुहोस्

    जेठ २

  • 446
    SHARES
  • बढ्यो पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य, कुनको कति ? हेर्नुहोस्

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा लिटरमा दुई दुई रुपैयाँ बढाएको हो । 

    अब पेट्रोल लिटरको १ सय २३ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १०६ रुपैयाँ कायम भएको छ । यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको छ । 

    खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ ।  यो मूल्य आइतबार राती १२ बजेबाट लागू हुनेछ।   

    petr.jpg


    जेठ २, २०७८ आइतवार २०:५२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • images
    images
    ताजा खबर