• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

महाशिवरात्रिअघि र पछिका दुई शनिबारको वाग्मती सफाइ कार्यक्रम पशुपति क्षेत्रमा केन्द्रित

क्यानाडानेपाल फाल्गुण २० २०७७
  • 482
    SHARES
  • महाशिवरात्रिअघि र पछिका दुई शनिबारको वाग्मती सफाइ कार्यक्रम पशुपति क्षेत्रमा केन्द्रित

    काठमाडौँ।  महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । 

    वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गरी गर्न लागिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

    दुवै कार्यक्रम पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी तय गरिएको छ । बैठकमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई महाशिवरात्रिमा भक्तजनलाई स्नान गर्न स्वच्छ पानी व्यवस्था गरिदिन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उनले सुनाए।  

    विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि निरन्तर जारी छ । जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीलगायत प्रतिकूल अवस्थामा पनि अभियानकर्मीले सहजै वाग्मती सफाइ गर्दै आएका छन् । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसहित चक्रपथ विभिन्न खण्ड, महत्वपूर्ण सांस्कृतिकस्थलमा पनि सफाइ अभियान शुरु भएको छ । 

    वाग्मतीको पनि गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाटलगायत स्थानमा पनि छुट्टाछुट्टै सफाइ अभियान चलिरहेको छ ।  वाग्मती नदी किनारका विभिन्न पुरातात्विक, धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिले महत्वपूर्णस्थलमा विशेष मेला, पर्व, जात्रा परेका बेला सफाइ महाअभियान त्यहीँ केन्द्रित हुने गरेको छ । 
    यसैले महाशिवरात्रिअघि र पछिका सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गर्न लागिएको हो । रासस 

     


    फाल्गुण २०, २०७७ बिहिवार ०८:४३:४१ बजे : प्रकाशित

    अर्कोसमाचार

    कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपिल 

    क्यानाडानेपाल

    चैत्र २८

  • 176
    SHARES
  • कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपिल 

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा पनि संक्रमण बढ्न थालेको छ । 

    यस्तो अवस्थामा सीसीएमसीको शनिबार बसेको बैठकले सबैलाई सतर्कता अपनाउन अपिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालमा पनि संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेकोले सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने आजको बैठकले निर्णय गरेको हो । 

    बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भएको र आम रुपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए ।
     
    यस्तै बैठकमा सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोरोनाको लक्षण देखिएका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय गरिएको बरालले बताए । 


    चैत्र २८, २०७७ शनिवार २०:५५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # सीसीएमसी

  • क्यानाडानेपाल डेस्क

    यस्तो छ पत्रकार महासङ्घको नवनिर्वाचित समितिको मतपरिणाम, कसले कहाँ जिते ?

    क्यानाडानेपाल

    चैत्र २८

  • 192
    SHARES
  • यस्तो छ पत्रकार महासङ्घको नवनिर्वाचित समितिको मतपरिणाम, कसले कहाँ जिते ?

    काठमाडौं - नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (महिला)का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (समावेशी)मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गर्नुभएको छ ।

    महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले तीन हजार ८६० मत र सुबोध गौतमले ८९९ मत प्राप्त गर्नुभएको छ । सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी हुँदा रामकृष्ण ज्ञवालीले तीन हजार २१ मत, जन्मदेव जैशीले एक हजार १२७ र यम विरहीले ७५७ मत प्राप्त गर्नुभएको छ । सचिव (महिला)मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त गर्दा शाहीमान राईले तीन हजार २८९ र रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गर्नुभयो ।

    सचिव (मधेशी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गर्नुभयो । सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित हुनुभयो । सचिव एशोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गर्नुभयो ।

    कोषाध्यक्षमा कलेन्द्र सेजुवालले पाँच हजार ६७८ मत पाउँदा कृष्ण गिरीले तीन हजार २७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाउनुभयो । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाउनुभयो । 

    सदस्य खुलामा छविलाल तिवारीले चार हजार ९०० मत र वासुदेव शर्माले पाँच हजार ९१ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै माधव पौडेल पाँच हजार ९४, रमेश खतिवडा चार हजार ६५९ र शिवराज खत्रीले चार हजार ३५९ मत प्राप्त गरी खुला सदस्यमा जित निकाल्न सफल हुनुभयो । सदस्य (महिला) खस–आर्यमा सरिता तिम्सिनाले चार हजार ८९१, सदस्य (महिला) मधेशीमा ललिताकुमारी साहले पाँच हजार ७८६, सदस्य (महिला) आदिवासी जनजातिमा शान्ता आङबुहाङले पाँच हजार ५८८, सदस्य आदिवासी जनजातिमा भिसन राईले चार हजार ८६८ मत प्राप्त गर्दा आदिवासी जनजाति महिला सदस्यमा सन्चकुमारी लामा तामाङले पाँच हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभयो ।

    निर्वाचन समितिले प्रकाशित गरेको विवरणअनुसार दलित सदस्यमा प्रकाश धौलाकोटीले छ हजार ८२, दलित महिला सदस्यमा राधा नेपालीले पाँच हजार ७३४, मधेशी सदस्यमा सुभाषप्रसाद साहले चार हजार ६७८, मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्रले पाँच हजार ६६३, अपाङ्गता सदस्यमा नवीन रिजालले पाँच हजार १९२ मत प्राप्त गरी विजयी हुनुभयो । 

    त्यस्तै अल्पसङ्ख्यक सदस्यमा इफ्तार हसनले पाँच हजार १३९, प्रदेश नं १ को सदस्यमा अमर खड्का ८५९ र दीपेन्द्र रुम्दाली राईले ५०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश नं २ मा केसी लामिछाने २७१ र शिव पुरीले ३१९ मत प्राप्त गरी जित निकाल्दा, वाग्मती प्रदेशमा ध्रवकुमार रावलले ६२५ र सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी हुनुभयो । गण्डकी प्रदेशको सदस्यमा त्रिभुवन पौडेलले ६३८ र प्रदीप काफ्लेले ५५३ मत प्राप्त गरी विजयी हुनुभयो ।

    लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे ७९२ र सुशील पोखरेलले ६३६ मत प्राप्त गरी विजयी हुनुभयो । कर्णाली प्रदेश सदस्यमा दीपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंह ३३३ मत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तरसिंह विष्ट ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी विजयी हुनुभयो । उपत्यका सदस्यमा शन्तराम बिडारीले एक हजार २०८ र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गर्दा, प्रतिष्ठान सदस्यमा मणि दाहाल ४९१ र रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

    एशोसिएट सदस्यमा कृति भट्टराई २७४ र विकास कार्कीले ३०१ मत प्राप्त गरी जित निकाल्नुभयो । यस्तै लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी पाँच हजार ५३७ र देवी सापकोटाले पाँच हजार ४४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

    अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।

    विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पत्रकारको साझा संस्थाका रूपमा रहेको महासङ्घको मर्यादालाई थप विस्तारित गर्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहाललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । महासङ्घको निर्वाचन यही चैत २५ गते भएको थियो ।रासस
     


    चैत्र २८, २०७७ शनिवार २०:१७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ

  • क्यानाडानेपाल डेस्क

    राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

    क्यानाडानेपाल

    चैत्र २८

  • 194
    SHARES
  • राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् । 

    सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेकी छिन् ।

    सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएकी छिन् ।रासस


    चैत्र २८, २०७७ शनिवार १७:५१:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फिलिप

  • क्यानाडानेपाल डेस्क

    नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना संक्रमण 

    क्यानाडानेपाल

    चैत्र २८

  • 174
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना संक्रमण 

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३५ सय ३२ वटा पीसीआर परिक्षण गर्दा ३ सय ३७जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या एक रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    चैत्र २८, २०७७ शनिवार १६:२४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    क्यानाडानेपाल

    चैत्र २८

  • 376
    SHARES
  • नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।  बुधबार भएको २६ औं महाधिवेशनबाट प्रतिस्पर्धी निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल विजयी भएका हुन् ।

    महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित भएका हुन् । विजयी भएपछि  पोखरेल प्यानलले विजय जुलुस निकाल्न थालेका छन् ।

    मतदानको मतगणना सकिए पनि केही जिल्लाको मत भने आउन बाकीँ रहेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएको महासङ्घले जनाएको छ ।  
     
    त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।

     त्यस्तै खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । 
     


    चैत्र २८, २०७७ शनिवार १५:५२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ
  • # विपुल पोखरेल

  • क्यानाडानेपाल डेस्क

    बागलुङमा भेटियो १२ फिट लामो विषालु सर्प किङ कोब्रा

    क्यानाडानेपाल

    चैत्र २८

  • 270
    SHARES
  • बागलुङमा भेटियो १२ फिट लामो विषालु सर्प किङ कोब्रा

    बागलुङ - बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।

    कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र पाँच किलोग्रामको भएको बताउनुभयो ।
     
    सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताउनुभयो । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उहाँले बताउनुभयो । “यो सर्पले चाहेका बेला मात्र विष बमन गर्छ”, उहाँले भन्नुभयो, “विष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृ त्यु हुन्छ ।”

    सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ । रासस


    चैत्र २८, २०७७ शनिवार १४:३४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागलुङ

  • क्यानाडानेपाल डेस्क