• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

तीन हजार ५३५ परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ सङ्क्रमित निको

क्यानाडानेपाल फाल्गुण २२ २०७७
  • 474
    SHARES
  • तीन हजार ५३५ परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ सङ्क्रमित निको

    काठमाडौँ।  नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको जनाएको छ ।पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८२८ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

    मन्त्रालयका अनुसार हाल ८१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लो केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ । 


    फाल्गुण २२, २०७७ शनिवार १६:२६:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सङ्क्रमित
  • # ६२ सङ्क्रमित निको

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    नेपालमा आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु

    क्यानाडानेपाल

    चैत्र ३०

  • 1.5K
    SHARES
  • नेपालमा आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु

    फाइत तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । 

    सोमबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

    यसरी पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएसँगै हालसम्मको संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ । 


    चैत्र ३०, २०७७ सोमवार १८:०५:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    बीएण्डसी हस्पिटलले पहिलो चरणमा एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने 

    क्यानाडानेपाल

    चैत्र ३०

  • 188
    SHARES
  • बीएण्डसी हस्पिटलले पहिलो चरणमा एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने 

    झापा । झापा बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । दुर्गा प्रसाईं सञ्चालक रहेको सो हस्पिटलले झापाका एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने भएको हो । 

    सर्वसुलभ र अत्याधुनिक स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँदै आएको सो हस्पिटलले सामाजिक उत्तरदायित्व बोध गर्दै विपन्न समुदायका नागरिकको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको हो । 

    सोमबार पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य सेवाबाट बञ्चित झापाका लोपोन्मुख र विपन्न समुदायका नागरिकहरुका लागि स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् । 

    माधवकुमार र नारायणकाजीको लहैलहैमा प्रचण्डले राजनीति सिध्याए : दुर्गा प्रसाईं माधवकुमार र नारायणकाजीको लहैलहैमा प्रचण्डले राजनीति सिध्याए : दुर्गा प्रसाईं

    पूर्वी नेपालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ठूलो भूमिका निर्वाह गरेका कार्यकारी निर्देशक प्रसाईंले भने, ‘सरकारले लागू गरेको बीमा कार्यक्रममा विपन्न नागरिकको पहुँच नदेखिएपछि उनीहरूको स्वास्थ्य सुविधाका लागि बीमा गर्न लागेका छौँ । बीमा गरेपछि स्वास्थ्य उपचारमा उनीहरूको पहुँच स्थापित हुनेछ भन्ने विश्वास लिएको छु ।’

    पहिलो चरणमा एक सय जना विपन्न परिवारको बीमा गरिने भए पनि यसले निरन्तरता पाउने उनको भनाइ छ । 

    पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले अस्पतालका तर्फबाट स्वास्थ्य बीमाबापत प्रतिपरिवार ३५ सयका दरले सरकारलाई रकम बुझाई दिने जानकारी दिए ।

    सरकारको बीमा कार्यक्रमलाई सहयोग गर्ने गरी अस्पतालले पहिलो चरणमा एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरेपछि दोस्रो चरणमा पनि कार्यक्रमलाई निरन्तता दिने जानकारी दिए । यसका लागि सञ्चारकर्मीमार्फत सिफारिस भएका विपन्न नागरिकको पहिचानका लागि घर घरमै दर्ता सहयोगी पठाउने अस्पतालको तयारी रहेको पनि उनले बताए । 


    चैत्र ३०, २०७७ सोमवार १७:४८:५६ बजे : प्रकाशित

    नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण 

    क्यानाडानेपाल

    चैत्र २९

  • 214
    SHARES
  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार तीन हजार एक सय २५ जनामा गरिएको परीक्षणमा तीन सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

    उनकाअनुसार पछिल्लो २४ घण्टामा एक सय ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।


    चैत्र २९, २०७७ आइतवार १७:१०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    के नेपालमा नयाँ भेरिअन्ट फैलिएको हो ? चिकित्सकहरू यसो भन्छन्

    क्यानाडानेपाल

    चैत्र २९

  • 862
    SHARES
  • के नेपालमा नयाँ भेरिअन्ट फैलिएको हो ? चिकित्सकहरू यसो भन्छन्

    काठमाडौँ।  नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोनाभाइरस सङ्क्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको अनुभव चिकित्सकहरूले सुनाएका छन्। उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोनाभाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन्।

    कोरोनाभाइरसको उपचार हुने काठमाण्डूको सरकारी अस्पताल शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा एकाएक गम्भीर बिरामीको चाप बढेको बताइन्छ। त्यहाँ १३ जना सघन उपचार कक्ष आईसीयूमै रहेको अस्पतालका प्रवक्ता तथा सङ्क्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताएका छन्।

    यसपटक आधाजसो बिरामीहरू कोभिडको निमोनियासहित आएका ५० वर्ष मुनिका व्यक्तिहरू रहेको डा. बास्तोला बताउँछन्। उनी भन्छन्, "यसले दिने सङ्केत कि यूके भेरिअन्टले अर्कै तरिकाले काम गरिरहेको छ या त युवाहरूले धेरै हेलचेक्र्याइँ गर्दा यस्तो भएको हुनसक्छ।" नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख ८० हजार नजिक र मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघिसकेको छ।

    चिन्ता

    चिकित्सकहरूले अहिलेको अवस्थालाई सङ्क्रमण दर ह्वात्तै उकालो लागेको गत भदौ-असोजको समयसँग तुलना गरिरहेका छन्। डा. बास्तोला भन्छन्, "भित्रभित्रै सङ्क्रमण व्यापक फैलिरहेको छ। त्यो जुनकुनै बेला फुट्न सक्छ।"

    विज्ञहरूले कोरोनाभाइरसको नयाँ प्रकारको सङ्क्रमण निकै छिटो फैलने गरेको बताउने गरेका छन्। यति नै बेला विद्यालय समेत खुलेकाले अहिले त्यो बालबालिकामा समेत उल्लेख्य रूपमा देखा परेको चिकित्सकहरू बताउँछन्।

    थकान भएका, टाउको दुखेका मानिसहरू र ज्वरो फर्किएकाजस्ता कुनै विशेष लक्षण नभएका मानिसहरूमा अस्पताल आएपछि परीक्षण गर्दा निमोनिया देखिन थालेको चिकित्सकहरूले बताएका छन्। "तर यही नै बेला परीक्षण कम भइरहेको छ। जसले हाम्रो अवस्थाको वास्तविक चित्र हामीलाई देखाइरहेको छैन," डा. बास्तोलाको भनाइ छ।

    समस्या

    शुक्रवार काठमाण्डूको एक निजी अस्पतालमा कार्यरत सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदीले शृङ्खालाबद्ध ट्वीट गर्दै 'यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो रहेको' जनाएका थिए।

    यसबीच भारतमा कोरोनाभाइरसको दोस्रो लहर देखा परेको विवरण आएका छन्। त्यहाँ कोरोनाभाइरसका नयाँ प्रकार मात्र देखिएका छैनन् तिनमा दोहोरो उत्परिवर्तन समेत भएको पाइएको छ।

    जसलाई लिएर नेपालको भारतसँगको सीमावर्ती भेगमा कडाइ र निगरानी गर्नुपर्ने नेपाली विज्ञहरूको भनाइ छ। नेपाल सरकारले नयाँ प्रकारका भाइरसको प्रभावबारे जाँच्न जिन स्विक्वेन्सिङ गर्ने विधि भित्र्याइसकेको बताए पनि त्यो निकै महङ्गो विधि भएकाले निश्चित समूह वा ठाउँमा अवस्था थाहा पाउन मात्रै प्रयोग गरिने बताएका छन्।

    'हेर्दा सामान्य, अवस्था असामान्य'

    वीरगन्जको नारायणी अस्पतालका एक्स-रे जाँच गर्दा सामान्य निमोनियाजस्तो लक्षण देखिए पनि थप जाँचका क्रममा भने तिनमा कोभिडको निमोनिया पाइन थालेको अनुभव मेडिकल अधिकृत उदयनारायण सिंहको छ।

    डा. सिंह भन्छन्, "यसपटक हामीले देखेको अवस्थामा हेर्दा सामान्य बिरामीमा समेत अक्सिजनको अवस्था जाँच गर्दा त्यो निकै कम पाइरहेका छौँ।"

    "जसको समस्या के हो भने मानिसहरूलाई आफू ठिकै भएजस्तो लाग्छ तर उसको समस्या अर्कै हुन्छ।" केही दिनदेखि त्यहाँ निमोनियाका समस्यासहित आएका बालबालिकाहरूको रगतमा 'अपत्यारिलो तरिकाले प्लेटिलेट्स कम देखिएको' पाइएको अनुभव उनको छ।

    डा. सिंह भन्छन्, "पहिलेको लहरमा यस्तो थिएन। रगतमा देखिने यस्तो खराबीले नयाँ खालको कोभिडको लहर फैलिएको हो कि भन्ने समेत देखिन्छ।"
    वीरगन्जमा कोभिडका लक्षणसहित दुई सातासम्म उपचार गरिएका केही बिरामीमा समेत पीसीआर जाँच गर्दा कोरोनाभाइरस नदेखिएपछि चिकित्सकहरूले 'कतै नयाँ प्रकार भएका कारण अहिलेको पीसीआरले थाहा नपाएको त होइन' भन्ने संशय व्यक्त गरेका छन्।

    नयाँ प्रकारको आशङ्कामा नारायणी अस्पतालबाट जीन सिक्वेन्सिङका लागि काठमाण्डूमा दुईवटा नमुना पठाइए पनि शुक्रवारसम्म त्यसको नतिजा थाहा नभएको अस्पतालले बताएको छ। बीबीसी 


    चैत्र २९, २०७७ आइतवार १०:४५:५२ बजे : प्रकाशित

    आज देशभर २८८ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    चैत्र २७

  • 234
    SHARES
  • आज देशभर २८८ जनामा कोरोना संक्रमण

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका २८८ सहित कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा १२७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोहि पनि संक्रमितले ज्यान गुमाउनु नपरेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,०३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

     


    चैत्र २७, २०७७ शुक्रवार १६:२३:२८ बजे : प्रकाशित