• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

प्रचण्डलाई छाडेर माधवकुमार नेपाल एमालेमै फर्कने

क्यानाडानेपाल फाल्गुण २४ २०७७
  • 1.2K
    SHARES
  • प्रचण्डलाई छाडेर माधवकुमार नेपाल एमालेमै फर्कने

    काठमाडौं । माधवकुमार नेपाल एमालेमै फर्कने भएका छन् । साविक  नेकपाभित्रको विवाद बढिरहँदा पुष्पकमल दाहाल प्रचण्डको पक्षधर भएर केपी शर्मा ओलीविरुद्ध लागेका नेता नेपाल अन्ततः ओली अध्यक्ष रहेकै एमालेमा फर्कने भएका हुन् । 

    आइतबार ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई सर्वाेच्च अदालतले आधिकारिकता प्रदान गरेपछि नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई अदालतले वैधता नदिएपछि दुवै दल आ–आफ्नो अस्तित्वमा आएका हुन् । 

    अदालतको सो आदेश र फैसलापछि प्रचण्डको समूह रहेका नेता नेपाल अब ओली नेतृत्वकै एमालेमा आउने भएका उनीनिकट नेता विष्णु रिजालले जानकारी दिएका छन् । नेपाल समूहका नेताका रुपमा चिनिएका रिजालले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले ब्यूँतिएपछि आफूहरु सबै एमालेको भएको जानकारी दिएका छन् । 

    ‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन। एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ’, सोमबार अपरान्ह ४ः५१ बजे रिजालले ट्वीटमा लेखेका छन् । 

    twit bishnu.PNG

    उनले सो ट्वीट लेखिरहँदा प्रचण्ड–नेपाल समूहको बैठक कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा चलिरहेको छ ।  यसअघि नेता नेपाल र झलनाथ खनाल एमालेमै रहेर ओली प्रवृत्तिको विरोध गर्ने निर्णयमा पुगेको समाचार सार्वजनिक भएका थिए । 

    उता पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा  नेताहरुले पूर्ववत् पार्टीमा फर्कनुभन्दा पार्टी एकतालाई जोगाएर जानुपर्ने नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी नेता रघुजी पन्तले जानकारी दिए । 


    फाल्गुण २४, २०७७ सोमवार १८:५८:५१ बजे : प्रकाशित

    अर्कोसमाचार

    ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस् - प्रधानमन्त्री ओली

    क्यानाडानेपाल

    चैत्र २८

  • 150
    SHARES
  • ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस् - प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताउनुभयो ।

    उहाँले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।”

    प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताउनुभयो । उहाँले प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने विचार व्यक्त गर्दै देश विकासको बाटोमा अग्रसर हुन उद्योग व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताउँदै उहाँले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभयो । 

    उहाँले रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गर्नुभयो । “प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ”, महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइसम्बन्धी गुनासोको जवाफमा प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गर्नुभयो । 

    कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गर्नुभयो । “समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । उहाँले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण¬–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गर्नुभयो ।   

    मुलुकको अर्थतन्त्रमा करीब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको बताउँदै अध्यक्ष गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेको र २० लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधानको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताउनुभयो । नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक÷दुई वर्षको परिश्रमले नपुग्ने भएकाले त्यसका लागि एक दशककै दृष्टिकोण, प्रस्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।रासस


    चैत्र २८, २०७७ शनिवार २०:०७:३९ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेका छौं - भानुभक्त ढकाल

    क्यानाडानेपाल

    चैत्र २८

  • 160
    SHARES
  • भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेका छौं - भानुभक्त ढकाल

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताउनुभयो ।    
        
    उहाँले भन्नुभयो, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।”    
        
    पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गर्नुभयो । “महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खु्ला सिमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो”, उहाँले भन्नुभयो ।    
        
    पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बचन दिनुभयो । पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो ।     
        
    कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिनुभयो । उहाँले पर्वतारोहण क्षेत्रलाई विश्वमाझ पहिचान गराउन तथा यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापन, आरोहणसम्बन्धी उपकरण र स्रोतसाधनको व्यवस्थापनका लागि संस्थाले गर्दै आएको कामको प्रशंसा पनि गर्नुभयो ।    
        
    एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले पर्वतारोहणकै इतिहासमा पहिलोपटक माउन्टेन गाइड लाइसेन्सको व्यवस्था गर्न सफल भएको तथा नेपालमा खुला गरिएका ४१४ हिमाल र पिकको प्रोफाइल तयार गर्न सफल भएको जानकारी दिनुभयो ।    
        
    सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको छ । साधारणसभाले आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणा गर्नुका साथै महासचिव कुलबहादुर गुरुङ र कोषाध्यक्ष सुदर्शन न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई पारित गर्ने आयोजकले जनाएको छ ।रासस


    चैत्र २८, २०७७ शनिवार १६:३७:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भानुभक्त ढकाल

  • क्यानाडानेपाल डेस्क

    रामचन्द्र पौडेलले भने - केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?  

    क्यानाडानेपाल

    चैत्र २८

  • 192
    SHARES
  • रामचन्द्र पौडेलले भने - केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?  

    दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए । 

    शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । जनता समाजवादी पार्टी ९जसपा० को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए ।

    नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, “कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।” 

    वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राखे । “जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ”, नेता पौडेलले भने, “केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?” रासस


    चैत्र २८, २०७७ शनिवार १५:३१:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडानेपाल डेस्क

    सचेत नबने फेरि लकडाउन हुन सक्छ - प्रधानमन्त्री ओली 

    क्यानाडानेपाल

    चैत्र २८

  • 642
    SHARES
  • सचेत नबने फेरि लकडाउन हुन सक्छ - प्रधानमन्त्री ओली 

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत नबने फेरि लकडाउन हुन सक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

    सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताउदै ओलीले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न आग्रह गरे । 

    नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत रहेको भन्दै उनले सावधानी नअपनाए समस्या आउन सक्ने बताए । उनले भने - 'सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।'

    उनले आफुलाई सरकार ढल्छ भन्ने चिन्ता नभएको पनि बताए । सरकार जान्छ कि भन्ने आफुलाई चिन्ता नभएको बताउदै उनले आफूलाई हटाउनेहरू पनि फ्याँकिने बताए । 

    उनले भने - 'मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन। अहिले नै हटाइहाले भने पनि केही छैन। यस्तो अंकगणितलाईलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्'

    उनले उद्योगीहरूलाई राजनीतिको विषयमा चिन्ता नगर्न र आफ्नो काममा मात्र ध्यान दिन भने । 

     

     

     


    चैत्र २८, २०७७ शनिवार १४:५४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत छ, कुनै विवाद छैन - विश्वप्रकाश शर्मा

    क्यानाडानेपाल

    चैत्र २८

  • 182
    SHARES
  • सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत छ, कुनै विवाद छैन - विश्वप्रकाश शर्मा

    काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् । 

    “कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ । 

    कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए । कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए । विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो । 

    कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताए । पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको सङ्गठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।रासस 


    चैत्र २८, २०७७ शनिवार १३:३७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा

  • क्यानाडानेपाल डेस्क

    ओली नेतृत्वको सरकार धेरै दिन रहदैन, केही दिनमै नयाँ सरकार गठन हुन्छ - प्रचण्ड

    क्यानाडानेपाल

    चैत्र २८

  • 362
    SHARES
  • ओली नेतृत्वको सरकार धेरै दिन रहदैन, केही दिनमै नयाँ सरकार गठन हुन्छ - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् । 

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले ओलीको सरकार लामो समय नटिक्ने बताउदै केही दिनमै नयाँ सरकार गठन हुने बताए ।

    उनले भने - 'अब केहिदिन भित्रै नयाँ सरकार गठन हुन्छ। मलाई विश्वास छ, नयाँ सरकार गठन भएपछि छिट्टै सबै कालो बादल हट्छ'  उनले वर्तमान सरकार नेपाली इतिहासकै सबैभन्दा विवेकहीन सरकार भएको पनि बताए । 

    नेपालको इतिहासमा कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डै दुईतिहाइको सरकार नै विवेकहीन देखिएको उनले बताए । उनले जनतालाई दु:ख नदिइकन आफुहरु नयाँ सरकार गठनको प्रयास रहेको बताए । 

    अहिलेको सरकारले संविधानालाई धुजाधुजा पारेको बताउदै उनले संविधान र लोकतन्त्र रक्षाका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताए । 

    आफ्नो नेतृत्वमा सरकार बनाउन जसपालाई फकाउदै कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन जसपालाई फकाउदै कांग्रेस

     


    चैत्र २८, २०७७ शनिवार १३:१०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडानेपाल डेस्क