काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वेता खड्का 'प्रवल जनसेवा चतुर्थ श्रेणी' पदकबाट सम्मानित भएकी छिन् ।
उनलाई शुक्रबार विद्यादेवी भण्डारीले सो पदकबाट सम्मान गरेकी हुन् । आफु सम्मानित भएको बारे स्वेताले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।
उनले राष्ट्रपती भण्डारीमार्फत 'प्रवल जनसेवा चतुर्थ श्रेणी' पदकबाट विभुषित हुँदै गर्दा आफुलाई राष्ट्र र समाजको लागी अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको बताएकी छिन् ।

उनले भनेकी छिन् - 'कर्म गरे फल पाईंदो रहेछ । आज सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारी ज्यु मार्फत 'प्रवल जनसेवा चतुर्थ श्रेणी' पदकबाट विभुषित हुँदै गर्दा मलाई मेरो राष्ट्र र समाजको लागी अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको छ । मेरो कर्तब्य पथमा आईपर्ने समस्या, चुनौती,बाधा अनि अड्चनहरुलाई पन्छाउँदै निरन्तर पाईला चालिरहन उत्साहित गर्ने यो पदकको मान र मर्यादालाई कायम राख्ने बाचाका साथ नेपाल सरकार लगायत मलाई साथ , सल्लाह , सुझाव र हौसला प्रदान गर्ने सम्पुर्ण ईष्ट-मित्र, संचारकर्मी , सहकर्मी लगायत सम्पुर्ण शुभचिन्तकहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछु'
चैत्र २८, २०७७ शनिवार
१२:०१:५६ बजे : प्रकाशित