• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

ओखर दिनदिनै खानुस्, यस्ता छन् फाइदै फाइदा

फाल्गुण २४ २०७७
  • 7.6K
    SHARES
  • ओखर दिनदिनै खानुस्, यस्ता छन् फाइदै फाइदा

    काठमाडौं - ओखर हाम्रो शरिरको लागि फाइदाजनक फल हो । भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल पाइने ओखर खानुका धेरै फाइदाहरु छन् ।

    ओखरको सेवनले शरीरलाई तातो र ऊर्जाशील बनाउ सहयोग पुर्याउछ ।  
     
    ओखर सेवन गर्नुका यस्ता छन् फाइदा

    - ओखरको दैनिक सेवन गर्नाले शरीरमा ऊर्जा कायम रहन्छ भने कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ ।  

    - ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ राखिराख्न सहयोग पुर्याउछ ।

    - ओखर सेवनले महिलामा सुगर र स्तन क्यान्सरका बिरामीहरुलाई फाइदा गर्छ ।  

    - ओखरमा फाइबर पाइने हुनाले पाचनक्रियालाई  मजबुत बनाउँछ । 

    - ओखरको सेवनले कब्जियत सम्बन्धी समस्याबाट पनि छुटकारा पाइन्छ । 

    - ओखर सेवन गर्नाले मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

    - ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न सहयोग पुर्याउछ ।

    - ओखर दैनिक सेवन गर्नाले घुँडा, जोर्नी र कम्मरको पीडा कम गराउछ । 

    - ओखर बच्चालाई नियमित सेवन गर्नाले दिमाग तीखो हुन्छ । ओखर खाँदा दूधसँग खानु राम्रो हुन्छ ।  


    फाल्गुण २४, २०७७ सोमवार २१:०४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओखर
  • अर्कोसमाचार

    उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर लगायतका रोगबाट बच्न खानुहोस् फर्सीका मुन्टा

    जेठ १६

  • 1.7K
    SHARES
  • उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर लगायतका रोगबाट बच्न खानुहोस् फर्सीका मुन्टा

    काठमाडौँ - करेसावारी र बजारमा विभिन्न प्रजातीका सागहरु सजिलै पाइन्छ। सबै प्रजातीका सागहरु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छन् । तर फर्सीको पातको सागबाट हामिले धेरै तत्वहरु प्राप्त गर्न सकिन्छ । 

    फर्सीको मुन्टोमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ र यसले विभिन्न खतरनाक रोग हुनबाट पनि बचाउँछ । 

    तपाईले फर्सीको पातलाई नियमित भोजनमा समावेश गर्नु भएमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सकिन्छ ।फर्सीको पातमा एन्टी–अक्सीडेन्ट पाइन्छ । फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । 

    जसले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्न सहयोग पुर्याउँछ । यसको सेवनले प्रजनन क्षमतामा वृद्धि गर्छ । 

    फर्सीको पातमा पाइने पोटासियमले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्छ । यस्तै उच्च रक्तचापलाई पनि नियन्त्रण गर्छ । यसमा पर्याप्त मात्रामा भिटामीन सी पाइने भएकाले छालाको सुन्दरता बढाउछ । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु राम्रो हुन्छ । 


    जेठ १६, २०७८ आइतवार २२:१२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फर्सीका मुन्टा
  • फलको राजा आँपका यस्ता छन् फाइदै फाइदा, यौन क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

    जेठ १८

  • 2.8K
    SHARES
  • फलको राजा आँपका यस्ता छन् फाइदै फाइदा, यौन क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

    काठमाडौं - गर्मी मौसममा सजिलै पाइने फल हो हाँप । यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले फलको राजा पनि भन्ने गरिन्छ । आँपमा प्रशस्त पानी पाइन्छ । 

    एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ । यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ । 

    पोको आँपमा सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाइन्छ । हामिले आँपको नियमित सेवन गरेमा शरीरलाई धेरै फाइदा गर्छ । आँप एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले विभिन्न राृगबाट बच्न यसले सहयोग पुर्याउछ ।

    aap.jpg

    आँप खानुका यस्ता छन् फाइदाहरु

    एन्टिअक्सिडेन्टयुक्त - आँपमा एन्टिअक्सिडेन्टयुक्त हसन्छ । जसले कोषलाई पुनजीर्वन दिन सहयोग गर्छ।  

    कोलेस्ट्रेरोल नियन्त्रण - आँपमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न सहयोग गर्छ । 

    रोगप्रतिरोधी - आँपमा रोगप्रतिरोधी पनि हुन्छ । यसमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुन्५ । 

    आँखा तेजिलो - आँपमा भिटामिन ए पाइने हुनाले आँखाको लागि फाइदाजनक हुन्छ । यसको सेवनले आँखा तेजिलो हुन्छ भने आँखाको समस्या पनि हुँदैन । 

    यौन क्षमता बढाउने - आँपले यौन क्षमता बढाउन सहयोग गर्छ । यसमा भिटामिन ई पाइने हुनाले यसले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। 

    शरीरमा रगत बढाउन - आँपको सेवनले शरिरमा रगत पनि बढ्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट टाढा राख्छ । 

    क्यान्सरबाट बचाउछ - आँप एन्टिअक्सिडेन्टयुक्त हुने हुनाले विभिन्न क्यान्सरबाट बचाउँछ । यसको सेवनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

    अन्य फाइदाहरु - आँपको सेवनले मधुमेह रोक्न मद्दत गर्छ। पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्छ। मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ।
     
     


    जेठ १८, २०७८ मंगलवार २२:१८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँप
  • भुलेर पनि पुन: तताएर नखानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सर लगायतका रोगको खतरा

    आषाढ ६

  • 5.7K
    SHARES
  • भुलेर पनि पुन: तताएर नखानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सर लगायतका रोगको खतरा

    काठमाडौं - हामिले दैनिक विभिन्न परिकारका खानेकुराहरु खाने गर्छौं । खाना खाने क्रममा खना रहेमा भोलिपल्ट वा केही समयपछि तताएर खाने गर्छौं । तर हामिले खाना तताएर खाएमा स्वास्थ्यका लागी हानीकारक हुन्छ।

    यो कुरा हामिलाई थाहाँ छ, तर थाहा हुदा हुदै पनि कहिलेकही बढी भएको खाना तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन, जुन पुनःतताएर खाँदा क्यान्सर लगायतका विभिन्न रोगको खतरा हुन्छ । 

    कुखुराको मासु - हामिले कखुराको मासुलाई फेरि तताएर खानु हुँदैन । फेरि तताएर मासु खानु हानिकारक हुन्छ किननी यसमा पाइने प्रोटिन कम्पोजिशन फेरि तताउँदा बदलिन्छ र पाचन सम्बन्धी समस्या हुन्छ ।

    आलु – आलुलाई पनि हामिले पुन तताएर खानुहुँदैन । आलु दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास हुन्छ र पेटमा विभिन्न समस्याहर देखिन्छ । 

    च्याउ - च्याउ पनि हामिले सकेसम्म सधैँ ताजा खानु राम्रो हुन्छ । च्याउलाई प्रोटिन धेरै हुने गर्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमा पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यलाई हानि गर्छ । 

    पालुंगो साग – पालुंगोको सागको तरकारी पनि पुन तताएर खानुहुँदैन । यसलाई दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास हुन्छ । 

    हामिले अण्डा, खाना लगायतका विभिन्न खानाहरु सकेसम्म फेरि तताएर नखाएकै राम्रो हुन्छ ।  


    आषाढ ६, २०७८ आइतवार २१:३३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खानेकुरा
  • # रोगको खतरा
  • लिची खानुका यस्ता छन् आश्चर्यजनक फाइदा  

    आषाढ १०

  • 1.4K
    SHARES
  • लिची खानुका यस्ता छन् आश्चर्यजनक फाइदा  

    काठमाडौं - लिची गर्मीमा सजिलै पाइने फल हो । मिठो र रसिला हुनुका साथै स्वास्थ्यका लागि निकै फाइदाजनक हुनाले यसलाई धेरैले मनपराउने गर्छन् । 

    लिचीमा प्रशस्त कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स जस्ता खनिज पदार्थ पाइन्छ । यस्तै यसमा पोटासियम, क्याल्सियम, फस्फोरस र आइरनजस्ता मिनरल पनि पाइन्छ ।

    यस्ता छन् लिची खानुका फाइदा

    - लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ ।
    - चिसो लागेको छ भने अथवा घाटीमा दुखेको छ भने पनि लिची खानु राम्रो हुन्छ ।
    - लिचीको सेवनले मुटु पनि स्वस्थ राख्छ ।
    - लिची सेवन गरेमा क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ ।  
    - शारीरिक विकासका लागि पनि लिची फाइदाजनक छ । 
    - हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिची खानु राम्रो हुन्छ । 
    - लिचीको सेवनले पाचन रस उत्पन्न गर्नमा सहयोग पुग्नाका साथै पाचन प्रणालीमा रहेका विकारहरूलाई पनि निर्मूल पार्दछ। 
    - कलेजो र कमलपित्तजस्ता रोगीको लागि लिचीको सेवन गर्नु राम्रो हुन्छ । 

    हामिले लिची खाँदा ध्यान प्र्याउनुपर्छ । साना बालबालिकालाई लिची खान दिनुहुँदैन । बालबालिकालाई लिची खान दिएमा बियाँ अडकाउन सक्छन् । यस्तै लिची खाँदा हाम्रो स्वास्थ्यमा समस्या पनि आउनँ सक्छ । चिलाउने, एलर्जी र स्वास लिन समस्या हुने गर्छ । त्यसैले यसको सेवन धेरै गर्नु पनि राम्रो हुँदैन । 


    आषाढ १०, २०७८ बिहिवार २२:१४:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिची
  • काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान

    आषाढ १७

  • 2.1K
    SHARES
  • काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान

    काठमाडौं - गर्मी मौसममा काँक्रो सजिलै पाइन्छ । पानीको मात्रा प्रशस्त हुने काँक्रोको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । काँक्रो सलाद तथा अचारको रूपमा पनि प्रयोग गरिन्छ ।

    gokul-baskota-6.jpg

    यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक काँक्रोमा कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, सल्फर प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म हुन्छ।  

    k.jpg

    यसले शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिनले पचाउन सहयोग गर्छ । नियमित रूपमा काँक्रो खाँदा स्वास्थ्यका लागि निकै लाभदायक हुने विज्ञहरूले पनि बताउने गरेका छन् । 

    - महिनावारी अनियमित तथा गडबडी भएका बेला पनि काँक्रोको सेवन गर्नुपर्छ।

    - शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ ।

    -  काँक्रोले शीतलता प्रदान गर्ने भएकाले पनि यसको प्रयोग गर्मी मौसममा बढी गरिन्छ।

    - काँक्रोले फियो र पाचनथैलीलाई कमजोर हुनबाट बचाउछ ।

    - काँक्रो एन्टिअक्सिडेन्टले हुने भएकाले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ  ।

    - काँक्राको टुक्राले आँखामा राखेमा रातोपना र सुन्निएको कम हुन्छ । 

    - यसको सेवनले मुख र गिजाको समस्या समाधान गर्छ ।

    - उच्चरक्तचाप भएकाले पनि काँक्राको नियमित सेवन गर्दा फाइदा हुन्छ।

    - काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ । 

    - यसमा पाइने फाइबर र पानीले खाना पचाउछ । 

    - काँक्रो मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक हुन्छ । 

     - काँक्रोको नियमित सेवनले कोलेस्टेरोलको मात्रा सन्तुलित राख्दछ।
     


    आषाढ १७, २०७८ बिहिवार २१:२९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काँक्रो
  • गर्मीले निद्रा नलागेर तनावमा हुनुहुन्छ ? खानुहोस् यी खानेकुराहरु

    श्रावण ७

  • 466
    SHARES
  • गर्मीले निद्रा नलागेर तनावमा हुनुहुन्छ ? खानुहोस् यी खानेकुराहरु

    काठमाडौं - अहिले गर्मीको मौसम छ । यो मौसममा गर्मीका कारण शरीर आलस्य हुने, थकाई लाग्ने र काम गर्न जाँगर नचल्ने हुन्छ । गर्मी मौसम खाना पनि नरुच्ने हुन्छ । गर्मीमा खानपिनमा विशेष ध्यान दिन नसक्दा विभिन्न समस्या पनि देखिन्छन् । 

    त्यसैले यो मौसममा नियमित खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्मीका कारण निद्रा पनि नलाग्ने हुन्छ । यदि तपाईलाई पनि गर्मीका कारण निद्रा नलाग्ने समस्या छ भने केही उपायहरु छन् । 

    यदि हाम्रो आहारमा कमी आएमा पाचन प्रक्रियामा गडबडी हुन्छ र निद्रा पनि लाग्दैछ । यस्तो बेला हामिले भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खानेकुरा खानुपर्छ । 

    आलु - तरकारीको राजा आलु हरेकको घरघरमा पाक्ने गर्छ । आलुले पनि निद्रा नलाग्ने समस्या हट्छ । निद्राको समस्या हुनेले आलु उमालेर वा भुटेर खानु राम्रो हुन्छ । आलु छिटो पच्ने भएकाले निद्रा चाँडै लाग्छ । 

    सजिवन - सजिवन बारे धेरैलाई थाहाँ नहुन सक्छ । यसले शरिरमा पानीको स्तरलाई कायम राख्न सहयोग पुर्याउछ ।  सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन नदिई गर्मी हुनबाट टाढा राख्छ । 
     
    फर्सी - गर्मी मौसममा फर्सी पनि सजिलै पाइछ । गर्मी हटाउन फर्सीले धेरै सहयोग पुर्याउछ । फर्सीमा हुने ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । दिमागमा हुने रसायन सेरोटोनिन हो । यसले मूड फ्रेश गर्नुको साथै उदासी हटाउँछ । जसका कारण निद्रा लाग्छ ।   

    लौका - लौका पनि सजिलै पाइने तरकारी हो । गार्मी हटाएर निद्रा लगाउन लौकाले सहयोग गर्छ । लौकाको सेवन गरेमा शरिरमा पानीको कमी हुँदैन । जसले गर्द अल्छि र निद्रा लाग्दैछ । गर्मीमा हरिया सागसब्जी, फल र लगातार पानी पिउनु राम्रो हुन्छ । 


    श्रावण ७, २०७८ बिहिवार २२:०१:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निद्रा
  • images
    ताजा खबर