• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

जसपा अब प्रधानमन्त्रीको दौडमा !

फाल्गुण २८ २०७७
  • 1.2K
    SHARES
  • जसपा अब प्रधानमन्त्रीको दौडमा !

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अहिले केपी ओलीको सरकार जोगाउन निर्णायक बनेको कारण जसपाका नेताहरुको दौडधूप बढ्दो छ । आज मात्रै जसपाका नेताहरुले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग छलफल गरेका छन् भने हिजो बेलुका मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गरेका थिए ।

    जसपा भित्र अहिले आन्तरिक विवाद समेत बढेको पाईन्छ । केपी शर्मा ओलीसंग मिलेर जान बहुमत सदस्य तयार हुँदा डा.बाबुराम भट्टराई भने माओवादी केन्द्र र नेपाली कांग्रेससंग मिल्नुपर्ने जोड दिईरहेका छन् । केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न उपसभामुख देखि प्रधानमन्त्री सम्मको अफरको कुराहरु बाहिरिएको छ । चुनावी सरकार जसपालाई दिने अफर प्रधानमन्त्री ओलीले गरेको समेत चर्चा चल्न थालेको छ ।

    प्रधानमन्त्री बन्ने दौडमा अहिले जसपापनि लागेको छ । यहि दौडका कारण भित्रिएको विवादले गर्दा आज जसपाले संसदीय दलको नेता चयन गर्न सकेन । संसदीय दलको नेताको लागि महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बीच कुरा मिल्न सकेको छैन । पार्टी एकीकरण समयमा राजेन्द्र महतोलाई बनाउने सहमति गरेपनि अहिले प्रधानमन्त्री बन्ने दौडले गर्दा अन्य ३ नेताहरु बीच सहमति हुन सकेको छैन ।

    कांग्रेससँगको छलफलपछि महन्थ ठाकुरले भने– हाम्रो लागि सब ओली सरकार नै हो  कांग्रेससँगको छलफलपछि महन्थ ठाकुरले भने– हाम्रो लागि सब ओली सरकार नै हो 

    संसदीय दलको नेता नै प्रधानमन्त्रीको दाबेदार हुने भएकाले आज बसेको बैठकले संसदीय दलको नेता चयन गर्न नसकेको जसपाका एक नेताले जनाएका छन् । प्रधानमन्त्रीको अफरमा को बन्ने भन्ने विषयमा सहमति हुन गार्हो परेकोले आज चयन हुन नसकेको हो ।

    जसपाका एक नेताले भने, "महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई मध्य कसलाई प्रधानमन्त्री बनाउन अरु दल तयार हुन्छन उसैलाई मात्र अब संसदीय दलको नेता चयन गर्ने भन्ने भित्रि सहमति जस्तो भएर आजको बैठक टुंगिएको छ । तर अझै कांग्रेस र माओवादी केन्द्रसंग छलफल गर्न बाँकी रहेकोले निर्णय सम्भवत आउने हप्ता तय हुने जानकारी पाएको छु ।"


    फाल्गुण २८, २०७७ शुक्रवार २२:३५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनता समाजवादी पार्टी
  • अर्कोसमाचार

    सीसीएमसीको बैठकमा प्रधानमन्त्रीको निर्देशन– पैसाको अभावले कसैको ज्यान नजाओस् 

    सीसीएमसीको बैठकमा प्रधानमन्त्रीको निर्देशन– पैसाको अभावले कसैको ज्यान नजाओस् 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमित नागरिकको पैसाको अभावले ज्यान जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । 

    आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुप¥यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।’ 

    प्रधानमन्त्री ओली सहभागी सो बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि राज्यको सबै शक्तिलाई  प्रयोग गर्ने निर्णय गरेको छ । 

    देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमामहामारीविरुद्ध लगाउने निर्णय गरेको सो बैठकले कानुनी जटिलता फुकाएर भए पनि स्वास्थ्य मन्त्रालय, प्रादेशिकसहितका सबैलाई अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो । 

    लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने निर्णय गरेको सो बैठकले देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने र उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने पनि निर्णय गरेको छ । 


    जेठ २, २०७८ आइतवार १५:२९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सीसीएमसी

  • क्यानाडा नेपाल

    ओली र माधवकुमारको सम्बन्ध सुध्रिँदै, विवाद समाधान गर्न कार्यदल गठन

    ओली र माधवकुमारको सम्बन्ध सुध्रिँदै, विवाद समाधान गर्न कार्यदल गठन

    काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध सुुध्रिँदै जान थालेको छ । उनीहरुबीच भएका भेटवार्ता सकारात्मक र उपलब्धीमूलक बन्न थालेको छ ।

    गत बिहीबारबाट ओली र नेपालबीचको सम्बन्ध सुध्रिने बाटोमा अघि बढ्दा आइतबारसम्म आइपुुग्दा विवाद समाधानका लागि कार्यदल गठनसमेत गरिएको छ । 

    अध्यक्ष ओलीले माधवकुमारसहितका नेतामाथि गरिएको कारबाही फिर्ता लिएका थिए । करिब डेढ वर्षयताका छलफल र बैठक उपलब्धीविहीन बनिरहेका बेला गत बिहीबार यता भने एमाले एकताबद्ध हुने बाटोमा अघि बढेको छ । 

    आइतबार करिब दुई घण्टा भएको ओली र नेता नेपालबीचको वान अन वान वार्तामा पार्टीभित्रको विवाद समाधान गर्न दुवै समूहमा पाँच पाँच जना सदस्य रहने गरी १० सदस्यीय कार्यदल गठन गर्न सहमत भएका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो वार्तामा दुई शीर्ष नेताले ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट रहेको १० सदस्यीय कार्यदल गठन गरेका हुन् । 

    गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।


    जेठ २, २०७८ आइतवार १५:४४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कार्यदल गठन

  • क्यानाडा नेपाल

    सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै देउवाले गरे स्वास्थ्यकर्मीको प्रशंसा 

    जेठ २

  • 130
    SHARES
  • सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै देउवाले गरे स्वास्थ्यकर्मीको प्रशंसा 

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै प्रशंसा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत देउवाले फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गरेका हुन् । 

    सरकार कोरोना नियन्त्रणमा लगभव असफल भएको भन्दै उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने उनले बताए । 

    उनले भनेका छन् - कोरोना महामारीको अहिलेको कठिन समयमा दिनरात विरामीहरुको उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालक लगायत फ्रन्टलाईनमा काम गर्ने सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँहरुको उच्च प्रशंसा गर्न चाहन्छु । 

    सरकार कोरोना नियन्त्रणमा लगभव असफल भएको अहिलेको अवस्थामा तपाई फ्रन्टलाईनरहरुको मेहनतले विरामीहरुमा आशाको किरण  देखिएको छ। एक दिन राज्यले पक्कै पनि तपाईहरुको यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्नेनै छ। फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सलाम!


    जेठ २, २०७८ आइतवार १८:३६:३५ बजे : प्रकाशित

    ओलीले भने: ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ'' 

    बीबीसी

    जेठ २

  • 192
    SHARES
  • ओलीले भने: ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ'' 

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण 'यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको' बताएका छन्। एक सामूहिक छलफलका क्रममा उनले नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने नसोचेको बताएका छन्। विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडि‌ओ क्लिपमा उनले भनेका छन्, ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो। तर यस तहमा वृद्धि भयो" ।

    ''सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले)पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ। यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन। त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ। यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन।''

    कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए । उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा ओलीको आलोचना र उपहास हुँदै आएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन्। नेपालमा साढे ४ लाखका हाराहारीमा मानिसहरू कोभिडबाट सङ्क्रमित भएका छन्।


    जेठ २, २०७८ आइतवार १८:५८:४३ बजे : प्रकाशित

    उपेन्द्र यादवले भने - प्रधानमन्त्री ओलीले फेरि शपथग्रहण गर्नुपर्छ

    जेठ २

  • 576
    SHARES
  • उपेन्द्र यादवले भने - प्रधानमन्त्री ओलीले फेरि शपथग्रहण गर्नुपर्छ

    काठमाडौं। जनता समाजवादी पार्टी  (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथग्रहण गर्नुपर्ने बताएका छन्। 

    आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्याशमा प्रतिज्ञा गर्दछ नभनी ’सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आंच पुगेकोले उक्त शपथग्रहण वदर गरी पुनः शपथग्रहण गर्न माग गरेका छन् । 

    कोरोनाभाइरसको दोश्रो लहरले नेपाली जनताहरू आक्रान्त भएको भन्दै उनले स्वास्थ्यकर्मी, डाक्टर, आवश्यक जनशक्ति बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको यथाशिघ्र व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

    उनले राजदूतहरुको नियुक्ति संविधानअनुसार र समावेशीताका आधारमा नभएको पनि बताएका छन् । 

    उनले भनका छन् - 'नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदुतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदुतहरू नियुक्ति गदा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भए गरेको छ। यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।'

    jasapa.jpg
     


    जेठ २, २०७८ आइतवार १९:३२:५९ बजे : प्रकाशित

    पार्टीलाई नयॉ ढंगले अगाडी बढाउने सोच राखेको भन्दै प्रचण्डले मागे सल्लाह सुझाव 

    जेठ २

  • 234
    SHARES
  • पार्टीलाई नयॉ ढंगले अगाडी बढाउने सोच राखेको भन्दै प्रचण्डले मागे सल्लाह सुझाव 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी दिनमा पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने सोच राखेको बताएका छन् । आइतबार साझँ सामाजिक सञ्जालमार्फत प्रचण्डले सो कुरा बताएका हुन् । 

    उनले पार्टीद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने बताएका छन् । पार्टीलाई नयॉ ढंगले अगाडी बढ्न उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको पनि उनले बताएका छन् । 

    उनले भनेका छन् - 'हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ। आफ्नो राय सल्लाह सुझाव तलको ईमेल ठेगानामा पठाऊनुहुन अनुरोध छ। धन्यवाद!! ईमेल ठेगाना: [email protected]'


    जेठ २, २०७८ आइतवार २१:५५:५४ बजे : प्रकाशित

    images
    images
    ताजा खबर