• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

कोरोना खोप कार्यक्रमको असफल हुने जोखिम – डा. रवीन्द्र पाण्डे 

क्यानाडानेपाल चैत्र १ २०७७
  • 1.3K
    SHARES
  • कोरोना खोप कार्यक्रमको असफल हुने जोखिम – डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा कोरोनाभाइरसविरुद्धको खोप अभियान माघ १४ गतेदेखि शुरु भइसकेको छ ।  नेपालमा कोरोना खोप अभियान शुरु भएपछि सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र विभिन्न सरकारी कर्मचारी, पत्रकार लाई लगाइसकिएको छ । 

    अहिले ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइरहेका छन् । यसैबीच नेपालमा कोरोनाभाइरसको संक्रमण र खोप वारे विभिन्न जानकारी दिदै आइरहेका डा. रवीन्द्र पाण्डेले कोरोना खोप कार्यक्रम असफल हुने जोखिम रहेको बताएका छन् । 

    उनले कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी रहेको बताएका छन् । उनले महामारीको समयमा खोपको सिद्धान्त पालना नगरेमा खोपको कुन अर्थ नहुने बताएका छन् । 

    उनले भनेका छन् - कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी छ । महामारीको समयमा खोपको सिद्धान्त पालना गरेनौं भने खोपको कुनै अर्थ हुँदैन।
     
    नेपालमा हालसम्म कोभिशिल्डको खोपको आयात 
    भारतबाट उपहार – १० लाख डोज 
    भारतबाट किनेर ल्याएको – १० लाख डोज 
    कोभ्याक्सबाट आएको – ३ लाख ४८ हजार डोज
    जम्मा आएको = २३ लाख ४८ हजार डोज 
    हिंजोसम्म खोप लिएका व्यक्ति = १५ लाख 
    १५ लाख व्यक्तिले खोप लिंदा १५ लाख डोज स्टकमा राख्नुपर्छ। दोस्रो डोज लगाउन नपाउने स्थिति भयो भने पहिलो डोज मात्र लगाएका व्यक्ति ३ महिनामात्र सुरक्षित हुनसक्छन् । दोस्रो मात्रा नपाएमा पहिलो मात्रा लगाएको अर्थ हुँदैन । सरकारले जति जनालाई खोप दिन्छ, त्यति नै मात्रा स्टकमा राख्नुपर्थ्यो। 
     
    हिंजोसम्मको तथ्यांक हेर्ने हो भने पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाउनको लागि ६ लाख ५२ हजार डोज अपुग हुन्छ।
     
    अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको छ। महाराष्ट्र, केरला, कर्नाटक, तामिलनाडु, पंजाब लगायतका राज्यमा कोरोना संक्रमण बढिरहेको छ। महाराष्ट्रमा मात्र दिनको १५ / १६ हजारको दरले संक्रमितको संख्या बढिरहेको छ। दिल्ली, गुजरात, मध्यप्रदेशदेखि नेपालसंग सिमाना जोडिएका राज्यमा पनि संक्रमितको संख्या पहिलेभन्दा बढ्ने गतिमा देखिन्छ। |
    भारत सरकारले ती राज्यमा सबैलाई खोप दिने तथा अब आफ्नो देशको अवस्था सुधार नभएसम्म खोप बाहिर नपठाउने भनेको छ। नेपालले किनेको बाँकी १० लाख डोज ल्याउन ठूलो पहल गर्नुपर्ने देखिन्छ। त्यस्तै ४ डलरको खोपलाई एजेन्ट नियुक्ति गरेर ६.५० डलरको दरले खोप किन्ने प्रयत्नले झन् ढिलाइ हुनसक्छ।
     
    सरकारले चीनले दिने भनेको ८ लाख भेरो सेल भ्याक्सिन तुरुन्तै ल्याउन पहल गर्नुपर्छ। त्यतिमात्र हैन रुस र चीनसँग खोप किन्ने पहल गर्नुपर्ने देखिन्छ | कोभ्याक्स सुबिधाको खोप छिटो ल्याउने पहल गर्नु जरुरी छ।
     
    अष्ट्रेलियाले किनेको एस्ट्रेजेनेकाको २ लाख ५० हजार मात्रा आफ्नो देशमा लैजाने क्रममा इटलीले जहाज रोकेको धेरै भएको छैन। युरोपमा महामारी ब्यापक भएकोले खोप बाहिर दिनुहुँदैन भन्ने मत बढेको छ। क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा पनि खोपको तिर्खा उस्तै छ।
     
    सरकारले बिभिन्न कम्पनी र संस्थाबाट छिटो खोप ल्याउने तथा पहिलो डोज लगाएका हरेक व्यक्तिको दोस्रो डोज स्टोरमा सुरक्षित गर्ने सिद्धान्तमा चुक्यो भने खोप कार्यक्रम बालुवामा पानी हुनेछ। यस्तो संबेदनशील बिषयमा सरकार जिम्मेवार र परिपक्व हुनु अत्याबश्यक छ।


    चैत्र १, २०७७ आइतवार १२:४०:१७ बजे : प्रकाशित

    अर्कोसमाचार

    महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा - डा. रवीन्द्र पाण्डे 

    क्यानाडानेपाल

    चैत्र १४

  • 690
    SHARES
  • महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा - डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर शुरु हुँदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ । 

    त्यसैले हामिले फेरि पनि स्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित साबुनपानीले हात धुने लगायतका सावधानि अपनाउन जरुरी छ । 

    यसैबीच नेपालमा कोरोनाभाइरसको संक्रमण र खोप वारे विभिन्न जानकारी दिदै आइरहेका डा. रवीन्द्र पाण्डेले महामारीको दोस्रो लहर र खोपबारे जानकारी दिएका छन् । 

    १. लकडाउनबारे 
    - लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।

    २. खोपबारे 
    - यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ । त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ । भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी ) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ ।

    ३. दोस्रो मात्रा बारे 
    - दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ । कारणबश दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभाकरिता न्युनतम ६४.१ % हुने एस्ट्रेजेनेकाले बताएको छ । दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०. ४  % हुन्छ ।

    - बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९ – १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० % ले कम हुन्छ ।

    ४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?
    खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ । उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ । फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् । खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ । खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ ।यो बुझ्नु / बुझाउनु जरुरी छ ।

    ५. दोस्रो लहरको क्षति अनुमान 
    दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन । त्यो बेला हामीसंग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि ) को अभाव थियो । अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन्। आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ। खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रतक्ष्य छ । मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ । खोप आइरहनेछ । तसर्थ क्षति निकै कम हुन्छ ।
     
    महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तब्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन ।


    चैत्र १४, २०७७ शनिवार १९:१२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    ‘१४ वर्षको जेल बसाइमा एकवर्षको जति पनि खाना खाएको छैन होला’

    क्यानाडानेपाल

    फाल्गुण १३

  • 1.8K
    SHARES
  • ‘१४ वर्षको जेल बसाइमा एकवर्षको जति पनि खाना खाएको छैन होला’

    राधिका शाक्य - आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ । दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन । मसँग त्यति प्रaल निजी इच्छा नभएर पनि हुनसक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति आदिका विषयलाई कहिल्यै छलफलको विषय बनाएका छैनौंँ । यति लामो समय सँगै बसेर पनि मैले उहाँसँग आफूले जान्न चाहेका कतिपय कुरा सोध्ने गरेकी छैन । कारणहरू धेरै छन्, मूल कारण त समय नै हो । हरेकजसो रात उहाँ १२ बजे अगाडि कोठामा आउनुहुन्न । मध्यरातसम्म भेटघाटमै व्यस्त रहनुहुन्छ । त्यति अबेर कोठामा आउने मान्छेको शारीरिक र मानसिक थकान कति हुन्छ होला भन्ने सोच्छु र केही कुरा गर्दिन ।

    एकदिनको कुरा हो, त्यो २०७६ साल कात्तिक २० गते राति १ बजेको थियो । मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ? मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ ? बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थें म । त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ ।

    मैले के महसुस गरिरहेकी थिएँ भने पञ्चायती शासकले बन्दी बनाएर कठोर यातना दिएको जीवन र आज प्रधानमन्त्री जस्तो देशको सर्वाेच्च कार्यकारी पदमा रहँदा काम गर्न अवरोध गरी चारैतिरबाट घेरिएको जीवनमा के भिन्नता छ र ? त्यसबेला लिएको र अहिले लिएको मुलुक बदल्ने उद्देश्यमा के भिन्नता छ र ? त्यसबेला जुन उद्देश्यका लागि जेलमा कठोर यातना सहेर संघर्ष गर्नु रेको थियो, आज त्यही उद्देश्य पूरा गर्न अगाडि सारिएका काममा अवरोध सहेर संघर्ष गर्नुपरेको छ । मनमा थुनेर राखेका प्रश्नहरूको बाँध कतिबेला फुट्ला झैँ भएको थियो । मैले उहाँको जेलयात्राका बारेमा सोधेँ । उहाँले व्याख्या नगरी जेल यात्राको विवरण मात्र सुनाउनुभयो ।

    २०३० साल असोज २३ गते, रौतहटको एउटा गाँउबाट राति गिरप्तार गरी, हिंडाएर उहाँलाई गौर कारागार लगियो । २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो ।

    जेल सार्ने क्रममा उहाँले सुनाउनुभएका यसपछिका घटना विवरणले भने मलाई नराम्री ऐठन ग¥यो । उहाँले सुनाउनुभएको घटना विवरण यस्तो थियो–
    ‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । प्रहरीको भ्यानमा मलाई राखिएको थियो । तर, वीरगञ्ज नपु¥याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । एकदम तयारीसाथ गाडीमा खाल्डो खन्ने औजारसँगै मलाई राखिएको थियो । प्रहरी जवानहरूका अनुहारको भावभंगीबाट सजिलै बुझ्न सकिन्थ्यो, केहीबेरपछि नै उनीहरूले मलाई जंगलमा लगेर मार्नेछन् र खाडल खनेर पुर्नेछन् । जेल सार्न खोज्दा बीचैमा भागेर गोली चलाउँदा मारिएको एउटा कृत्रिम घटनाको प्लट बनाएर हिंड्दा मानिसको अनुहारमा जुन प्रकारको उद्वेलन र छटपटी हुन्थ्यो, उनीहरूका अनुहारमा त्यो प्रस्ट देखिन्थ्यो । जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोलीको नेतृत्व सई मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो । उहाँका मनमा एक्कासि किन यस्तो करुणा उत्पन्न भयो कुन्नी, बीचमा पुगेपछि उहाँले गाडी जंगलबाट मोडेर वीरगञ्जतिर लैजान आदेश दिनुभयो । ‘गाडी दायाँ लैजा, यो बाँचोस्’ सई मोहनप्रसाद अधिकारीले एक्कासि दिएको निर्देशनले मार्न ठिक पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछु भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मारिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो ।’

    उहाँले त्यस मध्यरातमा सुनाउनुभएका यी कुराले मेरो जीउमा काँडा उम्रेजस्तो भयो । तन्मयपूर्वक त्यस दिनको घटना विवरण सुन्दा मेरो मानसिकता नै केही बिथोलियो । त्यसपछि पनि उहाँले जेल सारिएका विवरण सुनाउनुभयो, तर मेरो मन भने जंगलमा मार्न खोजिएको त्यही घटनामा अड्किएको थियो ।

    मङ्सिर ३ गते राति उहाँलाई वीरगञ्ज थाना पु¥याइएछ । ४ र ५ गते त्यहीँ राखेर उहाँलाई ६ गते वीरगञ्जकै सानो जेल भनिने महिला कारागारमा पु¥याइएको रहेछ । त्यहाँ त्यसबेला महिला नभएकाले मंसीर ६ र ७ गते त्यहीँ राखियो । मंसिर ८ गते मध्यरातमा अर्काे मनोवैज्ञानिक आतङ्कसहित उहाँलाई त्यस जेलबाट निकालियो, काठमाडौँ सार्न भनेर । नेपाली काँग्रेसका चितवन सभापति भीमबहादुर श्रेष्ठलाई समेत सँगै हिंडाइएको थियो । मंसिर ८ गते काठमाडौंको भद्रगोल जेलमा ल्याएर तीन दिनसम्म राखियो । मंसिर ११ गते सेन्ट्रल जेल ल्याएर २०३२ वैशाख १६ गतेसम्म गोलघरमा राखियो । त्यहाँबाट फेरि २०३२ साल साउन २२ गते नख्खु जेलमा सारियो ।

    १६ महिना नख्खु जेलको बसाइपछि २०३३ मंसिर १४ गते फेरि सेन्ट्रल जेल लगेर गोलघरमा हालियो । दोस्रो पटक करिब तीन वर्ष गोलघरमा राखेपछि २०३६ साल जेठमा गोलघरबाट निकालियो । सेन्ट्रल जेलबाट २०३७ चैत १५ मा पुनः नख्खु जेल नै लगियो । करिब दुई वर्षको नख्खु जेल बसाइपछि २०३९ माघ ३ गते उहाँलाई पोखरा जेल सारियो । पोखराबाट २०४२ कात्तिकमा स्याङ्जा जेलमा पु¥याइयो । स्याङ्जा जेलबाट २०४३ मंसिर ८ गते उहाँलाई काठमाडौंको हनुमानढोका कारागारमा ल्याइयो र माघ ८ गतेसम्म त्यहीँ राखियो । हनुमानढोका कारागारबाट फेरि तेस्रो पटक भद्रगोल जेल पु¥याएर २०४४ असार ११ गते रिहा गरियो ।
    यो थियो, उहाँले मलाई त्यस मध्यरातमा आधा घन्टा लगाएर सुनाउनुभएको जेलयात्राको विवरण ।

    यसरी मध्यरातमा भए पनि मैले उहाँको जेल जीवनसम्बन्धी अनुभूतिहरू सुन्ने अवसर पाएँ । कयौंँ दिनदेखि सोध्न नपाएका प्रश्नका बाढी केही समयको लागि शान्त भयो ।निरङ्कुश व्यवस्था विरुद्धको संघर्षका क्रममा यस्तो कहालीलाग्दो यातनामय जेल सराइ र त्यहाँभित्रको संघर्षले उहाँको शारीरिक र मानसिक अवस्थामा कस्ता असर पारे होलान्? शारीरिक असर त हामी देख्न सक्छौंँ र त्यो भोगिरहेका पनि छौँ । मानसिक असरलाई भने व्यक्तिले कसरी ग्रहण गर्छ? त्यस अनुसारको नतिजा निस्कँदो रहेछ भन्ने उहाँको मनोबल हेरेर महसुस गर्छु । मार्न ठिक्क पारिएको, कयौंँ पटक मृत्युको मुखमा पुगेर फर्केको मानिसमा जीजिविषा यति बलियो हुँदो रहेछ भन्ने मैले केपीजीसँग अन्तरङ्ग संगतका क्रममा थाहा पाएकी छु । यसलाई आम नेपालीले बुझ्नुभएको छ भन्ने ठान्दछु ।

    मेरो बुझाइमा उक्त परिस्थितिले उहाँको शारीरिक अवस्थामा केही असर परे पनि मानसिक स्थितिमा एकरत्ति असर परेको छैन । बरु, उहाँलाई देश र जनताप्रतिको उत्तरदायित्व अझ बढी बोध गराएको छ । उहाँले मसँग बेलाबेला भन्नुभएको छ, ‘१४ वर्षको जेल बसाइमा मैले एकवर्षको जति पनि खाना खाएको छैन होला ।’ गोलघरकै बसाइमा उहाँलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोगहरू लाग्यो । उपयुक्त खाना छैन, उपचार छैन । थुप्रै साथीहरूले उहाँ बाँच्नुहुन्न भन्ने ठानेर बेलाबेला हेर्न जाने गरेका कुराहरू सार्वजनिक भइसकेका छन् ।

    उहाँले जेल जीवनमा भोगेका दुई जना डाक्टरहरूको विपरीत अलग अलग चरित्रको बेलाबेला प्रसङ्ग ल्याउनुहुन्छ । अति खराब, दुष्ट र मानवीय भावना पटक्कै नभएका डा. आनन्दबहादुर श्रेष्ठ र डाक्टरी पेसाको ख्याल गर्ने र मानवीय भावना भएका डा. पुस्कर भारती थिए रे । डा. भारतीले डाक्टरको धर्म उपचार गर्नु हो भनेर केपीजीलाई केही औषधिका ‘प्रेस्किप्सन’ लेखिदिँदा डा.आनन्दबहादुर श्रेष्ठले त्यसलाई च्यातिदिएको र डा. भारतीलाई जनकपुरमा सरुवा गरिदिएको घटना उहाँले मलाई सुनाउनुभएको थियो । यस्ता डाक्टर, जसले आफ्नो पेशागत धर्म छोडेर सत्ताको लालचमा मानवमाथि अत्याचार गर्दारहेछन् । हुनत, त्यसबेलाको पञ्चायती सत्ताको लालचमा परेका डाक्टरको के कुरा गर्नु, आज पनि केपीजीको स्वास्थ्यलाई लिएर राजनीति गरिरहेका देखिन्छन् । तर, उहाँको स्वास्थ्यनिरङ्कुश व्यवस्थाविरुद्ध संघर्षपूर्ण राजनीतिक यात्राकै कारण कमजोर बनेको हो । यस यथार्थलाई बुझेर उहाँको स्वास्थ्यमाथि राजनीति नगरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ ।
    (प्रथम महिला राधिका शाक्यको पुस्तक मेरा अनुभूतिको पुस्तकांश) - गोरखापत्र अनलाइन 


    फाल्गुण १३, २०७७ बिहिवार १५:१३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राधिका शाक्य

  • क्यानाडानेपाल डेस्क

    नेपालमा आएको कोरोनाविरुद्धको खोपबारे यसो भन्छन् डा. रवीन्द्र पाण्डे 

    क्यानाडानेपाल

    माघ ८

  • 4.0K
    SHARES
  • नेपालमा आएको कोरोनाविरुद्धको खोपबारे यसो भन्छन् डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आईपुगेको छ । 

    भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । 

    यस्तै नेपालमा कोरोनाभाइरसको संक्रमण भएको अवस्थामा यसको रोकथाम तथा नियन्त्रण र बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका डा. रवीन्द्र पाण्डेले नेपालमा आएको खोपबारे पनि जानकारी दिएका छन् । 

    - अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा आज नेपाल आएको छ ।

    - भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो । नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो ।

    - नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ । यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो ।

    - भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो । भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ । कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् । नेपालमा आएको यो खोप हैन ।

    - नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ । तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ ।

    - यो खोपको भारतमा ०.१५ % लाई साइड इफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ । यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् ।

    - सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने / गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ ।

    - कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ ।

    - गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन । तसर्थ नलगाउनु सुरक्षित हुन्छ ।

    - दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु / किड्नी / फोक्सो / मस्तिष्क / ब्लीडिंग डिस्अर्डर / प्लेटलेट सम्बन्धि समस्या / स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ ।

    - नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ । 

    - कोभ्याक्स सुबिधा अन्तर्गत २० % जनसंख्यालाई पुग्नेगरि खोप आउँछ । उक्त खोप २ महिनापछि ३ % जनसंख्याको लागि आउँछ । बाँकी १७ % को लागि उपलब्धता अनुसार बिस्तारै आउँछ ।

    - अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ । खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ ।

    - २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ ।
    - महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।


    माघ ८, २०७७ बिहिवार २१:५६:३६ बजे : प्रकाशित

    ओली सरकारलाई पार्टीबाट असहयोग भएको मुख्य चार वटा कदम

    क्यानाडानेपाल

    पौष २०

  • 1.6K
    SHARES
  • ओली सरकारलाई पार्टीबाट असहयोग भएको मुख्य चार वटा कदम

    ओली सरकारलाई पार्टीबाट असहयोग भएको मुख्य चार वटा कदममा हो :

    १-एमसिसी सम्झौता !
    ओली यो सम्झौता जसरी पनि कार्यान्वयन गर्न चाहन्थे । उनले पाँच सय अर्बको सम्झौता भइसकेको र पैसा आउनमात्रै बाँकी रहेको भाषण गरेका थिए । एमसिसी जम्मा पचपन्न अर्बको थियो । बाँकी ४४५ अर्बको सम्झौता के थियो भन्ने उनले खुलाएका छैनन् । एमसिसीबारे बारे उनले तार्किक र तथ्यगत रूपमा कन्भिन्स गर्ने प्रयास नगरी खालि पास गर्नपर्छ मात्रै भने । प्रचण्ड र नेपालको रवैया यसमा ढुलमुल खाले रह्यो । 

    २-गुठी मास्ने विधेयक !
    सिङ्गो राज्य संयन्त्र नै प्रयोग भएर विवादास्पद कोरियन चर्चको  'होलीवाइन-सम्मेलन' सम्पन्न गर्नु र यता सयौं वर्षदेखि अस्तित्वमा रहेका धार्मिक-सांस्कृतिक गुठी मास्ने गरी सरकारले विधेयक ल्याउनु, संयोगमात्रै हुँदो हो । तर त्यसले धेरैको मनमा आशङ्का जन्मायो । खासगरी काठमाडौंको नेवार समुदायले आन्दोलनको नेतृत्व गर्यो । आफ्नै पार्टीका नेताहरूले दह्रो साथ नदिएपछि अन्ततः यो विधेयक फिर्ता भयो । दुई तिहाइको ईगोमा यो ठूलो ठेस थियो । 

    ३-गोकुलको सत्तरी करोड़ काण्ड !
    प्रधानमन्त्रीका भित्रिया गोकुल बाँस्कोटाको पक्षमा पार्टीले साथ नदिनु पनि एउटा असहयोग थियो । नेपाल टेलिकमको १९ अर्बको 4G ठेक्कादेखि २८ अर्बको स्याटेलाइटलगायतका एक खर्बभन्दा बढ़ीका योजनामा गोकुल, खतिवडा र ओलीको प्रत्यक्ष सहभागिता थियो । उनीमाथि छानबिन भएको भए अन्य थुप्रै भ्रष्टाचारमाथिको पर्दा हट्ने थियो । त्यति ठूलो चरित्रहीन घटना र लिड बाहिर आउँदा समेत ओलीले गोकुलको बचाउ गरे । सामान्य छानबिनसमेत हुन दिएनन् । अख्तियारको भेषमा गोकुलकै मान्छे मन्त्रालय पठाएर कागजात समेत गायब बनाए । यसमा पार्टीले विरोध नै त गरेन, तर ओलीले खोजे जति समर्थन पनि गरेन । गोकुललाई पुनः नियुक्ति गर्न नसक्नु पनि ईगोमा एउटा ठेस थियो । 

    ४-खतिबड़ाको निरन्तरता !
    गोकुलको बहिर्गमनपछि विश्वासिलो पात्र युवराज खतिवडा नै थिए । पार्टीले बामदेवलाई अघि सारेर खतिवडाको निरन्तरतामा असहयोग गरेको पक्कै हो । गोकुलको हातमा रहेका ती प्रोजेक्ट खतिवडाले हेरून् भन्ने चाहना ओलीको थियो । सञ्चार मन्त्रालय उनैलाई दिइएको पनि थियो । तर निरन्तर खिचलो आएपछि केही सिप नलागेर खतिवडालाई राजदूतको पुरस्कार दिएर बिदा दिनुपर्यो । यसले संसद हठात् बन्द गरेर पार्टी फुटाउने अध्यादेश नै ल्याउने हदसम्म रूष्ट बनाएको देखिन्छ । जसको पार्टीले स्वभावतः विरोध गर्यो । 

    अन्य कुरा तपसिलका या कार्यकारण सम्बन्धले आएका विषय मात्रै हुन् । सरकारलाई असहयोग गर्ने भनेको संसद बन्द गर्ने, सड़क आन्दोलन गर्ने, भद्र अवज्ञा गर्ने, अविश्वास प्रस्ताव ल्याउने या सरकारले ल्याएका विधेयक पास हुन नदिने हो । संसद ओली आफैले बन्द गरेका थिए । सरकारविरुद्ध अति कम आन्दोलन भएको या हुँदै नभएको इतिहासमैं यो पहिलो सरकार थियो । प्रतिपक्षी दल मानौं कोमामा थियो । अविश्वासको प्रस्ताव त संसद विघटन भएपछि मात्रै दर्ता भएको ओली आफैले बताएका छन् । असहयोग भनेको के हो ? कुन कुन मुद्दामा, कुन कुन एजेन्डामा कसरी असहयोग भएको हो भनेर ओलीले भनेका छन् कि ? 

    नक्सा प्रकरणमा सरिता गिरीबाहेक सबैले, होलीवाइनमा माधव नेपालले, डाक्टर गोविन्द केसीलाई दबाउन र ओम्नीका लागि जहाजको जमानत बस्न योगेश भट्टराईले सहयोग गरेकै हुन् । 'यति' समूहले प्रतिस्पर्धाबिनै पाएका मालदार ठेक्का हुन् या राजदूतको पद, भएका बोलपत्र रद्द गरेर ओम्नीले पाएको ठेक्का होस् या बिजुली बसका नाममा करोडौंको भागशान्ति, पार्टीले कहिले असहयोग र आन्दोलन गरेको थियो र ?- नारायण गाउँलेको फेसबुकबाट


    पौष २०, २०७७ सोमवार १९:५०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • क्यानाडानेपाल डेस्क

    प्रधानमन्त्रीको कुर्सी ओलीको पुर्ख्यौली बपौती होइन

    क्यानाडानेपाल

    पौष ९

  • 2.2K
    SHARES
  • प्रधानमन्त्रीको कुर्सी ओलीको पुर्ख्यौली बपौती होइन

    धेरैले जननिर्वाचित सरकारलाई घेराबन्दी गरिएको भन्ने तर्क गरेको देखियो ! पहिलो त ओली सरकार जननिर्वाचित सरकार होइन । सरकार संसदले चुनेको हो । जनताले त आआफ्नो क्षेत्रबाट प्रतिनिधिका रूपमा सांसद र पार्टी चुनेका हुन् ।  

    हालको शासकीय व्यवस्थामा जनता भनेका सांसद हुन् । जनताले कानुन बनाउने भनेको हामी सबै जना कलम बोकेर सिंहदरबार पस्ने भन्ने होइन । प्रतिनिधिका रूपमा सांसदले हाम्रो आबाज र मत बोक्ने हुन् । जसले धेरै सांसदको विश्वास जित्छ, त्यसले सरकार बनाउने हो । जुन दिन तिनको विश्वास सकिन्छ, त्यस दिन छोड्ने हो । 

    बहुमत ल्याएको नेकपाले हो । ओलीले जितेको आफ्नो एउटा सिट मात्रै हो । झापाका जनताले उनलाई सांसद बनाएका हुन् पाँच वर्षका लागि । यत्ति सत्य हो । र, सांसदका रूपमा काम गर्न उनलाई कसैले बाधा पुऱ्याएको थिएन । नेकपाले उनलाई प्रधानमन्त्री बनाएको हो । 

    नेकपाको बहुमत उनको पक्षमा नरहे उनले राजीनामा दिने हो, पार्टीलाई ध्वस्त बनाउने होइन । हामीले उत्कृष्ट भनेको व्यवस्था नै यही हो । प्रधानमन्त्रीको कुर्सी ओलीको पुर्ख्यौली बपौती होइन, जुन उनले प्रचण्ड या माधव नेपाललाई टीका लगाएर दिन या नदिन सकून् । उनले दिने संसदलाई हो । पार्टीलाई हो ।

    दोस्रो घेराबन्दी भनेको के हो ? संसदीय व्यवस्थामा घेराबन्दीलाई अविश्वास भनिन्छ । र विश्वास जित्न नसके राजीनामा दिनुपर्छ । यसको कानुनी व्यवस्था छ । उनले के काम गर्न नपाएको हो ? गोकुललाई छानबिनबाट बचाउन पाएनन् कि ? जहाजबिना नै पानी जहाज कार्यालय खोलेर जागीर खुवाउन पाएनन् कि ? डुब्न लागेको वायुसेवा निगममा हाकिमकै पोस्ट थपेर भर्ती गर्न पाएनन् कि ? बालुवाटार काण्डमा रङ्गे हात देखिएका विष्णु पौडेललाई देशको खजाञ्ची नै बनाउन पाएनन् कि ? यतिलाई त चाहे जति दिएकै हुन्, अलिकति सेटब्याक भएको ओम्नीमा न हो ।

    संविधानभन्दा आँखा र मन पढ्ने राष्ट्रपति भएकै कारण उनको ईगो सफल भएको हो । नत्र हिजोमात्रै संविधान लेख्दै गर्दा सजिलै पार्टी फुटाउन नसकियोस् र लहड़मा संसद भङ्ग गर्न नसकियोस् भनेर संविधानमा हामीले लेख्यौं भन्दै छाती फुलाउने ओलीहरू नै हुन् । 

    सोच्नुस् त, सेटिङ् अनुसार नै अदालतले यो फैसला सदर गर्ने हो भने संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कहिल्यै नआउने भयो । आए संसद भङ्ग गरे भयो । 

    किनकि जो आए पनि ओलीको भाषामा संसद-निर्वाचित नभएर जननिर्वाचित नै हुने भयो । भोलि ओलीको ठाउँमा देउबा या प्रचण्ड आउलान् । संसदभन्दा संसदले चुन्ने प्रधानमन्त्री ठूलो हुने भएपछि र संसदप्रति उत्तरदायी बन्न नपर्ने भएपछि तिनले मनोमानी गरे पनि तिनलाई फेर्न नसकिने भयो । संसद स्वतन्त्र समेत नहुने भयो । मेरो कुरा नमाने तेरो जागिर खाइदिन्छु भने भयो । उही व्यवस्थाबाट बनेको ओली सरकार जननिर्वाचित हुने र अरू नहुने भन्ने पनि भएन । तिनले पनि जनताको नासो जनतालाई नै बुझाउँदै गए भने के होला ? अनि सुशील कोइरालाक़ो जननिर्वाचित सरकार हटाएर ओली प्रधानमन्त्री नबनेका पनि होइनन् । 

    हिजो राजनैतिक स्थायित्वका लागि सजिलै पार्टी फुटाउन नपाइने बनायौं भन्ने र ताली खाने, अनि आफ्नो पालामा फुटाउने अध्यादेश ल्याउने ! हिजो लहड़को भरमा संसद भङ्ग नहोस् भनेर व्यवस्था गऱ्यौं भन्ने र ताली खाने अनि आज संसद भङ्ग गर्ने अधिकार मेरै हो भन्ने कुतर्क गरेर पनि हुन्छ र ?- नारायण गाउँलेको फेसबुकबाट


    पौष ९, २०७७ बिहिवार २२:०१:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • क्यानाडानेपाल डेस्क

    प्रचण्ड कति सफल कति असफल ?

    क्यानाडानेपाल

    पौष ८

  • 2.1K
    SHARES
  • प्रचण्ड कति सफल कति असफल ?
     

    शारदप्रसाद त्रिताल । विगत झण्डै ३ दशकमा नेपालको राजनीतिमा अनेकौं उथलपुथल भए । कैयौं नेता उदाए र अस्ताए । तर २०५२ सालदेखि लगातार चर्चामा रहन सफल हुनु भएका एकमात्र नेता पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ ।

    १. नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड शत्रुको ढाडमा टेकेर टाउकोमा हान्ने नीति अनुरुपका अधिकांश मोर्चामा सफल हुँदै आउनु भएपनि मुख्य निर्णायक बिन्दु (Turning Point) हरुमा असफल देखिने गर्नु भएकोछ ।

    २. रुकुमको खारामा नेपाली सेनासँगको महत्वपूर्ण दोस्रो रणनीतिक भिडन्तमा नराम्रो हार व्यहोरेपछि उहाँ शान्ति प्रकियाको मार्गमा आउन वाध्य हुनुभयो । यदि खाराको दोस्रो भिडन्तमा सफल हुनुभएको भए परिस्थिति अर्कै हुन सक्ने थियो ।

    ३. संविधानसभाको पहिलो निर्वाचनमा अप्रत्यासित जीतबाट हौसिनु भएका पी के राष्ट्रपतिमा आफ्नो मान्छे जिताउन असफल हुनुको साथै रुक्माङ्गद कटुवाललाई सेनापतिबाट हटाउने रणनीतिमा समेत असफल हुनु भयो । यी दुबै घटनाले उहाँको उच्च आकांक्षामा नराम्रो प्रहार भयो नत्र परिस्थिति अर्कै हुन सक्थ्यो ।

    ४. संविधान सभाको पहिलो कार्यकालमा आफुले भने अनुसार संविधान निर्माण हुन नसक्ने देखेपछि अन्तिम अवस्थामा आएर संविधान सभा नै खारेज गराउन सफल हुनु भएपनि संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीलाई जिताउन सफल हुनु भएन । तापनि संविधानमा आफ्नो अजेण्डाका धेरै प्रावधान राख्न भने सफल हुनु भयो ।

    ५. स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको सहयोग लिएर छोरीलाई मेयर बनाउन सफल भएपछि संघीय संसदमा एमालेसँग एकीकरण गरेर उहाँको मागर्मा देखिएको प्रमुख शत्रु मानिने एमालेको नाम मेटाइ नेकपा बनाउन पनि सफल हुनु भयो ।
    ६. संघीय संसदमा झण्डै दुई तिहाईको बहुमत बनाउन सहयोगी बन्नु भयो । ७ प्रदेश मध्ये ६ प्रदेशमा नेकपाको सरकार गठन गराउन पनि सहयोगी हुनुभयो ।

    ७. संघीय मन्त्रिमण्डलमा आधा समय आफु प्रधानमन्त्री बन्ने गरी सम्झौता गर्न सफल भए पनि कार्यान्वयनमा असफल भएपछि प्रधानमन्त्री के पी विरुद्ध अनेकौं रणनीति प्रयोग गरेपनि नेकपाको बहुमतको प्रधानमन्त्री बन्ने महत्वकांक्षामा भने पुन तुसारापात भएकोछ ।

    ८. कतिपय असफलताका बाबजुद बलियो संगठन भएको एमालेलाई भत्काउन भने उहाँ सफल हुनु भएको छ । बाठो मानिने एमाले यहाँ चिप्लिएकै देखियो । यसैका लागि पनि उहाँले पार्टी एकीकरण गर्नु भएको हो भन्ने पनि छन् । यसबाट उहाँलाई भविष्यमा सहज हुने अनुमान गरिएकोछ ।

    ९. धेरैको अनुमान अनुसार कम्युनिष्ट नेता भएर पनि संसारमा धेरै सम्पत्तिको मालिक भएका नेतामध्येमा पर्न उहाँ सफल हुनु भएको मानिन्छ ।

    (लेखक शारदप्रसाद त्रिताल सरकारका पूर्वसचिव हुन्)


    पौष ८, २०७७ बुधवार १६:१३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • क्यानाडानेपाल