• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

म्यानमारमा सेनाले चलाएको गोली लागेर एकैदिन ३८ जनाको ज्यान गयो

चैत्र २ २०७७
  • 886
    SHARES
  • म्यानमारमा सेनाले चलाएको गोली लागेर एकैदिन ३८ जनाको ज्यान गयो

    म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन्।

    द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ।

    बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन्।याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो।

    सैन्य कानुन लागु
    त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो।

    चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन्।

    औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ।

    क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ। एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ।

    चिनियाँ दूतावासले के भन्यो?
    आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले 'केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको' जनाएको छ।

    दूतावासले म्यान्मारलाई 'हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न' आग्रह गरेको थियो।

    फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन्। नेत्री तथा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सू ची नजरबन्धमा छिन्।

    त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन्।

    'क्रान्ति'
    तिनै भूमिगत सांसद्हरूको नेतृत्व गरिरहेका नेता मान विन खाइन थानले पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै 'क्रान्ति'लाई निरन्तरता दिइने बताएका छन्।

    उनले भने, "यो देशको लागि अँध्यारो क्षण हो। विद्रोहले जित्नैपर्छ।" कूपछि म्यान्मारमा सेनाले एक वर्ष लामो सङ्कटकाल घोषणा गरेको छ।एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो।

    सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए।देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो।

    नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुनै लाग्दा त्यहाँ सैनिक कू भएको हो।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


    चैत्र २, २०७७ सोमवार ०८:५५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानमार
  • अर्कोसमाचार

    कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    आषाढ २

  • 216
    SHARES
  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    लन्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको बताइएको छ ।

    उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताउनुभएको थियो ।

    उहाँले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताउनुभएको थियो ।सिन्ह्वा


    आषाढ २, २०७८ बुधवार २१:३२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६७ हजार २९४ संक्रमित फेला

    आषाढ ३

  • 282
    SHARES
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६७ हजार २९४ संक्रमित फेला

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

    भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ६७ हजार २९४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९६ लाख ९९ हजार ५ सय ५५ जना पुगेको छ । हालसम्म २ करोड ८४ लाख ८४ हजार ५ सय ४४ कोरोना संक्रमित निको भइसकेका छन् । 

    भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 
    ।  

     


    आषाढ ३, २०७८ बिहिवार ०९:२५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    आषाढ ३

  • 266
    SHARES
  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ७८ लाख १३ हजार ९ सय ५३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार ८ सय ७६ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १६ करोड २३ लाख १७ हजार ४४० कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १६ हजार १ सय ५०  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४३ लाख ६५ हजार ९ सय ८५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८६ लाख १६ हजार ४ सय ९५ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ९३ हजार ८ सय ३७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७६ लाख २९ हजार ७ सय १४ पुगेको छ ।  

    cu.PNG


    आषाढ ३, २०७८ बिहिवार १०:१०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

    आषाढ ३

  • 154
    SHARES
  • अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

    जिक्वान, चीन – चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । 

    हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् ।

    हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन । 

    चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो । 

    सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ । यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नु भएका ४५ वर्षीय टाङ होङ्बो रहनु भएको छ । 

    उहाँहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नु हुनेछ । यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरु ३३ दिनसम्म अन्तरिक्षमा बस्नु भएको थियो ।

    यसपटक अन्तरिक्षको यात्रामा जानेहरुले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताउनुभयो ।

    यस पटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन् । चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो ।सिन्ह्वा


    आषाढ ३, २०७८ बिहिवार १४:२७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तरिक्ष केन्द्र
  • उत्तर कोरियामा खाद्य संकट, एक किलो केराको ४५ अमेरिकी डलर पुग्यो

  • 526
    SHARES
  • उत्तर कोरियामा खाद्य संकट, एक किलो केराको ४५ अमेरिकी डलर पुग्यो

    काठमाडौं । उत्तर कोरियामा खाद्य संकट परेको छ । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनले औपचारिकरुपमा आफ्नो देशमा खाद्य संकट रहेको स्वीकारेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले कृषि क्षेत्रले मुलुकको खाद्य माग धान्न नसकेकाले अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।

    अघिल्लो वर्ष आएको आँधीका कारण अन्न उब्जनीमा ह्रास आएकाले अहिले माग धान्न नसकेको उनको भनाइ छ ।

    मागअनुसार पूरा गर्न नसकेपछि उत्तर कोरियामा खाद्यान्नको मूल्य निकै बढेको एनके न्यूजले जनाएको छ ।  सो न्यूजकाअनुसार एक किलो केराको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको छ । 

     


    आषाढ ३, २०७८ बिहिवार १४:३२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया
  • # खाद्य संकट

  • क्यानाडा नेपाल

    अमेरिकी र रुसी राष्ट्रपतिबीच लामो भेटवार्ता, राजदूत पठाउन सहमति 

    आषाढ ३

  • 140
    SHARES
  • अमेरिकी र रुसी राष्ट्रपतिबीच लामो भेटवार्ता, राजदूत पठाउन सहमति 

    वाशिङ्टन - विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो । 

    दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उहाँहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ । 

    वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो । 

    बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिनुभएको थियो । उहाँहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गर्नु भएको जनाइएको छ । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

    त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरूमा उल्लेख गरिएको छ । 
    झण्डै साढे २ बर्षदेखि जेलमा राखिनु भएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा पनि उहाबीचमा पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् । 

    त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन । उहाँहरूले कतिपय विषयमा आ–आफ्ना अडानहरू अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ । एपी
     


    आषाढ ३, २०७८ बिहिवार २०:४४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • images
    images
    ताजा खबर