• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो रोल्पामा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

चैत्र ३ २०७७
  • 1.5K
    SHARES
  • images
    images
    ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो रोल्पामा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

    images

    यस बैकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।

    थप दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै शाखारहित संख्या २ सय ५५ पुगेको छ ।  
     


    चैत्र ३, २०७७ मंगलवार २१:१९:५२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक
  • अर्कोसमाचार

    रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

  • 174
    SHARES
  • रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

    रसुवा - रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । 

    images

    रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले  ९४ करोड १७ लाख ५१ हजार राजस्व संकलन गरेको छ । जुन मासिक राखिएको लक्ष्यको तुलनामा ३५ करोड ७५ हजार बढी हो । 

    रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरि तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलब ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ । 

    कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन । 

    रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । 

    १५ माघ २०७६ देखि गएको २२ जेठसम्म नाका बन्द भयो । त्यसपश्चात चिनले रसुवागढी नाका एकतर्फी संचालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ७ देखि ९ चिनियाँ गाडीमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

    चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । न्युज कारखाना


    कार्तिक १, २०७८ सोमवार १४:४४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रसुवा भन्सार

  • क्यानाडा नेपाल

    साल्ट ट्रेडिङ्गको बोनस सेयरमा मूल्य समायोजन

  • 144
    SHARES
  • साल्ट ट्रेडिङ्गको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं - आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

    images

    समायोजनपछि कम्पनीको सेयर मूल्य ६ हजार ५७४ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रति कित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार बुक क्लोज गरेको छ ।

    सभामा सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साल्ट ट्रेडिङको अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा १६ कात्तिकमा जुम एप्लिकेसन (भर्चुअल माध्यम) बाट बिहान ११ बजे सुरु हुनेछ ।


    कार्तिक २, २०७८ मंगलवार ११:२२:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेयर बजार

  • क्यानाडा नेपाल

    प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

  • 172
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

    काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक शून्य दशमलव १८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ।

    images

    १३ कम्पनीको नौ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई पाँच सय ८८ दशमलव सात विन्दुमा बन्द भएको थियो ।

    सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ । बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ।
     


    कार्तिक २, २०७८ मंगलवार १२:५७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला 

  • 152
    SHARES
  • प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला 

    काठमाडौं - प्रिमियर इन्सुरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि पाँच लाख ४२ हजार नौ सय ६५ कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको हो । 

    images

    कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य चार सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले चार सय रुपैयाँलाई आधार मानेर सो वा भन्दा बढी मुल्य बोलकबोल गरी  बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम पाँच सय कित्तादेखि अधिकतम चाहे जतिका लागि आवेदन दिन सक्नेछन् ।
     
    यसमा विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद १२ कात्तिक तोकिएको छ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी बोलपत्र पेश गर्न सक्नेछन् ।न्युज कारखाना
     
     


    कार्तिक २, २०७८ मंगलवार १३:१८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिमियर इन्सुरेन्स

  • क्यानाडा नेपाल

    नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली 

  • 202
    SHARES
  • नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली 

    काठमाडौं - मनोजकुमार ज्ञवाली नबिल बैंकको महाप्रबन्धक बनेका छन् । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका डेपुटी जनरल म्यानेजर ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो ।

    images

    बैंकका अनुसार ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेकोले सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको हो । यस बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था रहेको छ । 


    कार्तिक २, २०७८ मंगलवार १३:४०:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नबिल बैंक

  • क्यानाडा नेपाल

    आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

  • 258
    SHARES
  • आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

    चितवन - सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो । 

    images

    ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

    शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

    लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

    जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने । 

    कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ । 

    ‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।कुलप्रसाद काफ्ले 


    कार्तिक २, २०७८ मंगलवार २०:५९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंक

  • क्यानाडा नेपाल